• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
मंगलबार, जेठ २७, २०८२ Tue, Jun 10, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
भक्तपुर कार दुर्घटना : रियाको मृत्युमाथिको आशंकामा खुलेका तथ्यहरू
64x64
नारायण अधिकारी शुक्रबार, माघ २, २०७७  ०६:३०
1140x725

काठमाडौं- भक्तपुरको मध्यपुरथिमि नगरपालिका–३ कौशलटारस्थित सडकमा गत मंसिर २१ गते बा ८ च ४७५६ नम्बरको कार दुर्घटना भयो। पूर्ण रूपमा क्षति भएको कारमा सवार एक महिला रिया श्रेष्ठ भनिने विमला खत्रीको मृत्यु भएको थियो। तीन जना भने सकुशल थिए।

चालक लोकन्थली-१ बस्ने २४ वर्षीय रन्जीव कार्की, विजय देउजा र सुदीप थापा सकुशल थिए। कार पूर्णरुपमा क्षति हुँदा पनि रियाको मात्रै मृत्यु हुनु, दुर्घटनापछि चालकसहित दुई जना भाग्नुले दुर्घटना नभई नियोजित घटना हुन सक्ने आशंका पैदा भएको थियो।

रियाका श्रीमान राजु श्रेष्ठले पनि घटना शंकास्पद भएको र शारीरिक सम्पर्कपछि पोल खुल्ने डरले बनावटी दुर्घटना गराएको हुन सक्ने आशंका व्यक्त गर्दै महानगरीय प्रहरी वृत्त ठिमीमा चालक रन्जीव कार्कीविरुद्ध जाहेरी दिएका थिए।

उनले जाहेरीमा आशंका गरेका थिए, ‘म विराटनगर गएको बेला यस्तो कार दुर्घटनामा श्रीमतीको मुत्यु  हुनु, कारमा बियरका बोतल फेला पर्नु, दुर्घटनापछि चालक फरार हुनुले आशंका गर्ने ठाउँ दिएको छ। दुर्घटना हुँदा बखतको सिसी टिभी फुटेज हेर्नेदेखि शारीरिक सम्बन्ध भए/नभएको समेत जाँच गरी प्रतिवादीलाई कारबाही गरी पाऊँ।’

राजुको आशंकालाई चालक रन्जीवको बयानले शंका थप्ने काम गरेको थियो। प्रहरीसँगको बयानमा रन्जीवले रियासँग कारमै यौनसम्पर्क भएको समेत बताएका थिए। रन्जीवको बयान उदृत गर्दै प्रहरी स्रोत भन्छ, ‘कालोपुल छेउ नजिक कार साइड लगाएर सहमतिमै यौन सम्पर्क भएको रन्जीवले बताएका थिए।’

रियाका श्रीमानको जाहेरीपछि भक्तपुर प्रहरीले उक्त घटनाको अनुसन्धान सुरु गरेको थियो। प्रहरीले अनुसन्धान सकेर पुस १६ गते जिल्ला सरकारी वकिल कार्यालयमा रायसहितको प्रतिवेदन पठाइसकेको छ। शंकास्पद भनिएको कार दुर्घटनाका तथ्य प्रहरीले अनुसन्धान प्रतिवेदनमा उल्लेख गरेको छ।  

घटना होइन, दुर्घटना 
दुर्घटनामा सडकको ६ वटा रेलिङ भत्किनु कारको अगाडिको भाग पूर्ण रुपमा क्षति हुँदा पनि कारमा चार जना सवारमध्ये रियाको मात्रै मृत्यु हुनुले दुर्घटना रहस्यमय भएको आशंका गरिएको थियो। गाडीको मेकानिकल जाँच गर्दा कारको बाँयातर्फको भाग पूर्ण रुपमा क्षति भएको, अगाडिको बर्नट पनि क्षति भएको उल्लेख थियो। बेजोडले दुर्घटना हुँदा पनि चालकलाई किन केही भएन भन्ने प्रश्न रियाका श्रीमान राजुको थियो।

तर अनुसन्धानको क्रममा भने उक्त दुर्घटना बनावटी घटना नभई दुर्घटना भएको पुष्टि गर्दै प्रहरीले फाइल सरकारी वकिलमा बुझाएको छ।

मृतक रियाको निधारमा घाउ, नाकमा रगत, ढाडमा ददारिएको घाउ, बाँया कुममा घाउ, बाँया खुट्टाको तिघ्रामा घाउ रहेको लाश जाँच मुचुल्कामा उल्लेख थियो। अस्पतालको शव परीक्षण प्रतिवेदनमा रियाको टाउको, घाँटी, छाती, र पेटमा सख्त ठोक्किएकाले चोट लागेको उल्लेख छ। रियाको मृत्युको कारणबारे प्रतिवेदनमा लेखिएको छ, 'मल्टिपल ब्लन्ट फोर्स इन्ज्युरी टु हेड, नेक, चेस्ट एन्ड एडोमिन’। अर्थात् शरीरको विभिन्न भागमा लागेको चोटका कारण उनको मृत्यु भएको हो। 

