• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शनिबार, जेठ ३, २०८२ Sat, May 17, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट
प्रधानमन्त्रीलाई गगन थापाको पत्र–यो तयारीले महासंकटबाट पार पाउन सकिन्न
64x64
नेपाल लाइभ बुधबार, चैत १२, २०७६  ११:४२
1140x725

काठमाडाैं- नेपाली कांग्रेसका नेता तथा पूर्वस्वास्थ्यमन्त्री गगन थापाले कोरोना भाइरसको महासंकटलाई पार लगाउन पर्याप्त तयारी नभएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण गराएका छन्।

उनले हवाई तथा स्थलमार्गबाट आएका हजारौं नागरिकको अभिलेख नभएको उल्लेख गरेका छन्। विदेशबाट आएकाहरु निर्वाध हिडडुल गरिरहेको र उनीहरुलाई क्वारेन्टाइनमा समेत राख्न नसकिएकाले एक जनामा मात्रै कोभिड १९ पोजिटिभ देखिए त्यसले विकराल अवस्था ल्याउन सक्ने तर्फ सचेत बनाएका छन्।

संक्रमित देशबाट आएका र निर्वाध डुलिरहेका एक जना मात्रै पनि छुटेको भए संक्रमणले विकराल अवस्था सिर्जना गर्ने पत्रमा थापाले उल्लेख गरेका छन्।संक्रमणको शंका भएका सबैलाई जाँच गर्ने, संक्रमण पुष्टि भएका सबैलाई आइसोलेसनमा राखी हेरचाह गर्ने र संक्रमित निकटको सम्पर्कमा आएका सबैलाई ट्रेस गरी क्वारेन्टाइनमा राख्न उनले सुझाव दिएका छन्।

थापाले परीक्षणलाई व्यापक बनाउनुपर्ने बताएका छन्। ‘हाम्रोमा जति संख्यामा परीक्षण भएको छ, त्यो अत्यन्त न्यून र चिन्ताजनक छ, किनकि बाँकी विश्वका ती मुलुकले मात्र यो व्याधिको नियन्त्रण गर्न सकेका छन्, जसले व्यापक परीक्षण गरे’,थापाको जोड छ, ‘अब शंकास्पद व्यक्ति परीक्षण गर्न खोज्दै आउने होइन, शंकास्पद संक्रमितलाई खोज्न सरकार जाने रणनीति अख्तियार गरौं।'

थापाले प्रधानमन्त्री ओलीलाई लेखेको पत्रको पूर्णांश:

सम्माननीय  प्रधानमन्त्रीज्यू,
प्रतिकूल स्वास्थ्यका बावजुद पनि संकटको यो घडीमा आफ्नो जिम्मेवारी बोध गर्दै कामकाजमा फर्कनु भएकोमा यहाँको सरहाना गर्दछु । राष्ट्रको प्रमुख कार्यकारीको प्रत्यक्ष संलग्नताले निर्णय र कार्यशैलीमा ल्याउने फरक विगत केही दिनका निर्णयबाट आमजनताले अनुभूत गरिरहेका छन् । सबैले एकतावद्ध भएर आ-आफ्नो विवेक, क्षमता र सीपको संगठित उपयोग गरियो भनेमात्र यो भिषण संकटको सामना गर्न सकिन्छ भन्ने महसुस गर्दै प्रारम्भबाटै सरकारको साथमा उभिएका छौं र अन्तसम्म उभिइरहनेछौं ।

प्रधानमन्त्रीज्यू, यो महासंकटसंग जुध्ने क्रममा हामीले जे गरीरहेका छौं, यो पर्याप्त छैन । जसरी गरीरहेका छौं, यही तरिकाले यो संकटबाट पार पाउन सकिन्न । त्यसैले, सरकारले तत्काल गर्नैपर्ने मैले देखेका केही विषयमा यहाँको ध्यानाकर्षण गराउन यो पत्र लेखेको छु ।

