• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
आइतबार, जेठ २५, २०८२ Sun, Jun 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन
घोषणापत्रका लागि दलहरूसँग छैन नयाँ आर्थिक कार्यक्रम, पुरानै नारा र प्रतिबद्धता
64x64
सुमित्रा कार्की मंगलबार, वैशाख १३, २०७९  ०९:५५
1140x725

काठमाडौं– स्थानीय तह निर्वाचन नजिकिएसँगै विभिन्न पार्टीले सार्वजनिक गरेका घोषणापत्रमा आर्थिक विकासको कुनै नयाँ अजेन्डा उल्लेख छैन। अहिले देखिएको आर्थिक संकटलाई सम्बोधन गर्ने बुँदा पनि राखिएको छैन। प्रायः पुरानै विषयहरू राखेर घोषणापत्र सार्वजनिक गरिएको छ।

नेकपा एमालेले घोषणापत्रमा पूर्वाधार, रेल, सडकदेखि जल यातायातसम्मका विषय उल्लेख गरेको छ। यी विषय उसले अघिल्लो घोषणापत्रका पनि उल्लेख गरेको थियो। तर, आर्थिक विकासका अन्य विषय समेटेको छैन। यसपटक एमालेले अन्य दल र यसअघिका सरकारले गरेका कमजोरीलाई मुखर रूपमा उल्लेख गरेको छ।

नेपाली कांग्रेसले घोषणापत्रमा उत्पादन र वितरणलाई समान प्राथमिकता, समावेशी आर्थिक वृद्धि, आर्थिक कूटनीतिमार्फत वैदेशिक सहयोग अभिवृद्धि र आत्मनिर्भरमुखी अर्थतन्त्रको विकास गर्ने संकल्प गरेको छ। गरिब, विपन्न, किसान, मजदुर, समाजमा पिछडिएका तथा वञ्चितीकरणमा परेका सीमान्तकृत समुदायको उत्थान र विकासलाई विशेष प्राथमिकता दिने लगायत संकल्प छ। यी पुरानै प्रतिबद्धता हुन्। 

नेकपा माओवादी केन्द्रले आफ्नो संकल्पमा कृषिमा आमूल सुधार ल्याउने उल्लेख गरेको छ। ‘समाजवाद उन्मुख समृद्धिः आर्थिक विकास र सामाजिक न्यायमा अभिवृद्धि’ शीर्षकमा आर्थिक क्षेत्रलाई घोषणापत्रमा समेटेको छ। सार्वजनिक, सामुदायिक (सहकारी) र निजी क्षेत्रको पहलकदमी र सहकार्यमा आधारित आर्थिक विकासको मोडेलबाट समाजवादउन्मुख समृद्धिको परिकल्पना गरेको माओवादी केन्द्रले जनाएको छ।

सत्ता गठबन्धनमा रहेको दल नेकपा एकीकृत समाजवादीले घोषणापत्रमा आर्थिक विकासका उल्लेखनीय विषय समेटेको छैन। राप्रपाले आर्थिक क्षेत्रबारे केही पनि विशेष योजना घोेषणापत्रमा राखेको छैन।

नेकपा एमाले : कमजोरी देखाउने, समाधान नदिने
एमालेले १६ देखि  ५९ वर्ष उमेर समूहका नागरिकलाई आर्थिक विकासका लागि जनसांखिक लाभ उपलब्ध गराउने घोषणापत्रमा उल्लेख गरेको छ। विगतमा अन्धाधुन्द  ढङ्गले लागू गरिएको उदारीकरण र निजीकरणका कारण समग्र अर्थतन्त्रमा राज्यको भूमिका खुम्चिन पुगेको एमालेले उल्लेख गरेको छ। सशस्त्र द्वन्द्व र राजनीतिक अस्थिरताले राज्यलाई थप कमजोर बनाएको पनि जनाएको छ। 

सशस्त्र द्वन्द्व, राजनीतिक संक्रमण र अस्थिर सरकारका कारण विगतमा राज्यको स्रोत, साधन र अवसरको दोहन बढेको भन्दै एमालेले त्यसलाई नियन्त्रण गर्ने संकल्प गरेको छ। त्यसैगरी, एमालेले खुला सीमानाले ल्याएका आर्थिक विकासका जटिलता समाधान गर्ने संकल्प गरेको छ।

औद्योगीकरणको स्तर न्यून र समग्र उत्पादकत्व कमजोर भएको एमालेको ठहर छ। सार्वजनिक निजी र सरकारी माध्यमद्वारा औधोगीकरण गर्दै उत्पादन वृद्धि, रोजगारी सिर्जनाबाट गरिबी निवारण र आत्मनिर्भर अर्थतन्त्र निर्माण गरिने एमालेले जनाएको छ। 

Ncell 2
Ncell 2

शिक्षा र स्वास्थ्य क्षेत्रको व्यापारीकरण चुनौतीका रुपमा र परनिर्भरता गम्‍भीर समस्याका रुपमा रहेको पनि उल्लेख छ। एमालेले यसलाई व्यवस्थापन गर्ने जनाएको छ। तर, त्यसका लागि ठोस कार्यक्रम छैनन्।

नेपाली कांग्रेस : पुरानै प्रतिबद्धता, विप्रेषण घटाउने योजना
नेपाली कांग्रेसले उत्पादनशील काम र अधिकतम् रोजगारी सृजना गर्ने जनाएको छ। यो नीतिलाई स्थानीय तहदेखि नै अवलम्बन गरिने कांग्रेसले जनाएको छ। गरिब, विपन्न, किसान, मजदुर र सीमान्तकृत समुदायको उत्थान र विकासलाई विशेष प्राथमिकता दिने संकल्प पनि गरिएको छ। 

