• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, जेठ २६, २०८२ Mon, Jun 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर
कस्ता छन् तामाङ जातिको इतिहास खोज्ने कलाकृति?
64x64
युवराज भट्टराई बुधबार, असोज ६, २०७८  ०७:००
1140x725
चित्र : सुवास तामाङ

काठमाडौं– मुलुकमा १०४ वर्ष चलेको राणाशाहीविरुद्ध २००७ सालमा भएको आन्दोलनमा गोले काँइलाको हत्या भएको थियो। विराटनगरमा उनलाई गोली हानी हत्या गरेपछि त्यति बेलाका बडाहाकिम उत्तमविक्रम राणाले उनको शव शहर घुमाउन लगाएका थिए। ताकि, अरु कसैले राणाहरुको विरुद्ध आन्दोलन गर्ने साहस नगरोस्। 

तर, प्रजातान्त्रिक आन्दोलनको इतिहासमा उनको नाम कतै भेटिँदैन। उनीसँगै राजनीतिक परिवर्तनका लागि लडेकाहरु देशको शासन सत्तामा पुगे। तर, गोले काँइला हिजोजस्तै आज पनि गुमनाम नै छन्।

कलाकार सुवास तामाङले ‘कोको म्हेन्दो’ (टोटलाको फूल) जोडेर बनाइएको क्यानभासमा ‘वुडकट प्रिन्ट’मार्फत गोले काँइलालाई उतारेका छन्। ‘राजनीतिक परिवर्तनका लागि लड्नेहरु पनि गुमनाम रहे,’ सुवास भन्छन्, ‘जो देशको राजधानीमा मारिएका थिए, उनीहरु सहिद भए। राजधानीबाहिर मारिएका गोले काँइला गुमनाम रहे।’

शक्तिबाहिर रहेको समुदायमाथि सत्ताले गर्ने गरेको विभेदको एउटा उदाहरण मात्रै हुन्, गोले काँइला। सीमान्तकृत, अल्पसंख्यक, आदिवासी र सत्ता निकटभन्दा बाहेकको इतिहास ठेलीहरुमा पाइँदैनन्।

सुवासलाई तामाङ समुदायको इतिहास नलेखिएकोमा गुनासो छ। गएको आइतबार दिउँसो माइतीघर क्षेत्रमा संविधान दिवसको उत्सव चलिरहँदा करिब ३०० मिटरको दूरीमा रहेको सिद्धार्थ आर्ट ग्यालरीमा भेटिएका सुवास भने यो संविधानमा आफ्नो समुदायले उठाएको विषय नअटाएको बताइरहेका थिए। सुवास भन्छन्, ‘अहिले पनि संविधानमा आफ्नो मुद्दा सम्बोधन भएन भनेर माइतीघरमा विरोध गर्नेहरु छन्, तर यो राज्यले संविधानलाई उत्कृष्ट भनिरहेको छ। सीमान्तकृत समुदायमाथि अहिले पनि दमन छ।’

हिजो तामाङ जातिले भोगेर आएको पीडा, उनीहरुमाथि भएको उत्पीडनदेखि छलकपटमार्फत् भएको संहारको इतिहास लुकाउने प्रयास भएको सुवासको बुझाइ छ। राज्यबाटै भइरहेको विभेदबारे असन्तुष्ट सुवासले करिब २५ वटा कलाकृतिमार्फत् आफ्नो पहिचान र अस्तित्वको खोजी गरेका छन्। कलाकृतिमार्फत् उनले तामाङ समुदायमाथि भएको दमन र उत्पीडनबारे प्रश्न उठाएका छन्। 

इतिहासदेखि नै निश्चित जातिलाई मात्र ‘नेपाली’ ठानेर अरु जातिको भाषा, धर्म, परम्परामाथि दमन निरन्तर भइरहेको छ। राणाकालमा होस् या पञ्चायतकालमा, राष्ट्रवादको आवरणमा शासकीय अत्याचार निरन्तर छोपिएको उनी बताउँछन्। पञ्चायतकालदेखि त ‘महेन्द्रमाला’ पुस्तकमार्फत् एक भाषा, धर्म, संस्कृति र भेषभूषा मात्र सिकाइएको थियो।

Ncell 2
Ncell 2

कला प्रदर्शनीमा ‘महेन्द्रमाला’ पुस्तकको कभरमा अक्षरहरु कुँदेर फ्रेममा राखेका छन्, सुवासले। कुँदिएका अक्षरहरुमा ‘एक राजा एक देश, एक भाषा एक भेष’ लेखिएको छ। 