शव परीक्षण रिपोर्टको विश्लेषण गर्दै महानगरीय प्रहरी परिसर भक्तपुरका एसपी तारा थापाले सुनाइन्, ‘दुर्घटना हुँदा शरीरका विभिन्न ठाउँमा लागेको चोट नै रियाको मृत्यु कारक देखियो।’

कासाले जोडेको सम्बन्ध बाछाले टुंग्यायो
रिया विवाहित महिला थिइन्। उनका एक छोरासमेत थिए। उता प्रतिवादी बनेको रन्जीव भने अविवाहित छन्। राष्ट्रिय पुनर्निर्माण प्राधिकरण चौतारा सिन्धुपाल्चोकबाट जुगल गाउँपालिकामा फोकल इन्जिनियरमा पदमा करार सेवामा कार्यरत थिए रन्जीव। कासाले जोडेको विगत दुई वर्षअघि देखिएको उनीहरुको सम्बन्ध एउटा बाछोमा गएर टुंगिएको छ।

करिब दुई वर्ष अघि दरबारमार्गस्थित कासा लन्चमा जाँदा रन्जीवको रियासँग भेट भएको थियो। पहिलो भेटमै उनीहरुले मोबाइल नम्बर समेत आदनप्रदान गरेका थिए। ‘त्यसपछि फोन र ह्वाटस् एपमा समेत हाम्रो कुराकानी हुन थाल्यो। बेलाबखत भेटघाट पनि हुन्थ्यो,’ प्रहरी समक्ष बयानमा रन्जीवले भनेका छन्, ‘मंसिर १९ गते रियाले म भोलि लोकन्थली आउँछ तँ कहाँ छस् भनिन्। मैले आउनुभन्दा आधा घण्टाअघि फोन गर्नु भनेँ।’

मंसिर २० गते दिउँसो १२ बजेतिर लोकन्थली चोकमा रियालाई रिसिभ गर्न रन्जीव बा ८ च ४७५६ नम्बरको कार लिएर पुगे। रियासँगै अन्य दुई जना महिला पनि पुगेका थिए। रियाले त्यतिबेला एकजना आफ्नो बहिनी र एक जना दिदीको छोरी भएको बताएकी थिइन्। कारमा सबैजना घुम्न नगरकोट गए।

‘बसपार्क नजिकको होटलमा हामीले तुम्बा, सुकुटी र चिकेन खायौं। रिया र मेरो त्यही बस्ने कुरा थियो। उनीसँगै आएका बहिनी भोलिपल्टै बुटवल जानुपर्ने भएपछि ठमेल गएर बस्ने भन्दै नगरकोटबाट बाहिरिएका थियौं,’ रन्जीवको बयानमा उल्लेख छ।

कासाले जोडेको विगत दुई वर्षअघि देखिएको उनीहरुको सम्बन्ध एउटा बाछोमा गएर टुंगिएको छ।

राति ८ बजे ठमेलको एसिई होटलमा उनीहरु पुगे। त्यहीँ थिए रन्जीवका साथी विवेक कँडेल। रियाका बहिनीलाई घर पुर्‍याउनु पर्ने भएपछि रन्जीवले धुम्बाराहीसिथत रियाको कोठामा लगेर रियासहित उनीसँगै आएका अन्य दुई जनालाई लगेर छाडे।

केहीबेरमा रियाले आफू पनि आउने भन्दै रन्जीवलाई फोन गरेपछि रियालाई लिन उनी पुनः धुम्बाराही पुगे। लोकन्थलीमा रहेका रन्जीवका साथी विजय देउजाले पनि आफू ठमेल आउने बताएपछि उनलाई लिन रन्जीव लोकन्थली पुगेका थिए।

राधेराधेको एक क्याफेमा सुदीप थापा, विजय देउजा भेटसँग रिया र रन्जीवको भेट भयो। ‘उनीहरु तीन जनाले बियर र सिग्नेचर खाए। मैल रेडबुल खाएँ,’ रन्जीवको भनाइ छ, ‘भक्तपुरमा गेस्ट हाउस नपाएपछि ठमेल गएर बस्ने भनेर हिँड्यौं। कौशलटारको पेट्रोल पम्प नजिक पुगेपछि गाईको बाछो अगाडि आइपुग्यो। बाछो जोगाउन बाँया मोड्दा दुर्घटना भयो।’

मदिरा सेवन गरेर तीव्र गतिमा कार चलाएका कारण अचानक सडकमा बाछो आइपुग्दा अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीको निष्कर्ष छ। अचेत अवस्थाकी रियालाई अस्पताल पुर्‍याउँदा डाक्टरले मृत घोषित गरेका थिए। रन्जीवसहित तीनै जना भने फरार भएका थिए।

