• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
बुधबार, जेठ २८, २०८२ Wed, Jun 11, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
लोकसेवाको परीक्षा नै सञ्चालन गर्ने अनौठो ठग 
64x64
नारायण अधिकारी बिहीबार, असोज १५, २०७७  १३:०८
1140x725
अभियुक्त अजयकुमार राय र उनले ठगीका लागि सञ्चालन गरेका नक्कली ‘लोकसेवा’ परीक्षाका प्रश्नपत्र र प्रवेशपत्र।

काठमाडौं– बारा, जितपुर सिमराका २९ वर्षीय अजयकुमार राय ठगीको आरोपमा यतिबेला जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा छन्। रायका कर्तुत–वृत्तान्त सुनेर प्रहरी आफैं छक्क छ। यतिसम्म कि, ठग्नकै लागि उनले लोकसेवा परीक्षा नै सञ्चालन गरेका रहेछन्। अनौठो ठगी शैलीको यो कथा अहिले पर्सा प्रहरीमा मात्र होइन सबैतिर ‘किस्सा’ बनेर फैलिँदो छ। 

भएछ के भने, बुधबार दिउँसो १२ बजेतिर जिल्ला प्रहरी कार्यालय पर्सामा एउटा सूचना आएछ। सूचना थियो, वीरगञ्ज–१६ को देव पार्टी प्यालेसमा राष्ट्रिय अनुसन्धान विभागको इन्सपेक्टर, असई, सूचक र खरिदारको परीक्षा भइरहेको छ।

प्राप्त सूचनामा प्रहरीले शंका गर्‍यो। ‘लोकसेवाको परीक्षा भएको भए सुरक्षा व्यवस्थाका लागि प्रहरीलाई पहिला नै जानकारी आउने थियो। तर हामीलाई नै जानकारीबिनै परीक्षा सञ्चालन भएको छ भन्ने खबर आएपछि पक्कै केही गडबड होला भन्ने लागेको थियो’, पर्साका एसपी गंगा पन्तले नेपाल लाइभसँग भनिन्। सूचनासँगै शंका लिएर प्रहरीको सादा पोशाकको टोली देव पार्टी प्यालेसमा पुग्यो। प्रहरीलाई नै जानकारी नदिई परीक्षा सञ्चालन भएको सूचना पाएको प्रहरी त्यसबेला छक्क परे जति बेला उक्त परीक्षाको सम्पूर्ण अगुवाई प्रहरी इन्सपेक्टरले गरिरहेका थिए।

नक्कली परीक्षामा प्रयोग गरिएको प्रवेशपत्र

हट्टाकट्टा ज्यान भएका एक युवक प्रहरीको बर्दीमा थिए। उनको काँधमा खुकुरी र डण्डा क्रस देखेपछि फिल्डमा खटिएका प्रहरीले यसबोर एसपी पन्तलाई जानकारी गराए। फिल्डमा खटिएको प्रहरी टोलीलाई पन्तले जानकारी गराइन्, ‘त्यहाँ हाम्रो कोही पनि प्रहरी खटिएको छैन। ती व्यक्ति नक्कली इन्सपेक्टर हुन सक्छन् तुरुन्त नियन्त्रणमा लिनू।’

प्रहरीको नियन्त्रणमा परेका ती बर्दीधारी इन्सपेक्टर थिए, उनै अजयकुमार राय। राय पक्राउ परेपछि ठगी धन्दाको कहानी सतहमा आएको छ।

नक्कली परीक्षामा प्रयोग गरिएको प्रश्नपत्र

उनले ठगी गर्नकै लागि विभिन्न व्यक्तिलाई राष्ट्रिय अनुसन्धानको इन्सपेक्टर, असई, सूचक, खरिदारसम्म बनाउने भन्दै ठगी गरेको पाइएको छ। जसका लागि उनले पार्टी प्यालेस नै भाडामा लिएर लोकसेवा आयोगले लिने जसरी नै परीक्षासमेत सञ्चालन गरेका थिए। यसरी परीक्षा सञ्चालन गरिरहेका बेला उनी पक्राउ परेका हुन्।

प्रहरी टोली घटनास्थल पुगेर सोधपुछ गर्दा बारा, पर्सा र सर्लाहीका २१ जनाले इन्सपेक्टर, असई, सूचक र खरिदारको भन्दै परीक्षा दिइरहेका थिए। यसका लागि रायले ९ महिनादेखि तयारी गरेको अनुसन्धानबाट खुलेको छ। परीक्षार्थीहरुलाई विश्वासमा दिलाउनका लागि ९ महिना अघिदेखि उनी बेला बेलामा प्रहरी चौकी परवानीपुर, इलाका प्रहरी कार्यालय नगवामा समेत गएर आफू इन्सपेक्टर भएको बताउथे। उक्त चौकीका प्रहरीले रायलाई स्यालुट हान्थे।

