• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, जेठ २६, २०८२ Mon, Jun 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिल्म समीक्षा
शनिबार सिनेमा शहरको तुवाँलोमा छोपिएका इन्द्रेणी सपना
64x64
युवराज भट्टराई शनिबार, चैत १२, २०७८  १०:५४
1140x725

काठमाडौं– शहरलाई परिभाषित गर्ने आ–आफ्नै दृष्टिकोण हुन्छन्।

कवि भूपि शेरचनले ‘चिसो एस्ट्रे’ कवितामा काठमाडौंलाई ‘सपनाहरू टुटाउने शहर’को रूपमा पारिभाषित गरेका छन्।

शहर सपना देख्नेहरूको भिडले घेरिएको छ। काठमाडौं छिर्ने गाडीहरूमा कोचिएर दैनिक कैयन ‘सपना’हरू शहर छिर्छन्। तर, शहरले भूपिको कवितामा जस्तै सपनाहरूलाई ‘ठुटो’को रूप दिनमा कुनै कसर छोड्दैन्।

‘इन्द्रेणी खोज्दै जाँदा’ सपना बोकेर शहर आएकाहरूको कथा हो। साहारा शर्माको लेखन तथा निर्देशन र इलम दीक्षितको निर्माणमा बनेको फिल्मले शहरभित्र आएर स–साना सपनाहरूमा आफ्नो अस्तित्व खोजिरहेकाको कथा भन्छ। तर, उनीहरूले देखेका कतिपय सपना ‘ठुटो’ भइदिन्छन्, कतिका सपनाका टुकीहरू निभिदिन्छन्। 

गाउँबाट शहर छिरेका तीन जना दिदी, भाइ र बहिनीको कथालाई इन्द्रेणी खोज्दै जाँदामा देखाइएको छ। फिल्मको प्रस्तुतिकरण भने काँचो छ। तर, सशक्त छ। फिल्म छायांकनदेखि ‘पोष्ट प्रोडक्सन’ सम्मका काम सरल र प्राकृतिक ढंगमा गरिएको छ, जसले दर्शकलाई फिल्मसँग अपनत्व महसुस गराउन सक्षम देखिन्छ।

इन्द्रेणी रूपी सपनाको खोजी
फिल्मको नाममा उल्लेख गरिएको ‘इन्द्रेणी’ सपनाहरूको बिम्ब हो। इन्द्रेणी देखिन्छ, तर भेट्न सकिँदैन। अस्तित्व भएरै पनि नभएझैं हुन्छ। यसलाई अंगाल्न चाहनेको इच्छा अर्थहीन हुन्छ।

जीवन इन्द्रेणीजस्तै रंगीन र झकिझकाउ छैन। सरल छ। फिल्ममा उतारचढावहरू नाटकीय स्वरूपमा आउन सक्छन्। तर, जीवनमा घटनाहरूको आगमन नाटकीय शैलीमा आउने सम्भावना कम हुन्छ। ‘इन्द्रेणी खोज्दै जाँदा’ भित्रका पात्रहरूको भूमिका पनि सरल छ। उनीहरू कुनै फिल्म खेलिरहेका लाग्दैनन्। बरु आ–आफ्नो जीवन बाँचिरहेका छन्। 

गाउँबाट उच्च शिक्षाका लागि तीन जना शहर आएका छन्।

Ncell 2
Ncell 2

शहर, अर्थात् काठमाडौं। एक दिदी, एक भाइ र एक बहिनी।

काठमाडौंमा भाडाको कोठामा बसेर आफ्नो शिक्षा हासिल गरिरहेका हुन्छन्। घरबाट आउने खर्च बाँडफाँडको दृश्य फिल्ममा गजबको छ।

आवश्यकताका अनेक आयामहरूले थिचिएर संघर्षरत उनीहरूका फरक फरक चाहना हुन्छन्। तर, उनीहरूमा एउटा समानता हुन्छ, चाहना पूरा गर्ने ठोस उपाय तीन जनासँगै छैन। घरबाट मासिक २० हजार पठाइन्छ। ५५ सय कोठा भाडा, तीन हजार तरकारीमा छुटिन्छ। अरु खर्च पनि तत् तत् ठाउँमा भइहाल्छ। तीन जनाको पकेट खर्चको लागी ३-३ हजार रुपैयाँ हुन्छ। कुनै महिना त्यो अझ घटिदिन्छ। कोठामा वाईफाई हुँदैन। युवा उमेरका उनीहरू वाइफाइ भने ‘चोरेर’ चलाउँछन्।

