• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
बुधबार, जेठ २८, २०८२ Wed, Jun 11, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
भक्तपुरमा तीन जनाको मृत्यु प्रकरण : थालमा भेटियो विषजस्तो पदार्थ, फरक-फरक दिनमा मृत्यु भएको आशंका
64x64
नारायण अधिकारी शनिबार, भदौ २७, २०७७  ०८:३५
1140x725
तस्बिर : रासस

काठमाडौं-भक्तपुरको मध्यपुर थिमी नगरपालिका ९ निकोसेरामा एकै परिवारका तीन जनाकोे शव भेटिएको घटनाको प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ। शुक्रबार शव भेटिएको भन्दै प्रहरीकहाँ खबर आएसँगै केन्द्रीय अनुसन्धान ब्यूरोे (सिआइबी), महानगरीय प्रहरी अपराध महाशाखा र महानगरीय प्रहरी परिसर भक्तपुरले घटनाको अनुसन्धान सुरु गरेका छन्।

प्रहरी घटनास्थल पुग्दा घरका ढोका खुल्लै रहेको अवस्थामा ३६ वर्षीय सुदीप अधिकारी, उनकी श्रीमती ३४ वर्षीया सम्झना अधिकारी र १५ वर्षीय छोरा सुशान्त अधिकारीको शव छुट्टाछुट्टै फेला परेको थियो। 

पहिलो तलामा कुकुर र सम्झनाको शव भेटिएको छ। पहिलो तलाको कोठामा खाटमा भेटिएको सम्झनाको शव अर्धनग्न अवस्थामा थियो। दोस्रो तलाको खाटमै छोरा सुशान्तको शव भेटिएको थियो। सुशान्त र सम्झनाको शवको अवस्था हेर्दा केही दिनअघि नै मृत्यु भएको जस्तो देखिएको एसएसपी थापाको भनाइ छ। उनीहरुको शव सड्न थालेको अवस्थामा भेटिएको हो।

घरको माथिल्लो तलामा भने सुदीपको शव भेटिएको थियो। सुदीपको शव भने सड्न थालेको थिएन। घटनाको अनुसन्धान गरेका एक उच्च अधिकारीले नेपाल लाइभलाई भने, ‘शवको प्रकृति हेर्दा आमाछोराको केही दिनअघि नै मृत्यु भएजस्तो देखिन्छ। तर सुदीपको शव हेर्दा भर्खरै मृत्यु भएजस्तो देखिन्छ । जसका कारण उनीहरुको मृत्यु छुट्टाछुट्टै दिनमा भएको देखिन्छ।’

उक्त घरमा उनीहरुमात्रै बस्ने भएकाले यो घटनाबारे कसैले थाहा नपाएको हुनसक्ने प्रहरीले जनाएको छ। तर शुक्रबार भने सुदीपका भाइ नै दाइको घर गएपछि शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि घटना बाहिर आएको हो। 

‘घरका तीनै जना मृत भेटिनु र कुकुरसमेत मर्नु, घरका ढोका खुल्लै रहनुले घटनामा बाहिरको मानिसको संलग्नता हुनसक्ने आशंका देखिन्छ। तर घटनाका अन्य पाटाहरु केलाउँदा भने बाहिरको मान्छेबाट यो घटना भएको होइन भन्ने शंका पनि गर्न सकिन्छ’ अनुसन्धानमा खटिएका एक अधिकारीले नेपाल लाइभसँग भने।

आमा छोराको शव गन्हाउन थालेको अवस्थामा भेटिनु तर बाबु सुदीपको शव भने भर्खरै मृत्यु भएजस्तो अवस्थामा भेटिनुले पनि घटनामा बाहिरको मान्छेको संलग्नता नरहेकोतर्फ संकेत गरेको ती अधिकारीको भनाइ छ।

प्रहरी स्रोतका अनुसार अर्कोतर्फ थालमा विष फेला परेको छ। मृतकको शरीरमा कुनै चोटपटक नलाग्नु र थालमा विष फेला पर्नुले विष सेवनबाट मृत्यु भएको आशंका गरिएको छ । स्रोतले नेपाल लाइभसँग भन्यो, ‘चोटकपटक कतै देखिदैन। थालमा विषसमेत फेला परेको छ। जसकारण विष सेवनमार्फत् मृत्यु भएको हुनसक्छ । तर पोष्टमार्टम रिपोर्ट नआई केही भन्न सकिने अवस्था छैन।’

अनुसन्धानमा खटिएको प्रहरीले सुदीप डिप्रेशनमा गइसकेको समेत पाइएको बताएको छ। पछिल्लो समय घर बनाउँदाको ऋणले उनी थप तनावमा थिए। उनी लागूऔषध प्रयोगकर्तासमेत भएको पाइएको प्रहरीले जनाएको छ। जसका कारण घटनाको क्लु घरबाहिर हुन नसक्ने आँकलन प्रहरीले गरेको जनाएको छ।

घटनास्थलमा प्रहरीसहित फरेन्सिक विज्ञ टोलीसमेत खटिएको थियो । मृत्यु संकास्पद भएकाले उनीहरुको पोष्टमार्टमसँगै भिसेरा परीक्षणसमेत गरिने भएको छ। 

विष वा लठ्याउने अन्य कुनै औषधिको प्रयोगबाट मृत्यु भएको हो वा होइन भन्ने कुरा भिसेरा परीक्षणमार्फत् पत्ता लाग्छ। मृतकको शरीर हेर्दा शंकास्पद देखिएमा, विष खाए वा खुवाएको आशंका भएमा भिसेरा जाँच गरिन्छ । मृतकको जिब्रो, शरीर, जिब्रो, नङ, आँखालगायतका भाग निलो देखिएमा वा मुखबाट फिँज आएमा विषमार्फत् मृत्यु भएको आशंका गरिन्छ। तर अधिकारी परिवारको शव मृत्यु भएको केही दिनपछि फेला परेकाले यी चिजहरुको अध्ययनमा अप्ठेरो भएको प्रहरीले जनाएको छ। 