नेपालमा बाह्य मुलुकबाट कुनै पनि व्यक्ति संक्रमित अवस्थामा सहजै नेपाल भित्रिन नसकून् भनेर सरकारले अस्तिबाट सिमा बन्द गर्ने स्वागतयोग्य निर्णय गर्‍यो । हामीले शुरु देखि नै भनेका थियौं नेपाल प्रवेश गर्ने प्रत्येकलाई अनिवार्य चेकजाँच र Quarantine मा राखौं । अब सिमामा आएर अड्किएकालाई छिर्न दिने तर Quarantine मा अनिवार्य  राख्ने  पछिल्लो निर्णय कडाइका साथ लागु गर्न सक्यौं भने नेपाल बाहिरबाट कोही संक्रमित व्यक्ति भाइरस लिएर नेपाल प्रवेश गर्न सक्ने छैनन् भन्ने विश्वास गर्न सकिन्छ।

Ncell 2
Ncell 2

तर बिर्सन नहुने तथ्य के हो भने ती सिमानाबाट (हवाई - स्थलहुँदै) अहिलेसम्म संक्रमण फैलिएका देशबाट वा ती देशमा ट्रान्जिट हुँदै हजारौं नेपाली र विदेशी नागरिक नेपालभित्र आइसकेका छन् । दश हजारभन्दा बढी व्यक्ति हवाई मार्गबाट मात्रै नेपाल आएको अनुमान छ, हजारौं स्थल सिमाबाट आएका छन। केही अपवाद बाहेक उनीहरु Quarantine मा बसेनन्, हामीले राख्न सकेनौं ।  निर्बाधरुपले हिडडुल गर्दै धेरै मानिस विभिन्न ठाँउमा पुगे । तिनीहरू कहाँ गए, के गरे, कस्तो अवस्थामा छन्, त्यसको हामीसँग  न कुनै अभिलेख छ, न निगरानी वा अनुगमन । न त तिनिहरूको परीक्षण नै भयो ।

पछिल्ला घटनाक्रमले यो तथ्यलाई थप पुष्टि गर्दै गएको छ ।  कोरोनाको संक्रमण शुरु भएको यत्रो दिनमा संसार नै भयाभह भइरहँदा आजसम्म नेपालभित्र जम्मा एकजनालाई मात्र पोजेटिभ देखियो भनेर हामी लामो समयसम्म दंग परेर बस्यौं । कतिले त हामी नेपालीको रोग प्रतिरोधात्मक क्षमता विशिष्ट छ भनेर मिथ्या गर्व नै गरेको देखियो । संक्रमित देशहरूबाट हजारौंको संख्यामा यसरी आउँदा पनि संक्रमण नदेखिँदा यो संयोग यस्तै सुखद रहिरहोस् भनेर कामना गर्‍यौं ।  केहीले भने यो सीमित समय ठूलो अवसर हो, खेर नफाली आवश्यक तयारीका काममा जुटिहालौं भनेर प्रारम्भदेखि नै आग्रह गरिरह्यौं ।

प्रधानमन्त्रीज्यू, केही दिन अघि मात्र विदेशबाट नेपाल आएका एकजना व्यक्तिमा कोरोना संक्रमण देखिएको जानकारी आएको छ । त्यसको पुनर्पुष्टी हुने क्रम जारी रहँदा नआत्तिकन अब संकेत बुझ्ने प्रयास गरौं । अस्ती भेटिएको जस्तै संक्रमित देशहरूबाट आएका र निर्बाध डुलिरहेका कोही एक जनामात्रै पनि पत्ता लगाउन छुटेको रहेछ भने त्यो व्यक्तिबाट केही हप्तामा सयौं होइन हजारौं  संक्रमित हुने अवस्था आउन सक्छ भन्ने बाँकी विश्वको विकराल अनुभवले पुष्टि भइसकेको छ । कोरोना भाइरसको संक्रमणको विशिष्ट प्रकृति,र संक्रमणको समय एवं तीव्र फैलावट देखेर वैज्ञानिक जगत नै चकित छ । त्यसैले सिमावन्दी र लकडाउन गरेर ढुक्कले वसिरह्यौं भने कतिबेला के हुन्छ भन्न सकिन्न ।

