• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शुक्रबार, वैशाख २६, २०८२ Fri, May 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर
रोनाल्डो-मेस्सी : जो एकअर्काबाट खारिए
64x64
नेपाल लाइभ मंगलबार, मंसिर २३, २०७७  १५:४६
1140x725

काठमाडौं- विश्व फुटबलमा सबैभन्दा धेरै सोधिने प्रश्न हो- रोनाल्डो कि मेस्सी? अहिलेसम्म फुटबलमा सबैभन्दा राम्रो को? यो प्रश्न पछाडिको कारण दुई खेलाडीले देखाएको उत्कृष्ट खेल नै हो। त्यो पनि निरन्तर। त्यसैले उत्तर सजिलो छ- दुवै उत्कृष्ट छन्। 

यिनै दुई मंगलबार राति १ः४५ बजे पुनः एकअर्काविरुद्ध खेल्दै छन्। जुन खेल २०१८ को मे पछि दुईबीचको पहिलो भेट हुनेछ। च्याम्पियन्स लिगमा यो सिजन समूह चरणको खेल तालिका आउँदा धेरैको नजर रोनाल्डो र मेस्सीबीचको प्रतिस्पर्धाको पर्खाइमा नै थियो। समूह चरणमा यी दुईबीचको पहिलो खेलमा रोनाल्डो कोरोना संक्रमणका कारण खेल्न पाएका थिएनन्। जहाँ बार्सिलोना २-० ले विजयी भएको थियो। 

अहिले पुनः एकपटक विश्व फुटबलको तुलनामा रोनाल्डो र मेस्सी मैदानमा नै देखिँदै छन्। बार्सिलोनाको मैदानमा हुने खेल विश्व उत्कृष्ट खेलाडीको प्रतिस्पर्धात्मक संयोजन हेर्न पाइने मौका नै हो। यो अवसरले भविष्यमा इतिहास सम्झेर खुसी बनाउने नै छ। दुईको तुलनामा धेरैले यिनीहरुको फरक अवस्थामा विश्लेषण गर्ने गरेको भए पनि समानता यति छन् कि जसले लामो समय एउटै उचाइमा देखाइरहेको छ। 

रोनाल्डो र मेस्सीको सुरुवाती वातावरण उस्तै नै थियो। उनीहरुको पारिवारिक पृष्ठभूमि सामान्य र विनम्र देखिन्छ। उनीहरुको बाल्यकालको अवस्था फुटबलमा बढ्न आर्थिक रुपमा सहज होइन। तर उनीहरु फुटबलर बन्न सबै जोखिम मोल्न तयार हुने परिवारमा थिए। 

रोनाल्डो १२ वर्षको उमेरमा आफ्नो सहर माडेरिया छाडेर फुटबलकै लागि लिस्बोन लागेका थिए। मेस्सी १३ वर्षमा फुटबल सपनाले अर्जेन्टिनाबाट स्पेन पुगे। 

रोनाल्डोल स्पोर्टिङको सिनियर टिममा २००२ को अक्टोवर ७ मा डेब्यू गरे। जतिबेला उनी १७ वर्षको थिए। मेस्सीले २००३ को नोभेम्बर १६ मा बार्सिलोना सिनियर टिममा १६ वर्षको हुँदा डेब्यू गरे। दुवैले आफ्नो पहिलो खेलमा नै राम्रो भविष्य देखाइसकेका थिए। त्यही ताका नै विश्व फुटबलका हस्तीहरुले रोनाल्डोको मेस्सीको भविष्य तम्सेर तारिफ गरिसकेका थिए। 

विश्व फुटबलमा सर्वाधिक महत्वपूर्ण मानिने व्यक्तिगत अवार्ड २००७ मा काकाले जितेपछिको १० वर्ष रोनाल्डो र मेस्सीले नै लगातार जिते। गएको वर्ष पुनः मेस्सीले छैठौँ पटक बालोन डिओर जिते। अवार्ड मात्र उत्कृष्टताको प्रमाण त होइन तर विश्व फुटबलको केन्द्रबाट अझै पनि रोनाल्डो र मेस्सी ओझेल परिसकेका छैनन्।

