• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, जेठ २६, २०८२ Mon, Jun 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर
हिमाली : मेड बाई मदर्स
64x64
युवराज भट्टराई सोमबार, मंसिर ६, २०७८  ०७:०५
1140x725

काठमाडौं– स्याङ्जा वालिङकी गिता राना मगरका श्रीमान् वैदेशिक रोजगारीमा थिए। कोरोना महामारीमा जागिर गुमेपछि नेपाल फर्किए। श्रीमान् विदेशमा हुँदा गिता घरायसी काम मात्र गर्दिन थिइन्। दैनिक चार-पाँच घण्टा ‘हिमालीः आमाको कोसेली’का लागि खट्थिन्।

तर, अहिले उनको दैनिकी फेरिएको छ। घरायसी काममा श्रीमानले सघाउँछन्। गीता भने दैनिक ११/१२ घण्टा हिमालीकै लागि काम गर्छिन्। 

‘अहिले उहाँको श्रीमानले नै आफू विदेश नजाने, घरको काम गर्ने र श्रीमतीलाई हिमालीमै काम गर्न दिने सोच बनाउनु भएको छ,’ हिमालीः आमाको कोशेलीका संस्थापकमध्येका एक दिनकर नेपाल भन्छन्, ‘गिताजीले मासिक २५/३० हजार कमाउनु भएको छ। श्रीमानले खाना बनाएर ल्याइदिनु हुने हुँदा उहाँले कामका लागि पर्याप्त समय पाउनुभएको छ।’

गिताजस्तै धेरै महिला हिमालीमा आवद्ध भएर काम गरिरहेका छन्। उनीहरुमध्ये कतिले उद्योगमै आएर सिलाइबुनाइको काम गर्छन् भने कतिपयले घरबाटै गरिरहेका छन्।

आमाहरुको हातमा आम्दानी होस् भन्ने हेतुले सुरु भएको थियो हिमाली। चार वर्षअघि जब दिनकर र सुवास पंगेनी वालिङबाट सात किलोमिटर टाढा रहेको चिसापानी गाउँमा पुगे, त्यहाँको दयनीय अवस्था देखेर उनीहरुलाई अत्यास लाग्यो। गाउँबाट बसाइ सर्ने क्रम तीव्र थियो। भएका केही पनि बसाइँ सर्ने योजनामा थिए। बसाइँ गएकाहरुको घर ‘घर’ जस्ता थिएनन्। झारले ढाकेको र जीर्ण थिए।

‘हामीले हाम्रो पारम्परिक सेटअपमा रहेर के गर्न सकिन्छ भनेर सोच्न थाल्यौं,’ दिनकर भन्छन्, ‘परम्परागत हिसाबले हेर्दा घर धान्ने जिम्मा महिलाकै छ। उहाँहरुलाई उत्पादनमा जोड्न सकियो भने बसाइँसराइ रोकिन्छ, हातैमा पैसा आयो भने उहाँहरु आफै पनि आत्मनिर्भर बन्नुहुन्छ भन्ने सोच थियो।’

परम्परागत नेपाली सामाजिक संरचनाअनुसार महिलाको हातमा सम्पत्तिको अधिकार छैन। महिलाको हातमा आम्दानीको स्रोत हुनुपर्छ भन्ने सोचसहित दिनकर र सुवासले हिमालीको सुरुवात गरेका थिए।

सुवासको बुबाको ४० वर्ष पुरानो कम्पनीको नाम थियो ‘हिमाली।’ ४० वर्ष सञ्चालन भएको पेयपदार्थको डिलरकै नामबाट सुवास र दिनकरले आफ्नो नयाँ व्यवसायको नाम राखेका थिए। ‘त्यही नामबाट नयाँ काम सुरु गरौं, तर यस्तो काम जसमा गर्व पनि गर्न सकियोस भन्ने हाम्रो सोच थियो,’ दिनकर भन्छन्।

Ncell 2
Ncell 2

हिमालीको मूलमन्त्र छ– ‘जबसम्म आमाहरुको हातमा आफ्नै कमाईको पैसा हुँदैन, तबसम्म छोरीहरु स्वतन्त्र हुँदैनन्।’

सुरुवात भनेको महिलाको हातमा आफ्नो कमाईबाट गर्नुपर्ने बताउँछन् दिनकर। महिला हिंसा, सामाजिक असमानताजस्ता विषय ९० प्रतिशत समस्या महिलाको हातमा आम्दानी भएपछि आफैं समाधान हुँदै जाने उनको बुझाई छ।

‘संरचनागत समस्या समाधानका लागि महिलाको हातमा आम्दानी चाहिन्छ,’ दिनकर भन्छन्, ‘महिलाको हातमा महिलाकै कमाइ भएपछि घरायसी निर्णयमा महिलाको अधिकार हुन्छ। आमाको अवस्था देखेपछि छोरीहरु पनि स्वतन्त्र विचारसहित हुर्किन्छन्। आमाले चुलोको काम गरेको र बुबासँग पैसा मागेको देखेर हुर्किएका र आमाले कमाएर ल्याएर बुबालाई पैसा दिएको देखेर हुर्किने छोराछोरीको विचार नै फरक हुन्छ।’

