काठमाडौं- पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीसँग रुष्ट बनेको वरिष्ठ नेता माधव कुमार नेपाल पक्ष र ओली पक्षबीच कोटेश्वरमा छलफल सुरु भएको छ। प्रधानमन्त्रीबाटै हटाउने गरी तयारी थालेको नेपाल पक्षले सोमबार ओली पक्षसँग छलफल सबल बनाएको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारमा भेटेलगत्तै नेता नेपाल कोटेश्वर पुगेपछि ओली पक्ष र नेपाल पक्षका नेताहरु नेपाल निवासमा छलफलका लागि जुटेको एक नेताले बताए।
बैठकमा नेपाल सहित भीम रावल,सुरेन्द्र पाण्डे,रघुजी पन्त छन् भने ओली समुहबाट इश्वर पोखरेल,प्रदीपकुमार ज्ञावली,,शंकर पोखरेललगायत छन्। नेपालले आइतबार आफ्नो समूहका नेतालाई भेट गरेपछि सोमबार बिहान प्रधानमन्त्री ओलीलाई भेटन बालुवाटार पुगेका थिए।
सो बैठकमा दुवै पक्षका चार चार जना सहभागी भएको बताइएको छ। ओलीपक्षबाट छलफलमा ईश्वर पोखरेल, विष्णु पौडेल, शंकर पोखरेल र प्रदीप ज्ञवाली छन् भने नेपाल पक्षबाट भीम रावल, सुरेन्द्र पाण्डे, रघुजी पन्तलगायतका नेता रहेको स्रोतको भनाइ छ।
नेपाल पक्षका स्थायी कमिटीको आइतबारको बैठकले प्रधानमन्त्रीसँग समझदारीको योजना तथा रणनीति बनाउने जिम्मा नेपाललाई दिएको थियो। आइतबार साँझ नेपाल पक्षको भेला नेपाल निवासमा नै भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।