• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, जेठ २६, २०८२ Mon, Jun 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर
करोडका नमूना बस्तीबाट हौसिएका धुर्मुस-सुन्तली अर्बको योजनामा यसरी चुके न रह्यो कलाकारिता, न ‘समाजसेवा’
64x64
युवराज भट्टराई बिहीबार, पुस ८, २०७८  ०७:०४
1140x725

काठमाडौं– हास्यकलाकारद्वय सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले २०७४ चैतमा आमनागरिकबाट आर्थिक सहयोग जुटाएर क्रिकेट रंगशाला बनाउने घोषणा गर्दा ताली मात्र होइन, गाली पनि पाएका थिए। गालीको स्वर सानो थियो। उनीहरूले चितवनको भरतपुरमा २०७५ माघ १६ देखि रंगशाला निर्माणको कामै सुरु गरे।

त्यति बेला कतिपयले अरुसँग ‘चन्दा’ जुटाएर समाजसेवा नहुने तर्क गरेका थिए। कतिपयले भने ‘उनीहरूको काम कलाकर्म भएकाले त्यही गर्न’ सुझाएका थिए। अनि, केहीले ठूलो आयोजना भएकाले पार लगाउने विषयमै शंका गरेका थिए।

यो शंका यथार्थमा परिणत भएको छ। उनीहरूले क्रिकेट रंगशाला निर्माणको कामबाट हात झिकेका छन्। धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनको भरतपुर महानगरपालिकालाई पत्र लेख्दै ‘गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला’ निर्माणका लागि भएको सम्झौताअनुरुप सबै जिम्मेवारी लिन अनुरोध गरेको छ। 

हालसम्म आफूहरूले ‘धुर्मुस–सुन्तली फाउण्डेसन’मार्फत रंगशाला निर्माणको काम ३५ प्रतशित पूरा गरेको उनीहरूको भनाइ छ। विषम परिस्थिति सिर्जना भएको र करोडौँ रुपैयाँ ऋण भएकाले काम अघि बढाउन नसक्ने उनीहरूले पत्रमा उल्लेख गरेका छन्। 

धुर्मुस-सुन्तलीको समाज सेवा अभियानमा यो सबैभन्दा धेरै लगानी हुने महत्वाकांक्षी आयोजना थियो। त्यसअघि उनीहरूले सरसफाइदेखि नमूनावस्ती निर्माणलगायत कार्य गरेका थिए। 

तर, रंगशाला निर्माणमा भने उनीहरू सफल भएनन्। अहिलेसम्म १६ करोड उधारो तिर्न बाँकी रहेको फाउन्डेसनले जनाएको छ। आर्थिक संकट भएपछि पाँच महिनादेखि रंगशाला निर्माणको काम रोकिएको छ। यसअघि कोरोना महामारीको बेला र चाडबाडमा समेत काम रोकिएको थिएन।

कलाकारिताबाट समाजसेवाको यात्रा
२०७२ सालमा भुकम्प आउनुअघि धुर्मुस र सुन्तली समाज सेवामा सक्रिय हुँदै थिए। बागमती सरसफाइ अभियानदेखि सडक सफाइसम्ममा उनीहरू संलग्न भए। २०७१ माघ २१ मा सरकारले उनीहरूलाई ‘सरसफाइ सद्भावना दूत’ घोषणासमेत गरेको थियो। २०७२ मा ‘राष्ट्रिय सरसफाइ अभियान–२०७२’ अन्तर्गत पूर्व–पश्चिम राजमार्ग सफाइमा पनि उनीहरू जोडिएका थिए। 

उनीहरूले टेलिभिजन कार्यक्रम ‘मेरी बास्सै’बाट नाम कमाएका थिए। देशविदेशमा राम्रो 'क्रेज' थियो। स्टेज कार्यक्रममा भ्याइनभ्याइ थियो। टेलिभिजनमा स्थापित धुर्मुसले विस्तारै फिल्ममा हात हाले। २०७० मा धुर्मुसले अभिनय गरेको फिल्म ‘छ एक्कान छ’ले राम्रो व्यापार गरेको थियो। २०७१ वैशाखमा प्रदर्शनमा आएको ‘नाइ नभन्नु ल-२’मा पनि धुर्मुसको अभिनय थियो। त्यसपछिको ‘वडा नम्बर ६’को लोकप्रियताले धुर्मुसलाई सामाजिक कार्यमा लाग्दा राम्रै सहयोग पुग्यो।

