• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
मंगलबार, जेठ २७, २०८२ Tue, Jun 10, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
ठेकेदार बनेर लाखौं ठग्ने गीता
64x64
नारायण अधिकारी मंगलबार, पुस २८, २०७७  ०९:५०
1140x725

काठमाडौं– सुरेशबाबु श्रेष्ठको पोखरा महानगरपालिका–५ जिरो किलोमा बुढीगण्डकी कन्ट्रक्शन एण्ड सप्लायर्स प्रालि र गण्डकी हार्डवयेर एण्ड सप्लायर्स व्यवसाय सञ्चालन गर्दै आएका छन्। 

गत भदौ १ गते दिउँसो अन्दाजी २ बजेतिर बा २३ च ६६२१ नम्बरको उनको पसल अगाडि आएर रोकियो। श्रेष्ठको पसलमा पुगेका उनीहरुले परिचय दिए, मानबहादुर रोक्का, रञ्जिता भन्ने गीता सुवेदी, प्रेम लामा, नरबहादुर श्रेष्ठ र विकास सिंजाली।

उनीहरुले पिन्सु एकसपोर्ट प्रालि नामको कम्पनी दर्ता गरी ठेक्काको काम गर्दै आएको हार्डवेयर सञ्चालक श्रेष्ठलाई बताए। लमजुङको भोर्लेटारमा बाटो निर्माणको लागि ५० करोडको ठेक्का पाएको र त्यसका लागि धेरै नै हार्डवेयर चाहिएका उनीहरुले बताए। 

‘ठूलैमात्रामा व्यापार गरिदिन्छौं भनी मलाई विश्वासमा पारे। मेरो पसलबाट पटक पटक गरी २३ लाख ७१ हजार ७ सय ६८ रुपैयाँ बराबरको फलामको छड किने‚’ श्रेष्ठले कास्की जिल्ला अदालतमा दिएको बयानमा उल्लेख छ, ‘२३ लाख भन्दा बढीको सामान किने पनि त्यसबेला  १ लाख ४ हजार ४ सय ६ रुपैयाँ नगद र बाँकी रकमको चेक दिए।’

पिन्सु एकपोर्ट प्रालिको नाममा रहेको महालक्ष्मी विकास बैंकको चेक दिए। चेक साट्दा खातामा पर्याप्त रकम नभएको नभएको कारण चेक सटही भएन। 
त्यसपछि ठगिएको गन्ध पाएका श्रेष्ठले प्रहरीकोमा ठगीको कसुरमा जाहेरी दिएका थिए।

लमजुङ भनेर बनेपामा झारियो छड
अनुसन्धानको क्रममा गीता सुवेदीसहितका व्यक्तिले झुक्यानमा पारेर ठगी गरेको पाइएको छ। लमजुङको भोर्लेटारमा बाटो निमार्णका लागि भनेर खरिद गरिएका छड रातारात ट्रकमा लोड गरेर बनेपामा झारिएको अनुसन्धानबाट खुलेको थियो। 

ना ३ ख ५०७० नम्बरको ट्रकका चालक रामबहादुर थापालाई भनेर २३ हजार भाडा दिएर बनेपामा उक्त छड झारिएको पाइएपछि उनीहरुको ठगको कर्तुत बाहिरिएको हो। 

सुरेशबाबुले गुरु गणेश हार्डवेयर सञ्चालक राजकुमार प्रजापतिसँगको मिलेमतोमा ठगी गरी उनकै हार्डवयेरमा समान झारेको भन्दै ठगीको उजुरी दिएका थिए। 

चेक दिएपछि खाता क्लोज
गीता सुवेदीले छडको रकम वापतको चेक दिएपछि खाता क्लोज समेत गरेको पाइएको छ। तर उनले बयानमा भने आफ्नो नामको चेक हराएकोले रद्द गर्न भनेर बैंकमा निवेदन दिएको बताएकी थिइन्।

‘म यहाँ नाम उल्लेख गरेका कसैलाई पनि चिन्दिन, मेरो कम्पनीको नामबाट जारी भएको चेकमा भएको सहीछाप मेरो होइन, उक्त चेकहरूमा को–कसले सहीछाप गरेका हुन् मलाई केही थाहा भएन‚’ अदालतमा गीताले इनकारी बयान दिइन्। 

आफ्नो सहीछापबाट जारी भएको चेक हराएकोले रद्द गरिपाऊँ महालक्ष्मी विकास बैंक न्यूरोड, काठमाडौमा निवेदन दिएको र उक्त चेक मैल नकाटेको कसले काट्यो खोजी कारबाही गरी पाउँ भन्दै महानगरीय प्रहरी कार्यालय काठमाडौं समेत निवेदन दिएको उनले बयान दिएकी थिइन्। 

तर अनुसन्धानका क्रममा भने ठगी गर्ने नियतले उनले चेक दिएपछि खाता क्लोज गरेको पाइएको थियो। त्यस्तै जाहेरीमा आफ्नो नाम गीता सुवेदी लेखिएको तर आफू गीता पुन भएको उल्लेख गर्दै छुटकारा पाउनुपर्ने तर्क राखेकी थिइन्।

उनीसँगै हार्डवेयर किन्न गाडीमा गएका भनिएकाहरुको भने ठगीमा कुनै भूमिका अनुसन्धानबाट खुलेन।

प्रमाण भन्छ- ठगीका योजनाकार गीता हुन्
अदालतमा गीताकुमारीले इन्कारी बयान दिए पनि विभिन्न प्रमाणले भने उनी ठगीको योजनाकार भएको देखाएको छ।

