• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शुक्रबार, वैशाख २६, २०८२ Fri, May 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल
मेस्सी म्यानचेस्टर सिटीमा कि अग्युरो बार्सिलोनामा? 
64x64
नेपाल लाइभ शनिबार, फागुन २९, २०७७  ०७:४९
1140x725

काठमाडौं- इंग्लिस क्बल म्यानचेस्टर सिटी र स्पेनिस क्लब बार्सिलोनाका खेलाडी जोडेर फुटबल खेलाडीको किनबेच बजारमा बेलाबखत चर्चा भइरहन्छ। गएको सिजन बार्सिलोना कप्तान लियोनल मेस्सी म्यानचेस्टर सिटी जाने हल्ला चलेकाे थियाे, तर त्याे पूरा भएन। यो सिजन अन्त्यमा म्यानचेस्टर सिटीबाट सर्जियो अग्युरो बार्सिलोना जाने हल्ला उसैगरी चलिरहेको छ। 

सिजनको अन्त्यमा मेस्सी र अग्युरो दुबैको क्लबसँगको सम्झौता सकिँदै छ। बार्सिलोनामा नयाँ चुनावपछि अध्यक्ष बनेका योहान लापोर्ताले मेस्सीलाई बार्सिलोनामा नै राख्ने बताउँदै आइरहेका छन्। त्यसमा अन्तिम निर्णय मेस्सीको नै हुनेछ। युरोपियन उपाधिमा कमजोर बनिरहँदा मेस्सीले के गर्लान् भन्ने अनुमान कठिन छ। जहाँ अग्युरोलाई बार्सिलोना पठाउने गरी उनका एजेन्टले लापोर्तासँग कुराकानी गरिरहेका छन्। 

बार्सिलोना अध्यक्ष लापोर्तासँग अग्युरोका एजेन्ट हेर्नन रेग्युएराले कुराकानी गरेको खबर सञ्चारमाध्यममा आइरहेका छन्। अग्युरो स्वयम पनि बार्सिलोनामा मेस्सीसँगको साझेदारीमा बढ्न इच्छुक देखिएको बताइन्छ। सन् २००६ देखि २०११ सम्म एथ्लेटिको मड्रिडमा रहेका अग्युरोलाई पुन: स्पेन फर्कन उति मुस्किल भने छैन। मेस्सीसँग त उनी अर्जेन्टिनाको विभिन्न उमेर समूहको टिमदेखि राष्ट्रिय टिमसम्म सँगै खेलिसकेका छन्। 

यो सिजनको अन्त्यमा म्यानचेस्टर सिटीसँग सम्झौता सकिने हुँदा अग्युरोलाई बार्सिलोना जान ‘ट्रान्सफर फि’ कारण हुने छैन। अहिले उनको तलब लगभग १५ मिलियन युरो रहेको छ। त्यसमा कम गरेर पनि उनी बार्सिलोना जान चाहेकाे बताइन्छ। अग्युरो बार्सिलोनामा जाँदा बार्सिलोना कप्तान लियोनल मेस्सीका लागि पनि मैदानको पुरानो साझेदारी मिल्ने फुटबल विश्लेषक बताउँछन्। 

मेस्सीले फाब्रिगास, जाभी, इनिएस्टा, नेमार र स्वारेज जस्ता मैदान र मैदानबाहिरका साथी बार्सिलोनाबाट गुमाइरहँदा अग्युरो उनका लागि नयाँ साथ हुन सक्नेछन्। मेस्सी बार्सिलोनामा नै रहे अग्युरोको आगमनले पक्कै खुसी हुनेछन्। युवा उमेरदेखि र मेस्सी र अग्युरोको साथ विशेष छ। पछिल्लो दशक जसरी मेस्सी उचाइमा छन् उसैगरी राम्रा स्ट्राइकरका रुपमा अग्युरोले पनि आफ्नो नाम बनाएकै छन्। फुटबल जीवनको अन्तिम वर्षहरुमा रहेका यी दुवैले टिममा संयुक्त योगदान गर्न सक्नेछन्। 

गएको सिजन सिटीमा अग्युरोले ३२ खेलमा २३ गोल गरेका थिए। चार गोलमा असिस्ट गरेका थिए। चोटका कारण समस्यामा परेको यो सिजन उनले १२ खेलमा दुई गोल मात्र गरेका छन्। चोटकै कारण अहिले मैदानको अवसर कम पाइरहँदा सिटी उनलाई बाहिर पठाउने पक्षमा नै देखिन्छ। 

चोटका कारण अग्युरो समस्यामा परेको यही सिजन मात्रै होइन। सन् २०१२–१३ यता उनले विभिन्न २० पटक चोटको समस्या भोगिसके। तीन महिनापछि ३३ वर्षमा पुग्ने अग्युरोका लागि उमेरसँगै ‘फिटनेस’मा फरक समस्या पनि देखिने नै छन्। यसैले उनका लागि आउँदो समयको सबैभन्दा कठिन विषय उही लय कायम गरिरहनुमा हुनेछ। 

