• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, जेठ २६, २०८२ Mon, Jun 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन
जिल्लास्तरबाट धमाधम गठबन्धनको सैद्धान्तिक निर्णय, तालमेलको ढाँचा अझै अनिश्चित
64x64
नेपाल लाइभ सोमबार, चैत २१, २०७८  २१:०४
1140x725

काठमाडौं– सत्ता गठबन्धनले आउँदो वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनमा तालमेल गर्ने निर्णयसँगै जिल्लास्तरबाट त्यसको कार्यान्वयन सुरु भएको छ। सोमबार मात्रै चार जिल्लाले गठबन्धन गर्ने सहमति जुटाएका छन्। यससँगै सहमति पत्रमै हस्ताक्षर गरेर अघि बढ्ने जिल्लाको संख्या ११ पुगेको छ। 

गठबन्धनको ढाँचा अझै तय नभइसकेको अवस्थामा जिल्लाहरुले मिलेर चुनाव लड्ने सैद्धान्तिक सहमति गरेका हुन्। केन्द्रीय स्तरबाट हुने तालमेलको मोडलपछि त्यसलाई कार्यान्वयनमा लैजानेगरी उनीहरुले गठबन्धन गर्ने निर्णय गरेका हुन्।

सत्ता गठबन्धनले उक्त विषयलाई टुंगोमा पुर्‍याउन मंगलबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बैठक तय गरेको छ। उक्त बैठकले गठबन्धनको भागबन्डा मिलाउनुका साथै तालमेलको ढाँचामा छलफल गर्नेछ। 

तालमेलको स्पष्ट खाका नबनिसकेका कारण जिल्लास्तरबाट भइरहेका गठबन्धन गर्ने निर्णय कार्यान्वयन अघि बढेको छैन। नेपाली कांग्रेसले आफ्ना तर्फबाट उम्मेदवार छनोट थालेको छ। नेपाली कांग्रेसले महानगरको उम्मेदवार केन्द्रबाट छान्नेछ। अन्य स्थानीय निकायबाटै छानेर विधानले अधिकार दिएका तल्ला कमिटीले अन्तिम निर्णय गर्ने म्यान्डेट केन्द्रीय कमिटीको रहेको छ। 

कांग्रेस यसरी अघि बढेपनि सत्ता साझेदार अन्य दलहरुले गठबन्धनको मोडल कुरिरहेका छन्। त्यसपछि मात्रै उम्मेदवार छनोट सुरु गर्ने जनाएका छन्। 

जहाँ भयो गठबन्धन गर्ने सहमति
जाजरकोट  
जाजरकोटमा चार दलले गठबन्धनको काम, कारबाहीलाई व्यवस्थित बनाउन र आवश्यक तयारीका लागि पार्टी प्रमुखसहित एक दलबाट ३ जनाका दरले १२ जनाको जिल्लास्तरीय संयन्त्र निर्माण गर्ने निर्णय गरेका छन्। 

यसैगरी, पालिकास्तरमा सत्ता गठबन्धनको मर्ममा खलल पर्ने गरि कुनै पनि गतिविधि सञ्चालन, अभिव्यक्ति सार्वजनिक नगर्न/नगराउन समेत निर्देशन पार्टीभित्र जारी गर्ने निर्णय गरेका छन् ।  पालिका तहमा पनि जिल्लाकै अभ्यास अनुरुप समन्वय बैठक अबिलम्ब आयोजना गरी त्यसको जानकारी माथिल्लो निकायमा गराउन भनिएको छ।

जाजरकोटमा तीन नगरपालिकासहित सात स्थानीय तह छन्। २०७४ को स्थानीय निर्वाचनमा एमालेले दुई नगरपालिका र एक गाउँपालिका, माओवादीले एक नगरपालिका र एक गाउँपालिका  तथा कांग्रेसले दुई गाउँपालिकामा जितेको थियो। 

Ncell 2
Ncell 2

एमाले विभाजनपछि गठन भएको एकीकृत समाजवादीतर्फ केही वडाध्यक्ष लागेपनि पालिका प्रमुख/उप्रमुख भने समाजवादीतिर गएका छैनन्। अबको निर्वाचनमा सबै स्थानीय तह गठवन्धनले जित्नेगरि निर्णय यो संयन्त्रले लिने गरि छलफल गर्ने र टुङ्गो लगाउने नेपाली कांग्रेसका जिल्ला सभापति वेदराज सिंहले बताए।

