• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
आइतबार, वैशाख २८, २०८२ Sun, May 11, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
त्यसपछि वामदेव भैंसेपाटी केन्द्रबाट बालुवाटार फर्किए
डिबी खड्का\वीरेन्द्र ओली सोमबार, वैशाख २२, २०७७  १८:५६
1140x725

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा केही महिना दुई केन्द्रहरूबीच शक्तिसंघर्ष चल्यो। एउटा सदाबहार केन्द्र बालुवाटार थियो भने अर्को सभामुख छनोट प्रक्रियापछि बनेको भैंसेपाटी केन्द्र। नेकपामा हस्तक्षेपकारी शक्ति बन्दै गरेको भैंसेपाटी केन्द्र विघटन भइसकेको छ। घरमालिक गौतमले आफूसँग रहेको शक्ति पोको पारेर बालुवाटार पुगेका छन्। भैंसेपाटी समूहमा रहेका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र माधव नेपाल कोटेश्वर फर्किएका छन्।

गौतम बालुवाटार फर्किनुको रहस्य के हो? आफूलाई दिइएको भावी प्रधानमन्त्रीको आश्वासन पनि 'आकाशको फल' भएको गौतम आफैंलाई राम्रोसँग थाहा छ। त्यसो भए कुन कुराले उनलाई बालुवाटार फर्किन बाध्य पार्‍यो? यसबारे केही भित्री तथ्यहरू केलाउने क्रममा भेटियो बालुवाटारतर्फ मन फर्काउने ‘मन्त्री फ्याक्टर’। 

मन फर्काउने मन्त्री फ्याक्टर
प्रधानमन्त्री ओलीले सचिवालयमा बैठकमा राखेको आफूलाई प्रधानमन्त्री बनाउने प्रस्तावको आधार खोजिरहेका थिए गौतम। यही क्रममा भेट्न पुगेका पाँच/सात’ जना मन्त्रीहरुको उनलाई बालुवाटार फर्काउनुमा सबैभन्दा ठूलो भूमिका देखिन्छ। दोस्रोपल्ट सचिवालय बैठक बस्नुअघि गौतमलाई भेट्न वर्तमान सरकारका मन्त्रीहरु पुगेका थिए। वामदेवलाई भेटन् पुगेका मन्त्रीहरूमा पद्मा अर्याल, बसन्तकुमार नेम्वाङ, डा शिवमाया तुम्बाहाङ्फे, पार्वत गुरुङ रामवीरलगायतको समूह गौतमलाई भेट्न पुगेको थियो। पार्टी विभाजनको तहसम्म पुग्ने लक्षण देखिन थालेको भन्दै उनीहरु गौतमलाई भेट्न पुगेका थिए।

मन्त्रीहरुले गौतमलाई भेटेर ‘वारपारको लडाइँ’ लड्नुपर्ने हदसम्म नजान सुझाव दिए। नेताहरुबीच रहेको तिक्तता बैठकमै पोखेर मिल्न सुझाए। गौतमलाई घुमाउरो रुपमा भने, ‘पार्टीलाई एकताबद्ध बनाएर अघि लैजाने कि फुटाउने? त्यो तपाईंकै हातमा छ।’

यो शक्ति संघर्षमा गौतम जतातिर लाग्यो, त्यतै बलियो हुने दृष्य आँकलन गरिसकेका मन्त्रीहरूले घुमाउरो रुपमा ‘दोस्रोपल्ट पार्टी फुटाउने’ कलंकको टीका लगाउनबाट जोगिन सुझाए। उक्त भेटघाटमा सहभागी एक मन्त्री भन्छन्, ‘उहाँ कसरी अघि बढ्ने भन्ने ठूलो अन्योलमा हुनुहुन्थ्यो। शीर्ष नेताहरुको तहबाट आफूलाई धोका भइरहेको बुझाइ थियो।’

'हामी मन्त्रिपरिषद्का धेरैजसो सदस्यहरूको सामूहिक आवाज लिएर नेता वामदेव कमरेडलाई भेट्न पुगेका थियौं। सबैजसो शीर्ष नेताहरूलाई फोनमा कुरा गरी पार्टी एकताबाट बचाउन आग्रह गरेका थियौं,' नेता गौतमलाई भेट्न पुगेका एक मन्त्रीले भने, 'वामदेवजीलाई भने हामीले भेटेरै कुराकानी गरेका थियौं।' पार्टी एकता बलियो पार्न परिआए ‘सामूहिक राजीनामा’ समेत दिन तयार भएर उनीहरू शीर्ष नेताहरुबीचको मनमुटाव घटाउन सक्रिय थिए। 

