• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, जेठ २६, २०८२ Mon, Jun 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
कहाँ पुग्न चाहन्छन् ओली ?
64x64
नेपाल लाइभ बिहीबार, चैत १९, २०७७  २२:३९
1140x725

काठमाडौं- प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली आफ्नो शक्ति अभ्यासमा तीव्र गतिमा अघि बढेका छन्। उनले सोमबार आफ्नै सहयात्री तथा १५ वर्ष पार्टीको नेतृत्व गरेका प्रमुख नेता माधवकुमार नेपाललाई ६ महिनाका लागि पार्टीका सबै जिम्मेवारी र साधारण सदस्यसमेतबाट निलम्बन गरे। निलम्बन हुनेको सूचीमा भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डे पनि थपिएका छन्।

यीमध्ये पाण्डे र भुसाललाई ओलीले बिहीबार मात्र ‘कारबाही’को निर्णय सुनाएका हुन्। कारबाहीमा परेका चारै जना एमालेभित्र मात्र होइन, अन्य पार्टी र आम मानिसका बीच पनि 'लोकप्रिय' नेतामा पर्छन्। गत महाधिवेशनमा उनीहरूले पाएको मतले पार्टीभित्र उनीहरूको लोकप्रियता प्रष्ट्याउँछ। तर, ओलीले त्यसको प्रवाह गरेनन्। बरु आफूसँग भएको अन्तिम औजार चलाउने दिशातिर अघि बढे।

अहिले एमाले एउटै पार्टी भए पनि दुई चिरामा विभक्त छ। एउटा पक्षको नेतृत्व प्रधानमन्त्री ओलीले गरिरहेका छन् भने अर्को पक्षको नेतृत्वमा नेपाल र झलनाथ खनाललगायत छन्। नेपाल–खनाल पक्षमा रहेका एमाले नेता योगेश भट्टराई पछिल्लो कारबाहीलाई भद्दा मजाक भएको बताउँछन्। 'विद्वान, इमान्दार र नैतिकवानहरूमाथि कारबाही हुन्छ। मुर्ख, भ्रष्ट र अनैतिकहरू पुरस्कृत हुन्छन्', बिहीबार ट्विटरमा उनले लेखेका छन्, 'कमरेड घनश्याम र सुरेन्द्रजीमाथि त्यस्तै भद्दा मजाक गरिएको छ।'

नेकपा जीवित रहँदासम्म ओली निरीह देखिएका थिए। पछिल्ला केही महिना उनको इच्छा विपरीत पार्टी अघि बढिरहेको थियो। पार्टी कमिटीमा उनको राजीनामाको माग उठिरहेको थियो। उनी आफ्नो शक्तिको बलमा कुनै पनि निर्णय गराउन नसक्ने अवस्थामा पुगेका थिए। तर, सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलासँगै एमाले ब्युँतिएपछि उनी शक्तिशाली भए। परिणामतः नेकपामा आफूलाई हैरानी दिलाएका एक-एक पात्रमाथि उनी पछिल्लो शक्ति प्रयोगमार्फत् हिसाब मिलान गर्ने प्रयासमा देखिन्छन्।

ओली कति अघि बढ्छन् भनेर अहिल्यै आकलन गर्न मुस्किल छ। किनकी, उनी निकट नेताहरूकै भनाइमा उनको रिस मरिसकेको छैन। तर, एमालेमा माधवकुमार नेपाल पक्षमा रहेका जोसुकै नेताहरू जुनसुकै बेला उनको कारबाहीमा पर्न सक्ने देखिन्छ। पार्टीभित्र कुनै गम्भीर बहस बिना आफू निकट महासचिव ईश्वर पोखरेलको नामबाट स्पष्टीकरण सोध्ने र आफ्नो नामबाट निलम्बन गर्ने सहज तरिका उनले स्थापित गरेका छन्। 

