काठमाडौं– नयाँ बानेश्वरस्थित सडकमा नो एमसीसी लेखेर प्रेसर कुकर बम राखेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काभ्रे घर भएका सुवास महत रहेको महानगरीय प्रहरी अपराध महाशाखा एसएसपी बसन्त कुँवरले बताए। उनलाई महाशाखाको टोलीले गौशालाबाट पक्राउ गरेको हो।
उनी नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका कार्यकर्ता रहेको प्रहरीले जनाएको छ। उनी क्याम्पस इकाइ कमिटीका सदस्य रहेको प्रहरीले जनाएको छ । मोटरसाइकलमा आएका दुई जनाले दिउँसै सडकमा कुकुर राखेका थिए।
उक्त कुकर बम भएको हुनसक्ने आशंकामा नेपाली सेनाको टोलीले डिस्पोज गर्दा तर्साउनका लागि मात्रै राखिएको पाइएको थियो।
कुकरभित्र कपडाहरु राखिएको भेटिएको थियो। कुकर राख्ने कार्यमा संलग्न अर्का व्यक्ति भने फरार छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।