कांग्रेसले नेपाली नागरिकको औसत आयु ८० वर्षको हाराहारीमा पुर्‍याउने, मातृ मृत्यु र शिशु मृत्यु दरलाई मध्यम–आय भएका मुलुकहरुको दाँजोमा झार्ने पनि उल्लेख गरेको छ। कांग्रेसको घोषणापत्रमा भनिएको छ, ‘कोभिड १९ पछिको नयाँ विकास रोडम्यापलाई पार्टीले नयाँ अवसरका रुपमा लिनु आवश्यक छ, किनकि मानव इतिहासमै यो स्तरको उन्नत पुँजी, प्रविधि, नीतिगत र वैज्ञानिक ज्ञान पहिले कहिल्यै उपलब्ध नभएको पार्टीको बुझाइ छ।’

अधिकांश पहिलो पुस्ताका गैरआवासीय नेपालीलाई नेपालको समुन्नतिमा आ–आफ्नो सामर्थ्य अनुरुप योगदान गर्न प्रतिबद्ध गराउने कांग्रेसको संकल्प छ। वैदेशिक रोजगारको विकल्प नबन्दा झन्डै तीन करोड जनसंख्या भएको अर्थतन्त्रको तुलनामा विप्रेषणको आकार लगभग २५ प्रतिशतलाई घटाउने कांग्रेसले उल्लेख्य गरेको छ। अर्को १० वर्षमा यसलाई १०–१५ प्रतिशतमा घटाउन महत्वाकांक्षी पहल लिने कांग्रेसले जनाएको छ।

नेकपा माओवादी केन्द्र : कृषिमा आमूल सुधारको संकल्प 
नेकपा माओवादी केन्द्रले स्थानीय निर्वाचनका लागि सार्वजनिक गरेको ‘अपिल’मा कृषिमा आमूल परिवर्तन ल्याउने जनाएको छ। उक्त अपिलमा भनिएको छ, ‘नागरिकका  आधारभूत आवश्यकताको परिपूर्ति र गरिबी निवारण, वस्तु तथा सेवाको सहज आपूर्ति, उत्पादनमुखी  अर्थव्यवस्थाको निर्माण, रोजगारीका अवसरहरूको सिर्जना, विचौलियाहरुको भूमिका न्यूनीकरण, वातावरणमैत्री विकास पूर्वाधार, आर्थिक सामाजिक तथा वातावरणीय विकासको सन्तुलन आदि हाम्रो विकास नीति र प्राथमिकता हुन्।’

यसैगरी, घोषणापत्रमा समूह, सहकारी र परिवारमार्फत् आम जनतालाई आर्थिक विकासको साझेदार बनाउने उल्लेख गरेको छ। उद्यमशीलताको विकास–रोजगारीको विस्तार, कृषि, वन, खनिज, पर्यटनलगायतको क्षेत्रसँग सम्बन्धित स्रोत साधनको उचित सदुपयोग गर्दै साना–मझौला उद्यम व्यवसायद्वारा रोजगारीका अवसरहरु सिर्जना गर्ने पनि संकल्प गरिएको छ। 

हरेक पालिकामा बेरोजगारहरुको सूची तयार गरी बेरोजगार लक्षित उत्पादनका कार्यक्रमहरु सुरु गरिने, सीपमूलक तालिम, परियोजना वा प्रमाणपत्र धितो राखी सहुलियत ऋणको व्यवस्थाको लागि स्थानीय तहले सहजीकरण गर्ने पनि उल्लेख छ। उत्पादन वृद्धि र बजारीकरणको निम्ति प्रोत्साहित गरिने जनाइएको छ।

प्रकाशित मिति: मंगलबार, वैशाख १३, २०७९  ०९:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुमित्रा कार्की
लेखकबाट थप
निर्वाचन खर्चमा अपारदर्शिता : मनपरी खर्च हुन्छ, नियमन हुँदैन
३५ वर्ष बैंकिङ क्षेत्रमा बिताएका पर्शुराम
जनार्दन अर्थमन्त्री हुँदा एक वर्षदेखि नभएको कर्जा मार्गदर्शनको संशोधन विष्णु पौडेल आएलगत्तै कसरी भयो सम्भव?
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
मोटरसाइकल दुर्घटनामा सशस्त्रका प्रहरी नायब निरीक्षकको मृत्यु आइतबार, जेठ २५, २०८२
गाजाको राहत वितरण केन्द्रमा इजरायलको आक्रमण, ६ जनाको मृत्यु, दर्जनौँ घाईते आइतबार, जेठ २५, २०८२
लिग–२ अन्तर्गत नेपालले आज स्कटल्याण्ड संग खेल्दै आइतबार, जेठ २५, २०८२
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची आइतबार, जेठ २५, २०८२
मदन भण्डारी कपको उपाधि बस्नेत र न्यौपानेलाई आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा शुक्रबार, जेठ २३, २०८२
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री शुक्रबार, जेठ २३, २०८२
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो)
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो) शुक्रबार, जेठ २३, २०८२
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो)
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो) शुक्रबार, जेठ २३, २०८२
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
महानगरको न्यायिक समितिमा आउने अधिकांश मुद्दा भवन खाली गराइपाउँ भन्ने विवाद शनिबार, जेठ २४, २०८२
रुसले युक्रेनमाथि गर्यो जवाफी ड्रोन आक्रमण, ५ जनाको मृत्यु, दर्जनौँ घाईते शनिबार, जेठ २४, २०८२
बर्खा लाग्यो अब पार्टीले उपयुक्त समयमा आन्दोलन गर्छ : अध्यक्ष लिङ्देन शनिबार, जेठ २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्