• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
बुधबार, जेठ २८, २०८२ Wed, Jun 11, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
शक्तिको आडमा 'शिवजी'को ठगी धन्दा, पीडित भन्छन्- अब मर्नबाहेक अरु उपाय देखिँदैन डिएसपीको नेतृत्वमा छानबिन सुरु
64x64
नारायण अधिकारी शुक्रबार, भदौ १२, २०७७  १४:१०
1140x725
प्रदेश २ का अर्थमन्त्री विजय यादवसँग शिवजी यादव (रातो घेरामा)

काठमाडौं- सिरहाको औरही नगरपालिका- का ४५ वर्षीय शिवजी यादव तराईका जमिन्दार मानिन्छन्। स्थानीयस्तरमा हुने ठेक्कापट्टादेखि विकासका काममा उनको नाम जोडिइनै रहन्छ। त्यसैले उनले आफ्नो परिचयमा 'समाजसेवा' को अर्को बर्को पनि थपेका छन्। 

उनी आफैं केही समयसम्म राजनीतिक रुपमा समेत सक्रिय थिए। तत्कालीन संघीय समाजवादी फोरम नेपालबाट गाउँपालिका अध्यक्षमा टिकटसमेत हात पारेका थिए। तर उनी ६ मतले पराजित भए। अहिले शिवजी जनता समाजवादी पार्टीका औरही गाउँपालिका अध्यक्ष छन्। 

त्यसैले स्थानीय शक्तिकेन्द्रदेखि प्रदेशसम्मको पहुँच शिवजीसँग छ। ठेक्कापट्टा र राजनीति गर्ने भएकाले नै उनको प्रदेश २ का अर्थमन्त्री विजय यादवसँग समेत राम्रो सम्बन्ध रहेको बताइन्छ। 

यही शक्तिकेन्द्रको पहुँचको आडमा शिवजीले ठगी धन्दाको आतंक फैलाएको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी परेपछि उनको 'असलियत' खुल्न थालेको छ।

आर्थिक अवस्था कमजोर भएका युवाहरुलाई रोजगारीको नाममा भारत पठाउनेदेखि गाउँमा सापट भनेर चक्रीय ब्याजमा ऋण दिने र कपाली तमसुक बनाएर गरिबमाथि शोषण गरेको भन्दै उनीविरुद्ध उजुरी परेको छ।

शिवजीसँगै सिरहाका रामबाबु यादव, भागवत यादवविरुद्ध पनि उजुरी परेको छ। जिल्ला प्रशासन कार्यालय सिरहालाई सम्बोधन गरेर लेखिएको पत्रमा शिवजीले गरेका ठगीका कर्तुतहरु उल्लेख गरिएको छ।

शिवजीले भारतको पन्जाबमा ठेक्कामा लिएर सेलर चलाएको र त्यहाँ कामका लागि भनेर पन्जाब पुर्‍याएर श्रम शोषण गरेको फुलोदवी सदाय, महेश सदाय र रामचन्द्र सदायले जिल्ला प्रशासनमा दिएको उजुरीमा उल्लेख छ। ‘सुरुमा ८ घण्टाका काम गर्नुपर्ने। राम्रो पैसा हुने भनेर हामीलाई भारत पुर्‍याइन्छ। त्यहाँ गएपछि सेलरमै थुनेर राख्ने। बजारसमेत जान नदिने। बाहिर जान लागे कुटपिटसमेत हुन्छ’ जाहेरीमा उल्लेख छ ‘केही सामान चाहिए सेलरमै छ भन्ने र १० रुपैयाँको सामान २५ रुपैयाँमा हामीलाई बेच्ने गरिन्छ।’

जसकारण काम गरेको पैसा जति सबै सेलरमै सकिने र रित्तो हात घर फर्कनु परेको उनीहरुको गुनासो छ।

३६ प्रतिशतका दरले कपाली तमसुक
शिवजीले मुसहर समुदायमाथि ३६ प्रतिशतसम्मका दरले कपाली तमसुक बनाएर पैसा दिने गरेको पीडितले बताएका छन्। घर पठाउन लागेको पैसासमेत उनी आफैं राख्ने र उक्त पैसा आफ्नो भन्दै उल्टै उनीहरुकै परिवारका बाबुआमालाई दिएर ३६ प्रतिशतसम्म ब्यादरमा दिने गरेको उनीहरुको गुनासो छ।

