• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, जेठ २६, २०८२ Mon, Jun 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
कलाकारको ‘अवसरवादी’ राजनीतिक यात्रा, ‘पदकै लोभ’मा पार्टी परिवर्तन
64x64
युवराज भट्टराई सोमबार, चैत १४, २०७८  ०७:०२
1140x725

काठमाडौं– स्थानीय तहको चुनाव नजिकिएसँगै कलाकारहरूको राजनीतक सक्रियता बढेको छ। पहिलेबाटै राजनीतिमा सक्रिय कलाकार पार्टी फेर्न थालेका छन् भने कलाकारिता मात्र गरिरहेकाहरू पनि दल प्रवेश गर्न थालेका छन्।

गएको चैत ८ मा अभिनेत्री करिश्मा मानन्धर नेकपा एमाले प्रवेश गरिन्। पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटघाट बढाएकी उनले पार्टी प्रवेशको विषयलाई भने नकार्दै आएकी थिइन्। ओलीले कलाकारलाई माया गरेर बोलाउने गरेकाले भेटेको उनले बताउने गरेकी थिइन्।

‘कलाकारको नाताले मैले तीन दशक काम गरें, मिहिनेत र संघर्ष गरें। राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा कलाकारका रूपमा चिनिएँ,’ करिश्माले एमाले प्रवेश कार्यक्रममा भनिन्, ‘पछाडि फर्केर हेरेँ। त्यो मात्रै सबै हो त? त्यहाँभन्दा अघि जाने ठाउँ छैन त? त्यसैले पछिल्लो समय मलाई राजनीतिमार्फत अघि बढ्नुपर्छ भन्ने लाग्यो।’

उनले राजनीतिमा सक्रिय हुन निश्चित जिम्मेवारी अपेक्षित हुने पनि बताइन्। तर, उनको अपेक्षाअनुरूप कलाकारिताबाट राजनीतितर्फ मोडिएकाहरूले निश्चित जिम्मेवारी पाएका उदाहरण भने कमै छन्। बरु चुनावको बेला उनीहरूलाई प्रचारका लागि प्रयोग गर्ने गरिएको छ। दलहरूले जम्मेवारी वा चुनावमा टिकट नदिँदा कलाकारहरू अवसरको खोजीमा पार्टी परिवर्तन गरिरहेका छन्।

करिश्मा पनि पार्टी फेर्दै एमालेमा पुगेकी हुन्। यसअघि उनले बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्ति पार्टीबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेकी थिइन्। बीचको केही समय कुनै दलमा आवद्ध भइनन्। तर, त्यो बेला पनि उनले एमाले अध्यक्ष ओलीसँगको भेटघाट भने जारी राखेकी थिइन्।

पहिलो पटकको प्रतिनिधसभा विघटनमा एमाले अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीप्रति करिश्माको ‘स्नेहभाव’ प्रकट भएको थियो। उनलाई राजनीतिमा ल्याएका बाबुराम भट्टराईले प्रतिनिधिसभा विघटनको विपक्षमा गरेको ट्विटलाई लिएर उनले आपत्ति जनाएकी थिइन्। उनले सामाजिक सञ्जालमा लेखेकी थिइन्, ‘तपाईंजस्तो पढेलेखेको, राजनीति गर्ने मानिसको उर्जा अर्को पार्टीको विरोधमा मात्रै सीमित भएको देख्दा दुःख लाग्छ डा. साब। यही हो नेपालीले पाएको गणतन्त्र? यही हो राजनीतिक संस्कार? देशको विकास कहिले हुने?’

त्यति बेलादेखि नै एमाले र एमाले अध्यक्ष ओलीसँग नजिक हुँदै गएकी उनी अन्ततः एमाले प्रवेश गरिन्।

यसअघि चर्चित गायिका कोमल वली पनि एमाले प्रवेश गरेकी थिइन्। राप्रपाबाट एमाले बनेकी उनको एमाले यात्रा भने ‘फाइदाजनक’ भएको छ। 

Ncell 2
Ncell 2

‘पोइला जान पाउँ’ जस्तो चर्चित गीतकी गायिका कोमल वली रेडियो नेपालको जागिर छाडेर २०७३ सालमा राप्रपा प्रवेश गरेकी थिइन्। तर, उनको राजनीतिक यात्रा एक वर्ष नपुग्दै मोडियो। राप्रपा विभाजन भएसँगै उनी एमाले भइन्। 

गायिका वलीलाई २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा दाङ क्षेत्र नं. ३ बाट उम्मेदवार बनाउने एमाले नेताहरुले आश्वासन दिएका थिए। तर, टिकट पाइनन्। त्यसपछि उनले स्वतन्त्र उम्मेदवारी दिएकी थिइन्। त्यसलाई पनि पछि फिर्ता लिइन्।

