• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शुक्रबार, वैशाख २६, २०८२ Fri, May 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर
विराट कोहली र रोहित शर्माको विवाद के हो?
64x64
नेपाल लाइभ मंगलबार, मंसिर २३, २०७७  ११:३३
1140x725

काठमाडौं- अस्ट्रेलियाविरुद्धको तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलमा भारत हारिरहँदा धेरै समर्थक र दर्शकको खोजी रोहित शर्मामा थियो। अस्ट्रेलिया टुरमा उपकप्तान रोहित शर्मा किन परेनन्? विभिन्न दृष्टिकोण र खेलाडीहरुको सम्बन्धबाट केलाउन थालिएको छ।

अन्ततः भारतले एकदिवसीय क्रिकेट सिरिज २-१ ले अस्ट्रेलियालाई सुम्पियो। तर टि-२० क्रिकेट सिरिज भने एक खेलअघि नै आफ्नो पक्षमा पार्यो। हार जित आफ्नो ठाउँमा छ। तर अस्ट्रेलिया टुरमा उपकप्तान रोहित शर्मालाई एकदिवसीय र टि-२० क्रिकेट सिरिजमा किन टिममा सामेल गरिएन? प्रश्न राख्ने ठाउँहरु प्रशस्तै छन्। राखिरहेका छन् पनि।

कप्तान विराट र रोहितबीचको मनमुटाव पहिलो पटक सन् २०१९ मा इंग्ल्यान्डमा भएको विश्वकपमा भारतले खेलिरहँदाबाट सुरु भयो। न्युजिल्यान्डविरुद्धको सेमिफाइनल खेललाई छाड्ने हो भने रोहितले त्यो विश्वकपमा शानदार प्रदर्शन गरेका थिए। त्यो बेला कप्तान विराटको सबैभन्दा ठूलो साहारा पनि बन्न उनी सफल भएका थिए। तर विराटले रोहितको प्रदर्शन र खेलकौशलको तारिफ गरेनन् जति एउटा जिम्मेवार कप्तानको रुपमा गर्नु पथ्र्यो।

कप्तान विराट र रोहित विश्वकै उत्कृष्ट मध्येका खेलाडी हुन्। यी दुई खेलाडीमध्ये एकले एक कदम अगाडि बढेर यो मनमुटावलाई चिर्ने प्रयास गरेका छैनन्। यदि यस्तो भएको भए यी दुई खेलाडी मैदान बाहिर ड्रेसिङ रुममा बसेर आपसमा कुरा गर्ने थिए, या कुनै खेलपछि प्रेस कन्फ्रेन्समा एकसाथ आउन सक्थे। किनकी विश्व कप क्रिकेटपछि पनि यी दुई खेलाडीले धेरै पटक साथसाथै भारतीय टिमबाट खेले।

विराट र रोहितबीच किन बढिरहेको दूरी?
पछिल्लो समयमा कप्तान विराट कोहली र रोहित शर्माबीच सम्बन्ध राम्रो छैन। कप्तान विराट र रोहितबीचको सम्बन्ध राम्रो नरहेको कुरा अस्ट्रेलिया भ्रमणबाट झनै छर्लंग हुन्छ। अझ गजबको कुरा त के छ भने, विराट कोहली १७ तारिखबाट सुरु हुने पहिलो टेस्ट खेल सकेपछि विदामा घर फर्किने छन्। रोहित शर्मा ११ तारिखमा अस्ट्रेलिया पुग्नेछन्। १४ दिनको क्वारेन्टाइनमा बस्दा उनले पहिलो टेस्ट गुमाउने छन् भने दोस्रो टेस्ट खेलबाट मात्रै उनी टिमसँग उपलब्ध हुने छन्। जहाँ विराट घर फर्किसकेका हुनेछन्। यसले पनि कप्तान विराट र रोहितबीचको दूरी बढिरहेको देखाउँछ।

सफलताको यात्रामा सवार विराट र रोहितको ‘अहम’ का कारण यी दुई खेलाडीबीच दूरी बढिरहेको हुन सक्छ। दुरी यसरी बढिरहेको छ कि अस्ट्रेलिया पुगेपछि कप्तान विराटले सिरिज सुरु हुनु एक दिनअघि पत्रकार सम्मेलनमा भनेका थिए कि रोहित शर्माको चोटको बारेमा पूरा सूचना छैन। पत्रकार सम्मेलनमा विराटले रोहित शर्मा टिमसँगै किन नआएको आफूलाई थाहा नभएको बताएका थिए।

