• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, जेठ २६, २०८२ Mon, Jun 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार
भुइँमान्छेका अभिनेता ओम पुरी 
64x64
नेपाल लाइभ सोमबार, कात्तिक ३, २०७७  ०८:३०
1140x725

एजेन्सी-‘जुन कला आम दर्शकमाझ पुग्न सक्दैन, जसको कुनै सामाजिक उद्देश्य हुँदैन, म त्यसलाई कला नै मान्दिनँ,’ अभिनेता ओम पुरीले फिल्मको पर्दामा बाहेक आफ्नो वास्तविक जिन्दगीमा पनि कैयौँपटक यस्तो भनेका थिए।

सन् १९८४ मा रिलिज भएको फिल्म ‘पार्टी’मा पत्रकार अविनाशको भूमिका निर्वाह गर्दैगर्दा पनि उनले भनेका थिए, ‘मेरो विचारमा आम दर्शकसँग जोडिने हरेक कलात्मक रचना, नाटक उपन्यास या फिल्म सामाजिक वा राजनीतिक संघर्षको बलिया हतियार हुन्।’ 

यही विचार उनले निर्वाह गरेका सयौँ पात्रमा झल्किन्छ। करिब चार दशक लामो आफ्नो अभिनय यात्रामा उनले कयौं यस्ता पात्रको भूमिका निर्वाह गरे जसले विभिन्न सामाजिक मुद्दालाई छोयो र दर्शकलाई सोच्न बाध्य बनायो। 

ओम पुरीले अभिनयको परिभाषा नै परिर्वतन गरिदिए। उनको जन्म १८ अक्टुवर १९५० मा पञ्जावको अंबालामा भएको थियो । उनको जीवन चरम गरिबीमा बितेको थियो। उनले एक अन्र्तवार्तामा भनेका थिए–जब म ६ वर्षको थिएँ, घरमा खान नपुगेर ढावामा भाडा माझ्थेँ। 

उनलाई सानैदेखि अभिनयको शोख थियो। त्यसैलाई पुरा गर्न आफ्नो अध्ययनलाई निरन्तर राखे। आफ्नो प्रारम्भिक पढाई पुरा गरेपछि अभिनय स्कुलमा भर्ना भए। नेशनल स्कुल अफ ड्रामामा भर्ना भएर औपचारिक रुपमा अभिनय सिक्ने भोकलाई मेटाउन थाले।  आफ्नो जीवन्त अभिनयका माध्यमबाट उनी सधैं भुइँमान्छेका प्रतिनिधि भएर प्रस्तुत भइरहे। चाहे ‘सिटी अफ जोय’ फिल्ममा रिक्सा चालकको भूमिका निर्वाह गरेर होस् वा ‘सुस्मन’मा कपडा बुन्नेको, उनी सधैं आफ्नो चरित्रमा खरो उत्रिए।

करिब ३ सयभन्दा धेरै फिल्ममा आफूलाई जिवन्त उतारेका ओम पुरी वास्तवमै बहुमुखी प्रतिभाका धनी थिए। चाहे कला सिनेमा होस् या व्यवसायिक उनले सधैँ दर्शकमाझ आफ्नो बलियो छाप छाडे। उनले पर्दामा निर्वाह गरेका भूमिका चाहे सहायक होस् या प्रमुख, हलबाट बाहिर निस्किएपछि पनि सम्झनलायक हुन्थ्यो। उनको गम्भीर आवाज र आँखाले दर्शकलाई सधैं लोभ्याइरह्यो।

 यदि आज ओम पुरी जीवित हुन्थे भने आफ्नो ७० औं वसन्त उत्साहपूर्वक मनाइरहेका हुन्थे। आज हामी यिनै अभिनयका जादुगर ओम पुरीको अभिनय करिअरबारे छोटो चर्चा गर्दैछौं।   

Ncell 2
Ncell 2

साधारण अनुहार, असाधारण प्रतिभा
सन् १८ अक्टुबर १९५० मा भारतको अम्बालामा जन्मिएका ओम पुरीको बाल्यकाल निकै कठिनसँग बित्यो। जब उनका बाबु चोरीको झुटो मुद्दामा जेल चलान भए, त्यसपछि उनको आमालाई परिवारको गुजारा टार्न ठूलै समस्या आइलाग्यो। 