'असीमित सत्ताभोगको अतृप्त तृष्णाले कमरेड ओलीलाई ‘म’ र ‘मेरो’ बाहेक केही नदेख्ने बनाएको छ। ‘म बस्न नपाउने कुर्ची भाँचिदिन्छु’, यो उनी आफैंले कबुल गरेको जीवन दर्शन हो', ओलीप्रति नेता घनश्याम भुसालको टिप्पणी छ, 'एउटा धेरै राम्रो पार्टीलाई उनले गुटमा बदलेका थिए, अहिले त्यो गुट राज्य दोहनमा लागेको गिरोहमा परिणत भएको छ। उनका लागि संसारमा या त चाकर छन्, या शत्रु।'

आफूलाई पार्टी सत्ताको एकछत्र प्रयोगमा अप्ठ्यारो सिर्जना नहोस् भनेर ओली बढी नै सचेत देखिन्छन्। ओलीका पछिल्ला कदमले उनी पार्टीमा आफ्नो एकाधिपत्य कायम गर्न चाहन्छन् भन्ने पुष्टि हुन्छ। भुसालको भाषामा भन्दा, उनी 'शत्रुहरू निकालेर चाकरहरूको पार्टी बनाउन' चाहन्छन्। त्यसैले उनले आफ्ना कदमहरूमा प्रश्न उठाउनेहरूलाई धकेल्ने सुत्र अख्तियार गरिरहेका छन्।

उनी पार्टीमा कोही पनि विरोधी नहुन्, आफूप्रति कसैले पनि फरक मत नराखोस्, कसैले उनको आदेशमाथि प्रश्न नउठाओस्, उनले बोलेको नै अन्तिम होस् भन्ने चाहन्छन् भन्ने बुझ्न सकिन्छ। त्यसैको रणनीतिक तयारीमा उनी छन्।

Ncell 2
Ncell 2

प्रश्न गर्न सक्ने आँट भएका नेताहरूलाई पार्टीबाट निकाल्ने श्रृंखला अघि बढाएपछि ओलीलाई पार्टी सञ्चालनमा भने निकै सहज हुने छ। मुख्यतः उनले पार्टीभित्र कुनै बहस व्यहोर्नुपर्ने छैन। कुनै सैद्धान्तिक, राजनीतिक, नीतिगत बहसमा टाउको दुखाउनुपर्ने छैन। किनकी, उनले त्यसमा रूची राख्ने गरेको विगत देखिँदैन, अरुले पनि चुनौती दिने अवस्था छैन।

ओलीले आफूप्रति प्रतिबद्ध हुनेहरूको जमात भने बढाउँदै लैजाने देखिन्छ। अहिले नै जो उनीसँगै छन्, ती थप प्रतिबद्ध बन्दै जानेछन्। तिनले कुनै किन्तु-परन्तु बिना ओलीलाई साथ दिने गरेको देखिन्छ, अब पनि दिन्छन् नै। तर, तीमध्ये धेरैजसो त अहिल्यै विवादित छन्। 'तपाईंसँग अहिले दोश्रो पुस्ताको जुन समूह छ, त्यसमध्ये केही धेरै अगाडिदेखि नै छलछाम र तिकडममा लागेर राज्य दोहनमा पारंगत भइसकेका छन्। उनीहरु जे गर्छन्, राजनीतिको व्यापार गर्छन्', भुसालले आफ्नो स्पष्टीकरणमा ओली निकट रहेका नेताहरूको चित्रण गरेका थिए।

माधव नेपाल पक्षमा रहेका कतिपय नेताहरूलाई आफूतिर तान्ने ओलीको प्रयत्न हुनेछ। उनले गुटसँग संवाद नगर्ने र व्यक्तिगत रूपमा प्रस्तुत हुनुपर्ने शर्त नै राखेका छन्। व्यक्तिगत संवादमा उनी वा उनी पक्षका नेताहरूलाई राजनीतिक साम, दाम, दण्ड, भेदको नीति अख्यियार गर्न पाउने अवसर प्राप्त हुन्छ। त्यस्तो नीतिले कतिपय अवस्थामा सफलता प्राप्त गरेको पनि देखिन्छ।

