बाँके– अमेरिकन पेस्तोलसहित तीन जना पक्राउ छन्। बाँकेको डुडुवा गाउँपालिका–४ राप्ती पुल नजिकबाट मेड इन यूएसए लेखेको १ थान अटोमेटिक पेस्तोल, सोको १ थान म्याग्जिन, ९ राउण्ड गोली, १ थान खुडा र २ थान नोकसहित ३ जनालाई मंगलबार बेलुका प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा नेपालगञ्ज उपमहानगरपालिका–१८, कारकाँदो बस्ने २९ वर्षीय सुशान्त केसी, सोही उपमहानगरपालिका–१२ कोरियनपुर बस्ने २८ वर्षीय दीपेन्द्र अधिकारी र कैलाली लम्किचुहा नगरपालिका–३ बस्ने ३२ वर्षीय द्वारिका उपाध्याय रहेका छन्।
उक्त स्थानमा गोली पड्किएजस्तो आवाज आएपछि इलाका प्रहरी कार्यालय बनकट्टीबाट खटिएको प्रहरी टोलीले नेपालगञ्जबाट राप्ती नदीतर्फ जाँदै गरेको सुशान्तले चलाएको बागमती प्रदेश ०१–०२५ च ३०९७ नम्बरको गाडीलाई जाँच गर्दा पेस्तोल भेटिएको हो।
गाडीको सिट पछाडि झोलामा लुकाई राखिएको अवस्थामा उक्त हतियार फेला पारेपछि गाडीमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।