• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
आइतबार, असार १५, २०८२ Sun, Jun 29, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग
नभइसकेको डाक्टर साप
64x64
रमेश ज्ञवाली शनिबार, भदौ २७, २०७७  १५:३८
1140x725

नेपाल कम्युनिस्ट पार्टीका नेता भीम रावलले आफ्नो पिएचडीको थेसिस डिफेन्स नसकी ट्विटर ह्यान्डिललाई भीम रावल पिएचडी थपिदिए भने चर्चित कानुन व्यवसायी भीमार्जुन आचार्यले पनि ट्विटर ह्यान्डिलमै पिएचडी झुन्ड्याएका छन्। यसबाट हामी आफ्नो कमाईप्रति कति गर्व गर्छौं वा त्यो डिग्रीलाई कति महत्व दिन्छौं भन्ने सानो झल्को दिन्छ। पहिलेका नामहरू यसो याद गर्नुभयो भने एमए सकेपछि थरको पछाडि आचार्य र स्नातक सकेपछि शास्त्री थप्ने चलन थियो।

लेखपढको काममा लागेको धेरै वर्ष भएपनि मैले अहिलेसम्म पिएचडीको डिग्री लिइसकेको छैन तर डाक्टरसापको पदवीले विभुषित हुन थालेको धेरै भइसकेको छ। हामी काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टका साथी भाइहरू एक आपसमा यसै ओइ डाक्टरसाप भनेर बोलाउने गर्थे। 

जब सुरेशराज शर्माले उपकुलपति छोड्नु भयो र उहाँको ठाउँमा धुलिखेल अस्पतालका डाक्टर रामकण्ठ मकाजु श्रेष्ठ उपकुलपति भएर आउनुभयो उहाँका त सबै सहकर्मी डाक्टरै डाक्टर। त्यसैले उहाँलाई के बानी परेको रहेछ भने देखेजति र भेटेजति सबैलाई डाक्टर साब भन्दिने। उहाँ हाम्रो स्कुलमा आएर पनि हामी सबैलाई डाक्टर साब् बनाइदिनु भयो।

यसबाट साँच्चिकै पिएचडी डाक्टरसाबहरूलाई त केही फरक परेन तर डाक्टर नभइसकेका हामीजस्तालाई फरक पर्‍यो। यसै त हल्का फुल्का डाक्साप भन्न थालेका हामी अब ढुक्कैले एक आपसमा डाक्टरसाप भन्न थाल्यौं‚ जुन अहिले पनि जारी नै छ।

त्यही मेलोमा एक पटक हामी केही साथीहरू भएर एक जना साथीलाई घडेरी किन्न भनेर ललितपुरको इमाडोलमा गएका थियौं। बानी त्यही नै हो सबैले सबैलाई डाक्साप भन्ने। जब जमिनको भाउको रस्सकस्सीको कुरा भयो, जमिन बेच्नेले भने‚ ‘लौ सरहरु डाक्टर हुनुहुँदो रहेछ, हामीलाई पनि यस्ता मान्छे छिमेकमा राख्न पाए जाति हुने भनेर पहिले भनेको मूल्यभन्दा आनामा एक लाख रकम कम गरेर जमिन दिन राजी भए। नक्कली डाक्टर सापको कमाल, ती साथीले जमिन किने पनि, उनले हालै अमेरिकाबाट पिएचडी सके। अर्का एक जना बल्लतल्ल एमफिलमा संघर्ष गर्दैछन् भने म चाहिं मास्टर लेवलमै रमाइरहेको त माथि नै थाहा पाइहाल्नु भयो।  

पश्चिमाहरूले आजकल पिएचडी गर्दैमा नामको अगाडि डाक्टर लेख्न वा पछाडि पनि पिएचडी लेख्न छाडिसकेका छन् तर यता हामी भने पिएचडी गरेपछि अर्कोले डाक्टरसाहेव भन्दिएमा खुशी हुने चरणमै छौं। मैले चिनजानेका धेरै पिएचडीधारीहरुले आफूलाई सर वा पदले भन्दा पनि डाक्टरसाहेव भन्दिओस् भन्ने पाएको छु।

त्यसैगरी, सामाजिक सञ्जाल तिर पिएचडीधारीहरुको एक आपसमा हरेक वाक्यमा डाक्टर साप कि डाक्टरसाप जोडेर गफ गरेको हेर्दा उनीहरु विषयवस्तुमा भन्दा त्यही डाक्टरपास शब्दमा रमाएको देख्न सकिन्छ।