बार्सिलोनामा मेस्सीसँगै अन्सु फाती, एन्टोनियो ग्रिजम्यान र उसमान डेम्बेले जस्ता खेलाडीले लगातार अवसर नपाइरहँदा त्यही अग्युरोका लागि नियमित मैदानको समय सहज पक्कै हुने छैन। यसैले बार्सिलोनाले उनलाई लगेमा अहिले सिटीमा कम हुँदै गएको समय जस्तै समस्या पर्न सक्नेछ। बार्सिलोनाले बेलामौका प्रयोग गरिरहेको स्ट्राइकर मार्टिन ब्रेथवेटको भूमिकामा अग्युरो राजी नहुन सक्छन्। 

Ncell 2
Ncell 2

बार्सिलोनामा प्रशिक्षकका रुपमा आएदेखि नै रोनाल्ड कोम्यानको योजना फ्रेन्च क्लब लियोनबाट मेमफिस डिपेलाई ल्याउने देखिन्छ। यसैले नयाँ बार्सिलोना बोर्डको आगमनसँगै प्रशिक्षकसँग उनीहरुको भावी योजना कस्तो रहन्छ भन्ने विषयले भूमिका खेल्नेछ। युवा पुस्तामा भरोसा गरेर बढ्ने बार्सिलोनाको भविष्यसँग सिनियर खेलाडीको तालमेल कसरी जोडिन्छ यकिन छैन। यो सबैमा मेस्सी बार्सिलोनामा नै रहन्छन् रहँदैनन् भन्ने विषय प्रमुख हुन्छ। 

बार्सिलोना अध्यक्ष लापोर्ताको चुनावी मुद्दा नै बार्सिलोनामा मेस्सीलाई रोक्ने रहेको थियो। यस्तोमा उनको प्रयास रहने नै छ। मेस्सीसँग त्यसबारे उनले छिटै निचोडको कुराकानी गर्ने छन्। यसअघि जोसेप मारिया बर्टामेउ अध्यक्ष रहँदा गएको सिजनको अन्त्यमा मेस्सी बार्सिलोना छाड्न नजिक पुगिसकेका थिए। तर बर्टामेउले मेस्सीको ७०० मिलियन युरोको रिलिज क्लज देखाएर अप्ठ्यारोमा पारिरहे। 

अहिले अवस्था फेरिँदै गएको छ। ३३ वर्षका मेस्सीले आफू वरपर प्रतिस्पर्धामा बढ्न सक्ने खेलाडीको समूह पाइरहेका छन्। मेस्सीको युरोपियन प्रतिस्पर्धामा अब्बल हुने इच्छा यो सिजन पूरा नभए पनि आउँदो सिजनका लागि विश्वास गर्न सक्ने बाटो उनले भेट्ने देखिन्छ। पारिवारिक रुपमा पनि स्पेन छाडेर बाहिर जान मेस्सीका लागि सहज छैन। त्यसैले उनलाई राजी गराउन सके उनी बार्सिलोना मै रहने सम्भावना छ।

पछिल्ला वर्ष च्याम्पियन्स लिगमा युभेन्टस, रोमा, लिभरपुल, बायर्न म्युनिक र अहिले पिएसजीसँग बार्सिलोनाको हविगत मिल्दोजुल्दो देखिन्छ। प्रशिक्षक लुइस इनरिक हुँदै भालभर्दे, सेटियन र अहिले कोम्यानसम्म युरोपियन प्रतिस्पर्धामा मेस्सीले चाहेको खेल हुन सकिरहेको छैन। यो सबैको आलोचना विशेष रुपमा मेस्सीले नै भोगिरहेका छन्। 

shivam cement

shivam cement

गएको सिजन सकिएपछि मेस्सीले बार्सिलोना छाड्ने बताएसँगै उनलाई लैजान सिटी नै सबैभन्दा नजिक पुगेको थियो। सिटी जाने सोचमा मेस्सी पनि सकारात्मक थिए। सिटी प्रशिक्षक पेप गार्डिओलासँगको कुराकानीमा उनी सहमति नजिक पुगेका थिए। तर बार्सिलोनाले आफ्ना स्टार खेलाडीलाई क्लब छाड्न दिएन। महँगो रिलिज क्लजका कारण सिटीले ठूलो रकम तिर्न सक्ने कुरा थिएन।  