अछाम 
सत्ता गठबन्धनका तीन दलले अछाम जिल्लामा गठबन्धन गरेर निर्वाचनमा जाने सहमति गरेका छन्।  जिल्लाको १० वटा पालिका र ९१ वडामै गठबन्धन गरेर जाने सहमति गरेका हुन्। नेपाली कांग्रेस जिल्ला सभापति पुष्पबहादुर शाह, माओवादी केन्द्रका जिल्ला संयोजक रविन्द्र साउँद र एकीकृत समाजवादीका जिल्ला अध्यक्ष हिरण्ड भट्टराईले यस्तो सहमति गरेका हुन्।

उक्त जिल्लामा गत निर्वाचनमा नेपाली कांग्रेसले ५, नेकपा एमालेले ३ र माओवादीले २ पालिका जितेका थिए। एमाले सांसद भीम रावलको निर्वाचन क्षेत्र रहेको उक्त जिल्लाको साँफेबगर, मंगलशेन र चौरपाटी एमालेले जितेको थियो। एमालेले जितेका तीनमध्ये दुई स्थानीय तहका प्रमुखले एकीकृत समाजवादी रोजेका छन्।

तनहुँ
तनहुँ नेपाली काग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल प्रतिनिधि सभामा लड्दै आएको क्षेत्र हो। उक्त जिल्लामा स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जाने तनहुँका चार दलले निर्णय गरेका छन्। केन्द्रमा रहेको गठबन्धनलाई स्थानीय तहको निर्वाचनमा पनि कार्यान्वयन गर्ने निर्णय उनीहरुले गरेका हुन्।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीका नेताहरुको बैठकले आवश्यकता परेको खण्डमा वडास्तरसम्मै गठबन्धन गरेर जाने निर्णय गरेका हुन्। १० पालिका रहेको उक्त जिल्लाको सबै नगर/ गाउँपालिकामा आवश्यक परे संयन्त्र निर्माण गर्ने सहमति गरिएको छ। 

नगर/गाउँपालिकामा दुई/दुईजना रहने गरी कार्यदल बनाइनेछ। उक्त कार्यदलले थप तालमेलको बारेमा निर्णय गर्ने छ। उक्त जिल्लाम अघिल्लो पटकको निर्वाचनमा नेपाली कांग्रेसले ६, नेकपा  एमालेले ३ र माओवादी केन्द्रले १ स्थानीय तह जितेका थिए। माओवादी केन्द्रले बन्दीपुर गाउँपालिका जितेको थियो।

चितवन 
चितवन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्र हो। यो जिल्लामा एक महानगर समेत रहेको छ। उक्त महानगरमा अहिले सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्र दुवैले मेयरको दाबी गरेका छन्। गत वर्ष नेपाली कांग्रेसले भरतपुर महानगर माओवादीकी रेनु दाहालका लागि छोडेकोले यस पटक नेपाली कांग्रेसले पाउनुपर्ने दाबी गरिएको छ। सत्ता गठवन्धनभित्र विवाद भइरहँदा गठबन्धनमा रहेका दलहरुले चितवनका सातवटै पालिकामा चुनावी तालमेल गर्ने निर्णय गरेका छन्। सोमबार कांग्रेसका चितवन जिल्ला सभापति राजेश्वर खनालको अध्यक्षतामा बसेको बैठकले तालमेलको निर्णय गरेको हो। 

चितवनका क्रियाशील राजनीतिक पार्टीका नेतृत्वहररंबीच संयुक्त बैठक बसी जिल्लास्थित ७ वटै स्थानीय तह र जिल्ला समन्वय समितिमा समेत चुनावी तालमेल गरी जाने निर्णय गरिएको उनले बताए। 

त्यस्तै, जिल्लास्थित ७ वटै पालिकामा गठबन्धनका दलहरुबीच बैठक बसी चुनावी तालमेलका सन्दर्भमा संयुक्त संयन्त्र निर्णमा गरी छलफल प्रक्रिया अगाडि बढाउने निर्णय पनि गरिएको छ। उक्त जिल्लामा गत निर्वाचनमा नेपाली कांग्रेस १, नेकपा एमाले ४  र माओवादी केन्द्रले २ स्थानीय तह जितेका थिए। नेपाली कांग्रेसले इच्छाकामना गाउँपालिमा मात्र जित हासिल गर्न सफल भएको थियो। 

