• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
बुधबार, जेठ २८, २०८२ Wed, Jun 11, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
सेटिङमै रिहा भए अख्तियारलाई ७८ लाख घुस दिने लम्बोदर
64x64
नेपाल लाइभ सोमबार, पुस ६, २०७७  १५:१३
1140x725

काठमाडौं- नेपाल इन्जिनियरिङ कलेज चाँगुनारायण भक्तपुरका तत्कालीन अध्यक्ष लम्बोदर न्यौपाने सेटिङमा रिहा भएका छन्। जिल्ला सरकारी वकिल कार्यालय भक्तपुरले न्यौपानेलाई रिहा गर्ने आदेश दिएको हो। हाजिरी जमानीमा रिहा गरेर अनुसन्धान गर्ने आदेश आएको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीका डिआइजी सहकुल थापाले जानकारी दिए।

अनुसन्धान पूर्ण नभएकाले पूर्ण गरेर ल्याउन भन्दै न्यौपानेलाई छाड्न सरकारी वकिल कार्यालय भनेको थियो। मंसिर १० गते ललितपुरबाट पक्राउ परेका न्यौपानेमाथि सिआइबीले ठगी र कीर्तेमा अनुसन्धान गरेको थियो।

अनुसन्धानका क्रममा उनले अख्तियारदेखि अदालतसम्म सेटिङ मिलाएको पाइएको छ।  अख्तियारका तत्कालीन आयुक्त राजनारायण पाठकलाई ७८ लाख रुपैयाँ घुस दिएको काण्डमा पक्राउ परेर धरौटीमा छुटेको केही समयपछि लम्बोदर फरार भएका थिए। उनीविरुद्ध इन्जिनियरिङ कलेज महानगरीय प्रहरी परिसर भक्तपुरमा ठगीको उजुरी दिएको थियो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकलाई ७८ लाख रुपैयाँ घुस दिएको काण्ड बाहिरिएपछि उनको अख्तियारको सेटिङबारे सार्वजनिक भएको थियो। त्यसबेला घुस आरोपमा पक्राउ परेका न्यौपाने सेटिङमै ७८ लाख रुपैयाँ धरौटी तिरेर रिहा भएका थिए।

अहिले पक्राउ परेपछि उनले सरकारी वकिलदेखि अदालतसम्म सेटिङ गरेको तथ्यहरु खुलेको छ। पक्राउ परेका न्यौपानेविरुद्ध भक्तपुर जिल्ला अदालतमा म्याद थप गरिएको थियो। २५ दिनसम्म थुनामा राखेर कारबाही गर्न पाउने कानूनी प्रावधान भएपछि जतिसक्दो छिटो अनुसन्धान नै गर्न नदिई कमजोर बनाएर मुद्दा पेस गर्ने उदेश्यले न्यौपानेले अदालतसम्म सेटिङ गर्न भ्याएका थिए। 

पछि उनै न्यौपानेले सर्वोच्च अदालतमा समेत बन्दीप्रत्यक्षीकरणको उजुरी हालेका थिए। सर्वोच्चले समेत सिआइबीसँग उनको मुद्दाको फाइल जवाफसहित उपस्थित हुन आदेश गरेको थियो।

बन्दीको रिट परेपछि जवाफ माग्नु स्वभाविक भए पनि मुद्दाको फाइल नै माग्नुलाई पनि सामान्य रुपमा लिन नसमल्ने प्रहरी अधिकारीहरु बताउँछन्। 

यसरी गरेका थिए लम्बोदरले ठगी
नेपाल इन्जिनियरिङ कलेज चाँगुनारायणको आर्थिक कारोबार हिनामिना गरी ठगी गरेको आरोप न्यौपानेमाथि छ। न्यौपाने उक्त कलेजमा दुई पटक कार्यकारी अध्यक्ष भएका व्यक्ति हुन्। उनको पहिलो कार्यकाल २०५६ असार १८ गतेदेखि २०५७ मंसिर ७ गतेसम्म थियो। दोस्रो कार्यकाल भने २०७० मंसिर २३ गतेदेखि २०७५ असोज १५ गतेसम्म थियो। 

