• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, जेठ २६, २०८२ Mon, Jun 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर
सरोजको विकल्प आर्ट : कला र समाज जोड्ने क्याफे
64x64
युवराज भट्टराई बिहीबार, माघ ६, २०७८  ०७:०७
1140x725

काठमाडौं– ललितपुरको पुल्चोकस्थित निदान हस्पिटल छेवैको गल्लीबाट भित्र छिरेपछि पश्चिमा संगीतको धुन कानमा ठोकिन्छ। यही धुन पछ्याउँदै करिब २०० मिटर भित्र पसेपछि कला र क्याफेको संगम विकल्प आर्ट सेन्टरमा पुग्न सकिन्छ।

त्यहाँ शनिबारबाट सुरु भएको ‘मिथिला मोटिफ्स र जीवनशैलीको सम्झना’ शिर्षकमा नम्रता सिंहको एकल कला प्रदर्शनी चलिरहेको छ। विकल्पमा कला पारखीहरूले संगीतसँगै क्याफेको पनि मजा लिन सक्छन्।

विकल्प आर्ट सेन्टर सन् २००९ बाट सुरु भएको हो। यसका संञ्चालक ‘आर्ट क्युरेटर’ तथा फिल्मकर्मी सरोज महतो हुन्। उनी ‘भिजुअल आर्ट’ अन्तर्गत ‘भिडियो एण्ड फिल्म’ पढ्न दक्षिण कोरिया पुगेका थिए। त्यति नै बेला जन्मिएको थियो यो कलाकेन्द्रको अवधारणा। सरोज र उनकी श्रीमतीले कोरियामा हुँदै नेपालमा भिजुअल आर्ट सेन्टर खोल्ने योजना बनाए, जहाँ साथीभाइ भेट भएर समय बिताउन सकियोस्। 

‘हामीले सुरुमा भर्चुअल माध्यमबाट यो काम गरेका थियौं,’ सरोज भन्छन्, ‘नेपाल फर्किएपछि यसलाई भौतिक रूप दिएर काम गर्न थाल्यौं। भर्चुअल रुपमा वेबसाइटबाट सन् २००९ मा सुरु भयो भने भौतिक रुपमा सन् २०१३ बाट सुरु गरेका थियौं।’

सन् २००९ मा नेपालमा इन्टरनेट अहिलेजस्तो व्यापक थिएन। फेसबुकसँग भर्खर मान्छेहरु परिचित भएका थिए। सरोज आफैं पनि त्यो बेला म्यासेन्जर चलाउँथे। नेपालमा कला केन्द्रको रुपमा व्यक्तिगत तवरले स्थापना भएका ठाउँहरु कमै थिए।

कोरियामा रहँदा नै उनले कला क्षेत्रसँग सम्बन्धित केही काम गरे। वेबसाइटमै कला प्रदर्शनी भयो। तर, कोरियामा बसेर नेपालको कला क्षेत्रसँग सम्बन्धित काम गर्न सहज थिएन। सन् २०१२ मा उनीहरु नेपाल फर्किए। कलाको बजार बुझे। कला केन्द्र र क्याफे संचालनबारे अनुसन्धान गरे। एक वर्षपछि सन् २०१३ मा विकल्पको सुरुवात भयो। 

‘हामीले भर्चुअल रुपमा एक दुई वटा काम गर्यौँ,’ सरोज भन्छन्, ‘तर, नेपालमा नभएकाले काम गर्न असहज थियो। त्यसपछि हामीले थोरै समय पर्खियौं। नेपाल आएपछि औपचारिक रुपमा नै कला केन्द्र स्थापना गरेका हौँ।’

Ncell 2
Ncell 2

सरोजले ‘फाइन आर्ट’मा नेपालबाट स्नातक र कोरियाबाट स्नातकोत्तर गरेका छन्। कोरियामा उनले आधुनिक कलासँग साक्षात्कार गर्न पाए। कलाका विविध आयामबारे बुझ्दै जाँदा उनलाई नेपालमा मूलधारको कला निकै सतही भएको महसुस भयो। कलाबारे बहस र नजिकका साथीभाइ भेटघाट र छलफल गर्ने ठाउँको अभाव खड्किएको देखे। 

