• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, जेठ २६, २०८२ Mon, Jun 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
संगीत
चाडपर्वमा फुर्सद नहुने कलाकारलाई अहिले छैन निम्ता, विकल्प खाेज्ने चिन्ता
64x64
युवराज भट्टराई मंगलबार, भदौ १५, २०७८  ०७:०४
1140x725

काठमाडाैं– गायक पशुपति शर्माले दुई वर्षदेखि कुनै पनि सांस्कृतिक कार्यक्रममा गाउन पाएका छैनन्। न त उनलाई गाउनका लागि विदेशबाट नै निम्ता आएको छ।

सामान्य अवस्था हुन्थ्यो त यतिबेला शर्मालाई भ्याइ–नभ्याइ हुन्थ्यो। प्रायः वर्षैभरि देश/विदेशका सांस्कृतिक कार्यक्रममा व्यस्त हुने उनलाई चाडबाडको बेला त फुर्सदै हुँदैन थियो।

तर, कोरोना महामारीले सांस्कृतिक कार्यक्रम र महोत्सव दुई वर्षदेखि ठप्प छन्। २०५८ सालदेखि लोकगायनमा सक्रिय शर्माले अहिलेसम्म यस्तो अवस्था भोगेका थिएनन्। ‘जनयुद्ध होस् वा भूकम्पको समय, यसरी कार्यक्रमविहीन हुनु परेको थिएन,’ उनी भन्छन्।

शर्माले दुई वर्षयता गाएका केही गीत युट्युबमा रिलिज भएका छन्। यो अवधिमा उनले करिब दुई दर्जन गीत गाए। उनले आवाज दिएको तीजको गीत ‘दाजुभाइ तीज’ गएको ६ भदौमा युट्युब च्यानलमा रिलिज भएको छ। 

विभिन्न कम्पनीले तयार पार्ने गीतमा आफ्नो आवाज दिएवापतको निश्चित पारिश्रमिक अहिले उनको आम्दानीको स्रोत हो। शर्मा भन्छन्, ‘पहिले कमाएको आम्दानीले नै अहिले खर्च चलिरहेको छ। आफ्नो खर्चदेखि छोराछोरीको स्कुलको फीसम्म पहिलेकै कमाइ हो।’

कोरोना महामारी सुरु भएयता मनोरञ्जन क्षेत्रसँगै बेलाखबत भइरहने सांस्कृतिक कार्यक्रम बन्द भएपछि कलाकारहरुको आम्दानी सुकेको छ। महामारीमा कलाकारहरुले भोग्नु परेको आर्थिक र सामाजिक नोक्सानी हिसाब नै गर्न नसकिने गायक प्रकाश सपुत बताउँछन्। ‘आर्थिक हिसाबमा कार्यक्रमहरु नहुँदा नोक्सानी त भएको छ, त्योबाहेक हामी दर्शकसम्म पुग्न पनि सकेका छैनौं, हाम्रो सिर्जनशिल समय यत्तिकै गएको छ। यसको भरपाई कुनै पनि हिसाबमा हुँदैन,’ उनी भन्छन्।

कतिपय कलाकार त कला क्षेत्रबाटै विस्थापन हुनपर्ने चिन्तामा छन्। लोकगायिका रमिला न्यौपाने महामारीका कारण कलाकारलाई समस्या भइरहँदा यो क्षेत्रमा लागिरहन समस्या हुने बताउँछिन्। उनले गत वर्ष तीजको छेको पारेर एउटा गीत निकालेकी थिइन्। यो वर्ष तीज विशेष दुई गीत निकालिन्। त्यसबाहेक कोरोना कहरकै बीच उनको ‘नाई भन्न पाई’ एल्बम पनि निक्लेको थियो।

न्यौपाने विभिन्न निर्माण कम्पनीसँग सहकार्यमा काम गरिरहेकी छन्। उनको आफ्नै युट्युब च्यानल र निर्माण कम्पनी छैन। स्टेज कार्यक्रम नहुँदा केही कम्पनीका गीत गाएर दैनिकी चलाइरहेकी छन्। 

Ncell 2
Ncell 2

गायिका मञ्जु पौडेलका लागि वैशाखदेखि नै तीज सुरु हुन्थ्यो। दसैं, तिहारजस्ता चाडबाडको समयमा सांस्कृतिक कार्यक्रममा व्यस्त हुन्थिन्। तर, दुई वर्षयता आफ्नो आम्दानीको मुख्य स्रोत नै गुमेको उनको भनाइ छ। 