उनीहरू तीन जनाका लागि दुई वटा कोठा छन्। त्यसैले एकान्तको पर्याप्त उपयोग गर्न असमर्थ छन्। बहालमा बस्दाका अनेक समस्याहरूबाट गुज्रिरहेका हुन्छन्। कोठा बस्दाका आवश्यकताहरूलाई कागजमा लेखेर भित्तामा टाँसिएको हुन्छ, जुन पूरा गर्नका लागि खुत्रुकेमा पैसा पनि जम्मा गरिरहेका हुन्छन्। बाइक, सोफा, नयाँ फ्ल्याट, टीभीजस्ता आवश्यकतालाई सूचीकृत गरेका हुन्छन्। 

जेठी दिदीको भूमिकामा सनम प्याकुरेलले अभिनय गरेकी छिन्। कान्छी बहिनीको भूमिकामा कृतिका लम्साल छिन्। बीचको दाजु/भाइको भूमिकामा दीपक घिमिरेको अभिनय छ।

फिल्मको सुरुवातबाटै उनीहरू आफ्नो सपनाबारे गफ गर्छन्। हाल उनीहरूको चाहना एउटा टीभी लिने हुन्छ। जेठी दिदीलाई उनको कक्षामा विभिन्न सिरियलबारे साथीभाइले गर्ने गफले लज्जित बनाउँछ। आफूसँग टीभी नभएका कारण उनी अर्काको घरमा झ्यालबाट चिहाएर सिरियलहरू हेरिरहेकी हुन्छिन्।

उनको भाइ भने आफ्ना सपनाहरूलाई लिएर अन्योलमा छ। इञ्जिनियरिङ अध्ययन गरिरहेको उसलाई पढाइमा खासै रुचि हुँदैन। अध्ययनमा कठिनाइ महसुस गरिरहेका कारण उसले परीक्षामा प्राप्त गर्ने अंक पनि खासै सन्तोषजनक छैन। तर, घर परिवारलाई उ आफू इञ्जिनियरिङ अध्ययन छाड्ने चाहना व्यक्त गर्न सक्दैन। आफूमाथि देखिएका सपनाहरू र भविष्यमा पूरा गर्नुपर्ने जिम्मेवारीहरूको बोझले उसको मनोस्थिति बिग्रदै गएको हुन्छ।

कान्छी बहिनीका सपनाहरू दिदी र दाइका सपनाभन्दा वृहत् छन्। उनी अमेरिका जाने र आफ्ना सबै समस्याहरू समाधान गर्ने चाहना राख्छिन्। आफ्नो बोलीको लवज र अंग्रेजीको शब्दावलीलाई विस्तार गर्न क्याफे गएर फ्रि वाईफाईमार्फत भिडियो हेर्नु र बोलीको नक्कल गर्नु उनको महत्वपूर्ण काम हो।

अमेरिकाले दिने चिट्ठा भिसा ‘ई-डीभी’ भरेकी उनको नाम निस्किन्छ। तर, घरपरिवारलाई बताउँदिनन्। बरु प्रायोजकको खोजीमा भौतारिइरहेकी हुन्छिन्। आफ्नै बलबुतामा प्रक्रिया पूरा गरेर अमेरिका जाने ‘सप्राइज’ परिवारलाई दिन चाहन्छे। 

जेठी दिदी प्रेममा हुन्छिन्। तर, त्यो प्रेमको अस्तित्वमा उनी आफैं अन्योलमा छिन्।

यता भाइ इन्जिनियरिङको पढाइ छाडेर अरु कुनै ‘सजिलो’ विषय पढ्ने चाहना व्यक्त गर्न नसक्दा डिप्रेसनको सिकार बन्छ। इन्टरनेटमार्फत ‘मर्ने’ उपायहरूको खोजी गर्न थाल्छ। कहिले कोकसँग ‘मेन्टोस’ निलेर त कहिले अनेकौँ ट्याब्लेट खाएर आफैंलाई मार्ने प्रयास गर्छ। तर, यी प्रयास सफल हुँदैनन्। 