मन्त्रीहरुको यस्तो भनाइपछि पार्टी फुट्दा सबैभन्दा बढी अपजस आफूले पाउने महसुस गौतमलाई भयो। पार्टी एकीकरण गर्न आफूले खेलेको भूमिका सम्झिए। त्यसपछि गौतम भावुक हुँदै गए। शीर्ष नेताहरुबाट बर्दिया चुनावको हारदेखि डोल्पा र कास्कीमा आफूलाई ‘फसाइएको’सम्मको फेहरिस्त बताए। उनले भने, ‘मैले डोल्पा जान खोजेको थिइनँ। ढुक्क बनाएर पठाइयो। त्यहाँ नपुग्दै खेल खेलियो। कास्कीमा त झन् मैले पटक–पटक अस्वीकार गरें। त्यहाँ पनि मलाई बदनाम गराइयो।’ बर्दियामा आफूले हार्नुमा पनि कतैबाट खेलिएको खेलका रुपमा बुझेका छन्। 

Ncell 2
Ncell 2

ती मन्त्रीका अनुसार आफूमाथि धोकाधडीको खेल शीर्ष नेताहरूबाट खेलिएको उनको बुझाइ थियो। त्यसमा पनि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीको भूमिका बढी रहेको उनको ‘रिडिङ’ थियो। यसले आफूलाई ‘झोंक चलाएको’ उनले बताए। त्यसैले आफू प्रधानमन्त्री ओलीलाई छाडेर अर्को समूहतर्फ लागेको बताए। 

मन्त्रीहरुले यतिबेला नेकपाको फुट इतिहासकै सबैभन्दा ठूलो धोका हुने विषयमा पटकपटक जोड दिए। दोस्रो तहका नेताहरु सबै खालको त्याग गर्न तयार भएको बताउँदै आफूहरु मन्त्री पदबाट सामूहिक राजीनामा दिनेसम्म तत्पर रहेको दर्शाए। 

अन्य विषयमा त्यति रुचि नदेखाएपनि ‘दोस्रोपल्ट पार्टी फुटाउने’ आरोप लाग्ने डरले गौतमलाई भित्रैदेखि झस्काएको थियो। त्यसपछि गौतमले मन्त्रीहरुलाई आश्वासन दिए, ‘म फेरि त्याग गर्छु। तर, पार्टीलाई दुर्घटनाबाट जोगाउँछु।’

मन्त्रीहरुले गौतमलाई भेट्ने दिन भैंसेपार्टी समूहको कोटेश्वरस्थित वरिष्ठ नेता माधव नेपालको घरमा भेला चलिरहेको थियो। गौतमले मन्त्रीहरुलाई भने, ‘अहिले पनि उता भेला चलिरहेको छ। म त्यहाँ गएको छैन। पार्टी फुट्दैन। तपाईंहरु ढुक्क हुनुहोस्।’

shivam cement

shivam cement

आफूनिकट सांसदहरुलाई पनि उनले बालुवाटारतर्फ केन्द्रित हुन सुझाए। सचिवालयको बैठकअघि प्रधानमन्त्री ओलीले बालुवाटारमा गरेको सांसदहरुको भेलामा गौतमनिकट सांसदहरु पनि देखिएका थिए। 

यति भन्दै गर्दा आफूले प्रधानमन्त्री वा सांसद केही नपाउने महसुस गरिसकेको समेत मन्त्रीहरुलाई पटक–पटक बताए। त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेर ‘वारपारको लडाइँ’बाट पछि हटेको संकेत गरेका थिए। प्रधानमन्त्री ओलीलाई समेत केही कदम पछि हट्न उनले सुझाएका थिए।

प्रतिनिधिसभा लैजाने निर्णय ‘फेस सेभिङ’
प्रधानमन्त्री ओलीलाई भेटेर आफू कुनै पदमा नभएपनि सहमति र सहकार्यका लागि तयार भएको सन्देश दिए। गौतम, प्रचण्ड-माधव गुटको भेलामा पनि गएनन्। त्यसपछि उनलाई व्यवस्थापन गर्ने विषय दुवै समूहका नेताहरुले तपसिलमा राखिदिए।

बैसाख २० गतेको सचिवालय बैठकमा उनका विषयमा कसैले कुर उठाएनन्। स्थायी कमिटीको बैठक बोलाउनलगायतका विषयमा निर्णय हुन थाल्यो। बैठकको अन्त्यतिर गौतम आफैंले कुरा उठाए, ‘मेरा बारेमा त केही भएन।’ आफू राष्ट्रियसभामा नजाने कुरा प्रधानमन्त्री ओलीसँगको भेटमा पहिल्यै अवगत गराइसकेका उनले सचिवालयको बैठकमा प्रतिनिधी सभामा लैजाने निर्णय गर्न सुझाए। 

