• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, जेठ २६, २०८२ Mon, Jun 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
श्रम-रोजगार
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
64x64
निर्मला घिमिरे शुक्रबार, माघ ९, २०७७  ०६:३४
1140x725

काठमाडौं- सिमेन्टको धुलो र हिलो लतपतिएर धुस्रेफुस्रे भएको हुलिया। दिउँसो करिब २ बजे। हिलाम्य हातले टायल मिलाउँदै बिच्छ्याइरहेका थिए २७ वर्षीय रामेछापका सौरभ श्रेष्ठ। ३ वर्षदेखि उनी यसैगरी हिलो र धुलोसँग संघर्ष गरिरहेका छन्। 

पसिनासँग खुसी साट्न खाँडीदेखि मलेसियासम्म चहारेका उनलाई अब भने आफ्नै देशको हिलो र माटो प्यारो लाग्न थालेको छ। किनकि परदेश भोगेर फर्किएका उनले संघर्ष के हो बुझिसकेका छन्। 

मलेसियादेखि खाडीसम्म चहारेर फर्किएका उनले पसिनाको मूल्य बुझिसकेका छन्। विदेशबाट फर्किएर टायल बिच्छ्याउने सीप सिकेका उनलाई हिजोआज देशमा कामको दुःख पनि छैन। दैनिक १५ सयसम्म कमाइ गर्छन्। बिदा नबसी काम गर्दा मासिक ४५ हजार कमाउँछन्। काम नपाएर बेरोजगार बस्नुपरेको पनि छैन।

‘कमाइ पनि राम्रो छ। त्यसमा पनि आफ्नै परिवारसँग बसेर काम गर्न पाउनु अर्को सौभाग्य छ,’ सौरभको मुस्कान मास्कबाहिरबाटै प्रस्ट देखिन्छ। परदेशमा बिताएका ४ वर्षहरुसँग पनि उनलाई कुनै पछुतो लागेको छैन। बरु कमाउन नसके पनि परदेश के हो भनेर बुझ्न पाएकोमा उनले चित्त बुझाएका छन्। 

No description available.

कामकै खोजीमा विदेशिनुपर्ने बाध्यता सौरभको मात्र नभएर आम नेपाली युवाको हो। किनकी एसइई सक्नेबित्तिकै अधिकांश नेपाली युवाहरुका लागि ३ वटा विकल्प हुन्छन्। खाडी जाने की देशमै काम खोज्दै भौँतारिने? अथवा अध्ययनलाई निरन्तरता दिने। सक्नेहरु अध्ययनतिर लाग्छन्। नसक्नेहरु खाडीतिर। अध्ययनलाई निरन्तरता दिनेको संख्या त सायदै कम हुन्छ। केही त देशमै काम पाइन्छ कि भनेर भौँतारिनेहरू पनि भेटिन्छन्। सीप नचलेपछि उनीहरू खाडीको बाटो रोज्न बाध्य हुन्छन्। 

रामेछापका सौरभ श्रेष्ठले पनि एसएलसीपछि नै परदेशकै बाटो रोज्न बाध्य भए। सामान्य परिवारमा जन्मिएका सौरभको पढाइलाई निरन्तरता दिन सक्ने अवस्था थिएन। 

‘पढ्ने मन त थियो नि तर कलेज पढ्नलाई पैसा थिएन। त्यसपछि के गर्ने भनेर सोच्दा विदेश नै रोजियो,’ सौरभले भने। 

Ncell 2
Ncell 2

उनका बुबा श्याम श्रेष्ठ दैनिक ज्यालामजदूरी गर्थे। त्यही मजदूरी गरेरै उनलाई एसएलसीसम्म पढाएका थिए। बुबाले ज्यालामजदूरी गरेर कलेज पढ्न सक्ने अवस्था थिएन‚ जसले गर्दा सौरभले परदेश रोजेका थिए। 

‘त्यतिबेला मैले यहाँ काम गरेको भए पनि त्यही ज्यालामजदूरीकै काम थियो। तर विदेशमा यहाँभन्दा काम र कमाइ पनि राम्रो होला भन्ने लाग्यो। त्यसपछि मैले  परदेश रोजेँ,’ उनले सुनाए। 

हेल्पर कामका लागि भनेर मलेसिया गएका उनले मलेसियास्थित टायर कम्पनीमा काम पाएका थिए। महिनाभरि काममा खट्दा कमाइ भने निकै कम थियो। त्यहाँ उनको कमाइ नेपालको २५ हजार रुपैयाँ थियो। कमाइ नभएकै कारण ३ वर्षको करार अवधिका लागि मलेसिया गएका उनी २ वर्षमै स्वदेश फर्किए। 

No description available.