विराट र रोहितबीचको भित्री विवाद एक प्रकारको ज्वालामुखी जस्तै भइसकेको छ। भित्रभित्रै दबिएर तातिएर बसेको छ। कुन बेला विष्फोट हुने हो थाहा छैन। पछिल्लो समय विराट र रोहितबीच आपसी संवादमा यति कमी छ कि दुबै खेलाडी खुलेर कुरा गर्न पनि चाहेका छैनन्।

Ncell 2
Ncell 2

रोहितको भूमिकाप्रति पनि प्रश्न उठ्न थालेको छ, किनकी उनले पनि आफ्नो चोटको बारेमा खुलेर कुरा राख्नुपर्छ।

बिसिसिआई के गरिरहेको छ?
कप्तान र उपकप्तानबीचकै विवादले भारतीय क्रिकेटको मुख्य निकाय बिसिसिआईको साखको पनि सवाल छ। यस्तो मामलामा बिसिसिआई मुकदर्शक सावित भइरहेको छ। बिसिसिआईको ब्यवहारमा कतै पनि परिपक्वता देखिएको छैन।

जब कि सुनिल गावास्कर र कपिल देव अझै पनि आफ्नो समयको विवादको बारेमा सफाइ दिइरहेका छन्। सन् १९८४-८५ मा इंग्ल्यान्डले भारत भ्रमण गरेको बेला भारतीय क्रिकेट टिमको कप्तानमा गावस्कर थिए। दिल्लीमा भएको टेस्ट क्रिकेट खेलपछि टिमबाट कपिल देवलाई हटाउँदै मोहम्मद अजहरुद्दिनलाई टिममा सामेल गरिएको थियो। यसबाहेक एक पटक भारतीय कप्तान महेन्द्रसिंह धोनी इंग्ल्यान्डमा पूरै टिमसँग पत्रकार सम्मेलनमा आउनु परेको थियो। कप्तान धोनी र विरेन्द्र सेहवागबीच कुनै विवाद नभएको देखाउनका लागि टिमसँगै कप्तान धोनी पत्रकार सम्मेलनमा पुगेका थिए। तर सबै जान्दछन् कि पछि महेन्द्रसिंह धोनी र विरेन्द्र सेहवाग मात्रै हैन, गौतम गम्भिर, भिभिएस लक्ष्मण र राहुल द्रविडबीचको सम्बन्ध कस्तो अवस्थासम्म पुग्यो।

shivam cement

shivam cement

किन कप्तान विराट र रोहितबीच विवाद मच्चियो त? बिसिसिआईले राम्रो अध्ययन गरी निष्कर्षमा पुग्नु पर्छ। कप्तान र उपकप्तानकै जुधाईले आखिर दुईलाई मात्रै हानी गर्ने होइन। यसका छिटाहरु अन्य खेलाडीमा पनि पर्ने हो। बिसिसिआईको साख पनि यो विवादले जान सक्छ। त्यसैले बिसिसिआई मुकदर्शक बन्नु हुँदैन।

पूर्वक्रिकेटर तथा खेलाडी चयनकर्ता रहेका अशोक मल्होत्रा यो विवाद एउटा तमासा बनेको बताउँछन्। उनले भनेका छन्, ‘यो विषय पूरा तमाशा बनेको छ। यदि बिसिसिआई र चयनकर्ता पारदर्शी रहन्छन् भने सायद सबैको लागि यो राम्रो हुन्छ।’

भारतीय क्रिकेटमा कत्तिको असर?
विराट र रोहितको विवादले भारतीय क्रिकेटको लागि कतिको असर गर्छ? अशोक मल्होत्राको विचारमा यो पक्कै पनि राम्रो संकेत होइन।

उनी भन्छन्, ‘एकतर्फ विराट कोहली पहिलो टेस्ट खेल सकेपछि घर फर्किदै छन्। दोस्रोतर्फ रोहितलाई टेस्ट क्रिकेट सिरिजको लागि टिममा राखिएको छ। जबकि उनी एकदिवसीय क्रिकेटको ब्याट्सम्यानमा बादशाह नै हुन्। पाँच शतक उनले विश्वकपमै लगाएका छन्।’