नेकपाका एक सचिवालय सदस्य भन्छन्, ‘उहाँले आफ्नो फेस सेभिङका लागि उक्त प्रस्ताव ल्याउनुभएको हो। यो कार्यान्वयन हुने कुरामा उहाँ ढुक्क हुनुहुन्न।’ वर्तमान प्रतिनिधिसभामा जाने बाटो नदेखेका गौतमले कम्यनिस्ट पार्टीको इतिहासमा फेरि एकपल्ट गरिएको त्यागका रुपमा बुझेका उनीनिकट एक नेता बताउँछन्। 

निकटस्थको सुझावमा त्यागे राष्ट्रियसभा
राष्ट्रपतिबाट मनोनित हुने राष्ट्रियसभाको सदस्य भएर जाने यसअघिको चाहनालाई उनले आफूनिकट कानूनविद्सँगको सल्लाहपछि त्यागेका हुन्। संविधान संशोधन गरेर राष्ट्रियसभा सदस्य प्रधानमन्त्री हुन सक्ने बाटो खोल्नुपर्ने उनको पूर्वअडान थियो। तर, संविधान संशोधन गराउने उनको योजना पूरा भएन। पार्टीभित्र एक व्यक्तिका लागि संविधान संशोधन गर्नु उचित नरहेको भन्दै विवाद सिर्जना भयो। 

नेकपा सचिवालय बैठक। फाइल तस्बिर

त्यसपछि राष्ट्रियसभा सदस्य भइराख्ने तर विस्तारै संविधान संशोधन गराउने नीति उनले लिए। बहुमत सचिवालय सदस्यले उनलाई राष्ट्रियसभा सदस्य बनाउने कुरामा ऐक्यबद्धता जनाए। तर, प्रधानमन्त्री ओली तयार भएनन्। एक त आफूले विश्वास गरेको अर्थमन्त्री युवराज खतिवडालाई निरन्तरता दिने उपाय सोही कोटा थियो। अर्को सभामुख बनाउने क्रममा प्रचण्डलाई साथ दिएकाले सचिवालयको उक्त निर्णय कार्यान्वयन गर्न उनी बाध्य भएनन्। 

उक्त विषयलाई थाती राखेर प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना भए। ओली अस्पतालबाट फर्किएलगत्तै कोरोना महामारीको संक्रमण फैलिएपछि उक्त विषयले प्रवेश पाएन। 

कोरोना संकटकै बीचमा प्रधानमन्त्री ओलीले दुईवटा अध्यादेश ल्याए। पार्टी फुटाउने र संवैधानिक आयोगमा प्रतिपक्ष दलको नेता नहुँदा पनि नियुक्ति गर्न सकिने ती अध्यादेशको विरोध भयो। पार्टीभित्रै र बाहिरको विरोधपछि खारेज भए। ओलीसँग असन्तुष्ट शीर्ष नेताहरुको सूचीमा गौतम पनि पुगे। प्रधानमन्त्री ओलीलाई पार्टी र सरकार दुवैको नेतृत्वबाट हटाउने लाइनमा उनी पुगे।

एउटा समूह आफूविरुद्ध यसरी लागेको महशुस गरेका प्रधानमन्त्री जुनसुकै हदसम्म पुग्ने गरी तयार भए। बहुमत सचिवालय सदस्य आफूसँग रहेको महशुस गरेको ‘प्रचण्ड–माधव’ समूहले वारपारको लडाइँ लड्ने तयारी गर्‍यो। यसले पार्टी फुटको संघारतर्फ डोरिएको महसुस नेकपा नेता कार्यकर्तालाई भयो। 

नेताहरुलाई अनेक तरिकाले दबाब दिने क्रममा गौतमलाई दोस्रो तहका केही नेताहरुले भेटे। प्रधानमन्त्री ओलीको राजीनामा माग्दा आउन सक्ने संकट टार्न गौतम बालुवाटार फर्किएका छन्। प्रधानमन्त्री बन्ने चाहनाका लागि प्रतिनिधिसभा सदस्य बनाउने उधारो सहमतिमा चित्त बुझाएका छन्। जुन गौतमका लागि त्यस्तो चेक हो, देखाउन काम लाग्न सक्छ तर नगद हुने सम्भावना छैन।