इतिहासमा हेर्ने हो भने सुधपामार्फत् नेपाली भाषालाई राष्ट्रिय भाषा बनाउन चालिएको अभियानमा होस् वा सरकारी भाषाको रुपमा ‘नेपाली’लाई मात्रै राखिरहँदा होस्, अल्पसंख्यक समुदायमाथि भाषिक दमन सदियौंदेखि छ। अहिले पनि अंग्रेजी भाषा महत्त्वपूर्ण छ, तर राज्यको लागि आदिवासी समुदायको भाषा महत्त्वपूर्ण छैन। लोप भएका र लोपोन्मुख कैयौं भाषाहरु छन्, जुन समुदायजस्तै राज्यको बहिष्करणमा परेका छन्।

कलाकार सुवास तामाङ।

‘महेन्द्र माला अहिले पनि पढ्ने हो भने त्यहाँ बहुलजातीय, बहुलभाषिक पक्षहरु आउँदैन्,’ सुवास भन्छन्, ‘यसले सबैलाई समेट्न सकेको छैन्। समेटिनुपर्थ्यो भन्ने कुरा कृतिमा देखाउन खोजेको हो। तर, महेन्द्रमालाले थुप्रै भाषा, जातिलाई निमिट्यान्न पारेको छ।’

२०७५ कात्तिकमा त्रिपुरेश्वरस्थित ‘आट्री नेपाल’को स्टुडियोमा भएको प्रदर्शनीमा सुवासले ढुंगामा महेन्द्रमालाको पाठ कुँदेका थिए। अहिलेको प्रदर्शनीमा पनि आफ्नो कलाकृतिमा महेन्द्रमालासँगै तामाङ जातिमाथि लगाइएको विभेद्पू‍र्ण कानुन, उनीहरुलाई राणाहरुले पठाएका पत्र कोरेका छन्। आफ्नो जातिको अस्तित्व र पहिचानको उत्खनन् गरी मूलधारबाट लुकाइएका यथार्थहरु उनका कलाकृतिमा प्रस्तुत छन्।

‘कागजी रकम,’ ‘मासिन्या मतवाली,’ ‘बैगानी रकम’जस्ता कृतिमा तिनै मानिसको कथा उनले समेटेका छन्। ‘मूलधारको इतिहासमा तामाङबारे नलेखिनु, लेखिए पनि त्यसलाई अपव्याख्या गरिनुले नै यी कृति जन्मिएका हुन्,’ सुवास भन्छन्, ‘म आफू तामाङ समुदायबाट भएकैले आफ्नो इतिहास आफैं लेख्नुपर्छ भनेर यो काम गरेँ।’

उहिले तामाङहरु राणाका आँप बगानमा काम गर्थे। राम्रा आँप फलाएर दरबारमा दिएबापत उनीहरुमाथि लगाएको करमा छुट दिइन्थ्यो। सुवासले यो इतिहास झल्काउन बनाएको कलाकृतिमा तामाङ जातिको अनुहार आँपले छोपिदिएका छन्।

अर्को कृतिमा अनुहारलाई लोक्ताको फूलले छोपिएको छ। राणाकालमा लोक्ताबाट कागज बनाउने नुवाकोट, बुमताङका तामाङको इतिहास कतै लेखिएन। उनले त्यही नलेखिएको इतिहास आफ्नो ‘कागजी रकम’ कृतिमार्फत् प्रस्तुत गरेका छन्। ‘बरु, ती कागजमा तामाङमाथि नै दमन हुने कानुन लेखियो, तर तामाङको इतिहास कहिल्यै लेखिएन,’ सुवास भन्छन्, ‘इतिहासलाई प्रतिनिधित्व गर्ने, इतिहास लेख्न सघाउने जातिकै कथा छैन। उनीहरुलाई नै इतिहासमा नसमेटिएको कथा देखाउन खोजेको हो।’

‘कागजी रकम’ शीर्षकमा चार कृति छन्। जसमा तामाङ जातिको लुकाइएको इतिहास बोलेका छन्, सुवासले। यी कृतिमा तामाङ जातिले राणाहरुलाई पठाएका चिठ्ठी पनि छापिएका छन्। सबै कृतिमा सुवासले एक-एक विन्दु कोर्दै चित्रलाई आकार दिएका छन्। 

‘तामाङहरुले गरेको कठिन कामलाई मैले यही शैलीबाट देखाउन खोजेको हो। यो माध्यम छान्नुको कारण उनीहरुले यस्तै कठिन किसिमले गरेको काम देखाउन खोजेको हो,’ सुवास भन्छन्, ‘यहाँ सबै अनुहार छोपिनुको कारण उनीहरुमाथि भएको दमन, उनीहरुले भोगेको उत्पीडन इतिहासबाट यसरी नै छोपिएको छ भन्ने देखाउन खोजेको हो।’