विकल्प खोज्दै कलाकार
गायिका न्यौपानेलाई अहिले गायनसँगै अरु कुनै क्षेत्रमा पनि लाग्नुपर्ने महसुस भएको छ। यसअघि कमाएको आम्दानीबाटै अहिले दैनिकी चलाइरहेको उनी बताउँछिन्। ‘अहिले बाँच्न गाह्रो हुने अवस्था आएपछि गीत–संगीतसँगै अर्को कुनै व्यवसायमा हात हाल्नु पर्ने रहेछ भन्ने लागेको छ,’ उनी भन्छिन्, ‘यो क्षेत्रमा मात्रै संलग्न हुँदा विस्थापित भइने डर हुन थालेको छ।’

महामारी सुरु भएयता रेकर्ड हुने गीतमा पनि कमी आएको छ। स्टेज कार्यक्रमको तुलनामा थोरै आम्दानी हुने व्यावसायिक गायन पनि नहुँदा कलाकारलाई दोहोरो मार परेको छ। युट्युबमा सार्वजनिक भएका गीत हेर्नेको संख्या पनि घटेको कलाकारहरु बताउँछन्।

गायिका पौडेलले यो वर्ष तीज विशेष गीत निकालिनन्। आफू अहिले गायन र सांगितिक कार्यक्रमबाट निस्क्रिय भएको उनी बताउँछिन्। ‘महामारी सुरु भएपछि निरन्तर कमाइ हुने अन्य क्षेत्रमा पनि संलग्न हुनुपर्ने रहेछ भन्ने लागेको छ,’ उनी भन्छिन्, ‘आफैँलाई पानीविना छटपटिएको माछोजस्तो लागेको छ। कार्यक्रम नुहँदा दर्शक-स्रोतासँग साक्षातकार पनि हुन सकेको छैन, आम्दानी नहुँदा विकल्पमा अर्को पेसा चाहिने रहेछ भन्ने महसुस भएको छ।’

दर्शकसँगको साक्षात्कारबाट टाढा
गायक प्रकाश सपुत आफूले आर्थिक पाटोभन्दा बढी दर्शक/स्रोतासँगको साक्षात्कारको अभाव महसुस गरिरहेको बताउँछन्। आफू दर्शक माझबाटै उठेर आएकोले यो समयमा दर्शकको अभाव महसुस गरिरहेको उनको भनाइ छ। ‘म दोहोरी प्रतियोगिताहरुबाट यहाँसम्म आइपुगेको हुँ। दर्शकसँग जोडिने महोत्सव, सांस्कृतिक कार्यक्रमहरु नहुँदा त्यसको अभाव महसुस भएको छ,’ उनी भन्छन्।

गायिका पौडेल पनि कार्यक्रमहरुमा जान नपाउँदा त्यो माहोललाई धेरै सम्झिरहेको बताउँछिन्। ‘अघिल्लो वर्ष यो बेला धेरै नै कार्यक्रमहरु स्थगित भएका थिए,’ उनी भन्छिन्, ‘यो वर्ष पनि कार्यक्रम हुने माहोल छैन। पहिलेका कार्यक्रम, महोत्सवहरुमा हुने दर्शकसँगको साक्षात्कारलाई सम्झिरहेको छु।’

सहज परिस्थितिको पर्खाइ
गायक पशुपति शर्मा कहिले सहज परिस्थिति सिर्जना होला भनेर कुरिरहेका छन्। उनलाई फेरि कार्यक्रममा जान, गीत गाएर दर्शक नचाउन मन लागिरहेको छ। उनी भन्छन्, ‘अब त बिस्तारै खोप वितरण भइरहेको छ। पहिलेजस्तै भिडभाडसहित कार्यक्रम नहोला। तर, छिट्टै फेरि दर्शक र कलाकार भेट्ने माहोल बन्छ भन्ने लागेको छ।’

अहिले गीत गाउन जाँदा पनि डराउनुपर्ने, सुटिङमा पनि उस्तै त्रासमा काम गर्नुपर्ने भएकाले सहज समय पर्खिरहेको उनको भनाइ छ। शर्मा भन्छन्, ‘अहिले भएका अलिअलि काम पनि मास्क लगाएर, डराएर गर्नुपरेको छ। चाँडै यो अवस्था सकिएर सहज रुपमा काम गर्न पाइयोस भन्ने छ।’