ओलीको शक्ति अभ्यासको मोह पार्टी सत्ताभित्र मात्रै देखिएको होइन, राज्य सत्तामा झन् बढी छ। विभिन्न मन्त्रालय अन्तर्गत रहेका महत्त्वपूर्ण निकायलाई आफूमा खिचेर उनले आफूलाई शक्तिशाली बनाए। जस्तो कि उनले गृह मन्त्रालयमातहत रहेको मुलुकको प्रमुख गुप्तचर निकाय राष्ट्रिय अनुसन्धान विभागलाई आफूमातहत ल्याए। अर्थ मन्त्रालय मातहतको सम्पत्ति शुद्दीकरण अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालयमातहत ताने। नेपाली सेनाको जिम्मेवारी हेर्ने रक्षा मन्त्रालयसमेत ओलीले आफूसँगै राखेका छन्।

अर्कोतिर, नागरिकलाई माइतीघरमा बोल्न नदिन निषेधाज्ञा लगाउने र फेसबुकमा लेख्न नदिन ऐन बनाउने प्रयत्न पनि गरे। उनका यस्तै प्रयत्नले उनीबाट लोकतन्त्र र संविधान नै खतरामा रहेको बताउँछन्, आलोचकहरू।

प्रकाशित मिति: बिहीबार, चैत १९, २०७७  २२:३९
  • #प्रधानमन्त्री
  • #केपी_ओली
  • #नेकपा_एमाले

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
स्कटल्यान्डसँगको थ्रीलर गेममा नेपाल २ रनले पराजित, तीन ब्याटरको अर्धशतक
भिजिट भिसा प्रकरणबारे विपक्षी दलबीच छलफल जारी रहेपनि सहमति भएको छैन : हितराज पाण्डे
सदनको गतिरोध अन्त्यका लागि दलहरुबीच समझदारी नजिक पुगेको छ : बर्तौला
सम्बन्धित सामग्री
भिजिट भिसा प्रकरणबारे विपक्षी दलबीच छलफल जारी रहेपनि सहमति भएको छैन : हितराज पाण्डे आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै पाण्डेले सत्तापक्ष र प्रतिपक्षीबीच छलफल भइरहेको भन्दै अहिलेसम्म कुनै सहमति... आइतबार, जेठ २५, २०८२
सदनको गतिरोध अन्त्यका लागि दलहरुबीच समझदारी नजिक पुगेको छ : बर्तौला आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले भिजिट भिसा प्रकरणमा प्रतिपक्षीले राखेका विषयमा निरन्तर छलफल भइरह... आइतबार, जेठ २५, २०८२
विपक्षीको अवरोधका कारण प्रतिनिधिसभा बैठक सोमबार दिउँसो २ बजेसम्मका लागि स्थगित सभामुख देवराज घिमिरेले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ विपक्षी दलहरु र केही सत्ता पक्षका सांसद उठेका थिए । सभामुखले सदन चलाउन सांस... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
स्कटल्यान्डसँगको थ्रीलर गेममा नेपाल २ रनले पराजित, तीन ब्याटरको अर्धशतक आइतबार, जेठ २५, २०८२
भिजिट भिसा प्रकरणबारे विपक्षी दलबीच छलफल जारी रहेपनि सहमति भएको छैन : हितराज पाण्डे आइतबार, जेठ २५, २०८२
सदनको गतिरोध अन्त्यका लागि दलहरुबीच समझदारी नजिक पुगेको छ : बर्तौला आइतबार, जेठ २५, २०८२
हिमानी ट्रष्टद्वारा जुम्लामा बर्थिङ सेन्टर शिलान्यास आइतबार, जेठ २५, २०८२
रिची ब्यारिन्टनको शतकमा नेपाललाई स्कटल्यान्डले दियो ३२४ रनको विशाल लक्ष्य आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो)
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो)
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो) आइतबार, जेठ २५, २०८२
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन आइतबार, जेठ २५, २०८२
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्