यही घटनापछि पुरीको परिवार गरिबीको ठूलो चंगुलमा फस्यो। एक अन्तवार्तामा आफ्नो संघर्षको कथा सुनाउँदै पुरीले भनेका थिए, ‘मलाई मेरी आमाले सधैँ चियापसलमा काम गर्न पठाउनुहुन्थ्यो ताकि घरको एक छाकको खाना त्यसैबाट प्राप्त पारिश्रमिकले टरोस्। त्यो समयमा मैले ढावाको जुठो भाँडा पनि माझेको छु।’

चरम गरिबीकै कारण ओम र उनका भाइले रेल्बे ट्रयाकमा रेलबाट खस्ने कोइला जम्मा गरेर बेच्ने कामसमेत गरे। 

यसरी आफ्नो स्कुलको पढाई सकाएपछि ओमले ‘इभिनिङ कलेज’ पढ्न सुरु गरे।  दिउँसो उनी त्यही कलेजमा ल्याब असिस्टेन्टका रुपमा काम गर्थे, साँझ त्यही पढ्थे। 

कलेज पढ्दापढ्दै उनको जीवनले नयाँ मोड लियो। ‘एक पटक मैले कलेजको युथ फेस्टिवलमा भएको एउटा नाटकमा भाग लिएको थिएँ,’ जीवनको त्यो नयाँ घुम्तीबारे एक अन्तर्वार्तामा ओमले भनेका थिए, ‘त्यतिबेला मैले उत्कुष्ट भएर पहिलो पुरस्कार पाएँ। पन्जाब कला मन्चका प्रसिद्ध रंगकर्मी हरपाल तिवाना पनि त्यहाँ निर्णायकका रुपमा उपस्थित थिए। उनले त्यतिबेला मलाई तिमी हाम्रो नाट्य संस्थामा भर्ना किन हुँदैनौ भनेर प्रश्न गरेका थिए। जवाफमा मैले उनलाई भनेको थिएँ, म दिनमा काम गरेर १ सय २५ रुपैयाँ कमाउँछु। जवाफ सुनेर तिवानाजीले ‘म तिमीलाई १ सय ५० रुपैयाँ दिन्छु भनेर प्रस्ताव राख्नुभयो। यहीँबाट मेरो जिन्दगीले नयाँ यात्रा तय गर्‍यो– अभिनय यात्रा।’  

पछि उनी सरकारी क्लर्कको जागिर छाडेर नेसनल स्कुल अफ ड्रामा (एनएसडी)मा आइपुगे। अनुहारमा बिफरको दागैदाग, थेप्चो नाक अनि बोलिचालीमा पन्जाबी प्रभाव रहेको एउटा साधारण अनुहारलाई बलिउडको अभिनेता बन्न कुनै पनि दृष्टिबाट सहज थिएन। 

‘म पन्जाबी माध्यम स्कुलबाट आएको थिएँ, न अंग्रेजी बोल्न आउँथ्यो, न बुझ्थे,’ आफू एनएसडीमा रहँदाका ती दिन सम्झँदै ओमले भनेका थिए, ‘त्यसैले म एनएसडीबाट भाग्न चाहन्थे। तर मेरो गुरु इब्राहिम अल्काजीले मलाई ‘तँ यो गर्न सक्छस्’ भनेर सम्झाए। केही बुझिनस् भने मलाई अप्ठेरो नमानी सोध्नु भनेर आडभरोसा दिए। त्यसपछि मैले कहिल्यै पछाडि फर्केर हेर्नु परेन।’ 

एनएसडीपछि पुरीले एफटीआइआई पुणेमा भर्ना हुनका अडिसन दिए। अभिनेता पुरीबारे पत्नी नन्दिता दासले लेखेको किताब ‘अनलाइकली हिरो’मा उल्लेख छ,‘त्यतिबेला उनको अनुहारलाई लिएर टिप्पणी गरिएको थियो– न तिम्रो अनुहार हिरोजस्तो छ, न भिलेन, न कमेडियन।’ 

ओम पुरीलाई पनि यो थाहा थियो कि यस्तो साधारण अनुहारलाई परम्परागत सिनेमाको कलाकार बन्न सहज छैन। उनले भनेका थिए, ‘त्यसैले मैले श्याम बेनेगललाई छाडेर अन्य कोही निर्देशकसँग कामको अफर लिएर गइनँ।’