मलेसियाबाट फर्किएर उनले स्वदेशमै केही गरौँ की भन्ने सोचे। तर साउदीमा राम्रो कमाइ हुने सुने। पसिनासँग पैसा साटेर गुजारा गर्नेहरुलाई कमाइ राम्रो सुनेपछि लोभ लाग्नु स्वाभाविक हो। उनको मन त्यतै लोभियो। त्यसपछि उनी साउदीमा चिया पकाउने कामका लागि पुगे। काम दैनिक ८ घण्टा भनिएको थियो। ९ देखि १० घण्टासम्म खट्नुपर्थ्यो। कमाइ महिनाको ३० हजार नेपाली रुपैयाँ। 

परदेशको ठाउँ ३० हजार कमाइ। ‘स्वदेशमै यसरी खट्न सके, ३० हजार कमाइ कसो नहोला?,’ उनले यही सोचे। करार अवधि सकेर उनी स्वदेश फर्किए।  

बुबा टायल बिच्छ्याउने काम गर्थे। विदेशबाट फर्किएर बुबासँग बुझ्दा उनलाई आफ्नै बुबाको पेशामा पसिना बगाउन मन लाग्यो। ‘जहाँ पनि काम नै त गर्ने हो। झन् आफ्नै परिवारसँग बसेर काम गर्न पाउनु निकै खुसीको कुरा हो,’ उनी भन्छन्, ‘फर्किएर बुबासँग सल्लाह गरेँ। त्यसपछि काम सिकेँ।’ 

केही दिनमै उनले त्यो काम सिके। लगभग १५ दिनजतिमा त उनले राम्रोसँग काम गर्न थाले। बुबा साथमै भएकाले काम सिक्न गाह्रो पनि भएन।  

No description available.

सुरुमा काम गर्दा त दिनको १ हजार कमाउथे। काममा पोख्त हुँदै गए। दैनिक १२ सयबाट ज्याला १५ सय पुग्यो। ‘मेहनतअनुसार कमाइ राम्रो छ। आफूसँग सीप भयो भने नेपालमै काम पाउन गाह्रो छैन,’ सौरभ भन्छन्। 

फेरि उनका बुबा श्याम श्रेष्ठले बेलाबेला उनलाई अर्ति दिइरहन्छन्। २२ वर्षदेखि टायलकै काम गर्दै आएका उनी भन्छन्, ‘मलाई त देश पनि यही विदेश पनि यहीँ।’ श्यामले पनि परिवार पाल्नबाहेक अर्को उपलब्धि गर्न सकेका छैनन्। तर यस्तै कामका लागि विदेश धाउनेहरुको अवस्था पनि त उस्तै हो। त्यही सम्झिएर उनी आफ्नो संघर्षसँग ढुक्क छन्। ‘आफूसँग सीप छ देशमै सबथोक छ,’ छोरा सौरभलाई पनि उनले यही सिकाएका छन्। 

प्रकाशित मिति: शुक्रबार, माघ ९, २०७७  ०६:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
काठमाडौं महानगरको रोजगारी कार्यक्रम : न वडाध्यक्षलाई थाहा छ, न बेरोजगारलाई
सम्बन्धित सामग्री
हेटौँडा औद्योगिक क्षेत्रमा चार उद्योग थपिए औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका सूचना अधिकारी रमेशराज नेपालका अनुसार गत वैशाखदेखि लक्की पोलि इन्डस्ट्रिजले प्लाष्टिकका सामान... शुक्रबार, जेठ ९, २०८२
काठमाडौँ महानगरले माग्यो सीप मेलाका लागि आवेदन सरकारी निकाय, गैरसरकारी सङ्घसंस्था, निजी क्षेत्र तथा दातृ निकायसँग सहकार्य गरेर तालिम निःशुल्क प्रदान गर्ने तयारी रहेको पनि झाले जान... शनिबार, जेठ ३, २०८२
गण्डकीमा‘राइड सेयरिङ’ले पायो कानुनी मान्यता,दर्ता र नविकरण नगरे जरिवाना मङ्गलबारको मन्त्रिपरिषद् बैठकले गण्डकी प्रदेशको सवारी तथा यातायात व्यवस्था नियमावली, २०८० पारित गरेको थियो। ‘सम्मानित सर्वोच्च अदालत... बुधबार, वैशाख ३१, २०८२
ताजा समाचारसबै
स्कटल्यान्डसँगको थ्रीलर गेममा नेपाल २ रनले पराजित, तीन ब्याटरको अर्धशतक आइतबार, जेठ २५, २०८२
भिजिट भिसा प्रकरणबारे विपक्षी दलबीच छलफल जारी रहेपनि सहमति भएको छैन : हितराज पाण्डे आइतबार, जेठ २५, २०८२
सदनको गतिरोध अन्त्यका लागि दलहरुबीच समझदारी नजिक पुगेको छ : बर्तौला आइतबार, जेठ २५, २०८२
हिमानी ट्रष्टद्वारा जुम्लामा बर्थिङ सेन्टर शिलान्यास आइतबार, जेठ २५, २०८२
रिची ब्यारिन्टनको शतकमा नेपाललाई स्कटल्यान्डले दियो ३२४ रनको विशाल लक्ष्य आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो)
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो)
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो) आइतबार, जेठ २५, २०८२
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन आइतबार, जेठ २५, २०८२
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्