कैलाली- सुदूरपश्चिमका पहिलो कोरोना संक्रमित व्यक्ति सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज भएका छन्। धनगढी उप–महानगरपालिका वडा नम्बर ५ का ३४ वर्षीय युवकको लगातार दुई पटकसम्म कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनलाई अस्पतालले डिस्चार्ज गरेको हो।
दुबइबाट आएका उनमा चैत १४ गते कोरोना पुष्टि भएको थियो। उनको तीन पटक परीक्षण गर्दा सम्म कोरोना रिपोर्ट पोजेटिभ देखाएको थियो।
उनी ३० दिनसम्म अस्पतालमा उपचार गराएपछि डिस्चार्ज भएका हुन्। यसअघि सेतीमै उपचाररत लम्कीका २१ वर्षीय संक्रमित युवक पनि डिस्चार्ज भएका थिए। अब सेतीमा तीन जना संक्रमितको उपचार भइहेको छ।
सुदूरपश्चिमा ५ जनामा कोरोना पोजेटिभ देखिएको थियो। यो सँगै नेपालभरबाट डिस्चार्ज हुनेको संख्या ५ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।