• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
मंगलबार, जेठ २७, २०८२ Tue, Jun 10, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
भागरथी हत्या : फरक–फरक बयानको ‘क्लु’ले डाेर्‍याएको सफल अनुसन्धान
64x64
नारायण अधिकारी बुधबार, फागुन ५, २०७७  ११:३५
1140x725

काठमाडौं-  बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार–हत्या घटनामा प्रहरीले सुरुदेखि नै विभिन्न व्यक्तिमाथि सोधपुछ र निगरानी राखेको थियो। स्थानीय व्यक्ति, भागरथीका साथीलगायत सुरुदेखि नै प्रहरीको निगरानीमा थिए।

प्रहरीले घटना भएकै दिनदेखि विभिन्न शंकास्पद व्यक्तिलाई स्थानीयमार्फत् र प्रहरी स्वयं आफैंले कार्यालय ल्याएर सोधपुछ गरेको थियो। यही सोधपुछको मेसोमा तानिएका थिए, १६ वर्षीय दिनेश भट्ट।

दिनेश भागरथी पढ्ने विद्यालय सनातन धर्म माविकै कक्षा ११ मा अध्ययनरत छन्। ‘एउटै विद्यालय पढ्ने भएपछि दिनेश हाम्रो निगरानीमा पहिल्यैदेखि पर्ने नै भए’ अनुसन्धानमा संलग्न एक जुनयिर प्रहरी अधिृकतले नेपाल लाइभलाई सुनाए, ‘भागरथी हराएको भनिएको दिनको विद्यालय गए/नगएकोदेखि त्यो दिन कुन-कुन शिक्षकले पढाए भनेर सोधपुछ गर्नेदेखि त्यास दिन कपीमा लेखिएका विषय समेत हामीले हेरेका थियौं।’

त्यसपछि दिनेश भागरथी विद्यालयबाट घर नफर्किएको दिन माघ २१ गते विद्यालय गएको पुष्टि भएको थियो। उनी विद्यालय गएको पुष्टि हुनुलाई अनुसन्धानको एउटा बलियो खुट्किलो प्रहरीले पाएको थियो। अन्य विद्यार्थी भन्दा उसको चरित्र पनि त्यति राम्रो नभएको भन्ने शिक्षकहरुको भनाइबाट उनी प्रहरी लेन्समा सुरुदेखि नै परेका थिए। यद्यपि, यसबारे प्रहरीले कुनै बलियो प्रमाण भने फेला पारेको थिएन। 

अनुसन्धानकै क्रममा एक महिला र दुई बच्चाले दिनेशलाई विद्यालयबाट घर फर्कने बेला एक्लै बाटोमा भेटेको बयान दिए। प्रहरीलाई ती महिलाको बयान ठूलो क्लु बन्यो। ‘त्यसपछि हामीले दिनेशलाई ती महिलाको बारेमा सोधपुछ गर्‍यौं। तर, उनले नदेखेको र नचिन्ने बतायो’ अनुसन्धानमा संलग्न एक अधिकारी भन्छन्, ‘कि महिलाको भनाइ गलत हुनुपर्छ कि दिनेशको भनाइ गलत छ भन्ने हाम्रो निश्कर्ष भयो। त्यसपछि दिनेश झनै हाम्रो निगरानीमा पर्न थाले।’

प्रहरीका विभिन्न टोलीले दिनेशलाई छुट्टाछुट्टै राखेर बयान लिए। तर, दिनेशका बयान आफैंमा बाझिए। ‘कसैलाई छुट्टी हुनुभन्दा डेढ घण्टा अघि नै विद्यालयबाट घर गएको बताए। कसैलाई आधा घण्टा’ ती अधिकारीले नेपाल लाइभलाई सुनाए, ‘यति हुँदा पनि हामी दिनेश नै हो भनेर पुष्टि गर्न सकिरहेका थिएनौं। उनीविरुद्धको अरु प्रमाण हामीसँग थिएन।’