रामेछापको मन्थली नगरपालिका-८ घर भएका न्यौपानेसहित ललितुरका ६१ वर्षीय सूर्यबहादुर केसी, ललितपुर जावलाखेलकै ८३ वर्षीय रामरत्न उपाध्याय, काठमाडौं विशालनगरका ६७ वर्षीय उपेन्द्र गौतम, काठमाडौं बालुवाटारका ७३ वर्षीय दबराज भट्टराईले कलेजको करोडौँ रुपैयाँ हिनामिना गरेका थिए। 

उक्त ठगीमा ८ करोड २१ लाख ५३ हजार ६५० तथ्यगत बिगो कायम गरिएको थियो। लेखापरीक्षणबाट भने २३ करोड १० लाख २३ हजार ४४३ बेरुजु रहेको पाइएको थियो। न्यौपानेविरुद्ध मात्रै ३ करोड ७१ लाख ५३ हजार ५६० रुपैयाँ बिगो कायम गरिएको थियो। 

यो पनि पढ्नुहोस्

 

अख्तियारका तत्कालीन आयुक्त पाठकलाई ७८ लाख घुस दिने लम्बोदर न्यौपाने पक्राउबुधबार, मंसिर १०, २०७७

कलेज २०५१ सालमा ७ जना सञ्चालक रही मुनाफारहित उदेश्यले स्थापना भएको थियो। पछि कलेजका सञ्चालकले नै ठगी गरेको हुँदा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्णय गरी पुरानो सञ्चालक समिति गत वर्षको मंसिर २३ गते खारेज गरेको थियो। 

त्यसपछि चाँगुनारायण नगरपालिकाका मेयरको अध्यक्षतामा ९ सदस्यीय सञ्चालक समिति गठन गरिएको थियो। २०७३ फागुन २० गते सञ्चालक समितिको बैठकले बिल भर्पाई पेस गर्न नपर्ने गरी जनही १ करोड ५० लाख रकम लिएर ठगी गरेका थिए। 

कलेजको रकमबाटै किनेको ४९ लाख ५६ हजार रुपैयाँ बराबरको गाडी समेत न्यौपानेले आफ्नो नाममा दर्ता गरी चलाएका थिए।

त्यस्तै कलेजका लेटरप्याड र छाप दुरुपयोग गरी खर्च नै नभएको सचिवालयको खर्चको बहानामा ५७ लाख ५० हजार रकम झिकेर ठगी गरेको अनुसन्धानबाट खुलेको थियो। न्यौपानेले काल्पनिक शिर्षक बनाई सादा कागजमा हस्ताक्षर गरी बिल भर्पाई नचाहिने गरी आफ्नो कार्यकालयको विभिन्न मितिको रकम झिकी ठगी गरेका थिए।

यो पनि पढ्नुहोस्

अख्तियारलाई ७८ लाख घुस दिने लम्बोदरको प्रहरीलाई करोड अफरशुक्रबार, पुस ३, २०७७

 

