• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, जेठ २६, २०८२ Mon, Jun 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिल्म समीक्षा
शनिबार सिनेमा एक सन्काहा व्यापारीको अहंकारले निम्त्याएको दुर्गति
64x64
युवराज भट्टराई शनिबार, चैत २६, २०७८  १३:१५
1140x725

काठमाडौं– डेनियल प्लेनभ्यु एक महत्त्वकांक्षी व्यापारी हो। तर, ऊ आफूलाई एक पारिवारिक मान्छेको रूपमा परिचय गराउँछ। ‘मलाई आफ्नै बयान गर्न मन लाग्दैन’, प्लेनभ्युको तर्क छ। आफ्ना सामुन्नेका मानिसहरूलाई बेअर्थी ठान्नु, अरुप्रति निरंकुश किसिमले प्रस्तुत हुनु प्लेनभ्युका विशेषता हुन्। ऊ लोभी र सन्काहा छ। 

प्रसंग सन् २००८ मा पौल थोमस एण्डरसनले निर्देशन गरेको फिल्म ‘दियर विल बी ब्लड’को हो। अमेरिकी लेखक उप्टोन सिन्क्लैरको सन् १९२६ मा प्रकाशित उपन्यासमाथि आशिंक रूपमा आधारित यो फिल्मले भन्ने कथाको मुल पात्र प्लेनभ्यु हो। तर, उसको भूमिका सकरात्मक छैन। 

प्लेनभ्युको जीवन र विश्वमा तेल व्यापार उकालो लागेको कथा सँगसँगै अघि बढ्छ। सन् १८९८ मा संसारभर ‘कालो सुन’को नाममा तेलको बिक्री वितरण व्यापक हुने र नयाँ तेल खानी खोल्ने चलन बढिरहेको थियो। त्यहीबीच मेक्सिकोको कुनै ठाउँमा प्लेनभ्यु भने सुरुङ खनेर सुन खोज्नमा संघर्षरत् थियो। तर, पहेँलो सुनभन्दा पनि महंगो हुने देखिएको ‘कालो सुन’को व्यापारतर्फ मोडिएसँगै प्लेनभ्यु विलासी मात्र बन्दैन कि, ऊभित्रको मानवता पनि मर्दै जान्छ। 

तेल निकाल्नका लागि धोकाले कसैको जमिन हत्याएर सुरु भएको उसको यो महत्त्वकांक्षी यात्रा आफ्नै छोरालाई बहिष्कार गर्ने स्थितिसम्म आउँदा जीवनका थुप्रै सामाजिक पक्ष गुमाउँछ। अविवाहित रहेको उसले धर्मपुत्र राखेर बहिस्कार गर्नु उसको मानवताविरोधी क्रियाकलाप हो।

लोभबाट सुरु भएको कथा
कथाको केन्द्र प्लेनभ्युकै वरिपरि घुमे पनि घटनाहरू उसको विपक्षमा छन्। केही सफलताबाट हौसिएको ऊ थप लोभी बन्दै जान्छ। ऊ आफ्नो व्यापारभन्दा ठूलो कुनै सम्बन्ध वा अरु कुनै वस्तुलाई ठान्दैन।

धर्मपुत्र एचडब्ल्यु प्लेनभ्यु बुबाको निम्ति कुनै वस्तुको भन्दा बढी महत्त्वको हुँदैन। नखोजिएका दुर्गमका जमिनहरूमा तेल उत्खनन् गर्नका लागि आम मानिसको विश्वास जित्ने उत्प्रेरकको रूपमा ऊ आफ्नो छोरालाई प्रयोग गरिरहेको हुन्छ।

त्यो समयमा अरुले आफूलाई भन्ने गरेजस्तो ‘ओइल मेन’ नभनेर प्लेनभ्यु ‘फ्यामेली मेन’ भनेर चिनाउँछ। उसको जीवनमा मानिसमा हुनुपर्ने प्रेम र स्नेह कहिल्यै उपस्थित हुँदैन। उसका हरेक कदम नाफा र घाटासँग जोडिएका हुन्छन्।