आवश्यकताहरूले जेलिएका उनीहरूबीच शहर छिरेदेखि बढ्दै गएको दुरीको कथा ‘इन्द्रेणी खोज्दै जाँदा’ले भनेको छ। फिल्ममा उनीहरू आफू गाउँमा हुँदा एकअर्कासँग भएको निकटता सम्झिन्छन्। तर, शहरको दुई कोठामा उनीहरूको घरको जस्तो माहोल हुँदैन। सीमित आयस्रोतका बीच उनीहरूका आवश्यकता त पूरा हुँदैनन् नै, सँगै खर्चको विषयमा बेला बेला झगडा पनि भइरहन्छ।

अनेक आवश्यकताहरूमध्येबाट उनीहरू कोठामा टीभी लिने चाहनालाई प्राथमिकता दिन्छन्। आवश्यकता पुरा गर्न चाहना लिएर भाइ पसल पुग्छ। त्यहाँबाट सेकेण्ड ह्याण्ड सामान बिक्री हुने पसलतर्फ मोडिन्छ। अन्त्यमा किस्तामा तिर्ने गरी एउटा टीभी कोठामा आइपुग्छ।

यता डीभी परेर पनि प्रायोजकको अभावमा कान्छी बहिनी दूतावासले पठाएको चिट्ठी च्यात्न पुग्छे। बाथरुमभित्र चिट्ठी च्यातेर रोइरहेको उसको एक्लोपनले सपना देख्नेहरूलाई बिझाउँछ।

फिल्मको अन्त्यमा उनीहरू सँगै भएको, तर साथ नभएको दृश्य छ, जहाँ उनीहरूको महिनौँदेखिको चाहना पूरा भएको छ।

मुख्य भूमिकामा देखिएका कलाकारसँगै दीपेन्द्र केसी र सहयोग अधिकारीको भूमिका सहायक छ। तर, फिल्मको कथा भन्नमा उनीहरूले त्यत्तिकै भूमिका खेलेका छन्, जति प्रमुख पात्रहरूको छ। सशक्त अभिनय भएकाहरूका निम्ति लेखिएको सशक्त पटकथाले फिल्मलाई सुन्दर बनाएको छ। 

नवयर्थाथवादी धारको प्रयोग
सहारा शर्माको निर्देशन झकिझकाउ छैन। फिल्म नभएर कुनै सामान्य व्यक्तिले खिचेको भिडियो जस्ता लाग्ने दृश्यको प्रयोग छ। संवादहरू पनि लिखित रूपमा निर्माण भएको नलागेर प्राकृतिक रूपमा बनेका लाग्छन्। दृश्यहरू खिच्दा क्यामराको प्रयोग फरक ढंगले गर्न खोजिएको छ। हल्लिरहेको क्यामेराले खिचेको दृश्य मौलिक छ। तर, पोस्ट प्रोडक्सनको काम कमजोर भएको महसुस हुन्छ।

‘इन्द्रेणी खोज्दै जाँदा’मा देखिएको शैलीले फिल्म निर्माणको नवयर्थाथवादी (नियोरियलिजम) धार समाएको छ। गरिखानेहरूको कथा भन्ने र व्यवसायिक कलाकारभन्दा फरकलाई प्रयोग गरिने यस्ता फिल्ममा स्वाभाविक र सरल दृश्य राखिन्छ। 

फिल्ममा यर्थाथ कथा देखाउन खोजिएको छ। शहर छिरेर अध्ययन गरिरहेकाहरूले फिल्ममा आफूलाई पाउन सक्छन्। 

फिल्मको एक दृश्यमा कक्षा कोठामा महिलाको कुमारित्वमाथि लेखिएका निबन्धहरू पढिन्छन्। निबन्धको एक वाक्यांश हुन्छ, ‘उसले मलाई फूलहरूले भरिएको सुन्दर बगैंचामा प्रेम ग¥यो। तर, उसले कोठामा लैजाँदा यी कुनै कुरा थिएनन्।’ यो दृश्यमा फिल्मकी पात्र जेठी दिदीको व्यक्तित्वमा आएको परिर्वतनले वास्तविक जीवनमा हुने घटनालाई सम्झाउँछ।