मेस्सीले आफै हुर्केको क्लबविरुद्ध मुद्दामामिला गर्न नचाहेको र एक सिजन बार्सिलोनामा नै रहने बताउँदा बार्सा समर्थक खुसी भए। तर मेस्सी जाने लगभग पक्का भइसकेको  सिटीलाई त्यसबेला नमजा भयो। तर बार्सिलोनामा मेस्सी रहँदा देखिएको राहत लामो समय रहनेछ भन्ने यकिन भने छैन। यो सबैमा अन्तिम निचोड मेस्सीले केही खुलेर नबोल्दासम्म आउने छैन। 

प्रकाशित मिति: शनिबार, फागुन २९, २०७७  ०७:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारत-पाकिस्तान सीमा क्षेत्रमा पुनः गोलाबारी सुरु
नेपालमा लगानी गर्न व्यवसायीलाई अध्यक्ष ढकालको आग्रह
सगरमाथा संवादको अन्तिम तयारीमा छौँ : परराष्ट्रमन्त्री
सम्बन्धित सामग्री
बार्सिलोनालाई हराउँदै इन्टर मिलान च्याम्पियन्स लिगको फाइनलमा निर्धारित ९० मिनेट ३–३ को बराबरीमा रोकिएपछि खेल अतिरिक्त समयमा लम्बिएको थियो । खेलको २१ औं मिनेटमा अर्जेन्टिनी फरवार्ड लौटारो मार्टि... बुधबार, वैशाख २४, २०८२
रोमान्चक खेलमा बार्सिलोना र इन्टर मिलानबिच बराबरी खेल सुरु भएको ३० सेकेन्डमै मार्कस थुरामले इन्टरलाई आश्चर्यजनक अग्रता दिलाए । उनको प्रहारले बार्सिलोनाका गोलकिपर वोज्शिएच शेज्नीलाई छ... बिहीबार, वैशाख १८, २०८२
हेटौंडामा महिला राष्ट्रिय गोल्डकप फुटबल हुने मकवानपुर जिल्ला फुटबल संघले नियमित गर्दै आएको स्थानीय तह सहिद स्मृति गोल्डकप अन्तर्गत सातौ चरणमा आईपुग्दा महिला गोल्डकपको आयोजना गर्... मंगलबार, वैशाख १६, २०८२
ताजा समाचारसबै
भारत-पाकिस्तान सीमा क्षेत्रमा पुनः गोलाबारी सुरु शुक्रबार, वैशाख २६, २०८२
नेपालमा लगानी गर्न व्यवसायीलाई अध्यक्ष ढकालको आग्रह शुक्रबार, वैशाख २६, २०८२
सगरमाथा संवादको अन्तिम तयारीमा छौँ : परराष्ट्रमन्त्री शुक्रबार, वैशाख २६, २०८२
पाकिस्तानले ३-४ सय ड्रोनमार्फत सैन्य पूर्वाधारलाई निशाना बनाएको भारतको दाबी शुक्रबार, वैशाख २६, २०८२
सुरक्षासम्बन्धी निर्देशन पालना गर्न भारतमा रहेका नेपालीलाई दूतावासको आग्रह शुक्रबार, वैशाख २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारत–पाकिस्तान ड्रोन र मिसाइल हानाहान पछि भारतले बन्द गर्‍यो दुई दर्जन बढि विमानस्थल शुक्रबार, वैशाख २६, २०८२
पाकिस्तानले ३-४ सय ड्रोनमार्फत सैन्य पूर्वाधारलाई निशाना बनाएको भारतको दाबी शुक्रबार, वैशाख २६, २०८२
अमेरिकी राजदूतलाई पाकिस्तानले भन्यो : भारतले सबै अन्तर्राष्ट्रिय कानुन उल्लंघन गर्‍यो शुक्रबार, वैशाख २६, २०८२
पहलगाम घटनामा पाकिस्तानलाई आरोपित गरी भारतले आक्रमण गर्न मिल्दैन : देव गुरूङ बिहीबार, वैशाख २५, २०८२
ललितपुर महानगरपालिकामा भोलि सार्वजनिक बिदा बिहीबार, वैशाख २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
नौ महिना अन्तरिक्षमा बिताउँदाको स्वास्थ्य प्रभाव: पृथ्वीमा फर्किएपछि शरीरमा हुने परिवर्तन   नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पेट्रोलियम गाडीमा युरो ६ लागू गरिने शुक्रबार, वैशाख १९, २०८२
वामपन्थी नेता प्रदीप नेपालको निधन मंगलबार, वैशाख २३, २०८२
पाकिस्तानले हवाई क्षेत्र बन्द गर्दा एयर इन्डियालाई ५० अर्ब घाटा शुक्रबार, वैशाख १९, २०८२
भारतीय आक्रमणमा जैस-ए-मोहम्मदका कमाण्डरको परिवारका १० जना मारिए बुधबार, वैशाख २४, २०८२
भारत–पाकिस्तान ड्रोन र मिसाइल हानाहान पछि भारतले बन्द गर्‍यो दुई दर्जन बढि विमानस्थल शुक्रबार, वैशाख २६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्