• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शुक्रबार, वैशाख २६, २०८२ Fri, May 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर
समर्थकबिना मेस्सीलाई कठीन 
64x64
नेपाल लाइभ बुधबार, पुस ८, २०७७  ०६:५२
1140x725

काठमाडौं- स्पेनिस क्लब बार्सिलोनाका कप्तान लियोनल मेस्सीले मैदानमा समर्थकबिना खेल खेलिरहनु पर्दा कठीन अवस्था आइपरेको बताएका छन्। दर्शक बिना खेल भएको मैदान अभ्यास गरिरहेको जस्तो मात्र लाग्ने उनले बताएका हुन्। 

गएको सिजन ला लिगामा सर्वाधिक गोल गर्दै जितेको पिचिचि ट्रफी दिने कार्यक्रमपछि मेस्सीले पछिल्ला अवस्थाबारे खुलेर बोलेका हुन्। उनले आफ्नो ध्यान सर्वाधिक गोल गरेर अर्को व्यक्तिगत ट्रफी जित्नेमा भन्दा टिमको जितमा केन्द्रित रहेको पनि बताए। उनले गएको सिजन ला लिगामा २५ गोल २२ असिस्ट गरेका थिए। 

यो सिजनको खेल सकिएपछि मेस्सीले बार्सिलोना छाड्छन् भन्ने अनुमान भइरहेका छन्। गएको ट्रान्सफर समयमा जस्तै इंग्लिस क्लब म्यानचेस्टर सिटीले मेस्सी किन्ने इच्छा देखाइरहेको छ। त्यसका साथै फ्रेन्च क्लब पिएसजी पनि मेस्सीलाई लैजान सक्ने क्लबका रुपमा हेरिरहेको छ। नेमारले मेस्सीसँगै खेल्ने इच्छा सार्वजनिक रुपमा बताइरहँदा उनी पिएसजी जाने विषयमा बल पुगेको देखिन्छ। 

यसअघि बार्सिलोना अध्यक्षमा जोसेप मारिया बर्टामेउ रहँदा मेस्सीको महँगो रिलिज क्लजका कारण म्यानचेस्टर सिटीले उनलाई लैजान सकेको थिएन। सिजनको अन्त्यमा क्लब छाड्न पाउने विषय आफ्नो सम्झौतामा रहेको मेस्सीले बताइरहे पनि ७०० मिलियन युरोको रिलिज क्लजलाई बाधा बनाएर उनलाई रोकिएको थियो। जसले आफ्नो प्रिय क्लबविरुद्ध कानूनी लडाइँमा नजाने भन्दै मेस्सी बार्सिलोनामा रहन राजी भएका थिए। 

त्यसबेला लामो समयपछि सार्वजनिक रुपमा बोलेका मेस्सीले क्लब अध्यक्ष बर्टामेउको खुलेर आलोचना गरेका थिए। जसका कारण बर्टामेउ हटाउन अन्य पदाधिकारी लागिपरे र उनको राजीनामाका लागि बाध्य बनाए। अब बार्सिलोना ब्यवस्थापनको नयाँ चुनावले मेस्सीको भविष्य कता जान्छ भन्ने निक्योल हुने फुटबल विश्लेषकहरु बताइरहेका छन्।

यो सिजन पहिले जस्तो गोलमा बढ्ने संख्यामा मेस्सी पछाडि परिरहेका देखिन्छन्। आफूलाई गएको ट्रान्सफर समयको विषयले असर नगरेको बताइरहे पनि उनी खुलेर पहिलेको अवस्थामा पुग्न सकेका छैनन्। यो सिजन मेस्सीले बार्सिलोनाको १८ खेलमा १० गोल र ५ असिस्ट गरेका छन्।   

मंगलबार राति लिगमा  भायाडोलिडसँगको खेलमा गोल गर्दै मेस्सी एकै क्लबबाट सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन्। उनले बार्सिलोनाबाट ६४४ गोल गरेका छन्। यसअघिसम्म एउटै क्लबबाट सर्वाधिक गोलकर्तामा पेले थिए। पेलेले १९५६ देखि १९७४ सम्म सान्तोषबाट १९ सिजन खेल्दै ६४३ गोल गरेका थिए।