Ncell 2
Ncell 2

२०७२ वैशाख १२ गतेको भूकम्पपछि भने धुर्मुस-सुन्तलीले कलाकारिताभन्दा बढी सामाजिक काममा ध्यान दिए। भूकम्प जाँदा उनीहरू सांस्कृतिक कार्यक्रमका लागि अमेरिकामा थिए। भूकम्पपछि बाँकी कार्यक्रम स्थगित गरेर नेपाल फर्किए। नेपाल फर्किनुभन्दा केही दिनअघि सामाजिक सञ्जालमा राखेको भिडियोमा धुर्मुसले भनेका थिए- ‘देश रोइरहेको अवस्थामा हामी अमेरिकामा रम्ने, रमाउने, हाँस्ने, हसाउने कल्पना पनि गर्न सक्दैनौं। यो दुःखद घडीमा हामी अमेरिकामा घोषणा भएका सम्पूर्ण कार्यक्रम स्थगित गरेर ती पीडितहरूलाई मलम लगाउन नेपाल फर्किदैं छौं।’

अमेरिकामा कार्यक्रममा जाँदा ‘धुर्मुस-सुन्तली सरसफाइ महाअभियान’को नाममा उठेको १६ लाख ५० हजार रुपैयाँ पनि भूकम्पमा घाइते र पीडित भएकालाई सहयोग गर्ने घोषणा गरे। उनीहरूले थप आर्थिक सहयोगका लागि आह्वान पनि गरेका थिए।

समाजसेवाका लागि कलाकारिताबाट टाढा
यहीबीचमा उनीहरुले सामाजिक कार्यका लागि ‘धुर्मुस-सुन्तली फाउण्डेसन’ बनाए। भूकम्पमा घर गुमाएकाहरूका लागि तीन ठाउँमा नमूना बस्ती बनाए। उनीहरूले काभ्रेपलान्चोकको पाँचखाल नगरपालिकास्थित डाँडाँगाउँमा भू्कम्पपीडितका लागि घर बनाइदिए। त्यस्तै, सिन्धुपाल्चोकको मेलम्चीस्थित गिरानचौर र महोत्तरीको बर्दिबासमा पनि एकीकृत नमूनाबस्ती बनाए। यी सबै काम उनीहरूले आफ्नै अगुवाइमा जुटाएको आर्थिक सहयोगबाटै गरेका थिए।

बर्दिबासमा निर्माण भएको एकीकृत नमूना मुसहर बस्ती निर्माणका लागि ७ करोड रुपैयाँ खर्च भएको उनीहरूले उल्लेख गरेका छन्। तीन वटै बस्ती निर्माणमा ११ करोडभन्दा धेरै रकम खर्च गरेको उनीहरूले जनाएका छन्। 

समाज सेवामा सक्रिय भइरहेका धुर्मुस सुन्तली कलाकारिताबाट भने टाढा हुँदै गए। सामाजिक कार्यमा सक्रिय हुँदा टेलिभिजन श्रृङ्खला ‘मेरी बास्सै’मा देखिन पातलिएको थियो। यसैबीच, २०७२ भदौमा धुर्मुसले अभिनय गरेको फिल्म ‘वडा नम्बर ६’ प्रदर्शनमा आयो। 

नमूना बस्ती निर्माणबाट चौतर्फी प्रशंसा पाएका धुर्मुस-सुन्तलीले २०७४ मा आफ्नो सामाजिक जीवनकै सबैभन्दा महत्वाकांक्षी योजना घोषणा गरे। अन्तराष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माण घोषणा गरेका उनीहरूले २०७५ माघ १६ मा काम नै सुरु गरे। उसैगरी आर्थिक सहयोग जुटाएर बनाउने उनीहरूको योजना थियो। र‌ंगशालाको कुल लागत तीन अर्ब ५५ करोड अनुमान गरिएको थियो।

