• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, जेठ २६, २०८२ Mon, Jun 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट
नेपाल-भारत सीमामा नेपालीको नाराबाजी : आफ्ना जनता फिर्ता लेऊ [भिडियोसहित]
64x64
नेपाल लाइभ सोमबार, चैत १७, २०७६  १०:०१
1140x725

काठमाडौं–अहिले विश्वभर कोरोना भाइरसको महामारी फैलिएको छ। १७७ देश र राज्यमा फैलिएको यो महामारीले  ३३ हजार ९ सय ६८ मानिसको ज्यान लिएको छ भने ७ लाख २१ हजार ८ सय १७ मा संक्रमण फैलिएको छ। नेपालमा यसको पहिलो चरणको संक्रमण देखिएको छ। हालसम्म पाँच जनामा संक्रमण देखिएको छ।

त्यस्तै छिमेकी देश भारत पनि कोरोना भाइरसको चपेटामा रहेको छ। भारतमा हालसम्म एक हजारभन्दा बढीमा देखिएको छ भने २७ जनाले ज्यान गुमाइसकेका छन्। संक्रमण भारतका सबै राज्यमा फैलिइसकेको छ। संक्रमण फैलिएपछि त्यसलाई रोक्न भन्दै भारत सरकार र राज्य सरकारले लकडाउन गरेका छन्। सार्वजनिक यातायात, हवाई र रेलमार्ग पनि बन्द गरेको  छ। यसरी गरेको बन्दको प्रभाव भारतमा कार्यरत नेपाली नागरिकमा पनि परेको छ। श्रमका लागि भारत पुगेका, खासगरी सुदूरपश्चिमका नेपाली  प्रभावित भएका छन्। उनीहरु हिडेरै भए पनि नेपाली सीमामा आइपुगेका छन्। 

सीमामा आइपुग्दा यहाँको सरकारले सीमानाका बन्द गरेपछि उनीहरु आफ्नै देश छिर्न पनि अहिले नारा लगाइरहेका छन्। ‘हामीलाई आफ्नो देश छिर्न दे’ भन्दै उनीहरु भारतीय क्षेत्रबाट नेपाल सरकारलाई सुनाइरहेका छन्। 

यस्तो समस्या खासगरी पश्चिम नेपालका मान्छेहरूको छ र पश्चिमी नाकामै दिनदिनै मान्छे आइरहेका छन्। नेकपाका नेता विष्णु रिजालले अति समस्यामा परेका नागरिकको उद्दारका लागि भारतसँग समन्वय गरेर केही कदम चाल्न माग गरेका छन्। 

सामाजिक सञ्जाल ट्वीटरमार्फत् उनले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई उनले आग्रह गरका छन्।  भारतको हिमान्चलको कुल्लू, सोइधारमा दैलेखको भैरवी गाउँपालिकाका १२० जना अड्किएका छन्। एकातिर काम छैन, अर्कातिर लकडाउन लम्बिन्छ भन्ने त्रासका कारण उनीहरु कैयौं दिन हिडेर नेपाली सिमा नाकामा भोकभोकै आएका छन्।  यसरी नेपाली नागरिक अलपत्र परेपछि रिजालले लेखेका छन्, ‘फोन गरेर हाम्रो त कोही पनि रहेनछभन्दा चुनाव आउँदा ‘महान् जनता’ भन्दै पुकारिएकाहरू संकटमा फसेका बेला केही गर्न नसक्दा ग्लानी हुँदोरहेछ।’ 

++भारतको हिमान्चलको कुल्लू, सोइधारमा दैलेखको भैरवी गापाका १२० जना अड्किएका छन् । एकातिर काम छैन, अर्कातिर लकडाउन लम्बिन्छ भन्ने त्रास छ । फोन गरेर ‘हाम्रो त कोही पनि रहेनछ’ भन्दा चुनाव आउँदा ‘महान् जनता’ भन्दै पुकारिएकाहरू संकटमा फसेको बेला केही गर्न नसक्दा ग्लानी हुँदोरहेछ ।

— Bishnu Rijal (@bishnurijal1) March 30, 2020

उताबाट दूतावासले सीमासम्म ल्याउने र त्यहाँबाट प्रदेश सरकारहरूले ल्याएर क्वारेन्टाइनमा राख्ने प्रबन्ध मिलाउन सके दुःखी–गरिबको पनि कोही छ भन्ने देखिने उनको आग्रह छ ।  ‘आखिर जनतालाई सरकार चाहिने यस्तै बेला त हो, अरू बेला त विदेशका गल्ली चहारेर पनि उनीहरूले पेट पालेकै छन् ’ उनले परराष्ट्रमन्त्रीको ध्यानाकर्षण गराउदै लेखेका छन् । 