त्यसमाथि दिनेश भने भागरथीको न्यायका लागि दैनिक हुने नाराजुलुस र प्रदर्शनमा गइरहन्थे। जसकारण पहिल्यैदेखि शंका गरे पनि प्रहरीले उनलाई पक्राउ गर्न सकेको थिएन।

योबीचमा अन्य व्यक्तिलाई पनि निगरानीमा राखेर प्रहरीले सोधपुछ गरिएको थियो। स्थानीय जनप्रतिनिधिदेखि भद्रभलाद्‌मीसम्मलाई अनुसन्धानमा सहयोग गर्न भन्दै डिआइजी उत्तमराज सुवेदी आग्रह गरिरहेका थिए। घटना भएपछि चडेपानीबाट बाहिर गएका व्यक्तिमाथि पनि सोधपुछ गरियो। सोही क्रममा काठमाडौं आएका एक जना र महेन्द्रनगर आएका अर्का व्यक्तिबारे पनि प्रहरीले सोधपुछ गरेको थियो। तर, उनीहरुबाट कुनै नयाँ सूचना प्रहरीले पाएन।

अन्तत: तीन फरक फरक बयान दिने युवक दिनेशलाई एकपटक सोध्न पाए केही नयाँ सूचना आउनसक्ने अनुसन्धानमा खटिएका एक डिएसपीले सुझाए। प्रमाण नभए पनि फेरि शंकामा तानिए दिनेश। मंगलबार राति दिनेशलाई प्रहरी चौकी ल्याएर पुन सोधपुछ गरियो।  फरक-फरक बयान दिएका दिनेशले मंगलबार राति भने आफूले गरेको अपराध स्वीकार्न गरे। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता, एसएसपी मुकेश सिंह भन्छन्, ‘भागरथीको हत्या आफूले नै गरेको दिनेशले साबिती बयान दिएका छन्।’

कसरी गरे हत्या ?
प्रहरीमा दिएको बयान अनुसार भागरगथीको हत्या दिनेशले बदलाभाव र योजनाबद्ध तरिकाले गरेको बताएका छन्। उनी भारगथी भन्दा पहिल्यै विद्यालयबाट निस्किएर भागरथी आउने बाटो कुरेर लवलेक जंगलमा बसेका थिए।

भागरथी आएपछि सुरुमा दिनेशले उनको किताब खोसेर फालेको र त्यसपछि कान्लाबाट धकेलर लडाएको बयान दिएका छन्। कान्लाबाट लडेपछि दिनेशले उनको घाँटी थिची हत्या गरेको दिनेशको भनाइ छ।

भागरथीलाई हत्या नै गर्नुपर्ने अवस्थामा दिनेश कसरी पुगे भन्नेबारे प्रहरीले उनीसँग सोधपुछ गरेको थियो। बयानमा दिनेशले भागरथीका बाबुले आफ्नो फुपुमाथि नराम्रो व्यवहार गरेको र त्यसको बदलाका लागि भागरथीको हत्या गरेको बताएका छन्।

यद्यपि, हत्यापछिको कारण यही नै हो वा अरु पनि छन् भन्नेबारे प्रहरीले निश्कर्ष निकालिसकेको छैन । घटनाको अवस्थामा हेर्दा आवेशप्रेरित जस्तो देखिएको अनुसन्धान अधिकारी बताउँछन्।

थप समाचार :

एउटै विद्यालयमा पढ्ने किशोरले गरेका थिए भागरथीको बलात्कारपछि हत्या

भागरथीकै विद्यालयका छात्रले बलात्कार र हत्या गरेको स्वीकारेको प्रहरीको दाबी, भोलि सार्वजनिक गरिने

भागरथी हत्या : घटनास्थलमा जे देखियो [स्थलगत रिपोर्ट]

भागरथी हत्या घटना : 'लिडिङ प्वाइन्ट' खोज्दै प्रहरी

भागरथी हत्या घटना : मोबाइलबाट खुल्ला त अपराधको गुत्थी?

