• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
मंगलबार, जेठ २७, २०८२ Tue, Jun 10, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
डेढ करोडको 'नेक्सस' सुन तस्करीसम्म, प्रहरीको हतारले प्रमाण गायब दुई पक्राउ, एक फरार
64x64
नारायण अधिकारी आइतबार, पुस २६, २०७७  १८:४५
1140x725
करिब डेढ करोडसहित नागढुंगाबाट पक्राउ परेका गुप्ता र थारूलाई सार्वजनिक गर्दै प्रहरी। तस्बिर : नेपाल प्रहरी

काठमाडौं- महानगरीय प्रहरी प्रभाग नागढुंगाले गत सोमबार बिहान साढे ४ बजेतिर १ करोड ४७ लाख ८६ हजार रुपैयाँसहित दुई जनालाई पक्राउ गर्‍यो। स्रोत नखुलेको उक्त रकमसहित भारतको गोरखपुरस्थित घण्टाघर घर भएका ३० वर्षीय अमितकुमार गुप्ता र कपिलवस्तुको बाँडगंगा नगरपालिका-४ का २२ वर्षीय संगम थारू पक्राउ परेका थिए।

प्रदेश ३-०१-०२३ च २२५९ नम्बरको कारका चालक थारू हुन् भने गुप्ता उक्त रकम लिएर काठमाडौं आएका ‘भरिया’ हुन्। कार जाँच गर्ने क्रममा कारको डिक्कीमा स्पेयर टायरमुनि र कारकै अन्य भागमा लुकाएर राखेको अवस्थामा ३ वटा झोला प्रहरीले बरामद गरेको थियो। झोलाबाट प्रहरीले १ करोड ४७ लाख र गुप्ताको साथबाट ८६ हजार बरामद भएको थियो।

प्रहरीले बरामद गरेको उक्त रकमसहित थप अनुसन्धानका लागि सम्पत्ति शुद्धीकरण विभाग पुल्चोक पठायो। विभागले सुरु गरेको अनुसन्धानमा उक्त रकमको सम्बन्ध भने अवैध सुन खरिदमा प्रयोग हुन लागेको देखिएको छ। विभागले गरेको एक साताको अनुसन्धान प्रगति नेपाल लाइभलाई सुनाउँदै विभागका एक अधिकारीले भने, ‘यो रकमको नेक्सस अवैध सुन खरिदसम्म देखिएको छ। हामी अनुसन्धान गर्दैछौं।’

विभाग स्रोतका अनुसार उनीहरूका साथबाट बरामद भएको मोबाइलमा सुन कारोबारको विवरण, सुनको फोटोसमेत भेटिएको छ। 

गुप्ता र थारू पक्राउ परेकै दिन सोमबार महानगरीय प्रहरी परिसर काठमाडौंले दुवै जनालाई विभागमा बुझाएपछि विभागले उनीहरूसँग सोधपुछ गरेको थियो। सोमबार राति १२ बजेतिर भने उनीहरूले उक्त रकम सुन खरिदका लागि आएको विभागलाई बताएका थिए। गुप्ताको मोबाइलमा भएको सुनको विवरण र उनको बयान मेल खाएको थियो। 

No photo description available.
बरामद भएको रकम। तस्बिर : नेपाल प्रहरी

‘चालक थारूले आफूलाई केही थाहा नभएको बताए। भारतीय नागरिक गुप्ताले राती १२ बजेतिर उक्त रकम सुन खरिदका लागि आएको 'क्लू' दिए,’ विभाग उच्च स्रोतले भन्यो।

पक्राउ परेका गुप्ता पैसा र सुन बोक्न प्रयोग भएका भरिया मात्रै भएको हालसम्मको विभागको अनुसन्धानले देखाएको छ। उक्त रकम कहाँबाट आयो? कसलाई दिने? र कोबाट सुन लिने भन्नेसम्म गुप्ता जानकार भएको अनुसन्धानबाट खुलेको छ। 

अवैध सुन खरिद गरेर स्थलमार्ग हुँदै भारत लैजाने उनीहरूको योजना देखिएको अनुसन्धानबाट खुलेको प्रहरी स्रोतले बताएको छ। यो घटना भएसँगै नेपालमा अवैध सुनको कारोबार जारी रहेको निष्कर्ष विभागले निकालेको छ।