आर्ट ग्यालेरीको भुइँतलामा १० वटा फ्रेममा सुवासले एउटै कृति राखेका छन्। उक्त कृतिमा राणाकालीन समयमा सेनामा सबैभन्दा तल्लो पदमा काम गर्ने पिपालाई प्रस्तुत गरेका छन्। सेनाको सबैभन्दा तल्लो पदलाई ‘पिपा’ भनिन्थ्यो। उक्त पदमा हुनेहरुको काम सेनाका लागि भारी बोक्ने तथा बन्दोबस्तीका काम गर्ने थियो। यसका लागि सेनामा 'पिपा गोश्वारा' नै खडा गरिएको थियो।

‘पिपा पदमा काम गर्ने तामाङ जातिका मात्रै थिए,’ सुवास आफ्नो कृतिको पृष्ठभूमिबारे भन्छन्, ‘उनीहरु माथिल्लो पदमा जान, हतियार बोक्न पाउँदैन थिए। उनीहरुको काम भनेकै भारी बोक्ने मात्रै हुन्थ्यो। जात र नश्ल विशेषलाई लिएर पद छुट्याइएको थियो।’ पछिल्लो राजनीतिक परिवर्तनसँगै नेपाली सेनाले ‘पिपा गोश्वारा’लाई ‘बन्दोबस्ती गण’ मा रुपान्तरण गरेको छ। उक्त गणमा तामाङ मात्रै नभएर अरु जातका मानिसलाई पनि भर्ति गराइन्छ। तर, बाहुल्यता अहिले पनि तामाङकै छ।

सुवासले ‘गाईमाथि निबन्ध’ शीर्षकको कृति पनि बनाएका छन्। सुवास भन्छन्, ‘गाईमाथि निबन्धभन्दा के सम्झिन्छ? बालबालिकाले ‘गाईको चार खुट्टा हुन्छ, दूध दिन्छ’ लेख्छ। अलि ठूलोले फरक लेख्ला। म कलाकारले आफ्नो दृष्टिकोण प्रस्तुत गरेको हुँ।’

उनको यो कृतिले अहिले पनि जातिगत रुपमा भइरहेको अत्याचारलाई बोकेको छ। सोमबार मात्रै गाई काटेर खाएको आरोपमा मकवानपुरमा एक दलितसहित १० जनालाई पक्राउ गरिएको थियो, जसमध्ये अधिकांश तामाङ थिए। सुवासको कृति यसैको बिम्ब पनि हो। ‘समुदायकै अस्तित्वलाई एउटा जनावरले कसरी विलीन गराउँछ भन्ने देखाउन खोजेको हुँ,’ सुवास भन्छन्। 

सुवासका हरेक कृतिले इतिहासमाथि प्रश्न गर्छन्, इतिहास लेख्नेहरुमाथि प्रश्न गर्छन्। इतिहासको गर्भमा लुकाइएका ती कैयौं अल्पसंख्यकको कथा लेखिनुपर्छ भन्ने भाष्यको सिर्जना गर्छन्, उनका कृतिले।

‘हामी आफ्नो इतिहास आफैं लेख्छौं’ मार्फत् उनले ‘समाज अध्ययन’ पुस्तकमा तामाङबारे लेखिएको ‘अपव्याख्या’ मेटेर आफ्नो बारेमा आफैं लेख्ने सन्दर्भ प्रस्तुत गरेका छन्। ‘मासिन्या मतवाली’मार्फत् पृथ्वीनारायण शाहदेखि वर्तमान समयसम्म तामाङमाथि भएका अत्याचार श्रृङ्खलाबद्ध रुपमा प्रस्तुत गरेका छन्। ‘असिने लामा’मार्फत् आफ्नै हजुरबुबाको काम र उनका कृतिहरुलाई अभिलेखीकरण गरेका छन्।

‘पृथ्वीनारायण शाहकै पालादेखि तामाङहरुले उनीहरुको प्रतिरोध गरिरहेका थिए। त्यही कारण रणबहादुर शाहको पालामा नुवाकोटमा एक हजार जना तामाङको नरसंहार भएको थियो,’ सुवास भन्छन्, ‘जसले राज्यको निरन्तर प्रतिरोध गर्‍यो उनीहरुको इतिहास राख्ने कुरा भएन। म त्यो नलेखिएको इतिहासलाई देखाउन खोजिरहेको छु।’ तामाङमाथिको दमनको इतिहास ‘मिथ’ भनेर परिभाषित गरिएला भन्ने डर छ, सुवासलाई।