कोरियाबाट फर्किएपछि महतोले विकल्प आर्ट सेन्टरको सुरुवात मात्र गरेनन् ‘रन्डम लाइन प्रोडक्सन कम्पनी’ पनि खोले। त्यति बेला सरोज विज्ञापन निर्माण र फिल्म निर्देशन पनि गरिरहेका थिए। विकल्पलाई पनि सम्हालिरहेका थिए। केही लघु चलचित्र बनाएपछि उनी पूर्ण रुपमा कला केन्द्रमै केन्द्रित हुन थाले।

सरोजले विकल्प स्थापनादेखि नै कलाको नयाँ माध्यमलाई स्थापित गराउने सोच लिएका थिए। तर, नेपालमा कला क्षेत्र मूलधारको रुपमा स्थापित नै भएको थिएन। उनले जोखिम मोलेका थिए। उनी भन्छन्, ‘स्थापनादेखि हाम्रो ध्यान यहाँ आर्ट सेन्टर बचाइरहनेमा छ। क्याफे त्यसैको लागि हो। आर्ट सेन्टरलाई सञ्चालन गरिरहनका लागि क्याफेको आम्दानीले सहज बनाउँछ।’

विकल्पको मुख्य ध्यान कलाको नयाँ स्वरूप र युवा पुस्तालाई एक ठाउँमा ल्याउने हो। उनले परम्परागत र पौराणिकभन्दा पनि आधुनिक नेपाली कलालाई महत्व दिने गरेका छन्।

नेपालमा अहिले पनि कलाको निश्चित बजार छैन। एउटा कलाकारले स्वयं काम गर्दै आफ्नो दैनिकी चलाइरहन सहज अवस्था छैन। सन् २०१३ मा त कला केन्द्र स्थापनाको सोच नयाँ नै थियो। प्रदर्शनीबाट चित्रकला, इन्स्टलेसनलगायतका कलाका उत्पादनहरु बिक्री गर्ने र रकम जम्मा गर्ने काम सुनाउँदा कतिपयले त विश्वास पन गरेनन्।

‘नेपालमा अहिले पनि कलाको बजार छैन, त्यति बेला झन् हुने कुरै भएन,’ सरोज भन्छन्, ‘हामीभन्दा सानो देशमा कलाको बजार छ। तर, यहाँ त्यो अवस्था छैन। कलाको बजार नभएपछि हामीजस्तो आर्ट सेन्टरहरुलाई बाँच्न गाह्रो हुन्छ। त्यसका लागि कला केन्द्रसँगै अर्को व्यवसाय गर्न बाध्य भइन्छ। हाम्रो खास उद्देश्य कलाकार र सर्वसाधारणबीचको पुल बन्ने पनि हो।’ त्यही सोचका कारण क्याफे पनि सञ्चालन गरेको उनी बताउँछन्।

क्याफेमा आउनेले विकल्पमा हुने प्रदर्शनीलगायतका कला क्षेत्रका कामबारे थाहा हुने र यसले सर्वसाधारण र कलाबीचको दूरी कम गर्नमा सहयोग गरेको सरोजले बताए। ‘कला भनेको मानिससँग जोडिन्छ,’ उनी भन्छन्, ‘हामी धुमिल अवस्थामा थियौं, केही नदेखिने अवस्था थियो। अहिले त्यो धुमिल रेखा थोरै हटेको छ। कतिपय मान्छेले कलालाई बुझ्ने प्रयास गरेका छन्। कामलाई प्रोत्साहन पनि गरेका छन्।’