तर, गार्मेन्ट क्षेत्रमा छिर्नु, वालिङमा उद्योग खोल्नु, ‘आमाहरु’को हातबाट बुनिएका कपडालाई ब्राण्डिङ गर्नु सजिलो थिएन। असहज नै भए पनि सुवास र दिनकरले त्यो यात्रा सुरु गरे। तीन वर्षअघि खुलेको हिमालीले अहिले धेरै महिलाको जीवन परिवर्तन गरेको छ। ‘हिमाली’ले अहिले पूर्णकालीन र आशिंक गरी ५० भन्दा धेरै महिलालाई रोजगारी दिएको छ। 

उनीहरुले चिसापानीबाट हिमालीको औपचारिक सुरुवात गरेका थिए। काठमाडौंबाट प्रशिक्षक र मेसिन लिएर उनीहरु त्यहाँ पुगेका थिए। सुरुवातमा उनीहरुसँग प्रशिक्षण लिन ४० भन्दा धेरै महिला आए। तर, विस्तारै संख्या घट्दै गयो। दिनकर भन्छन्, ‘काम सिक्न जाँदा कतिपयलाई जानै नदिने, कतिलाई विदेशबाट श्रीमानले फोनमा गाली गर्ने, घरमा सासुससुराले पनि हतोत्साही गर्ने अवस्था थियो।’

अप्ठ्यारा समय कति थिए, कति! काठमाडौंबाट पुरुष प्रशिक्षकलाई लगिएको हुनाले त्यसमा पनि अप्ठ्यारो अवस्था आयो। प्रशिक्षणमा जाने महिलाको गाउँमा ‘कुरा काट्न’ थालियो। त्यसपछि तालिम लिनेको संख्या आठमा झर्‍यो।
तर, अहिले हिमाली व्यवसायिक रूपमा स्थापित भएको छ। हिमालीले व्यापार मात्रै गरेको छैन, महिला शसक्तिकरणमा पनि टेवा पुर्‍याएको छ। 

व्यापारिक हिसाबले हेर्दा वालिङ उत्पादनको ‘इकोसिस्टम’ नै नभएको ठाउँ थियो। नेपालका काठमाडौं, बुटवल, भैरहवा, विराटनगरलगायत सीमित क्षेत्रमा मात्र उद्योग थिए। नयाँ ठाउँमा नयाँ शैलीको व्यवसाय लिएर जानु जोखिम नै थियो। स्थापना भएको केही समयमा नै कोरोना महामारी आएपछि थप अप्ठ्यारो अवस्था सिर्जना भयो। कच्चा पदार्थ ल्याउनै समस्या परेको थियो। 

दिनकर र सुवासले महामारीअघि पनि धेरै समस्या भोगिसकेका थिए। महामारीले समस्याको चाङ नै लगाइदियो। एक त स्थापित मान्यताविपरीत उनीहरुले महिलाहरुबाट व्यवसाय चलाउने प्रयास गरेका थिए, अर्को महिलाकै हातमा आम्दानी पुर्‍याउने व्यवसाय थालेका थिए। सुरुवातमा उनीहरुको व्यवसायलाई ‘पागलपन’को संज्ञा दिने पनि थिए। व्यवसायिक क्षेत्रभन्दा बाहिर वालिङ गएर उद्योग सञ्चालन गर्दा पनि उनीहरूलाई खिसी गर्ने धेरै थिए।

‘कम्पनी सुरु गरेको डेढ वर्षमा हामीले १५ चोटी बन्द गर्ने सल्लाह गर्‍यौँ,’ दिनकर सम्झिन्छन्, ‘तर, बन्द गरिहाल्ने हिम्मत पनि आएन। लगानी भइसकेको थियो। संघर्ष जारी राख्यौँ।’

चुनौती र अप्ठ्यारोले जेलिदाँ पनि उनीहरु पछि हटेनन्। जसरी पनि काम गर्नै पर्छ भन्ने सोचसहित अघि बढ्दा अहिलेको अवस्थामा आइपुगेको दिनकर बताउँछन्। उनी भन्छन्, ‘अब व्यवसायलाई निरन्तरता दिन सक्ने अवस्था सिर्जना भएको छ। पहिलेजस्तो बन्द नै होला कि भन्ने छैन।’

दिनकरलाई लाग्छ नेपालमा भइरहेका सीपलाई नै व्यवस्थापन गरेर ब्राण्डिङ गर्ने काम भएकै छैन। धेरै किसिमका सीप एकै ठाउँमा मिलाएर कुनै उत्पादन गर्ने र बजारमा पुर्‍याउने अवस्था नेपालमा नभएको उनी बताउँछन्। समाजले पनि यस्तो सोचलाई प्रोत्साहित गर्ने अवस्था नभएको उनको भनाइ छ।