नुवाकोट
नुवाकोटमा शुक्रबार सत्तारुढ दलहरुले गठवन्धनको संयन्त्र बनाउने निर्णय गरेको छ। नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका जिल्ला अध्यक्षहरुले संयन्त्र निर्माणको सहमति गरेका हुन्। नेपाली कांग्रेसका जिल्ला सभापति रमेशकुमार महतका अनुसार जिल्लाभरिका नगर/गाउँपालिकामा कसरी उम्मेदवार चयन गर्ने भन्ने बारेमा छलफल गर्न संयन्त्र बनाउने निर्णय गरेको हो।

नुवाकोटमा १२ स्थानीय तह रहेका छन्। उक्त स्थानीय तहमा अघिल्लोपटक कांग्रेसले ७, एमालेले ३ र माओवादी केन्द्रले २ वटा स्थानीय तहमा जित हात पारेका थिए।  

धनकुटा  
गएको स्थानीय तहको निर्वाचनमा धनकुटामा एमालेले 'क्‍लिनस्विप' गरेको थियो। नेपाली कांग्रेस भने सातवटा स्थानीय तहमा जम्मा ८ वडामा सीमित भएको थियो। १० वटा वडा रहेको धनकुटा नगरपालिकाका २ वटा वडामा मात्र कांग्रेसले जित्यो। संघीय समाजवादी फोरम र नयाँ शक्तिले भने एक/एक वडामा जितेका थिए।

गएको निर्वाचनमा भन्दा यसपल्ट धनकुटामा कांग्रेस बलियो बनेको छ। लामो समयदेखि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट राजनीति गर्दै आएका सूर्यबहादुर थापाका छोरा सुनिल थापा कांग्रेसमा आएका छन्। राप्रपाको बलियो प्रभाव भएका कारण यसपल्ट त्यसको लाभ गठबन्धनलाई हुने अनुमान गरिएको छ। एमालेको गढमा धावा बोल्न चार पार्टीले गठबन्धन गरेका हुन्। गठबन्धनपछि उनीहरु संयुक्त रुपमा चुनाव प्रचारमा समेत जुटिसकेका छन्। 

कास्की
कास्कीको पाँचवटा स्थानीय तहमध्ये ४ वटामा एमालेले जितेको थियो। एक महानगर र तीन गाउँपालिका एमालेले जितेको थियो भने एउटामा कांग्रेसले जित हात पारेको छ। कास्कीको रुपा, माछापुच्छ्रे र मादी गाउँपालिकामा एमाले विजयी भएको थियो भने अन्नपूर्ण गाउँपालिकाको प्रमुखमा कांग्रेसका उम्मेदवार विजयी भएका छन्। गठबन्धन गर्ने निर्णय गरिसकेको कास्कीले केन्द्रको तालमेल मोडल कुरिरहेको छ। 

कञ्चनपुर
नौ वटा स्थानीय तह रहेको कञ्चनपुरमा एमालेले पाँचवटा स्थानीय तहमा प्रमुख र सातवटा स्थानीय तहमा उपप्रमुख जितेको थियो। पाँचमध्ये दुई स्थानीय तहका प्रमुखले एकीकृत समाजवादी रोजेका छन्। आगामी निर्वाचनमा एमालेलाई स्थानीय तहविहीन बनाउन कञ्चनपुरमा क्रियाशील विभिन्न चार राजनीतिक दलले गठबन्धन गर्ने निर्णय गरेका छन्। 

सोमबार नेपाली कांग्रेसको पार्टी कार्यालय महेन्द्रनगरमा बसेको कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादीको बैठकले निर्वाचनमा सहकार्य गर्ने निर्णय गरेको हो। सहकार्यको मोडल भने उनीहरुले तय गरेका छन्। बैठकमा नेपाली कांग्रेसका जिल्ला सभापति पदम बोगटी, राजमो जिल्ला अध्यक्ष रामबहादुर कार्की, माओवादी केन्द्रका जिल्ला संयोजक खेमराज पाण्डेय, नेकपा (एकीकृत समाजवादी) का जिल्ला इन्चार्ज लालबहादुर खड्कालगायत नेताहरु सहभागी थिए।

अर्घाखाँची
अर्घाखाँचीमा सबैभन्दा पहिले तालमेलको निर्णय भएको हो। २०७४ सालको निर्वाचनको नतिजा हेर्ने हो भने कांग्रेस बलियो छ। जिल्लाको छ स्थानीय तहमध्ये चारमा कांग्रेस र एक/एक स्थानीय तहमा एमाले र नेकपा (माओवादी केन्द्र) विजयी भएका थिए। 