सन् १८९८ मा सुन खोजिरहेको समय सुरुङमा खसेर आफ्नो खुट्टा भाचिँदा प्लेनभ्यु उपचारभन्दा पहिले आफूले फेला पारेको महंगा ढुंगाहरू बेच्न पुग्छ। सुनबाट सुरु भएको उसको समृद्धिको यात्रा सन् १९०२ मा फेरिन्छ। लस एञ्जल्स नजिकै तेल फेला पारेसँगै उसले तेल उत्खनन् गर्ने कम्पनी सुरु गर्छ।

Ncell 2
Ncell 2

तेल निकाल्न सस्तो मूल्यमा सन्डे परिवारको बञ्जर फाँटको अधिकार लिन्छ । क्यालिफोर्नियाको बोस्टन शहरको कुनै दुर्गममा तेल भएको खबर पाएपछि त्यसप्रतिको लोभले डोहो¥याएर त्यतै पुग्छ। उसले उत्खनन् गर्ने अधिकारसहित त्यो जमिनलाई भाडामा लिन्छ।

अब उसले तेल उत्खनन सुरु गर्छ। गाउँको चर्चलाई आर्थिक सहयोग गर्ने भन्दै एक स्थानीय पादरी इलाई सन्डेमार्फत गाउँलेको सहयोग पनि लिन्छ। इलाईको परिवारसँग पनि तेल उत्खनन् पछि चर्चलाई १० हजार अमेरिकी डलर सहयोग गर्ने वाचा गरेको हुन्छ। तर, यी सबैको कारण तेल निकालेर बेच्नेभन्दा केही हुँदैन। 

तेल उत्पादन सुरु भएपछि आफूले आश्वासन दिएका कुरालाई ऊ पन्छाउँदै जान्छ। गाउँले र इलाईले उसलाई आफ्नो वाचा सम्झाउँद पनि पन्छिन थाल्छ। अति समृद्धिको लोभकै कारण सबैबाट छुटेर ऊ एक्लो हुन्छ। तर, अझै पनि ऊ फाइदाका लागि जुनसुकै हदसम्म जानसक्ने स्थितिमा हुन्छ।

लोभले निम्त्याएको दुर्गति
इलाईले प्लेनभ्युसँग चर्चलाई सहयोग गर्न गरेका आश्वासनह बारे सोध्दा ऊमाथि हिंसात्मक हुन्छ। तर, समय एकनास हुँदैन। बदलिँदै जान्छ। प्लेनभ्युका निम्ति पनि समय फेरिन्छ।

तेल उत्खनन् गर्ने ठाउँमा विस्फोट हुन्छ। चर्च र इलाई यसको कारण ईश्वर भएको बताउँछन्। विष्फोटका कारण प्लेनभ्युको छोरा कान नसुन्ने हुन्छ। बोली पनि हराउँछ। 

आफूले उत्प्रेरकको रूपमा प्रयोग गरिरहेको छोराको त्यो अवस्थापछि प्लेनभ्यु दुःखी त हुन्छ, तर त्यो दुःख भौतिक प्राप्तिमा पर्ने असरको पक्षबाट देखिन्छ। प्लेनभ्युको भाइ बताएर काम गर्ने स्थलमा हेनरी आइपुग्छ। अब प्लेनभ्यु भाइ हेनरीसँग नजिक हुन्छ र छोरालाई बेवास्था गर्न थाल्छ। यसबाट निराश भएको छोराले घरमा आगो लगाउँछ। अनि प्लेनभ्युले छोरा एचडब्लुलाई बहिराहरूको स्कुलमा पठाउँछ।

वास्तवमा हेनरी प्लेनभ्युको भाइ नभएर भाइको साथी हुन्छ। तर, भाइको मृत्युपछि उही भाइको नाम बताएर सुख भोगका लागि आएको हुन्छ। झूटबारे ज्ञात भएको प्लेनभ्यु नक्कली हेनरीको हत्या गरेर रक्सीको मातमा रोइरहन्छ।