प्रकाशित मिति: सोमबार, वैशाख २२, २०७७  १८:५६
  • #ncp
  • #bamdev_gautam

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित
युद्धविरामका लागि रुस प्रतिबद्ध भएमा युक्रेन वार्ताका लागि ‘तयार’: जेलेन्स्की
राष्ट्रपति र उपराष्ट्रपति कार्यालयमा एउटै कर्मचारी व्यवस्था गर्नुपर्ने कांग्रेस सांसद खतिवडाको सुझाव
सम्बन्धित सामग्री
सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित गत १९ वैशाखमा बसेको संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए... आइतबार, वैशाख २८, २०८२
राष्ट्रपति र उपराष्ट्रपति कार्यालयमा एउटै कर्मचारी व्यवस्था गर्नुपर्ने कांग्रेस सांसद खतिवडाको सुझाव सरकारको आगामी आर्थिक वर्ष २०८२र८३ को नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै उनले खर्च कटौतीका लागि राष्ट्रपति र उपराष्ट्रपति कार्यालयक... आइतबार, वैशाख २८, २०८२
प्रेम सुवालले भने : प्रधानमन्त्रीज्यू! जनताको बहुदलीय जनवाद पुँजीवादी सरकारमा जाने भर्‍याङ मात्र हो ? प्रतिनिधिसभाको आइतवारको बैठकमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिएका प्रधानमन्त्री ओलीसँग स्पष्टीकरण माग गर्दै सांसद सुवा... आइतबार, वैशाख २८, २०८२
ताजा समाचारसबै
सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित आइतबार, वैशाख २८, २०८२
युद्धविरामका लागि रुस प्रतिबद्ध भएमा युक्रेन वार्ताका लागि ‘तयार’: जेलेन्स्की आइतबार, वैशाख २८, २०८२
राष्ट्रपति र उपराष्ट्रपति कार्यालयमा एउटै कर्मचारी व्यवस्था गर्नुपर्ने कांग्रेस सांसद खतिवडाको सुझाव आइतबार, वैशाख २८, २०८२
प्रेम सुवालले भने : प्रधानमन्त्रीज्यू! जनताको बहुदलीय जनवाद पुँजीवादी सरकारमा जाने भर्‍याङ मात्र हो ? आइतबार, वैशाख २८, २०८२
मार्सी चामल व्यापकै चर्चित छ, मैले पनि चाखेको छु : प्रधानमन्त्री आइतबार, वैशाख २८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
विश्वकप लिग २ : स्कटल्याण्डमा हुने सिरिजका लागि नेपाली टोलीको घोषणा, दीपेन्द्रलाई उपकप्तानको जिम्मेवारी शनिबार, वैशाख २७, २०८२
पाकिस्तानले घोषणा गर्यो भारतविरुद्ध अपरेशन ‘बुन्यान उल मर्सूस’ शनिबार, वैशाख २७, २०८२
अमेरिकी विदेशमन्त्रीले भारतीय विदेशमन्त्री र पाकिस्तानी सेना प्रमुखलाई यस्तो भने शनिबार, वैशाख २७, २०८२
भारत–पाकिस्तानबीच युद्धविराम शनिबार, वैशाख २७, २०८२
पाकिस्तानमा एमबीबीएस र अन्य विषय अध्ययनरत नेपालीले भने, ‘नेपाल सुरक्षित फर्कन चाहन्छौं’ शनिबार, वैशाख २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
नौ महिना अन्तरिक्षमा बिताउँदाको स्वास्थ्य प्रभाव: पृथ्वीमा फर्किएपछि शरीरमा हुने परिवर्तन   नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
विश्वकप लिग २ : स्कटल्याण्डमा हुने सिरिजका लागि नेपाली टोलीको घोषणा, दीपेन्द्रलाई उपकप्तानको जिम्मेवारी शनिबार, वैशाख २७, २०८२
वामपन्थी नेता प्रदीप नेपालको निधन मंगलबार, वैशाख २३, २०८२
भारतीय आक्रमणमा जैस-ए-मोहम्मदका कमाण्डरको परिवारका १० जना मारिए बुधबार, वैशाख २४, २०८२
भारत–पाकिस्तान ड्रोन र मिसाइल हानाहान पछि भारतले बन्द गर्‍यो दुई दर्जन बढि विमानस्थल शुक्रबार, वैशाख २६, २०८२
पाकिस्तानले ३-४ सय ड्रोनमार्फत सैन्य पूर्वाधारलाई निशाना बनाएको भारतको दाबी शुक्रबार, वैशाख २६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्