यस्तो छ रंगशालाको डिजाइन।

आयोजना घोषणापछि सीमित म्युजिक भिडियो र विज्ञापनबाहेकमा उनीहरूको उपस्थिति हुन छाड्यो। दुई वर्षसम्म रंगशाला निर्माणकै काममा व्यस्त हुँदा एउटा फिल्म भने बनाए। २०७६ फागुन ९ मा धुर्मुस-सुन्तली दुवै जनाको अभिनय भएको फिल्म ‘सेन्टी भाइरस’ प्रदर्शनमा आयो। तर, सफल हुन सकेन। बरु, फिल्मकै आडमा धुर्मुस सुन्तलीले रंगशाला निर्माणका लागि रकम संलकन गरे। दर्शकलाई रंगशाला निर्माणको सपना देखाउँदै हलसम्म लैजाने प्रयास गरे।

गत भदौमा उनीहरूको अर्को नयाँ फिल्म सार्वजनिक भयो। ओटीटी माध्यम ‘ओहो एप’बाट ‘म त मर्छु कि क्या हो’ नामक फिल्म प्रदर्शनमा आएको थियो। ‘मेरि बास्सै’मै देखिएका बासी कथाहरूलाई लिएर धुर्मुस-सुन्तलीले यो फिल्म बनाएका थिए। यसले कुनै चर्चा बटुल्न सकेन।

यतिबेला रंगशाला निर्माणको कामले केही समय त गति लियो। तर, उनीहरूले आकलन गरेजस्तो आर्थिक संकलन हुन सकेको थिएन। धुर्मुस र सुन्तलीका लागि रंगशाला निर्माणको काम ‘घाँटीमा अड्किएको हाड’ जस्तै भयो। न निल्न सक्ने, न ओकल्न सक्ने। अन्तत: काेभिड महामारीको विषम परिस्थितिका कारण भन्दै उनीहरुले आयोजनाबाट हात झिकेको घोषणा गरेका छन्।

करोडको आडमा देखिएको अर्बौँको ‘असफल सपना’
धुर्मुस–सुन्तली फाउन्डेसनले रंगशालाको ३५ प्रतिशत काम पूरा गर्न ५४ करोड ६२ लाख २१ हजार रुपैयाँ खर्च भइसकेको जनाएको छ। जसमध्ये १६ करोड रुपैयाँ ऋण रहेको फाउण्डेसनले भरतपुर महानगरपालिकालाई लेखेको पत्रमा उल्लेख छ।

भूकम्पपछि सुरु भएको धुर्मुस-सुन्तलीको समाजसेवाको यात्रामा उनीहरूले करोडको आडमा अर्बौँको सपना देखे। तीन वटा नमूना बस्ती निर्माणमा खर्च भएको रकम संकलन गर्न उनीहरू सफल भएका थिए। तर, रंगशाला निर्माणको काम नमूना बस्ती निर्माणजस्तो सहज थिएन। रंगशालाको कुल लागत साढे तीन अर्ब रुपैयाँभन्दा बढी थियो। उनीहरूले एक अर्ब पनि जुटाउन सकेनन्।

यसबीच धुर्मुस-सुन्तलीले पटक-पटक आफ्ना दर्शक र शुभेच्छुकलाई ‘भावनात्मक’ रुपमा प्रभाव पारिरहे। कहिले पत्रकारकै अघि रोए त, कहिले रोएको भिडियो विभिन्न यु–ट्युब च्यानलमा आयो। उनीहरूले पटक-पटक सरकारले सहयोग नगरेको गुनासो पनि गरे।

गत भदौदेखि रंगशाला निर्माणको काम खर्च अभावमा रोकिएको थियो। अहिले उनीहरूले रंगशाला निर्माणको कामको जिम्मेवारीबाटै हात झिकेका छन्। 