नक्कली परीक्षामा प्रयोग गरिएको प्रवेशपत्र

यसरी उनले प्रहरी समेतलाई आफू इन्सपेक्टर भएको भन्दै झुक्याएका थिए। प्रहरी कार्यालयमा भएका फोटाहरु समेत खिचेर वेरोजगार युवाहरुलाई देखाउदै आफू इन्सपेक्टर भएको र जागिर लगाइदिने भन्दै प्रभावमा पारेका थिए। रायले विभिन्न व्यक्तिलाई जागिर लगाइदिने भन्दै उनीहरुबाट रकम असुलेका रहेछन्। रायले १३ जनालाई जागिर लगाई दिने र त्यसका लागि परीक्षामा सामेल हुन, प्रवेशपत्र बनाउन समेत रकम लाग्ने भनेर विभिन्न १३ जना व्यक्तिबाट १ हजार रुपैयाँदेखि २६ हजार रुपैयाँ गरी ३ लाख ६१ हजार ठगी गरेको पाइएको छ।

बाँकी रकम भने परीक्षामा उत्तिर्ण भएपछि लिने सहमति भएको पाइएको छ। यदी अहिले राय पक्राउ नपरेको भए केही महिनापछि आफैंले परीक्षाको नतिजा निकाल्ने र पास गराएर रकम असुल्ने योजना रहेको अनुसन्धानले देखाएको छ। यसका लागि उनले ६ लाख रुपैयाँसम्म डिल गरेको पाइएको छ। इन्सपेक्टरका लागि ६ लाख लाग्ने उनले बताएका थिए।  पर्साको पकाहामैनपुर गाउँपालिका–४ का १९ वर्षीय राकेश चौरसियासँग भने परीक्षामा उत्तिर्ण भए वापत १ लाख ५० हजार दिने सहमति भएको थियो।

प्रहरीले रायको साथबाट असईको नक्कली प्रवेशपत्र २ थान, इन्सपेक्टरको नक्कली प्रवेशपत्र २१ थान, इन्सेक्टरको प्रश्नपत्र २६ थान, खरिदारको प्रवेश पत्र १ थान, बरामद गरेको छ। यी प्रवेशपत्र र प्रश्नपत्र कहाँ छापिए भन्नेबारे प्रहरीले अहिलेसम्म भेउ पाउन सकेको छैन। पर्साका एसपी पन्तले नेपाल लाइभसँभ भनिन्, ‘यस विषयमा हामी अनुसन्धानकै क्रमा छौं । अहिलेसम्म केही खुलिसकेको छैन।’

उक्त परीक्षा हलबाट रायको निर्देशनमा काम गर्ने बारा, जितपुर उपमहानगरपालिका–५ का ५७ वर्षीय हिरालाल महतो, सोही ठाउँका २८ वर्षीय बसन्त चौधरी, पर्साका वीरगञ्ज महानगरपालिका–१६ का २१ वर्षीय रविकुमार चौरसिया, पर्साकै पकाशामैनपुर गाउँपालिका–५ सबैठवाका ४७ वर्षीय शिवनारायण चौरसिया र वीरगञ्ज –२७ रानिघाटका २५ वर्षीय रामजी चौरसियालाई पनि प्रहरीले पक्राउ गरेको छ।

राय नेपाल प्रहरीको इन्सपेक्टरको बर्दीसहित पक्राउ परेका हुन्। अझ उनी प्रहरीलाई समेत विश्वासमा पार्न प्रहरी कार्यालय नै गएर आफू इन्सपेक्टर भएको परिचय दिएकोसम्मको सूचना प्रहरीले हात पारेको छ। बर्दीसहित पक्राउ परेका रायले प्रहरीको बर्दी कहाँबाट ल्याए? यो प्रश्न निकै पेचिलो बनेको छ । एसपी पन्त भन्छिन्, ‘नेपाल प्रहरी लगाउने सक्कली बर्दी नै हो त्यो। तर यो कहाँबाट उनले ल्याए भन्नेबारे अहिलेसम्म केही बाएका छैनन् । यसबारे पनि छानबिन हुन्छ।’

 पक्राउ परेका नक्कली इन्सपेक्टर राय पहिला पनि जेल बसेर छुटेका व्यक्ति भएको पाइएको छ। २०७२ सालमा जिल्ला प्रहरी कार्यालय बाराले उनीविरुद्ध सरकारी कागजात कीर्तेमा मुद्दा चलाएको थियो। त्यसबेला उनी ११० दिन कैद बसेर छुटेको पाइएको छ। 
 