विश्वविद्यालयमा पढाउने भएर होला धेरैको अपेक्षा पक्कै पनि यो पिएचडी नै होला भन्ने अपेक्षा हुने रहेछ, त्यसैले सेमिनार, पेपर प्रिजेन्टेसन वा अन्य वार्तालापका इमेलहरुमा सिधै- डियर डाक्टर फलानो लेखेर आउँछन्। त्यसैगरी त्यस्ता कार्यक्रमहरुमा सहभागी भैरहँदा अब आउँदै हुनुहुन्छ डाक्टर फलानो भन्दा चाँहि यहाँ हामीले खेलचारीले भन्ने गरेको नक्कली डाक्टरसाप बोझिलो हुनेरहेछ।

Ncell 2
Ncell 2

एक पटक एक जना ठूलै महानुभावकहाँ जागिर माग्न जाँदा, के गर्नु रमेशजी तपाईंको पिएचडी रहेनछ नत्र त विचार गर्न हुन्थ्यो भन्ने जवाफ पाएबाहेक मलाई कसैले पिएचडी मागेको त छैन अहिलेसम्म, अँ त्यो ठाउँमा पछि बुझेको योग्यता नखुलेका एक जना ठुलै मान्छेका नातेदार नियुक्त भएका रहेछन्। यस्ता सानातिना घटनाहरु र पिएचडीहरुको लेख तथा विभिन्न फोरममा उनीहरुका तर्क, विचार सुन्दा पिएचडी गर्ने जाँगर मरेर आउँछ।

एकेडेमियामा करिब करिब अनिवार्य भइसकेको पिएचडी आफैंमा महत्वपूर्ण डिग्री हो, तर हाम्रो भने पछिल्लो चरणमा पिएचडी एउटा फेसन र डाक्टर भनिनकै लागि जसरी पनि लिने र डीन कार्यालयहरुले अर्थोपार्जनको एउटा राम्रो साधन बनाएर यसको अवमूल्यन हुँदै आएको छ।

विशिष्ठ ज्ञान र सीप तथा ज्ञानको भण्डारमा एउटा खुड्किलो थप्नुपर्नेमा बिए, एमएजस्तै फगत एउटा डिग्रीको रुपमा पिएचडी पनि पर्नु पक्कै पनि निको होइन। एकातिर पिएचडी गर्नेहरुको संख्या बढ्नु अर्कोतिर यहाँ दश हजारमा थेसिस लेखिन्छजस्ता विज्ञापनको बाढी आउनुले हामीले उत्पादन गर्ने शिक्षित बेरोजगार र घर परिवार वा इष्टमित्रमाझ गरिने फुर्तिफार्ती बाहेक यो शिक्षाले के देला र?

उदाहरणका लागि संजालतिर नेता बाबुराम भट्टराईको पिएचडीलाई पनि उनका बेलाबखतका राजनीतिक भनाइ र गराइलाई लिएर ट्रोल गर्ने गरिन्छ, तर माओवादीले भन्ने गरेको जनयुद्धमा उनको पिएचडीको धेरै योगदान नकार्न मिल्दैन। युवावर्गहरू त्यत्रो पिएचडी गरेको मान्छे यसै त त्यता लागेन भन्नेहरु धेरै भेटिन्थे। तर क्षेत्रीय विकास योजनामा सोध गरेका उनको अध्ययन त्यसका लागि थियो त? उनको त्यत्रो अध्ययनले सो विधामा के योगदान दियो त? उनीलगायत पिएचडी गर्ने हजारौंका लागि यो प्रश्न जायज छ कि छैन?

अन्त्यमा, मेरा एक जना मित्रको घर म बस्ने घर हुँदै जानुपर्छ, उनले घर आउँदा जाँदा ‘ओ ज्ञवाली डाक्साप’ भन्दै बोलाउँदै जान्छन्, यो सधैं सुनिरहेका मेरा घरभेटी दाइलाई यो मान्छे औषधिको डाक्टर नभएपनि पिएचडीवाला पक्कै रहेछ भन्ने परेकाले होला, पहिले रमेशजी र भाइ भन्ने उनले पछिल्लो चरणमा सर भनेर सम्बोधन गर्छन्, यस्तै नक्कली डाक्टरसाब बनेर कतिदिन टोपलिरहनु? त्यसैले अब छिटै कतै पिएचडी ज्वाइन गरौं कि भनेर सोच्दैछु।