भिसेरा परीक्षणका लागि मृत शरीरबाट स्प्लीन, लिभर र किड्नीको भाग संरक्षित गरिन्छ । यसको रिपोर्टमा आउन सामाान्यतया २१ दिन लाग्छ। 

यसअघि २०७४ सालमा बनेपा–८ स्थित बसपार्कमा रहेको गौतम भोजनालयमा ६५ वर्षीय हरिभक्त दाहालसहित उनका परिवारका ४ जना मृत फेला परेका थिए। उनीहरुले विष सेवनमार्फत् आत्महत्या गरेको पाइएको थियो। पछि भिसेरा परीक्षण गर्दा पनि विषकै कारण मृत्यु भएको रिपोर्ट आएको थियो । 
 

प्रकाशित मिति: शनिबार, भदौ २७, २०७७  ०८:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
निर्माण व्यवसायीलाई कुटपिट गरेको आरोपमा ३ जना पक्राउ जेठ २३ गते शुक्रबार कृतिका निर्माण सेवाका सञ्चालक कृण्ण प्रसाद अंगाईलाइ गण्डकी गाउँपालिका–२ खमारेमा निर्धात कुटपिट गरेको आरोपमा पक्र... मंगलबार, जेठ २७, २०८२
युके पठाइदिने भन्दै ११ करोड बढि रकम ठगी गर्ने दुई जना पक्राउ पक्राउ पर्नेमा मोरङको रतुवामाई नगरपालिका–१० घर भई हाल काठमाडौँ महानगरपालिका–६ सरस्वती नगर बस्ने ४४ बर्षीया लक्ष्मण पराजुली र धनुषा स... मंगलबार, जेठ २७, २०८२
महिलाको गोप्य अंग खानतलासी गरेको आरोपमा पूर्वमन्त्री सुब्बाविरुद्ध मुद्दा पीडित महिलाका अनुसार,गत चैत २२ गते पूर्वमन्त्री सुब्बा, सुनिता घिमिरे र गोपाल शाह (ससुरा) मिलेर मोरङको डायनियास्थित माइतीघरमै आएर दु... सोमबार, जेठ २६, २०८२
ताजा समाचारसबै
प्रधानमन्त्री ओलीद्वारा राजर्षि जनक विश्वविद्यालयका एक सय १४ विद्यार्थी दीक्षित मंगलबार, जेठ २७, २०८२
सर्वोच्चको न्यायाधीशमा तीन जना सिफारिस मंगलबार, जेठ २७, २०८२
मधेशका सांसद ठाकुरविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, जेठ २७, २०८२
सर्वोच्चले माग्यो प्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेलसँग लिखित जवाफ मंगलबार, जेठ २७, २०८२
निर्माण व्यवसायीलाई कुटपिट गरेको आरोपमा ३ जना पक्राउ मंगलबार, जेठ २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
देशभित्र भेटघाट गर्न मैले एमाले र नेतृत्वसँग अनुमति लिइरहनु पर्दैन : पूर्वराष्ट्रपति भण्डारी
देशभित्र भेटघाट गर्न मैले एमाले र नेतृत्वसँग अनुमति लिइरहनु पर्दैन : पूर्वराष्ट्रपति भण्डारी मंगलबार, जेठ २७, २०८२
मुलुकको अर्थतन्त्र सुधारका लागि सरकार निरन्तर लागिरहेको छ: अर्थमन्त्री पौडेल
मुलुकको अर्थतन्त्र सुधारका लागि सरकार निरन्तर लागिरहेको छ: अर्थमन्त्री पौडेल मंगलबार, जेठ २७, २०८२
माधव कुमार नेपाल र बिप्लवसंग पार्टी एकताको छलफल चलिरहेको छ: प्रचण्ड
माधव कुमार नेपाल र बिप्लवसंग पार्टी एकताको छलफल चलिरहेको छ: प्रचण्ड मंगलबार, जेठ २७, २०८२
देशका सवै भू–भागमा बिकास हुने गरि योजना बनाउनुपर्छ: सभापति देउवा
देशका सवै भू–भागमा बिकास हुने गरि योजना बनाउनुपर्छ: सभापति देउवा मंगलबार, जेठ २७, २०८२
राज्य व्यवस्था समिति बैठक (भिडियो)
राज्य व्यवस्था समिति बैठक (भिडियो) मंगलबार, जेठ २७, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रदेश सभा सदस्य एवं पूर्वमुख्यमन्त्री सोडारी निलम्बनमा सोमबार, जेठ २६, २०८२
सर्वोच्चले माग्यो प्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेलसँग लिखित जवाफ मंगलबार, जेठ २७, २०८२
टोखामा गोली चल्यो, लागुऔषध कारोबारी पक्राउ मंगलबार, जेठ २७, २०८२
महिलाको गोप्य अंग खानतलासी गरेको आरोपमा पूर्वमन्त्री सुब्बाविरुद्ध मुद्दा सोमबार, जेठ २६, २०८२
पोसम, छेपारो र ट्यारान्टुलासहित भारतीय तस्कर पक्राउ मंगलबार, जेठ २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
प्रदेश सभा सदस्य एवं पूर्वमुख्यमन्त्री सोडारी निलम्बनमा सोमबार, जेठ २६, २०८२
सर्वोच्चले माग्यो प्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेलसँग लिखित जवाफ मंगलबार, जेठ २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्