यो सन्दर्भमा डब्लूएचओ प्रमुख टेड्रोस अघानोम गेब्रेयेससले २३ मार्चको यो भनाई मननीय छ- "फुटवल खेल जित्नका लागि डिफेन्ड गरेर मात्रै पुग्दैन  अट्याक पनि गर्नु पर्छ। मानिसहरूलाई घर बस्न आग्रह गर्नु र सामाजिक दुरी राख्न लगाउनु संक्रमण फैल्न नदिनका लागि महत्वपूर्ण कदम हो तर ती भनेको डिफेन्सिभ प्रकृया मात्रै हुन्। जित्नका लागि हामीले आक्रामक र लक्ष्य केन्द्रित कार्यनीति बनारएर भाइरसलाई अट्याक गर्नु पर्छ- संक्रमणको शंका भएको सबैको जाँच गर्ने, संक्रमण पुष्टि भएका सबैलाई आइसोलेसनमा राखी हेरचाह गर्ने र संक्रमितको निटक सम्पर्कमा आएका सबैलाई ट्रेस गरी Quarantine मा राख्नुपर्छ ”।

shivam cement

shivam cement

त्यसको भए के गर्ने त?
केही दिन अगाडी स्वास्थ्य मन्त्रालयले १५ बुँदे निर्णय गर्‍यो । स्वास्थ्य मन्त्रालयले तत्काल गरिहाल्नुपर्ने भनी करिब एक महिना अघिदेखि हामीले संसदमा उठाएका  विषयमा अहिले आएर निर्णय भएकोमा खुसी लागेको छ । यद्यपि,  आपतकालीन अवस्थामा समेत निर्णयमा भएको विलम्बले शीघ्र कार्यान्वयन हुने कुरामा स्वभाविक संशय हुन्छ नै । अन्य विषयमा निर्णय भए पनि  कोरोना भाइरस संक्रमितको परीक्षणको सन्दर्भमा भने उपयुक्त निर्णय समेत हुन सकेको छैन ।

हामीले कोरोना भाइरस संक्रमणको आशंकामा परीक्षण गर्नेको चयन गर्न विश्व स्वास्थ्य संगठनको 'केस डेफिनेसन' भनेर साँघुरो मापदण्ड बनायौं । त्यसैले अहिले सम्म करिब ६०० जनाको मात्रै परीक्षण भएको छ । पछिल्ला दिनमा केही फराकिलो मात्र बनाएका छौं । मापदण्ड जति साघुँरो छ, परीक्षण गर्ने क्षमता त्यति नै न्युन छ । अर्को तर्फ परीक्षणको प्रवन्ध यति झझन्टिलो छ कि व्यक्ति सकेसम्म परीक्षणबाट भाग्न खोज्छ । यो अवस्था नबदलिकन हामीले गर्ने परीक्षणको संख्या बढ्दैन ।  शंका लागेका व्यक्तिलाई यथाशीघ्र परीक्षणको दायरामा ल्याउन र तिनलाई बाँकी समाजबाट अलग राख्न सकेमात्र रोगको  फैलावटलाई रोक्न सकिन्छ । अनि यसो गर्न सके मात्र सिमाना बन्द गर्ने, मुलुक लकडाउन गर्ने जस्ता महत्वपूर्ण र अपरिहार्य कदमको अपेक्षित प्रतिफल प्राप्त हुन्छ।