प्रकाशित मिति: शनिबार, भदौ २७, २०७७  १५:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रमेश ज्ञवाली
लेखकबाट थप
मालिक, अझै पनि पुगेन तपाईंलाई?
दाइ, अब तपाईं फर्किनुपर्छ !
राष्ट्रिय संकटमा नागरिक दायित्व
सम्बन्धित सामग्री
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर उद्यमी भनेको धेरै जनामा एक जना सफल भएको हुन्छ । त्योपनि अथाह मेहनत, लगानी र ऋणको जोखिम उठाएर । उद्यमीमा पैसा कमाउने र बढाउने बेग्र इ... मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा शुक्रबार न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासले दुवैजनाको रिट एकैठाउँमा राखेर सुनुवाइ गर्न आदेश दिएको थियो। आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आधुनिक ओखतिविज्ञान, आर्यूवेद तथा आध्यात्मिक अभ्यासका कारण चौरासी वर्षका क्याप्टेन आशबहादुर गुरुङ क्यान्सरमुक्त भएका हुन् । दिल्लीस्थ... आइतबार, फागुन १८, २०८१
ताजा समाचारसबै
बुटवल-नारायणगढ सडक पूर्णरूपमा अवरुद्ध आइतबार, असार १५, २०८२
करिब १ सय २० किलो गाँजासहित दुई जना पक्राउ आइतबार, असार १५, २०८२
बजारमा अधिक तरलता कायमै, आज फेरि ३० अर्ब तान्दै राष्ट्र बैंक आइतबार, असार १५, २०८२
प्रत्येक ५ वर्षमा शिक्षकले पुनर्ताजगी तालिम लिनेगरी सहमति आइतबार, असार १५, २०८२
नेपाली यू–१६ टोलीले इन्डोनेसियालाई दियो ४२१ रनको विशाल लक्ष्य, प्रसिद्धको शतक आइतबार, असार १५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
एसइईको नतिजा सार्वजनिक गर्न बोर्ड बैठक जारी, यस्तो छ परीक्षा बोर्डमा चहलपहल
एसइईको नतिजा सार्वजनिक गर्न बोर्ड बैठक जारी, यस्तो छ परीक्षा बोर्डमा चहलपहल शुक्रबार, असार १३, २०८२
राष्ट्रिय सभा (लाइभ)
राष्ट्रिय सभा (लाइभ) बिहीबार, असार १२, २०८२
प्रतिनिधि सभा बैठक (लाइभ)
प्रतिनिधि सभा बैठक (लाइभ) मंगलबार, असार १०, २०८२
प्रतिनिधि सभा बैठक (लाइभ)
प्रतिनिधि सभा बैठक (लाइभ) सोमबार, असार ९, २०८२
२०४६ पछि वडादेखि केन्द्रसम्म सत्तामा बसेकाको सम्पती छानविन गर्ने प्रस्ताव पार्टीबाटै पारित गर्नुपर्छ  :  गगन थापा, महामन्त्री नेपाली कांग्रेस
२०४६ पछि वडादेखि केन्द्रसम्म सत्तामा बसेकाको सम्पती छानविन गर्ने प्रस्ताव पार्टीबाटै पारित गर्नुपर्छ : गगन थापा, महामन्त्री नेपाली कांग्रेस आइतबार, असार ८, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
नेपाली यू–१६ टोलीले इन्डोनेसियालाई दियो ४२१ रनको विशाल लक्ष्य, प्रसिद्धको शतक आइतबार, असार १५, २०८२
पूर्व राष्ट्रपति भण्डारीद्वारा एमालेको राजनीतिमा पुनः सक्रिय भएको घोषणा (पूर्णपाठ) शनिबार, असार १४, २०८२
इन्डोनेसियाविरुद्ध यू–१६ प्रसिद्ध जैसीले बताए सानदार शतक आइतबार, असार १५, २०८२
प्रतिनिधिसभाबाट नेपाल नागरिकता विधेयक पारित शनिबार, असार १४, २०८२
प्रधानमन्त्री ओली रोष्ट्रममा उभिदा रास्वपाका सांसदहरू बैठकबाट बाहिरिए शनिबार, असार १४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
कतारमा गरिएको आक्रमणमा इरानी राष्ट्रपतिले मागे माफी मंगलबार, असार १०, २०८२
टिकटकर बस्नेत पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन, थुनामा राख्नुको कारण देखाउ आदेश जारी मंगलबार, असार १०, २०८२
इरानमा प्रयोग गरिएको बङ्कर–बस्टर बम के हो ? आइतबार, असार ८, २०८२
एसईईको नतिजा सार्वजनिक, ६२ प्रतिशत विद्यार्थी ग्रेडेड, ४८ हजार १७७ विशिष्ठ श्रेणीमा शुक्रबार, असार १३, २०८२
अमलालाई अदालत लगियो,आजै थुनछेक बहस आइतबार, असार ८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्