विकल्पको मुख्य ध्येय कला हो। सँगै क्याफे छ। त्योबाहेक ‘को–वर्किङ स्पेस’को रुपमा सहकार्य गरिरहेको छ। ‘हाम्रो देशमा कला क्षेत्र सधैं छाँयामा छ, चाहे त्यो फिल्म होस्, चित्रकला होस् वा संगीत’, सरोज भन्छन्, ‘भर्खर नेपालमा कलाको संस्कृति विकास भइरहँदा यी सबै कुराहरुलाई लैजान आवश्यक छ। त्यसका लागि हामीले गरेको यो एउटा प्रयास मात्र हो। हाम्रो कारणले कला केही मान्छेबीचमा पुगेको छ।’

हाल विकल्पमा कला प्रदर्शनीसँगै फिल्म, भिजुअल आर्ट, चित्रकलालगायतका कलाका विभिन्न आयामसँग सम्बन्ध राख्ने क्रियाकलाप भइरहेका छन्। अनुसन्धानका लागि आवश्यक सामग्रीसहितको विकल्प रिसोर्स सन्टरको स्थापना भएको छ। हरेक बुधबार ‘सिने नाइट’ हुन्छ, जहाँ फिल्म हेर्ने र त्यसमाथि बहस गर्ने गरिन्छ।

‘विकल्प कला क्षेत्रका सबै क्रियाकलापका लागि खुल्ला छ,’ सरोज भन्छन्, ‘कसैसँग कुनै पनि किसिमको कलासँग सम्बन्धित काम भए सँगै सहकार्य गर्न सक्ने वातावरणको विकास भएजस्तो लाग्छ।’

प्रकाशित मिति: बिहीबार, माघ ६, २०७८  ०७:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
युवराज भट्टराई
लेखकबाट थप
कर्णाली पुगेपछि विकासलाई लाग्यो 'प्रकाश' यहीँ बन्नुपर्छ 
पर्दामा प्रेमको रोमाञ्चक यात्रा
पेरिस सहरमा बेलुनसँग संवाद गर्दै हिँडेको पास्कल
सम्बन्धित सामग्री
समाजसेवामा समर्पित कृपा,  नाम जस्तै पहिचान समाजसेवा गर्दा घरव्यवहार सब लथालिंग हुने कुरामा उनको विश्वास छैन। किनभने घर र समाज व्यवस्थापन गर्ने कलाले उनलाई यहाँसम्म ल्याइपुर्‍य... आइतबार, जेठ २५, २०८२
त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल नगरपालिकाको हिउँदे नगरसभाले विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने निर्णय पारित गरेको नगरप्रमुख वि... शुक्रबार, माघ १८, २०८१
चुरे समिति खारेजीः छलफल गरी निर्णय लिनुपर्नेमा जोड वन तथा वातावरण मन्त्रालयले समितिको संरचना खारेज गरेर मन्त्रालयमा गाभ्ने तयारीका साथ प्रक्रिया अगाडि बढाएको भन्दै समितिले आपत्ति जनाए... मंगलबार, माघ १५, २०८१
ताजा समाचारसबै
स्कटल्यान्डसँगको थ्रीलर गेममा नेपाल २ रनले पराजित, तीन ब्याटरको अर्धशतक आइतबार, जेठ २५, २०८२
भिजिट भिसा प्रकरणबारे विपक्षी दलबीच छलफल जारी रहेपनि सहमति भएको छैन : हितराज पाण्डे आइतबार, जेठ २५, २०८२
सदनको गतिरोध अन्त्यका लागि दलहरुबीच समझदारी नजिक पुगेको छ : बर्तौला आइतबार, जेठ २५, २०८२
हिमानी ट्रष्टद्वारा जुम्लामा बर्थिङ सेन्टर शिलान्यास आइतबार, जेठ २५, २०८२
रिची ब्यारिन्टनको शतकमा नेपाललाई स्कटल्यान्डले दियो ३२४ रनको विशाल लक्ष्य आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो)
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो)
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो) आइतबार, जेठ २५, २०८२
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन आइतबार, जेठ २५, २०८२
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्