000

तीन महिनाअघि असोज २७ गते राजस्व अनुसन्धान विभागले एक सुनचाँदी व्यवसायीले मात्रै दुई वर्षमा साढे २ अर्ब बराबरको सुन तस्करी गरेको भन्दै मुद्दा दायर गरेको थियो।

विभागले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-१२ स्थित सोनी गोल्ड एन्ड सिल्भर प्रालिका सञ्चालक सुनील सुनारविरुद्ध उच्च अदालत तुल्सीपुर, बुटवलमा मुद्दा दायर गरेको थियो। उनले पछिल्लो दुई वर्ष अवधिमा सुनचाँदीको भन्सार छली चोरी पैठारी तथा निकासी गरी २ अर्ब ३९ करोड, ५५ लाख १५ हजार ९ सय ४३ रुपैयाँ बराबरको राजश्व चुहावट गरेको विभागको अनुसन्धानले देखाएको थियो। 

बुटबल उपमहानगरपालिका–११ स्थित चौराहाबाट सुनारको कारभित्र बोरामा लुकाएर राखेको नगद र उनको साथमा रहेको मोबाइल असार ३० गते बरामद भयो । मोबाइलमा अवैध सुनको कारोबारका विवरण भेटिएपछि त्यसतर्फ अनुसन्धान गर्दा ठूलो मात्रामा सुन तस्करी भएको पाइएको थियो। 

अहिले पक्राउ परकोहरूमाथि अनुसन्धान गर्दा पनि उक्त रकमको नेक्सस अवैध सुन खरिदका लागि देखिएपछि नेपाललाई ट्रान्जिट बनाउँदै सुन तस्करी हुने क्रम जारी रहेको प्रहरी र विभागको अनुसन्धानले देखाएको छ।

प्रहरीको हतारले प्रमाण गायब, एक फरार
सोमबार झन्डै डेढ करोड रुपैयाँसहित दुई जना पक्राउ परेको केही बेरमै महानगरीय प्रहरी परिसर काठमाडौंले पत्रकार सम्मलेन गरेर जानकारी गराएको थियो। प्रहरीको यो कदमले प्रमाण नै नष्ट भएको विभागले आरोप लगाएको छ। विभाग उच्च स्रोतले भन्यो, ‘डेढ करोड बरामद भएपछि प्रहरीले हतार गरेर पत्रकार सम्मलेनमार्फत् सार्वजनिक गर्‍यो। पत्रकार सम्मलेन संदिग्ध व्यक्तिका लागि भने प्रमाण नष्ट गर्ने उचित मौका बन्यो।’

प्रहरीले रकमसहित दुवै जनालाई सार्वजनिक गरेपछि सम्पत्ति शुद्धीकरण विभाग पठाइएका उनीहरूले बयानका क्रममा पैसा पठाउने व्यक्ति र पैसा लिने व्यक्तिको नाम लिएका थिए। त्यसपछि विभागले प्रहरीकै समन्वयमा कपिलवस्तुको कृष्णनगरबाट पैसा पठाउने एक जनालाई ४४ लाख रुपैयाँसहित पक्राउ गरेको थियो।

पैसा बुझ्ने व्यक्तिलाई पनि प्रहरीले काठमाडौं बत्तिसपुतलीबाट पक्राउ गर्न सफल भयो। तर एक जना भने अझसम्म पनि फरार छन्। ‘काठमाडौंबाट बाबुछोरा नै पक्राउ गर्नुपर्ने थियो। छोरा भागिसकेपछि बाबुलाई मात्रै पक्राउ गर्न सफल भयौं,’ विभाग स्रोतले नेपाल लाइभसँग भन्यो, ‘पक्राउको विवरण प्रहरीले गोप्य रोखेको भए सायद बाबुछोरा नै पक्राउ पर्थे।’

काठमाडौंबाट पक्राउ परेका व्यक्तिले सबै प्रमाण नष्ट गरिसकेको विभागको अनुसन्धानबाट खुलेको बताइएको छ। ‘काठमाडौंबाट पक्राउ गरेका व्यक्तिको बत्तिसपुतलीमा आलिसान घर छ। पक्राउ परेका दुई जना प्रहरीले सार्वजनिक गरेपछि उनले आफ्नो मोबाइल, ल्यापटप, आइप्याडलगायत सबै विद्युतीय उपकरणबाट सुन कारोबार खुल्ने विवरण हटाइसकेका रहेछन्। अझ घरमा भएका सामानसमेत उनले अन्यत्र सारेको पाइयो,’ अनुसन्धानमा संलग्न एक अधिकारीले भने।