प्रकाशित मिति: बुधबार, फागुन ५, २०७७  ११:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
युके पठाइदिने भन्दै ११ करोड बढि रकम ठगी गर्ने दुई जना पक्राउ पक्राउ पर्नेमा मोरङको रतुवामाई नगरपालिका–१० घर भई हाल काठमाडौँ महानगरपालिका–६ सरस्वती नगर बस्ने ४४ बर्षीया लक्ष्मण पराजुली र धनुषा स... मंगलबार, जेठ २७, २०८२
महिलाको गोप्य अंग खानतलासी गरेको आरोपमा पूर्वमन्त्री सुब्बाविरुद्ध मुद्दा पीडित महिलाका अनुसार,गत चैत २२ गते पूर्वमन्त्री सुब्बा, सुनिता घिमिरे र गोपाल शाह (ससुरा) मिलेर मोरङको डायनियास्थित माइतीघरमै आएर दु... सोमबार, जेठ २६, २०८२
बेगनास तालमा एकजना बेपत्ताको, खोजीकार्य जारी माझीकुना स्थित बेगनास तालमा पौडी खेल्ने क्रममा आइतबार साँझ गोरखा, सहिद लखन थापा गाउँपालिका ३ मनकामना बस्ने ४३ वर्षीय राजेश श्रेष्ठ ब... सोमबार, जेठ २६, २०८२
ताजा समाचारसबै
विश्वस्तरीय आँखा स्वास्थ्य सम्बन्धी ‘डिजिटल’ तालिम सञ्चालनमा मंगलबार, जेठ २७, २०८२
ऐतिहासिक बन्यो सिकागोको पहिलो नेपथ्य साँझ मंगलबार, जेठ २७, २०८२
तोलामा एक लाख ९० हजारमा कारोवार हुँदै सुन, चाँदीको कति ? मंगलबार, जेठ २७, २०८२
व्यवसायिक चिराइतोखेतीबाट राम्रो आम्दानी लिँदै तीनतलेका किसान मंगलबार, जेठ २७, २०८२
युके पठाइदिने भन्दै ११ करोड बढि रकम ठगी गर्ने दुई जना पक्राउ मंगलबार, जेठ २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
राष्ट्रिय सभा  बैठक (भिडियो)
राष्ट्रिय सभा बैठक (भिडियो) सोमबार, जेठ २६, २०८२
अमेरिकाबाट डिपोर्ट गरिएका ३७ नेपाली काठमाडौँ आईपुगे (भिडियो)
अमेरिकाबाट डिपोर्ट गरिएका ३७ नेपाली काठमाडौँ आईपुगे (भिडियो) सोमबार, जेठ २६, २०८२
काठमाडौँको कीर्तिपुरस्थित क्रिकेट रंगशाला निर्माणको निरीक्षण गर्दै प्रधानमन्त्री केपी शर्मा ओली
काठमाडौँको कीर्तिपुरस्थित क्रिकेट रंगशाला निर्माणको निरीक्षण गर्दै प्रधानमन्त्री केपी शर्मा ओली सोमबार, जेठ २६, २०८२
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रदेश सभा सदस्य एवं पूर्वमुख्यमन्त्री सोडारी निलम्बनमा सोमबार, जेठ २६, २०८२
महिलाको गोप्य अंग खानतलासी गरेको आरोपमा पूर्वमन्त्री सुब्बाविरुद्ध मुद्दा सोमबार, जेठ २६, २०८२
अमेरिकाबाट डिपोर्ट गरिएका ३७ नेपाली काठमाडौँ आईपुगे सोमबार, जेठ २६, २०८२
राप्ती नगरपालिकाले चिकित्सकसहित ७२ कर्मचारी हटायो सोमबार, जेठ २६, २०८२
ट्रम्पले १२ देशमाथि लगाएको प्रतिबन्ध लागू सोमबार, जेठ २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
प्रदेश सभा सदस्य एवं पूर्वमुख्यमन्त्री सोडारी निलम्बनमा सोमबार, जेठ २६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्