त्यसैले प्रधानमन्त्रीज्यू, यो एक साताको सीमाबन्दी र १८ गतेसम्मको 'लकडाउन' लाई सही सदुपयोग गर्दै हजारौंको परीक्षण गर्न विलम्ब नगरौं । परीक्षण दायरा बढाउन हाल NPHL मा रहेको परीक्षण क्षमतालाई पूर्ण सदुपयोग गरौं । NPHL मा रहेका सवै ल्यावलाई सवै सिफ्टमा संचालन गर्दा दैनिक सयौंजनाको परीक्षण हुन्छ । थप विस्तार गर्न आवश्यक जनशक्ति, किट र उपकरण व्यवस्था गरौं । हिजो मात्र उच्चस्तरीय समितिले काठमाडौं बाहिर विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र भेरी अस्पताल नेपालगञ्जका प्रयोगशालाबाट COVID-19 Testing को कार्य यथाशिघ्र शुरु गर्ने निर्णय गरेको छ ।यो निर्णयलाई तत्काल कार्यान्वयन गरौं तर यो मात्र आफैमा पर्याप्त छैन । कम्तिमा पनि हरेक प्रदेशमा तत्काल शुरु गर्नुपर्छ ।

राष्ट्रिय जनस्वास्थ प्रयोगशालाका अधिकारी नै भनिरहनु भएको छ Portable PCR, Serology लगायत विभिन्न प्रविधिबाट Fast Track मा काठमाडौं बाहिर थोरै दिनमा  दर्जनौं ठाँउमा परीक्षण परीक्षण प्रारम्भ गर्न संभव छ । उहाँहरूको कुरा सुनौं, आवश्यक पर्ने परीक्षण किट, उपकरण र जनशक्ति उपलव्ध गराएर अविलम्ब थप परीक्षण शुरु गरौं । काठमाडौं बाहिर ल्याव स्थापना नभएका विभिन्न ठाउँबाट Swab संकलन गर्न र सुरक्षित तवरवाट त्यसलाई ल्यावसम्म ल्याउनको लागि VTM लगायत आवश्यक सामाग्री उपलव्ध गराऔं र संयन्त्र तयार गरी द्रुत गतिमा काम गरौं । मापदण्ड पुगेका निजी प्रयोगशालामा परीक्षण गराउने छलफल भएको पनि हप्तौं भइसक्यो यस सन्दर्भमा आवश्यक निर्णय गरी तत्काल निजी ल्यावबाट समेत परीक्षण कार्य शुरू गरौं । भएको स्रोत साधनलाई पूर्ण सदुपयोग गरौं, नपुग भए थप गरौं ।

विभिन्न नयाँ प्रविधि विकास भएका छन ति विकल्पहरू खोजौं । अत: प्रधानमन्त्रीज्यू, NPHL मा भएको क्षमताको पूर्ण सदुपयोग, मापदण्ड पुगेका निजी ल्यावसंगको सहकार्य र नयाँ प्रविधिवाट काठमाडौं बाहिर दर्जनौं ठाँउमा COVID-19 Testing गर्‍यौं भने हजारौंको परिक्षण यही हप्तामा गर्न सम्भव छ । सुरु गरिहालौं, आजैबाट काम थालौं।

परीक्षण गुणस्तरीय हुन सकोस् भनेर आवश्यक प्रोटोकल बनाऔं । अस्पतालहरूमा सम्पर्कमा आएका र लक्षण देखिएका व्यक्तिलाई सहज रुपमा परीक्षणको वातावरण र परामर्शको व्यवस्था गरौं । अस्पताल आएका मात्र होइन अब कोरोना संक्रमण फैलिएका देशबाट आएका र ति व्यक्तिको सम्पर्कमा रहेका व्यक्तिलाई समेत परिक्षणको दायरामा समेटौं । त्यसको तरिकालाई पनि सजिलो बनाऔं । जसरी France बाट फर्किएर घरमा Quarantine मा बसेकी विद्यार्थी केही लक्षण देखिने बित्तिकै आफैं परीक्षणका लागि गइन्,  सवैले त्यसो नगर्न सक्छन । त्यसैले भर्खर नेपाल बाहिरबाट आएका सबैलाई त्यसै गर्न आव्हान गरौं- छुट्टै बस्नूस्, केही लक्षण देखिएमा फोन गर्नुस्, बाँकी काम सरकारले गर्छ ।'