फिल्मभर प्लेनभ्युको जीवनका उतारचढाव र उसको लोभप्रतिको मोहका कारण निम्तिएका दुःखलाई देखाइएको छ। अनुकूलताको खोजीमा निस्किएको ऊ एक्लो मात्रै नभएर शून्य अवस्थामा पुगेको हुन्छ। अपुग केही हुँदैन, तर उसँग आफ्नो भन्नु पनि केही हुँदैन। उसले छोराको रुपमा ग्रहण गरेको एचडब्लु पनि कालान्तरमा आफ्नै बाटो लाग्छ। फिल्मको अन्तिम दृश्यमा इलाईको हत्यापछि प्लेनभ्यु रक्सी पिएर एक्लै छटपटाइरहेको देखिन्छ। यो दृश्य उसको जीवनका हरेक कालखण्डको परिणामको रुपमा प्रस्तुत भएको छ।

‘एन्टीहिरो’मार्फत असामाजिक पक्षको चिरफार
‘दियर विल बि ब्लड’ एन्डरसनको उत्कृष्ट निर्देशकीय फिल्म मात्रै नभएर अभिनेता डेनियल डे लेविसजस्ता दिग्गज र मेथड एक्टिङमा प्रखर कलाकारको उत्कृष्ट अभिनयले भरिएको छ। मानव जातिको मनोवैज्ञानिक अवस्थाको चित्रणसँगै तत्कालीन समयको कथालाई प्रस्तुत गरिएको छ। विस्तार भइरहेको धर्म र बढिरहेको पुँजीवादी परम्पराको प्रभावका अंशहरू फिल्ममा छन्। पुँजीवादी परम्पराका कारण व्यावसायीहरूले गर्ने छलकपटका पक्षहरूलाई फिल्ममा सम्बोधन गरिएको छ।

मुख्य पाटो प्लेनभ्युको रुपमा अभिनय गरेका डेनियल डे लेबिसको अभिनयमार्फत मानिसको मस्तिष्कमा चलिरहेको द्वन्द्वात्मक अवस्थालाई प्रस्तुत गर्नमा निर्देशक एन्डरसनले उत्कृष्टता हासिल गरेका छन्। फिल्ममा प्रमुख पात्र भए पनि मनोवैज्ञानिक रूपमा नकरात्मक भूमिकामा उसलाई राखेर निर्देशकले मानवताको न्यानोपनको अभावलाई प्रस्तुत गरेका छन्। मानिसको आकांक्षाहरूको उपजको रूपमा निम्तिने लोभ र त्यसको उच्च प्रभावका कारण हुने घट्नाहरू फिल्ममा देखिन्छ।

मनोविश्लेषकहरूले ‘बुबा’को भूमिकाबारे गर्ने तीन किसिमको विश्लेषणमध्ये प्लेनभ्यु पहिलो अर्थात् सांकेतिक बुबाको रुपमा देखिएका छन्। प्लेनभ्युले छोरामाथि पूर्ण रूपमा शासन गरिरहेको हुन्छ। सुरुवातदेखि अन्तिम दृश्यअघिसम्म छोराको जीवनका हरेक पक्षहरू प्लेनभ्युको हातमा हुन्छन्। आमाको अभावका कारण छोराको जीवनमा अभिभावकत्वको अर्थ शासक र व्यावसायिक मानसिकताको मालिक मात्र हो भन्ने देखिन्छ। जसकारण हरेक पल उसको जीवनमा भय र एक्लोपन महसुस हुन्छ। बुबा र छोराको सम्बन्धमार्फत परिवारमा हुने अभाव र भत्किएका सम्बन्धहरूलाई निर्देशकले सम्बोधन गरेका छन्। 

प्लेनभ्यु परिवार बनाउने र गाँस्नेभन्दा पनि सम्बन्धहरूलाई उपयोग गर्ने र त्यसबाट छुटकारा पाउनतर्फ उन्मुख छ। उसका लागि भौतिक सुख र सम्पत्तिको तुलनामा परिवार, समाज, मानवताजस्ता आधारभूत विषयको महत्त्व कम छ। यी विषय प्रस्तुत गर्न निर्देशक एन्डरसनले फिल्ममा ‘अमेरिकन ड्रिम’लाई प्रवेश गराएका छन्। १९औं शताब्दीमा मुख्यगरी अमेरिकी समाजमा मौलाएको सम्पत्ति, यौन सुखजस्ता भौतिक आवश्यकताको चित्रण गरिएको छ। आफ्ना सहकर्मी, छोरा र समाज सबैलाई प्लेनभ्यु फाइदाका लागि मात्र हेर्छ।