सन्धिखर्क नगरपालिका, शीतगङ्गा नगरपालिका, पाणिनी गाउँपालिका र छत्रदेव गाउँपालिकामा कांग्रेस विजय भएको थियो भने मालारानी गाउँपालिकामा एमाले र भूमिकास्थान नगरपालिकामा माओवादी केन्द्र विजयी भएका थिए।

अर्घाखाँचीमा माओवादीका प्रभावशाली नेता टोपबहादुर रायमाझीले नेकपा विभाजनपछि एमाले रोजेका छन्। माओवादी केन्द्रका केही नेता-कार्यकर्ता एमालेमा लगेका कारण एक्लै लड्न गठबन्धनका दलहरुले आँट गरेनन्। तर, गठबन्धन गर्दा गएको निर्वाचनमा प्राप्त भन्दा केही कम कांग्रेसको भागमा पर्नेछ।

बागलुङ
बागलुङका पाँच दलले पनि स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जाने निर्णय गरेका छन्। केन्द्रमा रहेको पाँच दलीय गठबन्धनलाई स्थानीय तहको निर्वाचनमा पनि कार्यान्वयन गर्ने निर्णय गरिएको बताइएको छ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, एकीकृत समाजवादी र जनता समाजवादीले जिल्लाअन्तर्गत स्थानीय तहको निर्वाचनमा मिलेर जाने निर्णय गरेको पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका सभापति जीत शेरचनले जानकारी दिए । 

केन्द्रको गठबन्धनअनुसार मिलेर चुनावमा जान जिल्ला तहमा सैद्धान्तिक निर्णय गरिएको माओवादीका जिल्ला इन्चार्ज वलावती शर्माले बताए। पाँच दलीय बैठकले प्रत्येक पार्टीबाट दुई जनाका दरले दश जनाको उच्चस्तरीय संयन्त्र गठन गर्ने र उम्मेदवार तथा भागबन्डाको टुङ्गो सोही संयन्त्रले गर्ने बताइएको छ। 

बागलुङमा १० मध्ये पाँच पालिकामा कांग्रेस, तीनवटामा एमाले, एउटामा माओवादी केन्द्र र एउटामा जनमोर्चा विजयी भएका थिए।

तेह्रथुम
कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र मञ्च सम्बद्ध लिम्बुवान पार्टीले जिल्लाका सबै स्थानीय तह निर्वाचनमा सहकार्य गर्ने निर्णय गरेका छन्। 

निर्वाचनमा गठबन्धन गरेर जाने सैद्धान्तिक सहमतिपछि गोविन्द ढुंगानाको नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन गरिएको छ। २०७४ को निर्वाचनमा ६ स्थानीय तहमध्ये ५ वटामा एमालेले जितेको थियो। एमालेको पकड भएको अधिकांश स्थानमा गठबन्धन आबद्ध दलको साझा उम्मेदवारी खडा गर्न जनाइएको छ।

तेह्रथुममा एमालेविरुद्ध कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी र लिम्बुवान पार्टी नेपालले गठबन्धन गरेका हुन्।

प्रकाशित मिति: सोमबार, चैत २१, २०७८  २१:०४
  • #स्थानीय_तहको_निर्वाचन_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
स्कटल्यान्डसँगको थ्रीलर गेममा नेपाल २ रनले पराजित, तीन ब्याटरको अर्धशतक
भिजिट भिसा प्रकरणबारे विपक्षी दलबीच छलफल जारी रहेपनि सहमति भएको छैन : हितराज पाण्डे
सदनको गतिरोध अन्त्यका लागि दलहरुबीच समझदारी नजिक पुगेको छ : बर्तौला
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
स्कटल्यान्डसँगको थ्रीलर गेममा नेपाल २ रनले पराजित, तीन ब्याटरको अर्धशतक आइतबार, जेठ २५, २०८२
भिजिट भिसा प्रकरणबारे विपक्षी दलबीच छलफल जारी रहेपनि सहमति भएको छैन : हितराज पाण्डे आइतबार, जेठ २५, २०८२
सदनको गतिरोध अन्त्यका लागि दलहरुबीच समझदारी नजिक पुगेको छ : बर्तौला आइतबार, जेठ २५, २०८२
हिमानी ट्रष्टद्वारा जुम्लामा बर्थिङ सेन्टर शिलान्यास आइतबार, जेठ २५, २०८२
रिची ब्यारिन्टनको शतकमा नेपाललाई स्कटल्यान्डले दियो ३२४ रनको विशाल लक्ष्य आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो)
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो)
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो) आइतबार, जेठ २५, २०८२
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन आइतबार, जेठ २५, २०८२
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्