ति व्यक्तिको पहिचान, अनुगमन र निगरानी गर्न स्थानीय सरकार र प्रशासनसंग समन्वय गरौं । स्मरण रहोस् हाम्रोमा जति संख्यामा परीक्षण भएको छ, त्यो अत्यन्त न्युन र चिन्ताजनक छ, किनकि बाँकी विश्वका ती मुलुकले मात्र यो व्याधिको नियन्त्रण गर्न सकेका छन् जसले व्यापक परीक्षण गरे । अब संकास्पद व्यक्ति परीक्षण गर्न खोज्दै आउने होइन संकास्पद संक्रमितलाई खोज्न सरकार जाने रणनीति अख्तियार गरौं।

प्रधानमन्त्रीज्यू, व्यापक परीक्षण गर्दा दुईवटा संभावना रहन्छ: एउटा पनि पोजेटिभ देखिएन, गजब भयो । त्यो हामी सवैका निम्ति सुखद क्षण हुनेछ । यसले यो भयभित अवस्थाबाट हामीलाई सहज मात्र बनाउँदैन, अब अगाडि कसरी बढ्ने भनेर मार्गदर्शन पनि गर्छ । त्यसपश्चात् सीमाना भित्र कोरोना
संक्रमित नदेखिएको अवस्थामा कोरोना विरुद्धको लडाईंमा हाम्रो रणनीति देशभित्र आवतजावत केही खुकुलो गर्ने तर हवाइमार्ग वा स्थलमार्गबाट नेपाल भित्रने प्रत्येकलाई अनिवार्य Quarantine मा राख्ने । यसरी मात्र लामो समय सम्म  चल्ने यो लडाईमा हामी जोगिन सक्छौं ।

दोश्रो, यदि त्यसरी  परीक्षण गर्दा  केही संक्रमित भेटिए भने तिनलाई अलग राख्ने (Isolation) र तिनको सम्पर्कमा रहेका अन्य व्यक्तिको Contact Tracing गरेर Quarantine मा राख्नुपर्छ । यसको लागि स्वस्थ्यकर्मी/जनस्वास्थ्यकर्ताहरुलाई अग्रभागमा राखेर स्थानीय सरकारलाई पूर्ण रुपमा परिचालित गर्नु पर्ने हुन्छ। यस्तो गर्न सक्दा संक्रमित व्यक्तिको समयमानै पहिचान हुने र तिनलाई अलग गरिने भएकाले उनीहरुको कारणले अरु संक्रमणमा पर्ने क्रम भंग (Chain Breaking) हुनेछ । यस्तो अवस्थामा कोरोना संक्रमण विरुद्धको हाम्रो रणनीति- सिमाना अझै केही समय बन्द राख्ने,  ‘लकडाउन' तन्काउने र संक्रमितको पहिचान गरी अलग गर्ने र जोखिममा रहेका प्रत्येकलाई घर भित्र वा तोकिएको ठाँउमा Quarantine गर्ने हुनेछ । यस्तो अवस्थामा हामीसँग भएको सीमित श्रोत संक्रमितलाई पहिचान गरी अलग राख्न, पुष्टी भए आवश्यक उपचार गर्न र संक्रमितसंग निकट रहेका मानिसलाई Quarantine मा राख्ने काम सुरु गर्नुपर्छ।

