काठमाडौं–चितवन राष्ट्रिय निकुन्जमा गैंडा मारी खाग तस्करी गरेको आरोप लागेका एक व्यक्ति काठमाडौंमा समातिएका छन्।
महानगरीय प्रहरी वृत्त बालाजुले बनस्थलीबाट खाग तस्करीका आरोप लागेका राजन प्रजालाई पक्राउ गरेको हो।
चितवनको कालिका नगरपालिका–२ घर भएका ४० वर्षीय प्रजाले गत असारमा चितवन राष्ट्रिय निकुन्जमा गैंडा मारी खाग तस्करी गरेको आरोप लागेका छ।
त्यसयता फरार रहेका उनलाई पक्राउ गर्न प्रहरीलाई सर्कुलर गरिएको थियो। सो क्रममा बालाजुको सादा पोशाकको प्रहरी टोलीले उनलाई फागुन १७ गते पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी दिनेशराज मैनालीले बताए। प्रजालाई कारबाही र थप अनुसन्धानका लागि चितवन पठाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।