पछि उनीहरुलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरेको थियो। पोस्टमार्टम रिपोर्ट, अनुसन्धान प्रतिवेदनलगायतका काजगात हेरेपछि रियाको परिवारले कुनै शंकास्पद घटना नभई दुर्घटना भएको भन्दै मिलापत्र समेत गरेको थियो। दुवै पक्षको मिलापत्र पश्चात चालक रन्जीव रिहा भएको एसपी थापाले बताइन्।

जिल्ला प्रशासन कार्यालयमार्फत् ५ लाख २५ हजार रुपैयाँ र चालक रन्जीवका तर्फबाट क्षतिपूर्ति बापत ६ लाख २५ हजार रुपैयाँ गरी साढे ११ लाख रुपैयाँ रियाको छोराको पढाइका खातामा जम्मा गरिदिने सहमति भएको थियो।

प्रकाशित मिति: शुक्रबार, माघ २, २०७७  ०६:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
युके पठाइदिने भन्दै ११ करोड बढि रकम ठगी गर्ने दुई जना पक्राउ पक्राउ पर्नेमा मोरङको रतुवामाई नगरपालिका–१० घर भई हाल काठमाडौँ महानगरपालिका–६ सरस्वती नगर बस्ने ४४ बर्षीया लक्ष्मण पराजुली र धनुषा स... मंगलबार, जेठ २७, २०८२
महिलाको गोप्य अंग खानतलासी गरेको आरोपमा पूर्वमन्त्री सुब्बाविरुद्ध मुद्दा पीडित महिलाका अनुसार,गत चैत २२ गते पूर्वमन्त्री सुब्बा, सुनिता घिमिरे र गोपाल शाह (ससुरा) मिलेर मोरङको डायनियास्थित माइतीघरमै आएर दु... सोमबार, जेठ २६, २०८२
बेगनास तालमा एकजना बेपत्ताको, खोजीकार्य जारी माझीकुना स्थित बेगनास तालमा पौडी खेल्ने क्रममा आइतबार साँझ गोरखा, सहिद लखन थापा गाउँपालिका ३ मनकामना बस्ने ४३ वर्षीय राजेश श्रेष्ठ ब... सोमबार, जेठ २६, २०८२
ताजा समाचारसबै
विश्वस्तरीय आँखा स्वास्थ्य सम्बन्धी ‘डिजिटल’ तालिम सञ्चालनमा मंगलबार, जेठ २७, २०८२
ऐतिहासिक बन्यो सिकागोको पहिलो नेपथ्य साँझ मंगलबार, जेठ २७, २०८२
तोलामा एक लाख ९० हजारमा कारोवार हुँदै सुन, चाँदीको कति ? मंगलबार, जेठ २७, २०८२
व्यवसायिक चिराइतोखेतीबाट राम्रो आम्दानी लिँदै तीनतलेका किसान मंगलबार, जेठ २७, २०८२
युके पठाइदिने भन्दै ११ करोड बढि रकम ठगी गर्ने दुई जना पक्राउ मंगलबार, जेठ २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
राष्ट्रिय सभा  बैठक (भिडियो)
राष्ट्रिय सभा बैठक (भिडियो) सोमबार, जेठ २६, २०८२
अमेरिकाबाट डिपोर्ट गरिएका ३७ नेपाली काठमाडौँ आईपुगे (भिडियो)
अमेरिकाबाट डिपोर्ट गरिएका ३७ नेपाली काठमाडौँ आईपुगे (भिडियो) सोमबार, जेठ २६, २०८२
काठमाडौँको कीर्तिपुरस्थित क्रिकेट रंगशाला निर्माणको निरीक्षण गर्दै प्रधानमन्त्री केपी शर्मा ओली
काठमाडौँको कीर्तिपुरस्थित क्रिकेट रंगशाला निर्माणको निरीक्षण गर्दै प्रधानमन्त्री केपी शर्मा ओली सोमबार, जेठ २६, २०८२
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रदेश सभा सदस्य एवं पूर्वमुख्यमन्त्री सोडारी निलम्बनमा सोमबार, जेठ २६, २०८२
महिलाको गोप्य अंग खानतलासी गरेको आरोपमा पूर्वमन्त्री सुब्बाविरुद्ध मुद्दा सोमबार, जेठ २६, २०८२
अमेरिकाबाट डिपोर्ट गरिएका ३७ नेपाली काठमाडौँ आईपुगे सोमबार, जेठ २६, २०८२
राप्ती नगरपालिकाले चिकित्सकसहित ७२ कर्मचारी हटायो सोमबार, जेठ २६, २०८२
ट्रम्पले १२ देशमाथि लगाएको प्रतिबन्ध लागू सोमबार, जेठ २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
प्रदेश सभा सदस्य एवं पूर्वमुख्यमन्त्री सोडारी निलम्बनमा सोमबार, जेठ २६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्