एन्डरसनको यो फिल्म ‘सम्पत्ति नै सबैथोक होइन’ भन्ने सिद्धान्तको ठीक विपरीत भएर प्रस्तुत भएको छ। प्लेनभ्यु ‘एन्टिहिरो’को रुपमा रहेको छ।
फिल्मले दर्शकलाई झक्झक्याउने थुप्रै पाटा छन्। शासक वा नेतृत्वकर्ताहरूले जनतामाथि गर्ने थिचोमिचोदेखि मालिकले कामदारमाथि गरिरहेको खराब व्यवहारले एउटा समय र अवस्थाको चित्रण गरेको छ। 

अभिनेता डेनियल डे लेविस अहिले अभिनयबाट सन्यास लिइसकेका छन्। तर, यो फिल्मले उनलाई जीवनको दोस्रो अस्कार दिलाएको थियो। सन् २०१३ मा उनले ‘लिंकन’ फिल्मका लागि आफ्नो जीवनको तेस्रो अस्कर पाए। त्यसैले पनि, दर्शकका लागि शताब्दीकै एक प्रखर अभिनेताको उत्कृष्ट अभिनय र एक प्रखर निर्देशकको उत्कृष्ट कथावाचन रहेको फिल्म हेर्नु उत्कृष्ट अनुभव हुन्छ।

प्रकाशित मिति: शनिबार, चैत २६, २०७८  १३:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
युवराज भट्टराई
लेखकबाट थप
कर्णाली पुगेपछि विकासलाई लाग्यो 'प्रकाश' यहीँ बन्नुपर्छ 
पर्दामा प्रेमको रोमाञ्चक यात्रा
पेरिस सहरमा बेलुनसँग संवाद गर्दै हिँडेको पास्कल
सम्बन्धित सामग्री
‘पुष्पा २’ : तीन दिनमा २ सय करोड कमाउने पहिलो भारतीय फिल्म यो संवादको अर्थजस्तै भारतीय बक्स अफिसमा पनि फिल्म ‘वाईल्ड फायर’ बनेको छ। ‘रेकर्ड ब्रेक’ ओपनिङ गरेको फिल्म शुक्रबार र शनिबार पनि कमाइ... आइतबार, मंसिर २३, २०८१
दिमाग खराब : आम जनताको ‘फ्रस्टेसन’ बोल्ने फिल्म हिजोको दिनमा पार्टी, संगठनको आवश्यकता किन पर्यो, यसबारे निर्देशकले सोचेको भए फिल्म समसामयिक घटनाका फुटेजको सुन्दर संयोजनभन्दा माथि उ... आइतबार, कात्तिक २६, २०८०
हल्कारा : नेपाली फिल्म क्षेत्रको ‘अमूल्य’ पूँजी ‘हल्कारा’ हेरेर मन हलुका भएको कुरा म सुनाउन चाहन्छु। त्यति नै हलुका ५ वर्षअघि चाइनिज फिल्म ‘पोस्टम्यान इन द माउन्टेन’ हेर्दा पनि भएक... बुधबार, जेठ ३, २०८०
ताजा समाचारसबै
स्कटल्यान्डसँगको थ्रीलर गेममा नेपाल २ रनले पराजित, तीन ब्याटरको अर्धशतक आइतबार, जेठ २५, २०८२
भिजिट भिसा प्रकरणबारे विपक्षी दलबीच छलफल जारी रहेपनि सहमति भएको छैन : हितराज पाण्डे आइतबार, जेठ २५, २०८२
सदनको गतिरोध अन्त्यका लागि दलहरुबीच समझदारी नजिक पुगेको छ : बर्तौला आइतबार, जेठ २५, २०८२
हिमानी ट्रष्टद्वारा जुम्लामा बर्थिङ सेन्टर शिलान्यास आइतबार, जेठ २५, २०८२
रिची ब्यारिन्टनको शतकमा नेपाललाई स्कटल्यान्डले दियो ३२४ रनको विशाल लक्ष्य आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो)
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो)
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो) आइतबार, जेठ २५, २०८२
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन आइतबार, जेठ २५, २०८२
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्