गीताकुमारीले सञ्चालन गरेको प्रिन्सु एक्सपोर्ट इम्पोर्टको नाममा महालक्ष्मी विकास बैङ्कको चेकहरू जाहेरवालालाई दिएको भनी प्रहरीसमक्ष उनले बयान गरेकी थिइन्। 

मिसिल संलग्न चेकहरू हेर्दा उक्त चेकहरू गीताकुमारी पुनले सञ्चालन गरेको प्रिन्सु एक्सपोर्ट इम्पोर्टको नामबाटै जारी गरेको पाइउको थियो। बरामदी तथा खानतलासी मुचुल्का, घटनाविवरण कागजसमेतका मिसिल संलग्न सम्पूर्ण कागज प्रमाणहरूको आधारमा गीताले ठगी गरेको पाइएको जिल्ला अदालत कास्कीका न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले ठहर गर्‍यो।

अदालतले उनलाई ठगी भएको रकम बराबरको झण्डै २४ लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको छ।

‘फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ को अवस्था विद्यमानता देखिँदा पछि प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुनेगरी हाललाई यी प्रतिवादी गीताकुमारी पुनबाट २३ लाख ७१ हजार ७ सय ६८ धरौटी लिई रिहा गरी तारेखमा राख्नू। धरौटी तिर्न नसकेको अवस्थामा सिधा खान पाउने गरी कारागार कार्यालय कास्की पठाइदिनू‚’ अदालतको आदेशमा उल्लेख छ।

प्रकाशित मिति: मंगलबार, पुस २८, २०७७  ०९:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
युके पठाइदिने भन्दै ११ करोड बढि रकम ठगी गर्ने दुई जना पक्राउ पक्राउ पर्नेमा मोरङको रतुवामाई नगरपालिका–१० घर भई हाल काठमाडौँ महानगरपालिका–६ सरस्वती नगर बस्ने ४४ बर्षीया लक्ष्मण पराजुली र धनुषा स... मंगलबार, जेठ २७, २०८२
महिलाको गोप्य अंग खानतलासी गरेको आरोपमा पूर्वमन्त्री सुब्बाविरुद्ध मुद्दा पीडित महिलाका अनुसार,गत चैत २२ गते पूर्वमन्त्री सुब्बा, सुनिता घिमिरे र गोपाल शाह (ससुरा) मिलेर मोरङको डायनियास्थित माइतीघरमै आएर दु... सोमबार, जेठ २६, २०८२
बेगनास तालमा एकजना बेपत्ताको, खोजीकार्य जारी माझीकुना स्थित बेगनास तालमा पौडी खेल्ने क्रममा आइतबार साँझ गोरखा, सहिद लखन थापा गाउँपालिका ३ मनकामना बस्ने ४३ वर्षीय राजेश श्रेष्ठ ब... सोमबार, जेठ २६, २०८२
ताजा समाचारसबै
विश्वस्तरीय आँखा स्वास्थ्य सम्बन्धी ‘डिजिटल’ तालिम सञ्चालनमा मंगलबार, जेठ २७, २०८२
ऐतिहासिक बन्यो सिकागोको पहिलो नेपथ्य साँझ मंगलबार, जेठ २७, २०८२
तोलामा एक लाख ९० हजारमा कारोवार हुँदै सुन, चाँदीको कति ? मंगलबार, जेठ २७, २०८२
व्यवसायिक चिराइतोखेतीबाट राम्रो आम्दानी लिँदै तीनतलेका किसान मंगलबार, जेठ २७, २०८२
युके पठाइदिने भन्दै ११ करोड बढि रकम ठगी गर्ने दुई जना पक्राउ मंगलबार, जेठ २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
राष्ट्रिय सभा  बैठक (भिडियो)
राष्ट्रिय सभा बैठक (भिडियो) सोमबार, जेठ २६, २०८२
अमेरिकाबाट डिपोर्ट गरिएका ३७ नेपाली काठमाडौँ आईपुगे (भिडियो)
अमेरिकाबाट डिपोर्ट गरिएका ३७ नेपाली काठमाडौँ आईपुगे (भिडियो) सोमबार, जेठ २६, २०८२
काठमाडौँको कीर्तिपुरस्थित क्रिकेट रंगशाला निर्माणको निरीक्षण गर्दै प्रधानमन्त्री केपी शर्मा ओली
काठमाडौँको कीर्तिपुरस्थित क्रिकेट रंगशाला निर्माणको निरीक्षण गर्दै प्रधानमन्त्री केपी शर्मा ओली सोमबार, जेठ २६, २०८२
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रदेश सभा सदस्य एवं पूर्वमुख्यमन्त्री सोडारी निलम्बनमा सोमबार, जेठ २६, २०८२
महिलाको गोप्य अंग खानतलासी गरेको आरोपमा पूर्वमन्त्री सुब्बाविरुद्ध मुद्दा सोमबार, जेठ २६, २०८२
अमेरिकाबाट डिपोर्ट गरिएका ३७ नेपाली काठमाडौँ आईपुगे सोमबार, जेठ २६, २०८२
राप्ती नगरपालिकाले चिकित्सकसहित ७२ कर्मचारी हटायो सोमबार, जेठ २६, २०८२
ट्रम्पले १२ देशमाथि लगाएको प्रतिबन्ध लागू सोमबार, जेठ २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
प्रदेश सभा सदस्य एवं पूर्वमुख्यमन्त्री सोडारी निलम्बनमा सोमबार, जेठ २६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्