Ncell 2
Ncell 2

गएको सिजनको अन्त्यमा बार्सिलोना छाड्ने प्रयास असफल भएपछि आफूलाई यो सिजनको सुरुवातको केही समय मुस्किल भए पनि अहिले जितमा मेहनत गरिरहेको उनले बताएका छन्। स्पेनिस पत्रिका मार्काले मेस्सीसँग गरेको केही प्रश्नोत्तर यस्तो छ- 

सात पटक पिचिचि ट्रफी जित्नु गजव होइन त?
सत्य कुरा के हो भने मैले यतिका अवार्ड जित्छु भन्ने सोचेकै थिइनँ। टेल्मो जाराको कीर्तिमान तोडेर अगाडि बढ्ने मेरो सोचमा कहिल्यै आएको होइन। अहिले यो जितले रमाइलो अनुभव भइरहेको छ। 

अहिलेको अवस्थामा पिचिचि जित्दाको भन्दा तपाइँको गोल संख्या कम देखिएको छ, आठौँ ट्रफीका बारेमा सोच्नुभएको छ? 
मलाई थाहा छैन, मैले वास्तवमा त्यसबारे सोचेको छैन। त्यसले मलाई कुनै चिन्ता महसुस पनि हुँदैन। मेरा लागि फेरि ला लिगा जित्नु महत्वपूर्ण विषय हो, जुन हामीले गएको सिजन जित्न सकेनौँ। यसैले पिचिचिका लागि भन्दा मेरो ध्यान र मेहनत लिग उपाधिमा नै हुनेछ। 

shivam cement

shivam cement

यो बार्सिलोनाको खेल च्याम्पियन्स लिग र ला लिगामा धेरै नै फरक देखिएको छ। तपाइँलाई लाग्छ बार्सिलोनाले दुबै उपाधि जित्न सक्छ?
हामी सबै कुरा जित्नका लागि प्रयास गर्नेछौँ। यो क्लबमा सधैँ ध्यान जितमा नै हुँदै आइरहेको छ। हामीले अहिले थोरै थोरै गर्दै सुधारतर्फ बढिरहेका पनि छौँ। ला लिगामा हामीलाई अगाडि बढ्न समय लागिरहेको सत्य हो। हामीले त्यति धेरै अंकहरु गुमाउनु हुँदैन थियो। 

मलाई के लाग्छ भने हामीले अलाभेस, गेटाफे र रियल मड्रिडसँग फरक नतिजा निकाल्न सक्थ्यौँ। त्यो तीन खेलमा हामीले गोलका धेरै अवसर बनाएका थियौँ। जहाँ त्यो अवसरको सदुपयोग गर्न सकेको भए अवस्था अहिले फरक हुने थियो। 

ला लिगामा सही रुपमा बढ्न त्यस्तो कुनै योजनाहरु छ? 
अहिले महत्वपूर्ण कुरा के भने लिग तालिकामा राम्रो स्थानमा रहनका लागि जितको अवसरहरुलाई उही रुपमा अगाडि बढाउनुपर्ने छ। यसमा केही समय लाग्न सक्छ। अहिले कोरोना माहामारीपछिको खेल समयमा फुटबल खेल निकै कठीन भइरहेको छ। फुटबलमा धेरै कुरा फेरिएको छ। यो अप्ठ्यारो सबैका लागि हो, विस्तारै अवस्था फेरिँदै पनि गइरहेको छ। 

कोरोनाका कारण गएको नौ महिनादेखि खेलहरु दर्शकबिना खाली रंगशालामा भइरहेका छन्। दर्शकबिना खेल्न कति कठीन छ? 
हो, धेरै कठीन छ। दर्शकबिना खेल्नु जटिल विषय हो। त्यसमा राम्रो सोच आउन सक्दैन। स्टेडियममा कोही नदेख्नु अभ्यासको मैदानमा अभ्यास गरिरहे जस्तो लाग्छ। त्यसैले खेलमा ध्यान दिन पनि केही समय लाग्ने गर्छ। त्यसैले अहिले कतिपय खेलहरु फरक लागिरहेको हुन्छ। तपाइँ जोविरुद्ध खेलिरहनुभएको भए पनि जित कठीन बनिरहेको छ। 