अहिले पनि राज्यले सांकेतिक रुपमा तामाङमाथि दमन गरिरहेको उनी बताउँछन्। ‘भौतिक रुपमा नहोला, हिजोकै स्तरमा नहोला, तर सांस्कृतिक रुपमा दमन भइरहेको छ। दमनको स्वरुप फेरिएको छ,’ सुवास भन्छन्।

‘कोको म्हेन्दो’मा सुवासले लेखेको तामाङ जातिको इतिहास कति दिनसम्म यस्तै रहन्छ थाहा छैन। उनलाई जानकारी भएसम्म यसको आयु लामो छ। बुबाको पालामा किताबमा राखिएको कोको म्हेन्दो अहिलेसम्म पनि उनले सुरक्षित भटेका छन्।

‘यसको आयु लामो छ भन्ने अनुमान छ,’ सुवास भन्छन्, ‘तर, सधैं रहन्छ भन्न सकिँदैन। कति कामहरु सधैं भइरहन्छ भन्ने पनि हुँदैन होला। विस्तारै काम सकिएर जान्छ। मैले बनाएको सिर्जना नरहला, तर सुरु गरेको बहस त रहिरहन्छ।’

सुवासको दाबीअनुसार आफ्नो समुदायमाथि यो किसिमको दमनलाई नै ‘कानुन’को रुपमा मुलुकी ऐनमै लेखिएको थियो। दमन, उत्पीडन, अत्याचारलाई नै वैधानिक बनाउने कानुनको सिर्जनाले आफ्नो समुदाय अहिलेसम्म पछि परेको उनको भनाइ छ। 

हिजो मुलधारको राजनीतिले बहिस्कार गरेको समुदायको कथा उतारिएको टोटलाको फूललाई उनले ‘बारनेस’ गरेका छन्। यसले थप लामो समयसम्म यसलाई जीवित राख्ने अनुमान छ। उनले सिर्जना गरेको कृतिभन्दा बढी यसले निर्माण गर्न खोजेको भाष्य महत्त्वपूर्ण हो।

प्रकाशित मिति: बुधबार, असोज ६, २०७८  ०७:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
युवराज भट्टराई
लेखकबाट थप
कर्णाली पुगेपछि विकासलाई लाग्यो 'प्रकाश' यहीँ बन्नुपर्छ 
पर्दामा प्रेमको रोमाञ्चक यात्रा
पेरिस सहरमा बेलुनसँग संवाद गर्दै हिँडेको पास्कल
सम्बन्धित सामग्री
समाजसेवामा समर्पित कृपा,  नाम जस्तै पहिचान समाजसेवा गर्दा घरव्यवहार सब लथालिंग हुने कुरामा उनको विश्वास छैन। किनभने घर र समाज व्यवस्थापन गर्ने कलाले उनलाई यहाँसम्म ल्याइपुर्‍य... आइतबार, जेठ २५, २०८२
त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल नगरपालिकाको हिउँदे नगरसभाले विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने निर्णय पारित गरेको नगरप्रमुख वि... शुक्रबार, माघ १८, २०८१
चुरे समिति खारेजीः छलफल गरी निर्णय लिनुपर्नेमा जोड वन तथा वातावरण मन्त्रालयले समितिको संरचना खारेज गरेर मन्त्रालयमा गाभ्ने तयारीका साथ प्रक्रिया अगाडि बढाएको भन्दै समितिले आपत्ति जनाए... मंगलबार, माघ १५, २०८१
ताजा समाचारसबै
स्कटल्यान्डसँगको थ्रीलर गेममा नेपाल २ रनले पराजित, तीन ब्याटरको अर्धशतक आइतबार, जेठ २५, २०८२
भिजिट भिसा प्रकरणबारे विपक्षी दलबीच छलफल जारी रहेपनि सहमति भएको छैन : हितराज पाण्डे आइतबार, जेठ २५, २०८२
सदनको गतिरोध अन्त्यका लागि दलहरुबीच समझदारी नजिक पुगेको छ : बर्तौला आइतबार, जेठ २५, २०८२
हिमानी ट्रष्टद्वारा जुम्लामा बर्थिङ सेन्टर शिलान्यास आइतबार, जेठ २५, २०८२
रिची ब्यारिन्टनको शतकमा नेपाललाई स्कटल्यान्डले दियो ३२४ रनको विशाल लक्ष्य आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो)
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो)
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो) आइतबार, जेठ २५, २०८२
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन आइतबार, जेठ २५, २०८२
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्