चाहे त्यो कान्छी बहिनीलाई स्पोन्सर गर्छु भनेर झुक्याउने होस् वा पढाइका कारण मृत्युसम्म अंगाल्न खोज्ने दाइ, यी दृश्यमा भएको यर्थाथ प्रस्तुतिले फिल्मलाई अब्बल बनाउँछ। 

‘इन्द्रेणी खोज्दै जाँदा’ मौलिकतासहितको सशक्त फिल्म हो। यसमा मिठास छ। फिल्मले भनेको कथा नौलो छ। कथा भन्ने शैली र प्रस्तुतिमा कसिलोपन भेटिन्छ।

तर, यो फिल्म सिनेमाहलभन्दा बढी महोत्सवहरूमा प्रदर्शन भयो। हलमा फिल्म प्रदर्शन हुन्थ्यो त, दर्शकदीर्घामा सायद उल्लेखित संख्या पाउन कठिन हुन्थ्यो। (विगतले त्यही भन्छ।) तर, महोत्सवमार्फत नै भए पनि सन् २०१३ मा प्रदर्शनमा आएको यो फिल्मले नेपाली फिल्ममा नयाँपन र नयाँ शैली निर्माणमा भूमिका खेलेको छ। 

प्रकाशित मिति: शनिबार, चैत १२, २०७८  १०:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
युवराज भट्टराई
लेखकबाट थप
कर्णाली पुगेपछि विकासलाई लाग्यो 'प्रकाश' यहीँ बन्नुपर्छ 
पर्दामा प्रेमको रोमाञ्चक यात्रा
पेरिस सहरमा बेलुनसँग संवाद गर्दै हिँडेको पास्कल
सम्बन्धित सामग्री
‘पुष्पा २’ : तीन दिनमा २ सय करोड कमाउने पहिलो भारतीय फिल्म यो संवादको अर्थजस्तै भारतीय बक्स अफिसमा पनि फिल्म ‘वाईल्ड फायर’ बनेको छ। ‘रेकर्ड ब्रेक’ ओपनिङ गरेको फिल्म शुक्रबार र शनिबार पनि कमाइ... आइतबार, मंसिर २३, २०८१
दिमाग खराब : आम जनताको ‘फ्रस्टेसन’ बोल्ने फिल्म हिजोको दिनमा पार्टी, संगठनको आवश्यकता किन पर्यो, यसबारे निर्देशकले सोचेको भए फिल्म समसामयिक घटनाका फुटेजको सुन्दर संयोजनभन्दा माथि उ... आइतबार, कात्तिक २६, २०८०
हल्कारा : नेपाली फिल्म क्षेत्रको ‘अमूल्य’ पूँजी ‘हल्कारा’ हेरेर मन हलुका भएको कुरा म सुनाउन चाहन्छु। त्यति नै हलुका ५ वर्षअघि चाइनिज फिल्म ‘पोस्टम्यान इन द माउन्टेन’ हेर्दा पनि भएक... बुधबार, जेठ ३, २०८०
ताजा समाचारसबै
स्कटल्यान्डसँगको थ्रीलर गेममा नेपाल २ रनले पराजित, तीन ब्याटरको अर्धशतक आइतबार, जेठ २५, २०८२
भिजिट भिसा प्रकरणबारे विपक्षी दलबीच छलफल जारी रहेपनि सहमति भएको छैन : हितराज पाण्डे आइतबार, जेठ २५, २०८२
सदनको गतिरोध अन्त्यका लागि दलहरुबीच समझदारी नजिक पुगेको छ : बर्तौला आइतबार, जेठ २५, २०८२
हिमानी ट्रष्टद्वारा जुम्लामा बर्थिङ सेन्टर शिलान्यास आइतबार, जेठ २५, २०८२
रिची ब्यारिन्टनको शतकमा नेपाललाई स्कटल्यान्डले दियो ३२४ रनको विशाल लक्ष्य आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो)
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो)
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो) आइतबार, जेठ २५, २०८२
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन आइतबार, जेठ २५, २०८२
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्