Ncell 2
Ncell 2

यी दुईले गरेका गोल र जितेका उपाधि हेर्दा मात्र पनि यिनीहरु विश्व फुटबलका लागि कति महत्वपूर्ण हुन् भन्ने थाहा भइहाल्छ। स्पेनिस लिगमा सबैभन्दा धेरै गोल गरेर पाइने पिचिचि अवार्ड गएको तीन वर्ष लगातार र गएको ११ वर्षमा सात पटक मेस्सीले जितेका छन्। त्यसबाहेकको चार वर्षमा तीन वर्ष रोनाल्डो स्पेनमा रहँदा उनले जिते। रियल मड्रिडमा रहँदा रोनाल्डोले जितेका च्याम्पियन्स लिग उपाधि र त्यसमा उनको खेल मात्रै हेर्दा पनि महत्व बुझिन्छ। 

रियल मड्रिडमा रहँदा रोनाल्डोले आफूलाई हुनुपर्ने जति सम्मानको महसुस गर्न सकेनन्। जसले उनले नसोचिएको अवस्थामा क्लब छाड्ने निर्णय गरेका थिए। रियल मड्रिड अध्यक्ष फ्लोरेन्टिनो पेरेजसँग पनि उनले क्लबमा आफ्नो अवस्थाबारे कुराकानी गरेका थिए। पेरेजको जवाफ थियो- ‘तिमी जाने भए मेस्सी किन्न पुग्ने जति पैसा आउने हुनुपर्छ।’ 

हुन त रोनाल्डो र मेस्सीले हारको अनुभव पनि गरिरहेकै छन्। कुनै एक खेलको मात्र होइन, चाहेको सोचमा उपलब्धी पाउन नसक्दाको हार पनि फरक रुपमा दुवैले भोगेका छन्। रोनाल्डो सिधा स्पष्ट बोल्ने शैलीका छन् भने मेस्सी मनमा कुरा राख्ने सितिमिति नबोल्ने स्वभावका छन्। तर दुवैले आफूलाई कमजोर हुने अवस्थाहरु भोगेका छन्। त्यसैले उनीहरुको भोगाइको प्रस्तुति फरक होला तर अवस्था उस्तै उस्तै देखिन्छ। 

shivam cement

shivam cement

कतिसम्म भने खेलका सुरुवाती वर्षहरुमा मेस्सी गोल मिस गर्दा समेत एक्लै रुने स्वभावका थिए। महत्वपूर्ण अवसरमा गोल खेर फाल्दा पहिलेका वर्ष रोनाल्डोको पनि आँसु देखिएकै हो। दुवैले जितेका अवसर खुसीको आँसु पनि देखिएकै छ। 

उमेर बढ्दै जाँदा दुवैले आफूलाई फरक रुपमा प्रस्तुत गर्दै पनि लगेका छन्। एक समय घुँडाको चोटले सताइएका रोनाल्डोले त्यही सुरुवाती तिब्रता कायम गर्न नसक्ने महसुस गरेर नै आफ्नो शैलीमा परिवर्तन ल्याए। खतरनाक विंगरबाट गजवका स्ट्राइकर बने। जो गोलमा आँखा तिखो पारिरहन्छ। विंगरबाट खेल सुरु गरेका मेस्सी पनि अहिले उत्कृष्ट नम्बर १० हुँदै अहिले प्लेमेकरका रुपमा अझ बढी देखिन्छन्। अहिले लामो समय त उनी मिडफिल्डतिर हुन्छन्। 

२०१९ मा ७० वर्षको उमेरमा निधन भएका फर्मुला वानका गजवका खेलाडी निकी लाउडाले आफ्नो समयका प्रतिस्पर्धी खेलाडी जेम्स हन्टको बारेमा भनेका थिए- ‘खेलमा दुश्मन जसरी प्रतिस्पर्धी पाउन सक्नु भाग्य हो।’ लाउडाको कुरालाई मान्ने हो भने फुटबलमा रोनाल्डो र मेस्सीले एकअर्कालाई प्रतिस्पर्धीका रुपमा पाउनु दुवैको भाग्य नै हो। जसले एकभन्दा अर्कोले राम्रो गर्ने उत्साह र प्रतिस्पर्धा सधैँ बनाइनै रह्यो। 

२०१३ को जनवरी २७ मा रोनाल्डोले गेटाफेविरुद्धको खेलमा ह्याट्रिक गरे। त्यसको केही घन्टापछि नै मेस्सीले ओसासुनाविरुद्ध चार गोल गरे। एकले राम्रो गर्दा अर्कोले पनि राम्रो गरिरहेको यस्तै उदाहरण धेरै छन्। तर पहिले स्पेनमा हेर्न पाइएको त्यो प्रतिस्पर्धाको पर्खाइ नदेखिने गरि छोपियो। 