उक्त पैसा दिएपछि शिवजीले कपाली तमसुक बनाउने र वर्षौंसम्म शोषण गर्ने गरेको भन्दै उजुरी परेको छ। ‘तमसुक नबनाउँदा कमाएर नै दिइहाल भन्छ। के गर्नु नेता पनि उ आफैं। ठेकेदार उ आफैं। गाउँघरका मान्छेसमेत डरले उसैलाई साथ दिने’ रामचन्द्र सदायले भने, ‘के गर्नु अब त मर्नुबाहेक अरु उपाय देखिँदैन।’

कोरोना भाइरसको महामारीका कारण पन्जाबको सेलरमा काम गर्न नजाने बताउँदा कुटपिटसमेत भएको रामचन्द्रले बताएका छन्। ‘भारत नजानेभन्दा हामीहरुको घर गई तिमीहरु जानुपर्छ भन्दै कुट्दै आफ्नो घर औरही लगेको र त्यहाँ एउटा कोठामा थुनेर कुटपिट भएको थियो। कुटपिटका कारण दाहिने कानसमेत राम्रोसँग सुन्न सकेको छैन। पछि मेरा आमासँग औठा छाप लगाएर साँझमा छाडिदियो’ रामचन्द्रले सिडिओ कार्यालयमा दिएको उजुरीमा उल्लेख छ।

रामभजनलाई शिवजीले भारतमै गायब बनाएको आरोप
शिवजीले नै १५ महिनाअघि भारतको पन्जाबमा कामका लागि भनेर लगेका रामभजन यादव बेपत्ता भएको भन्दै उनीविरुद्ध उजुरी परेको छ। सिरहाको औरही-४ इट्टाटारका २० वर्षीय रामभजनलाई शिवजीले पन्जाब पुर्‍याएको र त्यसको ३ महिनासम्म छोरासँग सम्पर्क भए पनि त्यसबेलादेखि गायब भएको रामभजनकी आमा फुलोदेवीले बताएकी छिन्।

‘छोराबारे सोध्दा केही जवाफ आउँदैन। बरु एकपछि अर्को गर्दै बहाना बनाउँदै पन्छिने गरेका छन्। मेरो छोरो कहाँ कस्तो अवस्थामा छ खोजीका लागि पहल गरिदिनुपर्‍यो’ शिवजीविरुद्ध दिएको जाहेरीमा उल्लेख छ।

डिएसपीको नेतृत्वमा छानबिन सुरु
सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेललाई सम्बोधन गरेर जाहेर गरिएको निवेदनउपर कारबाही प्रक्रिया अघि बढिसकेको कँडेलले नेपाल लाइभलाई जानकारी दिए। ‘उजुरी आएपछि यसबारे छानबिन गरी तुरुन्त कारबाही गर्नु भनेर एसपी कार्यालय पठाइसकेको छु। अब कारबाही प्रक्रिया अघि बढ्छ,’ उनले नेपाल लाइभसँग भने।

उता जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रमुख एसपी उमाशंकर पन्जियारले पनि शिवजीलगायत तीनै जनाविरुद्ध अनुसन्धान सुरु भएको बताए। उनीहरुबिरुद्ध अनुसन्धान गर्न भनेर डिएसपीको नेतृत्वमा एउटा टिम नै परिचालन गरिएको पन्जियारले नेपाल लाइभलाई बताए।

पन्जियारले भने, ‘५/१० हजार ऋण दिने र लामोसमय सम्म काममा लगाउने तथा कपाली तमसुक बनाउनेसम्मको आरोप लागेको छ। प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरुले ठगी गरेको देखिएको छ। थप अनुसन्धान र छानबिनपछि कारबाहीको दायरामा ल्याउँछौं।’