सोही साल उनलाई एमालेले राष्ट्रियसभाका लागि उम्मेदवार बनायो। तत्कालीन प्रदेश नम्बर ५ बाट राष्ट्रिय सभा उम्मेदवार बनेकी उनी राष्ट्रियसभाको सांसद भइन्। केही साताअघि मात्र उनको पदावधि सकिएको छ।

गएको मंसिरमा चितवनमा भएको एमालेको महाधिवेशनबाट उनी केन्द्रीय सदस्य भएकी छिन्। केन्द्रीय सदस्य छनोट भएपछि उनले सामाजिक सञ्जालमा लेखेकी थिइन्, ‘मलाई सर्वसम्मत केन्द्रीय सदस्यमा मनोनयन गर्नु भएकोमा श्रद्धेय अध्यक्ष केपी ओलीज्यू, नेतागणलगायत प्रतिनिधिज्यूहरूलाई आदर र धन्यवाद व्यक्त गर्दछु। तपाईंहरुको विश्वासलाई डगमगाउन नदिने प्रतिबद्धता व्यक्त गर्दछु।’

अभिनेत्री रेखा थापा पनि कलाकारितासँगै राजनीतिको यात्रामा छिन्। उनी पनि बेलाबखत पार्टी परिवर्तन गरिरहन्छिन्। हाल उनी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा छिन्। गत मंसिरमा भएको पार्टीको महाधिवेशनमा उनी महामन्त्रीको उम्मेदवार पनि बनेकी थिइन्। तर, पराजित भइन्।

रेखाको राजनीतिक यात्रा भने माओवादी केन्द्रबाट सुरु भएको थियो। २०७० सालमा उनी माओवादी केन्द्र प्रवेश गरिन्। पार्टीमा प्रवेश गर्दा ‘म सानैदेखि अलि क्रान्तिकारी, अग्रगामी सोच भएको युवती थिएँ,’ भनेकी उनले माओवादीले गरेको सिंहदरबार घेराउ कार्यक्रममा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नाचेर निकै चर्चा कमाएकी थिइन्। 

रेखाको ‘माओवादी यात्रा’को सुरुवातमै उनलाई पर्साको क्षेत्र नं. १ बाट चुनावमा उम्मेदवार बनाउने चर्चा थियो। रेखा स्वयंले पनि चुनावी प्रचार व्यापक बनाइसकेकी थिइन्। तर, मतदाता नामावलीमा नामै नभएपछि उनको चर्चा सेलायो। ‘आफ्नै गल्तीले’ चुनावमा लड्न नपाएको बताउने रेखाले माओवादीसँग तीन वर्ष सहकार्य गरिन्। 

माओवादीसँगको सम्बन्ध चिसिएसँगै रेखाको राजनीतिक अवसरको खोजी अन्तै मोडियो। २०७३ मंसिर २७ मा तत्कालीन राप्रपा प्रवेश गरिन्। उक्त प्रवेश कार्यक्रममा रेखाको तर्क थियो, ‘राजनीतिलाई नजिकबाट बुझिरहेको थिएँ। म एउटा हिन्दू नारी हुँ, राष्ट्रवादी केटी हुँ।’

कोरियोग्राफर हुँदै फिल्मको निर्देशनसम्म आइपुगेकी रेनेशा बान्तवा राई पनि राजनीतिमा सक्रिय हुने प्रयासमा छिन्। केही महिनाअघि भएको कांग्रेसको स्थानीय तहको महाधिवेशनमा उनको दौडधुप देखिएको थियो। उनले इलामको क्षेत्र नं. २ बाट जनजाति महिला कोटामा महाधिवेशन प्रतिनिधिका लागि उम्मेद्वारी दिएकी थिइन्। तर, पराजित भइन्।

रेनेशा इलामका कांग्रेस नेता नरेन्द्रकुमार वान्तवाकी छोरी हुन्। उनले महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी दिँदा ‘युवापुस्ता राजनीतिमा आउनुपर्ने’ बताएकी थिइन्। उनी अहिले पनि नेपाली कांग्रेसमै छिन्। तर, राजनीतिक रुपमा सक्रिय छैनन्।

अभिनेता रोज राणा पनि राजनीतिमा सक्रिय त छन्, तर सफल छैनन्। चुनावको समयमा तीर्थ थापा, जोगेन्द्र थापा, शिवहरि नेपाल, पशुपति शर्मा, सुनिल थापा, राधिका हमाल, भुवन केसी, वैकुण्ठ महतजस्ता कलाकार पनि राजनीतिक रूपमा चर्चामा आउँछन्। विगतमा उनीहरू राजनीतिक पार्टीका निम्ति प्रचारमा निकै दौडधुप गर्थे। तर, पार्टीमा आवद्ध हुँदा पाएका आश्वासन पूरा नभएपछि राजनीतिमा सक्रिय छैनन्। कुनै बेला करिश्मासँगै नयाँ शक्ति पार्टीमा प्रवेश गरेका अभिनेता सरोज खनाल र अशोक शर्मा पनि अहिले राजनीतिमा छैनन्।