Ncell 2
Ncell 2

भारत पिथौरागढका विभिन्न क्षेत्रमा काम गरी फर्किएका तीन सय बढी नेपालीहरु सीमामा अलपत्र  छन्। पिथौरागढ, डिडिहाट, मसुरीलगायतका क्षेत्रमा काम गरी फर्किएका ३ सय १३ नेपाली तीन दिनदेखि दार्चुला सीमामा अलपत्र परेका हुन्। 

शुक्रबार राति १० बजेसम्म दार्चुला सदरमुकाम खलंगास्थित झोलुंगे पुल खुलाएर २ सय २५ जनाको उद्धार गरिएको थियो। राति १२ बजेपछि भारतको धारचुलामा आइपुगेका नेपालीहरु अलपत्र परेका हुन्। उनीहरुको उद्धारका लागि प्रयास भएको छैन। 

नेपाल–भारत दुवैतर्फ लकडाउन भएको अवस्थामा नेपाली मजदुरहरु तीन दिनको पैदल यात्रापछि पिथौरागढबाट धारचुला आइपुगेका हुन्। भारतका होटलहरुमा बस्न र खान नदिएपछि बाध्य भएर काम छोडेर फर्किनु परेको नेपालीहरुले बताएका छन्। 

मार्मा गाउँपालिका ५ का दिलेन्द्र महताले तीन दिनदेखि खान नपाएको बताए। ‘चाउचाउ र बिस्कुट पनि किन्न पाइएको छैन,’ उनले टेलिफोनमा भने, ‘धारचुलामा अहिले बढी मान्छे भएपछि सडक छेउ र महाकाली किनारमा आएर बस्नुपरेको छ।’

यस्तै अपिहिमाल गाउँपालिका ५ का सुनील धामी ठेकेदारले समयमै रकम नदिँदा आउन ढिलाइ भएको बताउँछन्। ’काम गरेको रकम पनि आधा दिएको छ। २ हजार रुपैयाँ दिएर पठाएको हो। अहिले धारचुलाम के खाने भन्ने भइरहेको छ,’ उनले भने, भारतीय प्रहरीले सामाजिक दूरी बनाएर बस भन्छन्। महाकाली बगर क्षेत्रमा महाकाली नदीको पानी खाएर बसेका छौ।’

धारचुलामा सबैभन्दा बढी बैतडीका नागरिक छन्। प्राप्त विवरणअनुसार दार्चुला मार्मा गाउँपालिकाका ३८ जना, अपिहिमाल गाउँपालिका ५ जना, शैल्यशिखर नगरपालिका ११ जना रहेका छन्। यस्तै बैतडी जिल्ला पुर्चौडी नगरपालिका १ सय ६४ जना, डिलाशैनी गाउँपालिका ६२ जना छन्। बझाङ जिल्ला बुङ्गल नगरपालिकाका ३० जना, र जाजरकोटका ३ जना रहेका छन्।

प्रकाशित मिति: सोमबार, चैत १७, २०७६  १०:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
स्कटल्यान्डसँगको थ्रीलर गेममा नेपाल २ रनले पराजित, तीन ब्याटरको अर्धशतक
भिजिट भिसा प्रकरणबारे विपक्षी दलबीच छलफल जारी रहेपनि सहमति भएको छैन : हितराज पाण्डे
सदनको गतिरोध अन्त्यका लागि दलहरुबीच समझदारी नजिक पुगेको छ : बर्तौला
सम्बन्धित सामग्री
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
कोरोना अपडेट: १६ सय परीक्षण गर्दा ७६ जनामा संक्रमण पुष्टि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारीका अनुसार एक हजार छ सय तीन जनाको नमुना परीक्षण गर्दा ७६ जनामा सङ्क्रमण... शनिबार, वैशाख २३, २०८०
ताजा समाचारसबै
स्कटल्यान्डसँगको थ्रीलर गेममा नेपाल २ रनले पराजित, तीन ब्याटरको अर्धशतक आइतबार, जेठ २५, २०८२
भिजिट भिसा प्रकरणबारे विपक्षी दलबीच छलफल जारी रहेपनि सहमति भएको छैन : हितराज पाण्डे आइतबार, जेठ २५, २०८२
सदनको गतिरोध अन्त्यका लागि दलहरुबीच समझदारी नजिक पुगेको छ : बर्तौला आइतबार, जेठ २५, २०८२
हिमानी ट्रष्टद्वारा जुम्लामा बर्थिङ सेन्टर शिलान्यास आइतबार, जेठ २५, २०८२
रिची ब्यारिन्टनको शतकमा नेपाललाई स्कटल्यान्डले दियो ३२४ रनको विशाल लक्ष्य आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो)
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो)
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो) आइतबार, जेठ २५, २०८२
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन आइतबार, जेठ २५, २०८२
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्