प्रकाशित मिति: आइतबार, पुस २६, २०७७  १८:४५
  • #नागढुंगा
  • #सुनतस्करी
  • #दुई-पक्राउ

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
युके पठाइदिने भन्दै ११ करोड बढि रकम ठगी गर्ने दुई जना पक्राउ पक्राउ पर्नेमा मोरङको रतुवामाई नगरपालिका–१० घर भई हाल काठमाडौँ महानगरपालिका–६ सरस्वती नगर बस्ने ४४ बर्षीया लक्ष्मण पराजुली र धनुषा स... मंगलबार, जेठ २७, २०८२
महिलाको गोप्य अंग खानतलासी गरेको आरोपमा पूर्वमन्त्री सुब्बाविरुद्ध मुद्दा पीडित महिलाका अनुसार,गत चैत २२ गते पूर्वमन्त्री सुब्बा, सुनिता घिमिरे र गोपाल शाह (ससुरा) मिलेर मोरङको डायनियास्थित माइतीघरमै आएर दु... सोमबार, जेठ २६, २०८२
बेगनास तालमा एकजना बेपत्ताको, खोजीकार्य जारी माझीकुना स्थित बेगनास तालमा पौडी खेल्ने क्रममा आइतबार साँझ गोरखा, सहिद लखन थापा गाउँपालिका ३ मनकामना बस्ने ४३ वर्षीय राजेश श्रेष्ठ ब... सोमबार, जेठ २६, २०८२
ताजा समाचारसबै
विश्वस्तरीय आँखा स्वास्थ्य सम्बन्धी ‘डिजिटल’ तालिम सञ्चालनमा मंगलबार, जेठ २७, २०८२
ऐतिहासिक बन्यो सिकागोको पहिलो नेपथ्य साँझ मंगलबार, जेठ २७, २०८२
तोलामा एक लाख ९० हजारमा कारोवार हुँदै सुन, चाँदीको कति ? मंगलबार, जेठ २७, २०८२
व्यवसायिक चिराइतोखेतीबाट राम्रो आम्दानी लिँदै तीनतलेका किसान मंगलबार, जेठ २७, २०८२
युके पठाइदिने भन्दै ११ करोड बढि रकम ठगी गर्ने दुई जना पक्राउ मंगलबार, जेठ २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
राष्ट्रिय सभा  बैठक (भिडियो)
राष्ट्रिय सभा बैठक (भिडियो) सोमबार, जेठ २६, २०८२
अमेरिकाबाट डिपोर्ट गरिएका ३७ नेपाली काठमाडौँ आईपुगे (भिडियो)
अमेरिकाबाट डिपोर्ट गरिएका ३७ नेपाली काठमाडौँ आईपुगे (भिडियो) सोमबार, जेठ २६, २०८२
काठमाडौँको कीर्तिपुरस्थित क्रिकेट रंगशाला निर्माणको निरीक्षण गर्दै प्रधानमन्त्री केपी शर्मा ओली
काठमाडौँको कीर्तिपुरस्थित क्रिकेट रंगशाला निर्माणको निरीक्षण गर्दै प्रधानमन्त्री केपी शर्मा ओली सोमबार, जेठ २६, २०८२
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रदेश सभा सदस्य एवं पूर्वमुख्यमन्त्री सोडारी निलम्बनमा सोमबार, जेठ २६, २०८२
महिलाको गोप्य अंग खानतलासी गरेको आरोपमा पूर्वमन्त्री सुब्बाविरुद्ध मुद्दा सोमबार, जेठ २६, २०८२
अमेरिकाबाट डिपोर्ट गरिएका ३७ नेपाली काठमाडौँ आईपुगे सोमबार, जेठ २६, २०८२
राप्ती नगरपालिकाले चिकित्सकसहित ७२ कर्मचारी हटायो सोमबार, जेठ २६, २०८२
ट्रम्पले १२ देशमाथि लगाएको प्रतिबन्ध लागू सोमबार, जेठ २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
प्रदेश सभा सदस्य एवं पूर्वमुख्यमन्त्री सोडारी निलम्बनमा सोमबार, जेठ २६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्