सीमित चलचित्र निर्माणको समय र सर्वसाधारणबीच टेलिभिजन लोकप्रिय भएको बखत उदाएका धुर्मुस-सुन्तलीको अबको यात्रा झन् कठिन देखिन्छ। समाजसेवामै सक्रिय हुँदा हिजो उनीहरूलाई सहयोग गर्नेले रंगशालाको विषयलाई लिएर अविश्वास गर्ने निश्चित छ। हिजोजस्तो टेलिभिजन पछ्याउने दर्शक आज छैनन्। 

सिनेमामा उनीहरूले भन्ने कथाहरू पनि ‘बासी’ भएको पछिल्लो फिल्म ‘म त मर्छु कि क्या हो’ले देखाएको छ। अब कलाकारिता र समाजसेवा दुवै बाटो हिँड्न उनीहरूलाई कठिन छ। समाज सेवामा विश्वास गुमेको छ भने कलाकारितामा दर्शक गुमेका छन्। धुर्मुस–सुन्तलीका लागि अबको बाटो पक्कै सहज छैन। यसको एउटै कारण हो– जुन काम उनीहरुले गर्नै हुँदैन्थ्यो, त्यही काममा हात हाल्नु। किनभने कोरोना महामारी र त्यसलाई नियन्त्रण गर्न लगाइएको लकडाउनका बेला आममानिस दुई छाक टार्नै धौ–धौमा रहेका बेला उनीहरुले सरकारलाई रंगशाला निर्माणमा सहयोग गर्न अपिल गरिरहेका थिए। यो आफैमा एउटा मजाक थियो।

प्रकाशित मिति: बिहीबार, पुस ८, २०७८  ०७:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
युवराज भट्टराई
लेखकबाट थप
कर्णाली पुगेपछि विकासलाई लाग्यो 'प्रकाश' यहीँ बन्नुपर्छ 
पर्दामा प्रेमको रोमाञ्चक यात्रा
पेरिस सहरमा बेलुनसँग संवाद गर्दै हिँडेको पास्कल
सम्बन्धित सामग्री
समाजसेवामा समर्पित कृपा,  नाम जस्तै पहिचान समाजसेवा गर्दा घरव्यवहार सब लथालिंग हुने कुरामा उनको विश्वास छैन। किनभने घर र समाज व्यवस्थापन गर्ने कलाले उनलाई यहाँसम्म ल्याइपुर्‍य... आइतबार, जेठ २५, २०८२
त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल नगरपालिकाको हिउँदे नगरसभाले विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने निर्णय पारित गरेको नगरप्रमुख वि... शुक्रबार, माघ १८, २०८१
चुरे समिति खारेजीः छलफल गरी निर्णय लिनुपर्नेमा जोड वन तथा वातावरण मन्त्रालयले समितिको संरचना खारेज गरेर मन्त्रालयमा गाभ्ने तयारीका साथ प्रक्रिया अगाडि बढाएको भन्दै समितिले आपत्ति जनाए... मंगलबार, माघ १५, २०८१
ताजा समाचारसबै
स्कटल्यान्डसँगको थ्रीलर गेममा नेपाल २ रनले पराजित, तीन ब्याटरको अर्धशतक आइतबार, जेठ २५, २०८२
भिजिट भिसा प्रकरणबारे विपक्षी दलबीच छलफल जारी रहेपनि सहमति भएको छैन : हितराज पाण्डे आइतबार, जेठ २५, २०८२
सदनको गतिरोध अन्त्यका लागि दलहरुबीच समझदारी नजिक पुगेको छ : बर्तौला आइतबार, जेठ २५, २०८२
हिमानी ट्रष्टद्वारा जुम्लामा बर्थिङ सेन्टर शिलान्यास आइतबार, जेठ २५, २०८२
रिची ब्यारिन्टनको शतकमा नेपाललाई स्कटल्यान्डले दियो ३२४ रनको विशाल लक्ष्य आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो)
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो)
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो) आइतबार, जेठ २५, २०८२
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन आइतबार, जेठ २५, २०८२
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्