एकदिवसीय र टि-२० क्रिकेटमा जति महत्वपूर्ण विराट छन्, त्यति नै महत्वपूर्ण रोहित पनि छन्। कुरा रह्यो टेस्ट क्रिकेटको। यदि रोहित शर्मा ११ डिसेम्बरमा अस्ट्रेलिया जान्छन् भने निश्चित रुपमा भरातीय टिमलाई धेरै महंगो सावित हुनेछ।

विराट र रोहितबीचको संवाद नहुनुलाई लिएर पूर्वक्रिकेटर मदन लाल त्यसमा विराट कोहलीको कुनै गल्ती नभएको बताउँछन्। उनी भन्छन्, ‘रोहित शर्मालाई जब अनफिट घोषित गरिएको थियो तब पनि उनले मुम्बई इन्डियन्सको लागि आइपिएल खेल खेले। त्यसरी खेल्दा के उनको चोट ठीक भइसकेको थियो या झन बल्झेको थियो? उनले राम्रो ब्याटिङ पनि गरे। तर सबैभन्दा अनफिट हुने सम्भवना टि-२० क्रिकेटमै हुन्छ।’ 

-बिबिसी हिन्दीबाट अनुवादित

प्रकाशित मिति: मंगलबार, मंसिर २३, २०७७  ११:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारत-पाकिस्तान सीमा क्षेत्रमा पुनः गोलाबारी सुरु
नेपालमा लगानी गर्न व्यवसायीलाई अध्यक्ष ढकालको आग्रह
सगरमाथा संवादको अन्तिम तयारीमा छौँ : परराष्ट्रमन्त्री
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
भारत-पाकिस्तान सीमा क्षेत्रमा पुनः गोलाबारी सुरु शुक्रबार, वैशाख २६, २०८२
नेपालमा लगानी गर्न व्यवसायीलाई अध्यक्ष ढकालको आग्रह शुक्रबार, वैशाख २६, २०८२
सगरमाथा संवादको अन्तिम तयारीमा छौँ : परराष्ट्रमन्त्री शुक्रबार, वैशाख २६, २०८२
पाकिस्तानले ३-४ सय ड्रोनमार्फत सैन्य पूर्वाधारलाई निशाना बनाएको भारतको दाबी शुक्रबार, वैशाख २६, २०८२
सुरक्षासम्बन्धी निर्देशन पालना गर्न भारतमा रहेका नेपालीलाई दूतावासको आग्रह शुक्रबार, वैशाख २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारत–पाकिस्तान ड्रोन र मिसाइल हानाहान पछि भारतले बन्द गर्‍यो दुई दर्जन बढि विमानस्थल शुक्रबार, वैशाख २६, २०८२
पाकिस्तानले ३-४ सय ड्रोनमार्फत सैन्य पूर्वाधारलाई निशाना बनाएको भारतको दाबी शुक्रबार, वैशाख २६, २०८२
अमेरिकी राजदूतलाई पाकिस्तानले भन्यो : भारतले सबै अन्तर्राष्ट्रिय कानुन उल्लंघन गर्‍यो शुक्रबार, वैशाख २६, २०८२
पहलगाम घटनामा पाकिस्तानलाई आरोपित गरी भारतले आक्रमण गर्न मिल्दैन : देव गुरूङ बिहीबार, वैशाख २५, २०८२
ललितपुर महानगरपालिकामा भोलि सार्वजनिक बिदा बिहीबार, वैशाख २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
नौ महिना अन्तरिक्षमा बिताउँदाको स्वास्थ्य प्रभाव: पृथ्वीमा फर्किएपछि शरीरमा हुने परिवर्तन   नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पेट्रोलियम गाडीमा युरो ६ लागू गरिने शुक्रबार, वैशाख १९, २०८२
वामपन्थी नेता प्रदीप नेपालको निधन मंगलबार, वैशाख २३, २०८२
पाकिस्तानले हवाई क्षेत्र बन्द गर्दा एयर इन्डियालाई ५० अर्ब घाटा शुक्रबार, वैशाख १९, २०८२
भारतीय आक्रमणमा जैस-ए-मोहम्मदका कमाण्डरको परिवारका १० जना मारिए बुधबार, वैशाख २४, २०८२
भारत–पाकिस्तान ड्रोन र मिसाइल हानाहान पछि भारतले बन्द गर्‍यो दुई दर्जन बढि विमानस्थल शुक्रबार, वैशाख २६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्