• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, जेठ २६, २०८२ Mon, Jun 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार
सम्पादकीय : लोकतन्त्रको अपमान
64x64
नेपाल लाइभ मंगलबार, वैशाख ९, २०७७  ०८:०४
1140x725

पछिल्लो समय कोरोना भाइरस संक्रमणविरुद्द निर्णय गर्न बस्ने गरेको मन्त्रिपरिषद्को बैठकमा सोमबार भने भिन्न विषयले प्रवेश पायो।

अहिलेको आवश्यकता थियो- कोरोना संक्रमणविरुद्ध थप रणनीतिको तय गर्नु र त्यसमा राष्ट्रिय शक्तिलाई एकीकृत गर्नु। सबैबीच सहमतिको मार्ग खिच्नु।

तर यसकै पहल गर्नुपर्ने जिम्मेवारी बोकेको सरकार अन्य दलमा मात्रै होइन, आफ्नै दलभित्र समेत शंकाको बीउ रोप्ने असान्दर्भिक कानुन बनाउन सक्रिय हुँदा कोरोना संक्रमणले सुस्ताएको समाजमा नयाँ तरंग ल्यायो। लकडाउनले सुस्ताएका विभिन्न दलका नेता, राजनीतिक विश्लेषकहरुलाई एकाएक चलायमान गरायो।

कोरोना संक्रमणले हायलकायल देशहरू कसरी त्यसलाई नियन्त्रण गर्ने भन्नेमा केन्द्रित छन्, अहिले। संक्रमण फैलन नपाएका देश कसरी रोक्ने भन्नेमा केन्द्रित छन्। यसरी विश्व नै तमाम मतभेद बिर्सिएर कोरोना भाइरसलाई पराजित गर्न केन्द्रित भइरहेको बेला नेपालमा राजनीतिक दल फुटाउन सहज हुने अध्यादेश ल्याइएको छ। साथै, संवैधानिक परिषद्‌मा प्रमुख प्रतिपक्ष दलका प्रतिनिधि नआए पनि निर्णय प्रभावित नहुने प्रावधान अध्यादेशबाट आउनु आफैंमा उदेक लाग्दो सरकारी कदम हो नै।

त्यसलाई सहज र तत्काल स्विकार्दै अनुमोदन गर्ने राष्ट्रपतिको हतारोले समेत समाज तरंगित हुनु स्वभाविक  थियो।

दुवै अध्यादेशमा राष्ट्रपतिबाट लाहछाप लागिसकेकाले केही महिनासम्म यो कानुन स्विकार्नु बाध्यकारी भएको छ। त्यसपछिको अवस्था सम्ममा नेपालको विद्यमान संविधानका प्रावधान उस्तै रहे  यसको संसदीय परीक्षण हुने नै छ।

अहिलेको अवस्थामा असान्दर्भिक कानुन किन ल्याउनुपर्‍यो? यी कानुन नहुँदा वर्तमान कुन चुनौती सामना गर्न सरकारलाई बाधा पुगेको छ? बाधा फुकाउन अध्यादेशमार्फत दलगत अनि संवैधानिक परिषद्‍बारे कानुन बनाउनुपर्‍यो? अहिलेका मुख्य चासो यिनै हुन्।

अहिले चुनौती कोरोना संक्रमण फैलनबाट रोक्नु हो। यसका लागि सरकारले लकडाउन गरिरहेको छ नै र संक्रमण ऐन अन्तर्गत निर्णय गर्न सरकारमाथि कुनै बाधा छैन। कोरोना नियन्त्रणमा सामाजिक दुरी कायम गर्ने हो, दल विभाजन गर्न सहज बनाएर दलगत दुरी बढाएर कोरोना भाइरस संक्रमण रोक्न सहजता होइन, चुनौती थपिने छ।

Ncell 2
Ncell 2

यस बीचमा संवैधानिक परिषद्‍बाट पारित नगरी नहुने 'इमर्जेन्सी' कुनै प्रस्ताव पनि अड्किएको छैन। यस्तो बेलामा असान्दर्भिक र दलगत रुपमा शंका र विवाद बढाउने कानुन बनाउनुले सरकारको सनकपनमाथि थप शंका मात्रै बढाउँछ।

कोरोना भाइरस नियन्त्रणमा सरकारबाट भएका बदमासीको आलोचना तीव्र भए पनि प्रमुख प्रतिपक्ष दलले समेत कोरोना संक्रमण नियन्त्रणमा सरकारले गरेका निर्णय कार्यान्वयनमा बाधा पुर्‍याएको देखिएको छैन। प्रमुख प्रतिपक्ष लगायतका सरकार बाहिर रहेका दलले सरकारको कामको समीक्षा र आलोचना गरेका छन्। आलोचनाले सरकार ढल्दैन।