प्रकाशित मिति: सोमबार, पुस ६, २०७७  १५:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रधानमन्त्री ओलीद्वारा राजर्षि जनक विश्वविद्यालयका एक सय १४ विद्यार्थी दीक्षित
सर्वोच्चको न्यायाधीशमा तीन जना सिफारिस
मधेशका सांसद ठाकुरविरुद्ध भ्रष्टाचार मुद्दा दायर
सम्बन्धित सामग्री
निर्माण व्यवसायीलाई कुटपिट गरेको आरोपमा ३ जना पक्राउ जेठ २३ गते शुक्रबार कृतिका निर्माण सेवाका सञ्चालक कृण्ण प्रसाद अंगाईलाइ गण्डकी गाउँपालिका–२ खमारेमा निर्धात कुटपिट गरेको आरोपमा पक्र... मंगलबार, जेठ २७, २०८२
युके पठाइदिने भन्दै ११ करोड बढि रकम ठगी गर्ने दुई जना पक्राउ पक्राउ पर्नेमा मोरङको रतुवामाई नगरपालिका–१० घर भई हाल काठमाडौँ महानगरपालिका–६ सरस्वती नगर बस्ने ४४ बर्षीया लक्ष्मण पराजुली र धनुषा स... मंगलबार, जेठ २७, २०८२
महिलाको गोप्य अंग खानतलासी गरेको आरोपमा पूर्वमन्त्री सुब्बाविरुद्ध मुद्दा पीडित महिलाका अनुसार,गत चैत २२ गते पूर्वमन्त्री सुब्बा, सुनिता घिमिरे र गोपाल शाह (ससुरा) मिलेर मोरङको डायनियास्थित माइतीघरमै आएर दु... सोमबार, जेठ २६, २०८२
ताजा समाचारसबै
प्रधानमन्त्री ओलीद्वारा राजर्षि जनक विश्वविद्यालयका एक सय १४ विद्यार्थी दीक्षित मंगलबार, जेठ २७, २०८२
सर्वोच्चको न्यायाधीशमा तीन जना सिफारिस मंगलबार, जेठ २७, २०८२
मधेशका सांसद ठाकुरविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, जेठ २७, २०८२
सर्वोच्चले माग्यो प्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेलसँग लिखित जवाफ मंगलबार, जेठ २७, २०८२
निर्माण व्यवसायीलाई कुटपिट गरेको आरोपमा ३ जना पक्राउ मंगलबार, जेठ २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
देशभित्र भेटघाट गर्न मैले एमाले र नेतृत्वसँग अनुमति लिइरहनु पर्दैन : पूर्वराष्ट्रपति भण्डारी
देशभित्र भेटघाट गर्न मैले एमाले र नेतृत्वसँग अनुमति लिइरहनु पर्दैन : पूर्वराष्ट्रपति भण्डारी मंगलबार, जेठ २७, २०८२
मुलुकको अर्थतन्त्र सुधारका लागि सरकार निरन्तर लागिरहेको छ: अर्थमन्त्री पौडेल
मुलुकको अर्थतन्त्र सुधारका लागि सरकार निरन्तर लागिरहेको छ: अर्थमन्त्री पौडेल मंगलबार, जेठ २७, २०८२
माधव कुमार नेपाल र बिप्लवसंग पार्टी एकताको छलफल चलिरहेको छ: प्रचण्ड
माधव कुमार नेपाल र बिप्लवसंग पार्टी एकताको छलफल चलिरहेको छ: प्रचण्ड मंगलबार, जेठ २७, २०८२
देशका सवै भू–भागमा बिकास हुने गरि योजना बनाउनुपर्छ: सभापति देउवा
देशका सवै भू–भागमा बिकास हुने गरि योजना बनाउनुपर्छ: सभापति देउवा मंगलबार, जेठ २७, २०८२
राज्य व्यवस्था समिति बैठक (भिडियो)
राज्य व्यवस्था समिति बैठक (भिडियो) मंगलबार, जेठ २७, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रदेश सभा सदस्य एवं पूर्वमुख्यमन्त्री सोडारी निलम्बनमा सोमबार, जेठ २६, २०८२
सर्वोच्चले माग्यो प्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेलसँग लिखित जवाफ मंगलबार, जेठ २७, २०८२
टोखामा गोली चल्यो, लागुऔषध कारोबारी पक्राउ मंगलबार, जेठ २७, २०८२
महिलाको गोप्य अंग खानतलासी गरेको आरोपमा पूर्वमन्त्री सुब्बाविरुद्ध मुद्दा सोमबार, जेठ २६, २०८२
पोसम, छेपारो र ट्यारान्टुलासहित भारतीय तस्कर पक्राउ मंगलबार, जेठ २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
प्रदेश सभा सदस्य एवं पूर्वमुख्यमन्त्री सोडारी निलम्बनमा सोमबार, जेठ २६, २०८२
सर्वोच्चले माग्यो प्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेलसँग लिखित जवाफ मंगलबार, जेठ २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्