प्रकाशित मिति: शुक्रबार, भदौ १२, २०७७  १४:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
निर्माण व्यवसायीलाई कुटपिट गरेको आरोपमा ३ जना पक्राउ जेठ २३ गते शुक्रबार कृतिका निर्माण सेवाका सञ्चालक कृण्ण प्रसाद अंगाईलाइ गण्डकी गाउँपालिका–२ खमारेमा निर्धात कुटपिट गरेको आरोपमा पक्र... मंगलबार, जेठ २७, २०८२
युके पठाइदिने भन्दै ११ करोड बढि रकम ठगी गर्ने दुई जना पक्राउ पक्राउ पर्नेमा मोरङको रतुवामाई नगरपालिका–१० घर भई हाल काठमाडौँ महानगरपालिका–६ सरस्वती नगर बस्ने ४४ बर्षीया लक्ष्मण पराजुली र धनुषा स... मंगलबार, जेठ २७, २०८२
महिलाको गोप्य अंग खानतलासी गरेको आरोपमा पूर्वमन्त्री सुब्बाविरुद्ध मुद्दा पीडित महिलाका अनुसार,गत चैत २२ गते पूर्वमन्त्री सुब्बा, सुनिता घिमिरे र गोपाल शाह (ससुरा) मिलेर मोरङको डायनियास्थित माइतीघरमै आएर दु... सोमबार, जेठ २६, २०८२
ताजा समाचारसबै
प्रधानमन्त्री ओलीद्वारा राजर्षि जनक विश्वविद्यालयका एक सय १४ विद्यार्थी दीक्षित मंगलबार, जेठ २७, २०८२
सर्वोच्चको न्यायाधीशमा तीन जना सिफारिस मंगलबार, जेठ २७, २०८२
मधेशका सांसद ठाकुरविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, जेठ २७, २०८२
सर्वोच्चले माग्यो प्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेलसँग लिखित जवाफ मंगलबार, जेठ २७, २०८२
निर्माण व्यवसायीलाई कुटपिट गरेको आरोपमा ३ जना पक्राउ मंगलबार, जेठ २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
देशभित्र भेटघाट गर्न मैले एमाले र नेतृत्वसँग अनुमति लिइरहनु पर्दैन : पूर्वराष्ट्रपति भण्डारी
देशभित्र भेटघाट गर्न मैले एमाले र नेतृत्वसँग अनुमति लिइरहनु पर्दैन : पूर्वराष्ट्रपति भण्डारी मंगलबार, जेठ २७, २०८२
मुलुकको अर्थतन्त्र सुधारका लागि सरकार निरन्तर लागिरहेको छ: अर्थमन्त्री पौडेल
मुलुकको अर्थतन्त्र सुधारका लागि सरकार निरन्तर लागिरहेको छ: अर्थमन्त्री पौडेल मंगलबार, जेठ २७, २०८२
माधव कुमार नेपाल र बिप्लवसंग पार्टी एकताको छलफल चलिरहेको छ: प्रचण्ड
माधव कुमार नेपाल र बिप्लवसंग पार्टी एकताको छलफल चलिरहेको छ: प्रचण्ड मंगलबार, जेठ २७, २०८२
देशका सवै भू–भागमा बिकास हुने गरि योजना बनाउनुपर्छ: सभापति देउवा
देशका सवै भू–भागमा बिकास हुने गरि योजना बनाउनुपर्छ: सभापति देउवा मंगलबार, जेठ २७, २०८२
राज्य व्यवस्था समिति बैठक (भिडियो)
राज्य व्यवस्था समिति बैठक (भिडियो) मंगलबार, जेठ २७, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रदेश सभा सदस्य एवं पूर्वमुख्यमन्त्री सोडारी निलम्बनमा सोमबार, जेठ २६, २०८२
सर्वोच्चले माग्यो प्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेलसँग लिखित जवाफ मंगलबार, जेठ २७, २०८२
टोखामा गोली चल्यो, लागुऔषध कारोबारी पक्राउ मंगलबार, जेठ २७, २०८२
महिलाको गोप्य अंग खानतलासी गरेको आरोपमा पूर्वमन्त्री सुब्बाविरुद्ध मुद्दा सोमबार, जेठ २६, २०८२
पोसम, छेपारो र ट्यारान्टुलासहित भारतीय तस्कर पक्राउ मंगलबार, जेठ २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
प्रदेश सभा सदस्य एवं पूर्वमुख्यमन्त्री सोडारी निलम्बनमा सोमबार, जेठ २६, २०८२
सर्वोच्चले माग्यो प्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेलसँग लिखित जवाफ मंगलबार, जेठ २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्