कोरोना माहामारीका कारण फुटबलमा धेरै कुरा फेरिन बाध्य भयो। त्यो फेरिएका कुराहरुले राम्रो प्रभाव पारेको देखिँदैन, त्यो कुरा खेलमा हामीले अनुभव गरेका छौँ, देखिरहेका छौँ। आश गरौँ अब छिट्टै दर्शकहरु मैदानसम्म आउन पाउनेछन् र सबै कुरा सामान्य हुनेछ। 

म्याराडोनालाई श्रद्धाञ्जली दिएको समय तपाइँको गोल उत्कृष्ट रह्यो, 
त्यो दिन धेरै नै विशेष रह्यो। मैले सोचेअनुसार र तयारी गरेअनुसार नै मैदानबाट म्याराडोनालाई श्रद्धाञ्जली दिन पाएँ। म्याराडोना हामीसँग छैनन् भनेर त्यसरी सम्झन पाउने अवसर राम्रो मिलेको हो। 

प्रकाशित मिति: बुधबार, पुस ८, २०७७  ०६:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारत-पाकिस्तान सीमा क्षेत्रमा पुनः गोलाबारी सुरु
नेपालमा लगानी गर्न व्यवसायीलाई अध्यक्ष ढकालको आग्रह
सगरमाथा संवादको अन्तिम तयारीमा छौँ : परराष्ट्रमन्त्री
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
भारत-पाकिस्तान सीमा क्षेत्रमा पुनः गोलाबारी सुरु शुक्रबार, वैशाख २६, २०८२
नेपालमा लगानी गर्न व्यवसायीलाई अध्यक्ष ढकालको आग्रह शुक्रबार, वैशाख २६, २०८२
सगरमाथा संवादको अन्तिम तयारीमा छौँ : परराष्ट्रमन्त्री शुक्रबार, वैशाख २६, २०८२
पाकिस्तानले ३-४ सय ड्रोनमार्फत सैन्य पूर्वाधारलाई निशाना बनाएको भारतको दाबी शुक्रबार, वैशाख २६, २०८२
सुरक्षासम्बन्धी निर्देशन पालना गर्न भारतमा रहेका नेपालीलाई दूतावासको आग्रह शुक्रबार, वैशाख २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारत–पाकिस्तान ड्रोन र मिसाइल हानाहान पछि भारतले बन्द गर्‍यो दुई दर्जन बढि विमानस्थल शुक्रबार, वैशाख २६, २०८२
पाकिस्तानले ३-४ सय ड्रोनमार्फत सैन्य पूर्वाधारलाई निशाना बनाएको भारतको दाबी शुक्रबार, वैशाख २६, २०८२
अमेरिकी राजदूतलाई पाकिस्तानले भन्यो : भारतले सबै अन्तर्राष्ट्रिय कानुन उल्लंघन गर्‍यो शुक्रबार, वैशाख २६, २०८२
पहलगाम घटनामा पाकिस्तानलाई आरोपित गरी भारतले आक्रमण गर्न मिल्दैन : देव गुरूङ बिहीबार, वैशाख २५, २०८२
ललितपुर महानगरपालिकामा भोलि सार्वजनिक बिदा बिहीबार, वैशाख २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
नौ महिना अन्तरिक्षमा बिताउँदाको स्वास्थ्य प्रभाव: पृथ्वीमा फर्किएपछि शरीरमा हुने परिवर्तन   नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पेट्रोलियम गाडीमा युरो ६ लागू गरिने शुक्रबार, वैशाख १९, २०८२
वामपन्थी नेता प्रदीप नेपालको निधन मंगलबार, वैशाख २३, २०८२
पाकिस्तानले हवाई क्षेत्र बन्द गर्दा एयर इन्डियालाई ५० अर्ब घाटा शुक्रबार, वैशाख १९, २०८२
भारतीय आक्रमणमा जैस-ए-मोहम्मदका कमाण्डरको परिवारका १० जना मारिए बुधबार, वैशाख २४, २०८२
भारत–पाकिस्तान ड्रोन र मिसाइल हानाहान पछि भारतले बन्द गर्‍यो दुई दर्जन बढि विमानस्थल शुक्रबार, वैशाख २६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्