प्रकाशित मिति: बिहीबार, असोज १५, २०७७  १३:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
निर्माण व्यवसायीलाई कुटपिट गरेको आरोपमा ३ जना पक्राउ जेठ २३ गते शुक्रबार कृतिका निर्माण सेवाका सञ्चालक कृण्ण प्रसाद अंगाईलाइ गण्डकी गाउँपालिका–२ खमारेमा निर्धात कुटपिट गरेको आरोपमा पक्र... मंगलबार, जेठ २७, २०८२
युके पठाइदिने भन्दै ११ करोड बढि रकम ठगी गर्ने दुई जना पक्राउ पक्राउ पर्नेमा मोरङको रतुवामाई नगरपालिका–१० घर भई हाल काठमाडौँ महानगरपालिका–६ सरस्वती नगर बस्ने ४४ बर्षीया लक्ष्मण पराजुली र धनुषा स... मंगलबार, जेठ २७, २०८२
महिलाको गोप्य अंग खानतलासी गरेको आरोपमा पूर्वमन्त्री सुब्बाविरुद्ध मुद्दा पीडित महिलाका अनुसार,गत चैत २२ गते पूर्वमन्त्री सुब्बा, सुनिता घिमिरे र गोपाल शाह (ससुरा) मिलेर मोरङको डायनियास्थित माइतीघरमै आएर दु... सोमबार, जेठ २६, २०८२
ताजा समाचारसबै
प्रधानमन्त्री ओलीद्वारा राजर्षि जनक विश्वविद्यालयका एक सय १४ विद्यार्थी दीक्षित मंगलबार, जेठ २७, २०८२
सर्वोच्चको न्यायाधीशमा तीन जना सिफारिस मंगलबार, जेठ २७, २०८२
मधेशका सांसद ठाकुरविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, जेठ २७, २०८२
सर्वोच्चले माग्यो प्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेलसँग लिखित जवाफ मंगलबार, जेठ २७, २०८२
निर्माण व्यवसायीलाई कुटपिट गरेको आरोपमा ३ जना पक्राउ मंगलबार, जेठ २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
देशभित्र भेटघाट गर्न मैले एमाले र नेतृत्वसँग अनुमति लिइरहनु पर्दैन : पूर्वराष्ट्रपति भण्डारी
देशभित्र भेटघाट गर्न मैले एमाले र नेतृत्वसँग अनुमति लिइरहनु पर्दैन : पूर्वराष्ट्रपति भण्डारी मंगलबार, जेठ २७, २०८२
मुलुकको अर्थतन्त्र सुधारका लागि सरकार निरन्तर लागिरहेको छ: अर्थमन्त्री पौडेल
मुलुकको अर्थतन्त्र सुधारका लागि सरकार निरन्तर लागिरहेको छ: अर्थमन्त्री पौडेल मंगलबार, जेठ २७, २०८२
माधव कुमार नेपाल र बिप्लवसंग पार्टी एकताको छलफल चलिरहेको छ: प्रचण्ड
माधव कुमार नेपाल र बिप्लवसंग पार्टी एकताको छलफल चलिरहेको छ: प्रचण्ड मंगलबार, जेठ २७, २०८२
देशका सवै भू–भागमा बिकास हुने गरि योजना बनाउनुपर्छ: सभापति देउवा
देशका सवै भू–भागमा बिकास हुने गरि योजना बनाउनुपर्छ: सभापति देउवा मंगलबार, जेठ २७, २०८२
राज्य व्यवस्था समिति बैठक (भिडियो)
राज्य व्यवस्था समिति बैठक (भिडियो) मंगलबार, जेठ २७, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रदेश सभा सदस्य एवं पूर्वमुख्यमन्त्री सोडारी निलम्बनमा सोमबार, जेठ २६, २०८२
सर्वोच्चले माग्यो प्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेलसँग लिखित जवाफ मंगलबार, जेठ २७, २०८२
टोखामा गोली चल्यो, लागुऔषध कारोबारी पक्राउ मंगलबार, जेठ २७, २०८२
महिलाको गोप्य अंग खानतलासी गरेको आरोपमा पूर्वमन्त्री सुब्बाविरुद्ध मुद्दा सोमबार, जेठ २६, २०८२
पोसम, छेपारो र ट्यारान्टुलासहित भारतीय तस्कर पक्राउ मंगलबार, जेठ २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
प्रदेश सभा सदस्य एवं पूर्वमुख्यमन्त्री सोडारी निलम्बनमा सोमबार, जेठ २६, २०८२
सर्वोच्चले माग्यो प्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेलसँग लिखित जवाफ मंगलबार, जेठ २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्