बेनेगलसँग पुरीले कयौं फिल्ममा काम गरे। पुरी निकै मिहनेती र अभिनयप्रति पूर्ण समर्पित कलाकार थिए, त्यसैले निर्देशक बेनेगल उनीसँग कायल थिए। 

उनले एक पटक भनेका थिए, ‘सन् १९८१ मा हामीले पहिलोपटक एउटा फिचर फिल्ममा सँगै काम गरेका थियौँ, जसमा उनको प्रमुख भूमिका थियो। ‘आरोहण’को सुटिङ कोलकातामा भएको थियो। त्यहाँ उनले सानदार अभिनय गरेका थिए। यही फिल्मबाट उनलाई पहिलो राष्ट्रिय पुरस्कारसमेत मिल्यो।’  

आर्ट र कमर्सियल सिनेमाको तालमेल 
विजय तेन्दुलकरको नाटकमा आधारित फिल्म ‘घाँसीराम कोतवाल’बाट आफ्नो अभिनय यात्राको सुरुवात गरेका पुरीले थुप्रै सम्झनलायक हिन्दी फिल्ममा काम गरे। गोविन्द निहलानी, सत्यजित रे, श्याम बेनेगलजस्ता दिग्गज निर्देशकसँगको छत्रछायाँमा उनले कयौँ सम्झनलायक चरित्र निर्वाह गरे।  

चाहे ‘अर्ध सत्य’ मा इमान्दार र भ्रष्ट व्यवस्थाको बीचमा उभिएको प्रहरी अधिकृतको भूमिका होस् या ‘जाने भी दो यारो’ मा बेइमान बिल्डरको भूमिका होस्, उनले हरेक चरित्रमा आफूलाई जिवन्त प्रस्तुत गरे।

आफूले निर्वाह गर्ने पात्रसँग नजिक हुनलाई उनी ‘मेथड एक्टिङ’को अभ्यासमा समेत विश्वास राख्थे। ‘सिटी अफ जोय’ फिल्ममा काम गर्नुअघि उनले कोलकाताका गल्लीहरुमा खुलेरै रिक्सा चलाए, ‘सुस्मन’का लागि कपडा बुने, ‘चाइना गेट’का लागि घोडा चलाउन सिके। 
सुरुवातमा लगातार आर्ट सिनेमामा मात्रै काम गरिरहेका ओमलाई राम्रोसँग हेक्का थियो, यस्तो सिनेमा मात्रै काम गरेर आफ्नो गुजारा चल्नेवाला छैन। ‘आर्ट फिल्ममा काम गरेर कसैले घर बनाउन सक्दैन। तर मुम्बईजस्तो सहरमा आरामको जिन्दगी गुजार्न हरपल पैसा आवश्यक पर्छ। त्यसैले मलाई आर्ट र कमर्सियल सिनेमाबीच सम्झौता गर्न जरुरी थियो,’ एक अन्तर्वार्तामा निकै भावुकतासाथ ओमले यो सत्य बताएका थिए। 

उनको यस्तो पनि मान्यता थियो– सिनेमा धेरैभन्दा धेरै दर्शकमाझ पुग्न जरुरी छ। ‘यदि म ‘अर्ध सत्य’ या ‘तमस’ नाटकका माध्यमबाट दर्शकमाझ पुग्न खोजिरहेको हुन्थेँ भने मेरो पूरै जिन्दगी यही प्रयासमै गुज्रिरहेको हुन्थ्यो,’ उनले भनेका थिए। यद्यपि ओम यस्ता अभिनेता थिए, जो हाँस्य होस् या गम्भीर दुवै खाले भूमिकामा आफूलाई खरो उतार्न सक्थे। ‘हेराफेरी’, ‘मालामाल विकली’, ‘चाची ४२०’ केही यसका प्रमाण हुन्। 

पन्जाबदेखि हलिउडसम्म
अंग्रेजी बोल्न नजान्न, अंग्रेजी नबुझ्ने एउटा कलाकार कुनै दिन अंग्रेजी फिल्ममा काम गर्ला, यो कसैले सोचेको थिएन। न ओमले कहिल्यै  यस्तो कल्पना गरेका थिए। 

