• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शुक्रबार, वैशाख २६, २०८२ Fri, May 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर
खेलाडीको प्रश्न : खेल्न बिर्सिसक्यौँ, खेलकुद कहिले?  ‘रंगशालामा फिल्म सुटिङ गर्न हुने खेल्न नहुने?’
64x64
नेपाल लाइभ बुधबार, असोज २८, २०७७  १४:४४
1140x725

काठमाडौं- लामो समय मैदानबाहिर रहेका खेलाडीहरु मैदान फर्कन आतुर छन्। तर सरकारी निकायसँग खेल क्षेत्र पुनः सञ्चालन गर्न स्पष्ट नीति र योजना देखिँदैन। यसैले कोरोनाको कहरभन्दा पनि सरकारले खेलक्षेत्रलाई गरेको बेवास्ताका कारण खेलाडीहरु आक्रोश पोखिरहेका छन्। 

सात महिना लामो बन्दले खेलाडीमा फिटनेसको समस्या मात्रै होइन खेलविहीन हुँदा आर्थिक समस्याले पनि सताइरहेकै छ। होटल रेस्टुरेन्ट सपिङ मलहरु खुल्नेदेखि सार्वजनिक यातायातमा पूरा सिट क्षमतामा यात्रु राख्न पाउने निर्णयसमेत भइसक्यो तर लकडाउन र निषेधाज्ञाका कारण बन्द रहेको खेल क्षेत्रका बारेमा भने कसैलाई चासो देखिँदैन। 

कोरोनाका कारण नेपालभन्दा निकै उच्च जोखिममा रहेका देशले खेलाडीलाई अभ्यासमा राख्ने मात्रै होइन सुरक्षित रुपमा विभिन्न प्रतियोगिता सञ्चालन समेत गरिसकेका छन्। घरेलु प्रतियोगितादेखि अन्तर्राष्ट्रिय प्रतियोगिताहरु समेत सुरु भइसक्दा नेपाल सरकारले भने खेलकुदको अभ्यास सञ्चलान समेत गर्न अनुमति दिएको छैन। त्यसमा खेल संघहरुले गर्नुपर्ने आवश्यक पहलको कमि भएको महसुस खेलाडीहरुले गरिरहेका छन्। 

कोरोना भाइरस (कोभिड–१९) को कारण गत चैत पहिलो सातादेखि खेलकुद गतिविधि ठप्प छन्। अहिलेसम्म खेलाडीहरुले व्यक्तिगत रुपमा घरैमा शारीरिक स्फूर्तिका लागि गर्ने कामबाहेक अभ्यास पनि गर्न पाएका छैनन्। अघोषित रुपमा फुटसल सञ्चालन भइसक्दा पनि खेलाडीलाई सुरक्षित रुपमा अभ्यासमा फर्काउने प्रयास नहुनु खेल क्षेत्रप्रतिको उदासिनता नै हो। 

उचित उपाय र सावधानी अपनाएर खेलकुदको गतिविधि सञ्चालन गर्न सकारले अनुमति दिनु पथ्र्यो भने केही विशेष योजना र सुविधाहरुको व्यवस्था खेलाडीलाई गरिनु पथ्र्यो भन्ने आवाज उठिरहेको छ। यो माहामारीको समयपछि मैदान फर्कने पर्खाइ हो भने त्यसले खेल क्षेत्र धरासायी हुने मात्र होइन खेलाडीहरुको वितृष्णा उचाइमा पुग्नेछ। 

खेल क्षेत्रलाई बेवास्ता गरेका कारण सरकारको चौतर्फी आलोचना भइरहँदा खेलाडीहरु सार्वजनिक रुपमा नै बोल्न थालेका छन्। सामाजिक सञ्जालहरुमा पनि उनीहरुको चिन्ता देखिइरहेको छ। 

नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङले सामाजिक सञ्जाल फेसबुकमा सरकारलाई खुला पत्र नै लेखे। उनी भन्छन् ‘दुई खुट्टा चलाएर घर परिवार हेर्नुपर्ने हुन्छ। सात महिनादेखि बेरोजगार भएका खेलाडीको क्षतिपूर्ति कसले दिन्छ? जुन खेलाडी खेलेर नै जीविका चलाउथे उनीहरु खेलमैदान छोडेर विदेश जाँदै छन्। यो लाज हुने कुरा होइन त माननीय ज्यू?’

Ncell 2
Ncell 2

यस्तो छ किरणको खुला पत्र
आदरणीय राष्ट्रिय खेलकुद परिषद् तथा सम्माननीय सरकार ज्यूलाई मेरो सानो खुलापत्र लेख्न चाहन्छु।

नेपाली राष्ट्रिय फुटबल टोलीको तर्फबाट, कप्तान किरण चेम्जोङ आफ्नो व्यक्तिगत तर्फबाट र एन्फाको तर्फबाट सरकारलाई के सम्झाउन चाहन्छु भने फुटबल मात्रै नभएर सम्पूर्ण खेलकुद सबै मापदण्ड पूरा गरेर पुनः सुरु गर्न हजुरहरुलाई आनुरोध गर्दछु। किन एकान दुकान गर्दै हुनुहुन्छ? के खेलाडी सधै मर्ममै पार्ने र मर्ने अवस्था हो भने तपाईंहरु सम्बन्धित निकायमा बसेको के अर्थ रह्यो र? खेलाडी चाहिँ सधैं काठमाडौंको धुलोमा तपाईंहरु चै चिलो गाडीमा।

युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्का माननीय ज्यू र सम्माननीय नेपाल सरकारले सायद बिर्सनु भयो होला देशको नाम खेलकुद र खेलाडीले चिनाउने गरेको छ। तर यतिका महिना खेलाडी र खेलकुद कुन दुरदशामा छ भनेर एउटा पनि चासोको विषय बनेन। अहिले फुटबलमा भविष्य खोज्ने भाइ बहिनीहरुमा कत्तिको असर परेको छ भन्ने कुरा खुलस्त रुपमा देख्न सकिन्छ।

सम्पूर्ण देशमा फुटबल सुरु भइसक्दा पनि हाम्रो  देशमा खेलकुदको विषयमा बोली दिने मान्छे भएन। खेलाडीका लागि मात्र होइन खेलकुदका लागि पनि बोलिदिने मान्छे भएन। सबै देशमा फुटबल सुरु भइरहँदा पनि हाम्रो देशमा खेल मैदानको लागि दुःखद घडीमा बनाएको रंगशालामा फिल्मको सुटिङ, म्युजिक भिडियोको लागि प्रवेश खुला हुने तर फुटबलका लागि खेल्न चै किन नहुने? फुटबलले देशका लागि त्यति ठूलो असर पार्छ र? अबका दिनमा सम्पूर्ण खेल मैदानमा खेल सुरु गरिदिन अनुरोध गर्दछु।

shivam cement

shivam cement

आखिर कहिलेसम्म नेपाली फुटबलरले फेसबुकमा लोकदोहोरी हेरेर बस्ने? नेपाली  फुटबलको विकासका लागि कसैले केही गरिदिएको देखिएन। फुटबल खेलाडीले खेल्न बिर्सि सके। फुटबल राजनीति जस्तो होइन सरकार बोलेर मख्ख पर्न। चिलो गाडीमा बसेर गफ लगाए जस्तो पनि सजिलो हुँदैन। दुई खुट्टा चलाएर घरपरिवार हेर्नु पर्ने हुन्छ। सात महिनादेखि बेरोजगार भएका खेलाडीको क्षतिपूर्ति कसले दिन्छ? जुन खेलाडी खेलेर नै जीविका चलाउथे ऊ त आजभोलि खेल मैदान छोडेर विदेश पो जाँदै छ। यो लाज हुने कुरा होइन, राज्यका माननीय ज्यू? 

जय देश। जय नेपाली फुटबल।
 

प्रकाशित मिति: बुधबार, असोज २८, २०७७  १४:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारत-पाकिस्तान सीमा क्षेत्रमा पुनः गोलाबारी सुरु
नेपालमा लगानी गर्न व्यवसायीलाई अध्यक्ष ढकालको आग्रह
सगरमाथा संवादको अन्तिम तयारीमा छौँ : परराष्ट्रमन्त्री
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
भारत-पाकिस्तान सीमा क्षेत्रमा पुनः गोलाबारी सुरु शुक्रबार, वैशाख २६, २०८२
नेपालमा लगानी गर्न व्यवसायीलाई अध्यक्ष ढकालको आग्रह शुक्रबार, वैशाख २६, २०८२
सगरमाथा संवादको अन्तिम तयारीमा छौँ : परराष्ट्रमन्त्री शुक्रबार, वैशाख २६, २०८२
पाकिस्तानले ३-४ सय ड्रोनमार्फत सैन्य पूर्वाधारलाई निशाना बनाएको भारतको दाबी शुक्रबार, वैशाख २६, २०८२
सुरक्षासम्बन्धी निर्देशन पालना गर्न भारतमा रहेका नेपालीलाई दूतावासको आग्रह शुक्रबार, वैशाख २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारत–पाकिस्तान ड्रोन र मिसाइल हानाहान पछि भारतले बन्द गर्‍यो दुई दर्जन बढि विमानस्थल शुक्रबार, वैशाख २६, २०८२
पाकिस्तानले ३-४ सय ड्रोनमार्फत सैन्य पूर्वाधारलाई निशाना बनाएको भारतको दाबी शुक्रबार, वैशाख २६, २०८२
अमेरिकी राजदूतलाई पाकिस्तानले भन्यो : भारतले सबै अन्तर्राष्ट्रिय कानुन उल्लंघन गर्‍यो शुक्रबार, वैशाख २६, २०८२
पहलगाम घटनामा पाकिस्तानलाई आरोपित गरी भारतले आक्रमण गर्न मिल्दैन : देव गुरूङ बिहीबार, वैशाख २५, २०८२
ललितपुर महानगरपालिकामा भोलि सार्वजनिक बिदा बिहीबार, वैशाख २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
नौ महिना अन्तरिक्षमा बिताउँदाको स्वास्थ्य प्रभाव: पृथ्वीमा फर्किएपछि शरीरमा हुने परिवर्तन   नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पेट्रोलियम गाडीमा युरो ६ लागू गरिने शुक्रबार, वैशाख १९, २०८२
वामपन्थी नेता प्रदीप नेपालको निधन मंगलबार, वैशाख २३, २०८२
पाकिस्तानले हवाई क्षेत्र बन्द गर्दा एयर इन्डियालाई ५० अर्ब घाटा शुक्रबार, वैशाख १९, २०८२
भारतीय आक्रमणमा जैस-ए-मोहम्मदका कमाण्डरको परिवारका १० जना मारिए बुधबार, वैशाख २४, २०८२
भारत–पाकिस्तान ड्रोन र मिसाइल हानाहान पछि भारतले बन्द गर्‍यो दुई दर्जन बढि विमानस्थल शुक्रबार, वैशाख २६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्