दिनकर भन्छन्, ‘हिमालीको सुरुवात त्यो परम्परागत सोच भत्काउने गरि सुरु गरेका हौं। गार्मेन्ट क्षेत्रमै लागेका, २०/२५ वर्ष काम गरेकाहरूले हाम्रो सोचलाई फिलर आइडिया मात्र भएको भन्दै हामीले सक्दै नसक्ने बताए। हामीले सँगै काम गर्ने प्रस्ताव राख्दा असफल हुने सोचमा नलाग्ने बताए।’ 

अहिले हिमालीको काँधमा दायित्वसँगै जिम्मेवारी पनि भएको उनी बताउँछन्। धेरै परिवार हिमालीकै भरमा छन्। धेरै छोरीहरु आफ्नो आमाले हिमालीमा गरिरहेको आम्दानी देखेर हुर्किएका छन्। समाज परिवर्तनको बाटोमा लागेको उनको भनाइ छ।

यसको उदाहरण गत वर्ष देखिएको थियो।

काठमाडौंबाट एक जना मार्केटिङकी अध्यापिकालाई कम्पनीले वालिङ लगेको थियो। ती अध्यापिकाले हिमालीमा काम गर्ने एक महिलाकी छोरीलाई प्रश्न गरिन्, ‘आमा के गर्नुहुन्छ?’

छोरीले जवाफ दिइन्, ‘हिमालीमा काम गर्नुहुन्छ।’

अध्यापिकाको अर्को प्रश्न थियो, ‘अनि बुबा नि?’

‘बुबा काठमाडौं हुनुहुन्छ। तर, बुबाको भन्दा बढी त आमाले नै कमाउनुहुन्छ।’

अहिले हिमालीले तीन ठाउँबाट कपडाहरू उत्पादन गरिरहेको छ। विशेषगरी जाडोमा लगाउने न्यायो कपडा उत्पादन हुन्छ। स्याङ्जाबाहेक काठमाडौँमा पनि विभिन्न पसलसँग सहकार्य गरेर ‘आउटलेट’ खोल्ने योजना छ।

आफ्नो प्रयासमा सन्तुष्ट छन् हिमालीका दुई संस्थापक दिनकर र सुवास। आमाहरु जागिरका लागि बजार वा शहरसम्म आउन नसक्ने अवस्थामा उनीहरूले जागिरलाई नै आमाहरूसम्म पुर्‍याएका छन्।

प्रकाशित मिति: सोमबार, मंसिर ६, २०७८  ०७:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
युवराज भट्टराई
लेखकबाट थप
कर्णाली पुगेपछि विकासलाई लाग्यो 'प्रकाश' यहीँ बन्नुपर्छ 
पर्दामा प्रेमको रोमाञ्चक यात्रा
पेरिस सहरमा बेलुनसँग संवाद गर्दै हिँडेको पास्कल
सम्बन्धित सामग्री
समाजसेवामा समर्पित कृपा,  नाम जस्तै पहिचान समाजसेवा गर्दा घरव्यवहार सब लथालिंग हुने कुरामा उनको विश्वास छैन। किनभने घर र समाज व्यवस्थापन गर्ने कलाले उनलाई यहाँसम्म ल्याइपुर्‍य... आइतबार, जेठ २५, २०८२
त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल नगरपालिकाको हिउँदे नगरसभाले विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने निर्णय पारित गरेको नगरप्रमुख वि... शुक्रबार, माघ १८, २०८१
चुरे समिति खारेजीः छलफल गरी निर्णय लिनुपर्नेमा जोड वन तथा वातावरण मन्त्रालयले समितिको संरचना खारेज गरेर मन्त्रालयमा गाभ्ने तयारीका साथ प्रक्रिया अगाडि बढाएको भन्दै समितिले आपत्ति जनाए... मंगलबार, माघ १५, २०८१
ताजा समाचारसबै
स्कटल्यान्डसँगको थ्रीलर गेममा नेपाल २ रनले पराजित, तीन ब्याटरको अर्धशतक आइतबार, जेठ २५, २०८२
भिजिट भिसा प्रकरणबारे विपक्षी दलबीच छलफल जारी रहेपनि सहमति भएको छैन : हितराज पाण्डे आइतबार, जेठ २५, २०८२
सदनको गतिरोध अन्त्यका लागि दलहरुबीच समझदारी नजिक पुगेको छ : बर्तौला आइतबार, जेठ २५, २०८२
हिमानी ट्रष्टद्वारा जुम्लामा बर्थिङ सेन्टर शिलान्यास आइतबार, जेठ २५, २०८२
रिची ब्यारिन्टनको शतकमा नेपाललाई स्कटल्यान्डले दियो ३२४ रनको विशाल लक्ष्य आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो)
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो)
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो) आइतबार, जेठ २५, २०८२
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन आइतबार, जेठ २५, २०८२
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्