गायक बद्री पंगेनी कलाकारले राजनीतिमा आउने प्रवृत्तिलाई सामान्य रूपमा लिनुपर्ने बताउँछन्। तर, कलाकारले राजनीति र कलाकारिता फरक भएको बुझ्न आवश्यक भएको उनको भनाइ छ। ‘कलाकारले राजनीतिक आस्था राख्न नहुने होइन। उनीहरुले नेतृत्व गर्न हुँदैन भन्ने होइन’, उनले भने, ‘तर, कलाकारहरूले नेतृत्व गर्न सजिलो छैन भन्ने बुझ्नुपर्छ। मलाई जति गीत गाउन सजिलो छ, त्यति राजनीति गर्न छैन।’

पंगेनी कलाकारितामा जस्तै कुनै संगठनको नेतृत्व लिएर काम गर्न र जिम्मेवारी बहन गर्न अप्ठ्यारो हुने बताउँछन्। कलाकारितामा वर्षौं संघर्ष गरेर हासिल गरेको सफलताकै आडमा राजनीतिमा पनि छिट्टै सफलता हासिल गर्ने सोच कलाकारमा छ। पंगेनी भन्छन्, ‘कलाकारिता र राजनीति फरक कुरा हुन्। कुनै कार्यकारी पदमा रहेर जनताको चित्त बुझ्ने गरी काम गर्न सजिलो छैन।’

यद्यपि, कलाकारिताबाट राजनीतिमा आउनु नराम्रो नभएको उनी बताउँछन्। कलाकार कुन उदेश्यले राजनीतिमा लागेको छ भन्ने विषयले धेरै कुरा प्रस्ट्याउने उनको भनाइ छ। ‘अवसरवादी’ प्रवृत्तिलाई लिएर राजनीतिमा पस्न नहुने उनी बताउँछन्। ‘नपत्याउँदो तरिकाले भविष्यमा देश र समाजको लागि केही गर्न सक्ने अवस्था आउँछ। तर, त्यतिञ्जेल धैर्यता राख्नुपर्छ। व्यक्तिगत स्वार्थका लागि मात्रै राजनीतिमा लाग्ने र त्यसैका लागि पार्टी रोज्ने गरेको चाहिँ राम्रो होइन,’ पंगेनीले भने।

प्रकाशित मिति: सोमबार, चैत १४, २०७८  ०७:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
युवराज भट्टराई
लेखकबाट थप
कर्णाली पुगेपछि विकासलाई लाग्यो 'प्रकाश' यहीँ बन्नुपर्छ 
पर्दामा प्रेमको रोमाञ्चक यात्रा
पेरिस सहरमा बेलुनसँग संवाद गर्दै हिँडेको पास्कल
सम्बन्धित सामग्री
भिजिट भिसा प्रकरणबारे विपक्षी दलबीच छलफल जारी रहेपनि सहमति भएको छैन : हितराज पाण्डे आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै पाण्डेले सत्तापक्ष र प्रतिपक्षीबीच छलफल भइरहेको भन्दै अहिलेसम्म कुनै सहमति... आइतबार, जेठ २५, २०८२
सदनको गतिरोध अन्त्यका लागि दलहरुबीच समझदारी नजिक पुगेको छ : बर्तौला आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले भिजिट भिसा प्रकरणमा प्रतिपक्षीले राखेका विषयमा निरन्तर छलफल भइरह... आइतबार, जेठ २५, २०८२
विपक्षीको अवरोधका कारण प्रतिनिधिसभा बैठक सोमबार दिउँसो २ बजेसम्मका लागि स्थगित सभामुख देवराज घिमिरेले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ विपक्षी दलहरु र केही सत्ता पक्षका सांसद उठेका थिए । सभामुखले सदन चलाउन सांस... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
स्कटल्यान्डसँगको थ्रीलर गेममा नेपाल २ रनले पराजित, तीन ब्याटरको अर्धशतक आइतबार, जेठ २५, २०८२
भिजिट भिसा प्रकरणबारे विपक्षी दलबीच छलफल जारी रहेपनि सहमति भएको छैन : हितराज पाण्डे आइतबार, जेठ २५, २०८२
सदनको गतिरोध अन्त्यका लागि दलहरुबीच समझदारी नजिक पुगेको छ : बर्तौला आइतबार, जेठ २५, २०८२
हिमानी ट्रष्टद्वारा जुम्लामा बर्थिङ सेन्टर शिलान्यास आइतबार, जेठ २५, २०८२
रिची ब्यारिन्टनको शतकमा नेपाललाई स्कटल्यान्डले दियो ३२४ रनको विशाल लक्ष्य आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो)
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो)
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो) आइतबार, जेठ २५, २०८२
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन आइतबार, जेठ २५, २०८२
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्