इटहरी- विराटनगर महानगरपालिकाका मेयर भीमप्रसाद पराजुलीले काठमाडौंले हेपाहा प्रवृत्ति देखाएको बताएका छन्। काठमाडौं घर भई विराटनगरमा थुनिएका नागरिक विराटनगर नै फिर्ता काठमाडौं महानगरपालिककाो निर्णयपछि मेयर पराजुली आक्रोशित भएका हुन्।
लकडाउनको कारण काठमाडौंमा घर भएका कारण विराटनगर नै बस्न बाध्य नागरिकलाई महानगरले उद्धार गरी सोमबार बिहान काठमाडौं पठाएको थियो। काठमाण्डौ हिँडेका करिब २ सय नागरिक अहिले नागढुङ्गामै रोकिएका छन्।
‘काठमाडौंका जनतालाई सहज होस् भनेर हामीले पठाएका हौँ। अहिले फिर्ता पठाउने कुरा गुर्न अमानवीय कार्य हो,’ उनले भने, ‘हामीले दैनिक सयौं मान्छेलाई क्वारेन्टाइनमा राख्न सक्ने, काठमाडौंले राख्न नसक्ने भन्ने हुन्छ? यो संघीय सरकार र काठमाडौं महानगरपालिकाको हेपाहा प्रवृत्ति हो। उहाँहरू जनतालाई बारम्बार दुःख दिने र सताउने काम गर्नु हुन्छ। त्यो अपराध हो।’
उनीहरूलाई तत्काल फिर्ता नल्याइने बताएका मेयर पराजुलीले उनीहरूलाई काठमाडौंमै राख्नेबारे कुरा भइरहेको उनले बताए। यस्तो विषम परिस्थितिमा जनतालाई दुःख दिने काम कुनै पनि हालतमा क्षम्य हुन नसक्ने उनको भनाइ छ।
उता काठमाण्डौ महानगरपालिकाले भने यात्रुलाई विराटनगर नै फिर्ता पठाउने निर्णय गरेको छ। बिना समन्वय काठमाडौं पठाइएको भन्दै फिर्ता पठाउने निर्णय गरिएको महानगरपालिकाले बताएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।