च्याम्पियन्स लिगमा रोनाल्डो र मेस्सीबीचको टिमको भेट हुँदा मेस्सीको अवस्था राम्रो देखिन्छ। मेस्सी सम्मिलित टिमको दुई खेलमा जित दुई बराबरी र एक हार भएको देखिन्छ। जहाँ मेस्सीको टिमविरुद्ध च्याम्पियन्स लिगमा रोनाल्डोले अहिलेसम्म गोल गर्न सकेका छैनन्। रोनाल्डोको टिमविरुद्ध च्याम्पियन्स लिगमा मेस्सीले तीन गोल गरेका छन्। 

३५ वर्षका रोनाल्डो र ३३ वर्षका मेस्सी विश्व फुटबलमा अझै यसै गरी कति समय देखिन्छन् यकिन छैन। जहिलेसम्म उनीहरु मैदानमा छन् त्यसको स्वाद को उत्कृष्टको बहसभन्दा बाहिर रहेर हेर्ने दर्शकको संख्या ठूलो छ। त्यही प्रतिक्षा मंगलबार रातिको खेलमा पनि छ। 

(यो सामग्री स्पेनिस पत्रकार तथा फुटबल विश्लेषक गिलियम बालाग्वेले बिबिसीमा लेखेको लेखमा आधारित रहेर तयार पारिएको हो।) 

प्रकाशित मिति: मंगलबार, मंसिर २३, २०७७  १५:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारत-पाकिस्तान सीमा क्षेत्रमा पुनः गोलाबारी सुरु
नेपालमा लगानी गर्न व्यवसायीलाई अध्यक्ष ढकालको आग्रह
सगरमाथा संवादको अन्तिम तयारीमा छौँ : परराष्ट्रमन्त्री
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
भारत-पाकिस्तान सीमा क्षेत्रमा पुनः गोलाबारी सुरु शुक्रबार, वैशाख २६, २०८२
नेपालमा लगानी गर्न व्यवसायीलाई अध्यक्ष ढकालको आग्रह शुक्रबार, वैशाख २६, २०८२
सगरमाथा संवादको अन्तिम तयारीमा छौँ : परराष्ट्रमन्त्री शुक्रबार, वैशाख २६, २०८२
पाकिस्तानले ३-४ सय ड्रोनमार्फत सैन्य पूर्वाधारलाई निशाना बनाएको भारतको दाबी शुक्रबार, वैशाख २६, २०८२
सुरक्षासम्बन्धी निर्देशन पालना गर्न भारतमा रहेका नेपालीलाई दूतावासको आग्रह शुक्रबार, वैशाख २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारत–पाकिस्तान ड्रोन र मिसाइल हानाहान पछि भारतले बन्द गर्‍यो दुई दर्जन बढि विमानस्थल शुक्रबार, वैशाख २६, २०८२
पाकिस्तानले ३-४ सय ड्रोनमार्फत सैन्य पूर्वाधारलाई निशाना बनाएको भारतको दाबी शुक्रबार, वैशाख २६, २०८२
अमेरिकी राजदूतलाई पाकिस्तानले भन्यो : भारतले सबै अन्तर्राष्ट्रिय कानुन उल्लंघन गर्‍यो शुक्रबार, वैशाख २६, २०८२
पहलगाम घटनामा पाकिस्तानलाई आरोपित गरी भारतले आक्रमण गर्न मिल्दैन : देव गुरूङ बिहीबार, वैशाख २५, २०८२
ललितपुर महानगरपालिकामा भोलि सार्वजनिक बिदा बिहीबार, वैशाख २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
नौ महिना अन्तरिक्षमा बिताउँदाको स्वास्थ्य प्रभाव: पृथ्वीमा फर्किएपछि शरीरमा हुने परिवर्तन   नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पेट्रोलियम गाडीमा युरो ६ लागू गरिने शुक्रबार, वैशाख १९, २०८२
वामपन्थी नेता प्रदीप नेपालको निधन मंगलबार, वैशाख २३, २०८२
पाकिस्तानले हवाई क्षेत्र बन्द गर्दा एयर इन्डियालाई ५० अर्ब घाटा शुक्रबार, वैशाख १९, २०८२
भारतीय आक्रमणमा जैस-ए-मोहम्मदका कमाण्डरको परिवारका १० जना मारिए बुधबार, वैशाख २४, २०८२
भारत–पाकिस्तान ड्रोन र मिसाइल हानाहान पछि भारतले बन्द गर्‍यो दुई दर्जन बढि विमानस्थल शुक्रबार, वैशाख २६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्