त्यसैले त ओम पुरीको जीवन सबैका लागि प्रेरणादायक छ। ‘अर्डर अफ ब्रिटिस एम्पायर’ पाउने उनी पहिलो भारतीय थिए।  

फिल्म ‘इस्ट इज इस्ट’मार्फत् उनी बाफ्टा पुरस्कारका लागि समेत मनोनयनमा परेका थिए। यो पुरस्कारमा मनोनित हुने उनी पहिलो भारतीय थिए। अमेरिकी फिल्मकर्मी बेट्टी जोर्डनले एकपल्ट लेखेका थिए,‘इस्ट इज इस्ट’को सबैभन्दा बलियो पक्ष यसको अभिनय हो।

खासगरी जर्जको भूमिकामा ओम पुरी सानदार देखिएका छन्। एउटा रुढिवादी बाबुको भूमिकामा उनले आफूलाई जिवन्त प्रस्तुत गरेका छन्। जब जर्ज दुःखी हुन्छन्, उनीप्रति दर्शकको सहानुभुति पलाउँदै जान्छ। र, यही नै कलाकारको सबैभन्दा ठूलो सफलता हो।’ 

(‘द प्रिन्ट’ विविसि हिन्दी र आजतकवाट अनुवाद गरिएको )

प्रकाशित मिति: सोमबार, कात्तिक ३, २०७७  ०८:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
लेखकबाट थप
डोल्पामा आयोडिनयुक्त नुन अभाव
दशैं त आफन्तसँग रमाइलो गर्ने पर्व हो, मानिसहरु आइसोलेट भएर किताब पढ्छन् भन्ने लाग्दैन: प्रकाश तिवारी [अन्तर्वार्ता]
उत्तरपूर्वी चीनमा भएको बस विस्फोटमा एकको मृत्यु, ४२ घाइते
सम्बन्धित सामग्री
काठमाडौंमा सुरु भयो ‘एट द टिपिङ पोइन्टः आर्ट एण्ड इकोलोजी फ्रम द रूफटप अफ द वर्ल्ड’ कला र वातावरणीय चेतनको संगमका रुपमा प्रस्तुत गरिएको यो प्रदर्शन सगरमाथा नेक्सटले गरेको हो । सर्राफ फाउन्डेसनको सहकार्यमा आयोजना गरिए... शनिबार, जेठ २४, २०८२
संकल्प श्रेष्ठको डेब्यु गीत ‘झुठै भएनी’ सार्वजनिक (भिडिओ) भिडियोको छायांकन तथा रङ संयोजन सन्दीप तिवारीले गरेका हुन् भने सम्पादनको जिम्मा अनुप गुरुङले लिएका छन् । कथा, पटकथा र सह(निर्देशन सैल... शुक्रबार, जेठ २३, २०८२
चलचित्र सेन्सर बोर्डको सदस्यमा गिरी नियुक्त गिरीलाई सञ्चार तथा सुचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले बोर्ड सदस्यको नियुक्ति पत्र दिएका हुन् । दुई दशकदेखि रंग पत्रकारितामा... बिहीबार, जेठ २२, २०८२
ताजा समाचारसबै
स्कटल्यान्डसँगको थ्रीलर गेममा नेपाल २ रनले पराजित, तीन ब्याटरको अर्धशतक आइतबार, जेठ २५, २०८२
भिजिट भिसा प्रकरणबारे विपक्षी दलबीच छलफल जारी रहेपनि सहमति भएको छैन : हितराज पाण्डे आइतबार, जेठ २५, २०८२
सदनको गतिरोध अन्त्यका लागि दलहरुबीच समझदारी नजिक पुगेको छ : बर्तौला आइतबार, जेठ २५, २०८२
हिमानी ट्रष्टद्वारा जुम्लामा बर्थिङ सेन्टर शिलान्यास आइतबार, जेठ २५, २०८२
रिची ब्यारिन्टनको शतकमा नेपाललाई स्कटल्यान्डले दियो ३२४ रनको विशाल लक्ष्य आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो)
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो)
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो) आइतबार, जेठ २५, २०८२
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन आइतबार, जेठ २५, २०८२
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्