काठमाडौं– भक्तपुरको लोकन्थलीमा शंकास्पद तीन वटा प्रेसर कुकुर भेटिएको छ । शंकास्पद अवस्थामा राखिएको तीन वटा कुकुर देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
बम जस्तो बनाएर तीन वटा कुकुर राखेपछि प्रहरीले डिस्पोजलका लागि नेपाली सेनाको टोलीलाई खबर गरेको थियो। नेपाली सेनाको टोलीले डिस्पोज गर्दा उक्त वस्तु बम नभएको पाइएको छ। बम जस्तो बनाएर तर्साउनका लागि प्रेसर कुकुर राखिएको खुलेको हो ।
एमसीसीको विरोधमा भएको प्रदर्शनका क्रममा सोमबार मात्रै बम जस्तो बनाएर राखिएको अवस्थामा राजधानीलगागयत विभिन्न ठाउँबाट प्रेसर कुकर बरामद गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।