गायिका पौडेल भने अवस्था सहज भएपछि दर्शक-श्रोताले मनोरञ्जन क्षेत्र र यससँग सम्बन्धित कलाकारलाई थप प्रेम गर्ने विश्वास व्यक्त गर्छिन्। लामो समयसम्म बन्द कोठामा थुनिएका मान्छेहरुलाई फेरि पहिलेकै शैलीमा मनोरञ्जन चाहिने उनको भनाइ छ। उनी भन्छिन्, ‘भोलि सहज परिस्थिति आएपछि  मान्छेहरु फेरि स्टेजमा नाँच्न आइपुग्छन्। मनोरञ्जन क्षेत्रप्रतिको प्रेम झन् बढ्छ।’ त्यत्तिञ्जेल कलाकारहरुले यो क्षेत्रमा टिक्न सक्नु ठूलो उपलब्धि हुने उनको भनाइ छ।

गायक सपुत भने यस्तो बेला कलाकारलाई कला क्षेत्रमा जोगाइराख्न राज्यले पनि केही कदम चाल्नुपर्ने बताउँछन्। महामारीका कारण कलाकारले भोगेका अभावलाई न्युनीकरण गर्न राज्यले सहज परिस्थितिको निर्माण गरिदिनुपर्ने उनी बताउँछन्। उनी भन्छन्, ‘बिस्तारै कार्यक्रमहरु आयोजना गर्नेदेखि कलाकारहरुलाई विस्थापन हुनबाट जोगाउन राहतका विषयमा राज्यको ध्यान जानुपर्छ। हामी हाम्रो तर्फबाट गर्नुपर्ने काम गर्छौं, राज्यले आफ्नोतर्फबाट केही गर्नुपर्छ।’

प्रकाशित मिति: मंगलबार, भदौ १५, २०७८  ०७:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
युवराज भट्टराई
लेखकबाट थप
कर्णाली पुगेपछि विकासलाई लाग्यो 'प्रकाश' यहीँ बन्नुपर्छ 
पर्दामा प्रेमको रोमाञ्चक यात्रा
पेरिस सहरमा बेलुनसँग संवाद गर्दै हिँडेको पास्कल
सम्बन्धित सामग्री
संकल्प श्रेष्ठको डेब्यु गीत ‘झुठै भएनी’ सार्वजनिक (भिडिओ) भिडियोको छायांकन तथा रङ संयोजन सन्दीप तिवारीले गरेका हुन् भने सम्पादनको जिम्मा अनुप गुरुङले लिएका छन् । कथा, पटकथा र सह(निर्देशन सैल... शुक्रबार, जेठ २३, २०८२
परित्याग बोलको गीत सार्बजनिक ( भिडियोसहित) सफल केसीको निर्देशन रहेको उक्त गीतमा कलाकार बिपिन कार्कीको बेजोड अभिनय देख्न सकिन्छ। बुधबार, जेठ १४, २०८२
डा भोला रिजालको अंगदान सम्बन्धी सन्देशमुलक गीत ‘मेरो मृत्यु पछि’ सार्वजनिक यस शन्देशमुलक गीतमा न्ह्यु बजाचार्यले संगीत भरेका छन् भने प्रविण बेदवालले स्वर दिएका छन् । म्युजिक भिडियोमा भने डा रिजालसंगै, डा भगव... आइतबार, जेठ ११, २०८२
ताजा समाचारसबै
स्कटल्यान्डसँगको थ्रीलर गेममा नेपाल २ रनले पराजित, तीन ब्याटरको अर्धशतक आइतबार, जेठ २५, २०८२
भिजिट भिसा प्रकरणबारे विपक्षी दलबीच छलफल जारी रहेपनि सहमति भएको छैन : हितराज पाण्डे आइतबार, जेठ २५, २०८२
सदनको गतिरोध अन्त्यका लागि दलहरुबीच समझदारी नजिक पुगेको छ : बर्तौला आइतबार, जेठ २५, २०८२
हिमानी ट्रष्टद्वारा जुम्लामा बर्थिङ सेन्टर शिलान्यास आइतबार, जेठ २५, २०८२
रिची ब्यारिन्टनको शतकमा नेपाललाई स्कटल्यान्डले दियो ३२४ रनको विशाल लक्ष्य आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो)
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो)
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो) आइतबार, जेठ २५, २०८२
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन आइतबार, जेठ २५, २०८२
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्