सरकार बदल्ने संवैधानिक थलो संसद बन्द भएकाले सरकारविरुद्ध अविश्वास प्रस्ताव आउने जोखिम पनि छैन। कोरोनाको यो संकटमा विशेष अधिवेशन बोलाउने तयारीका छनक पनि देखिएका थिएनन्। समस्या देखिएको भनेको नेकपाभित्रको विवाद र नेतृत्वबीचको बेमेल मात्रै हो।

सरकारको सर्वस्व हातमा लिएर बसेको नेकपाभित्र कोरोना नियन्त्रण सम्बन्धी उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच पछिल्ला दिनमा मनभेद देखिएको थियो। तर, त्यो मनभेद प्रधानमन्त्री नै बदल्ने चरणसम्म पुग्ने स्थिति थिएन।

प्रधानमन्त्री ओली र उनी निकटका मन्त्री र सचिवालयका सदस्य अनेका कारणले आलोचित छन्। तर, त्यति कारणले नै सरकार गिरिहाल्ने सम्भावना पनि थिएन।

सबै कोणबाट तत्काल प्रधानमन्त्री पदच्युत हुने अवस्था नरहेको र यी दुवै अध्यादेश तत्कालीन संकट समाधान लक्षित नभएकाले सरकारले आपत्कालका लागि पाएको सवैधानिक अधिकारको दुरुपयोग गरेको प्रष्ट हुन्छ।

यसले प्रधानमन्त्री र उनको टिमको अहंकारको जित त होला तर संवैधानिक प्रावधान, संकटको समयमा सरकारप्रति आशावादी आमजनको भावनाको हार हो। लोकको हित नै सर्वोपरी मानिने लोकतन्त्रको अपमान हो।

प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०७७  ०८:०४
  • #अध्यादेश
  • #दल_फुटाउने_अध्यादेश
  • #सम्पादकीय
  • #लोकतन्त्र
  • #अपमान

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
स्कटल्यान्डसँगको थ्रीलर गेममा नेपाल २ रनले पराजित, तीन ब्याटरको अर्धशतक
भिजिट भिसा प्रकरणबारे विपक्षी दलबीच छलफल जारी रहेपनि सहमति भएको छैन : हितराज पाण्डे
सदनको गतिरोध अन्त्यका लागि दलहरुबीच समझदारी नजिक पुगेको छ : बर्तौला
सम्बन्धित सामग्री
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन सामान्यतया यो उमेर ढल्किदै जाँदा देखा पर्ने समस्या हो । ५५– ६० वर्षका मानिसहरुमा यो समस्या बढी देखिन्छ । यद्यपि यो बालबालिकामा ब्रेन... आइतबार, जेठ २५, २०८२
अवुधावीमा मनाइयो गणतन्त्र दिवस समारोहमा राजदूत, दुबईस्थित नेपाली महावाणिज्य दूतावासका नवनियुक्त महावाणिज्यदूत, राजदूतावास तथा महावाणिज्य दूतावासका कूटनीतिक कर्मचार... शुक्रबार, जेठ १६, २०८२
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ उद्योगी व्यवसायीहरु लगानीका लागि उत्साहित छैन। राजनीतिक नेतृत्व शक्ति संघर्षमै व्यस्त छ। दैनिक दुई हजार भन्दा बढी युवाहरु रोजगारीका... बिहीबार, जेठ १, २०८२
ताजा समाचारसबै
स्कटल्यान्डसँगको थ्रीलर गेममा नेपाल २ रनले पराजित, तीन ब्याटरको अर्धशतक आइतबार, जेठ २५, २०८२
भिजिट भिसा प्रकरणबारे विपक्षी दलबीच छलफल जारी रहेपनि सहमति भएको छैन : हितराज पाण्डे आइतबार, जेठ २५, २०८२
सदनको गतिरोध अन्त्यका लागि दलहरुबीच समझदारी नजिक पुगेको छ : बर्तौला आइतबार, जेठ २५, २०८२
हिमानी ट्रष्टद्वारा जुम्लामा बर्थिङ सेन्टर शिलान्यास आइतबार, जेठ २५, २०८२
रिची ब्यारिन्टनको शतकमा नेपाललाई स्कटल्यान्डले दियो ३२४ रनको विशाल लक्ष्य आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो)
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो)
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो) आइतबार, जेठ २५, २०८२
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन आइतबार, जेठ २५, २०८२
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्