प्रधानमन्त्रीज्यू, हामीले सुनिरहेका छौं, युरोप र अमेरिकामा चिकित्सकहरु उपकरण नपुग्ने संभावना देखिंदै गएकाले उपचार गर्न आउँदा कसको गर्ने, कसको नगर्ने छलफलमा जुटेका छन् । इटालीजस्तो समृद्ध देश नै सबैभन्दा दु:खद उदाहरण बनेको छ । हाम्रो भन्दा अब्बल स्वास्थ्य प्रणाली र पूर्व तयारीको अवस्था हुँदा हुँदै त अस्पतालमा कुन संक्रमितलाई उपचारमा प्राथमिकता दिने भन्ने अवस्था ति देशहरूमा आयो । नेपालमा संक्रमण पहिचान गर्न र फैलिन रोक्न सकेनौं भने हाम्रो अस्पताललाई जति सुदृढ बनाए पनि, हामीले जति अस्थाई अस्पताल बनाए पनि, हामीले जति बेड थप्ने, उपकरण ल्याउने भनेता पनि हाम्रो स्वास्थ्य प्रणालीले थेग्न सक्छ होला र ?  अहँ, सक्दैन ।

हामीले अस्पतालहरूलाई जति सक्दो तयारी अवस्थामा राख्नुपर्छ, त्यसका लागि स्वास्थ्य मन्त्रालयले हालै प्रत्येक अस्पतालमा Fever Clinic, Isolation Ward, कोरोना अस्पताल स्थापना देखि तोकिएका अस्पतालमा ICU को विस्तार, स्वास्थ्यकर्मीको सेवा सुरक्षा लगायतका विषयमा गरेका निर्णयलाई अक्षरस: कार्यान्वयन गरिहाल्न जरूरी छ । स्मरण रहोस् प्रधानमन्त्रीज्यू, म निर्णय कार्यान्वयन भनिरहेको छु, किनकी निर्णय जे-जस्तो भएता पनि यो पत्र लेख्दासम्म काठमाडौं कै ठूला अस्पतालका स्वास्थ्यकर्मीले मास्क, व्यक्तिगत सुरक्षाका उपकरणहरू (PPE) र  अन्य सामान्य आवश्यक  सामाग्री समेत पाएका छैनन् । काठमाडौं वाहिरको अवस्था झन के होला । कुनै असहज अवस्था आइहाल्यो भने एक दिनलाई पुग्ने पनि सामाग्रीको तयारी हुन सकेको छैन । देशभरका स्वास्थ्यकर्मीहरू सुरक्षाका सामग्री वीना नै जोखिमपूर्ण ड्युटीमा खटिनुपरेको छ ।

कोरोना-युद्धको अग्रभागमा रहेका स्वास्थ्यकर्मीको सुरक्षा, प्रोत्साहन र उच्च मनोवल नभनाइकन यो संकटबाट पार पाइदैन । अर्कोतर्फ अहिले पनि आफूलाई संका लाग्यो भने व्यक्ति कहाँ जाने, कसरी जाने, के गर्ने भन्नेमा अलमलको अवस्था छ । विरामीलाई कहिले कता, कहिले कता पठाइएको छ । कोरोनाको शंका लागेका विरामीलाई सहज पहुँच हुनुपर्नेमा शंका लागेका नाममा पन्छाइदिने प्रचलन वढेको छ । नियमित र अत्यावश्यक स्वास्थ्य सेवा अस्तव्यस्त भएको छ । कसले के गर्ने भन्ने नियमबद्ध कुनै कुरा छैन । कसैको कन्ट्रोल र कमाण्ड छैन ।

न्युनतम पूर्वाधारको समेत व्यवस्थापन हुन सकेको छैन । एकातर्फ माक्स, स्यानिटाइजर, PPE लगायत न्युनतम सामाग्रीको अभाव छ, स्वास्थ्यकर्मीको सुरक्षा छैन, अस्पतालमा गर्नुपर्ने न्युनतम तयारी समेत हुन सकेको छैन भने अर्कोतर्फ विरामीको शंका लागेका व्यक्ति कसरी अस्पतालसम्म ल्याउने भन्ने कुनै संयन्त्र छैन, अन्य अत्यावश्यक स्वास्थ्य सेवा समेत प्रभावित भएको छ, सवै तहको सरकारहरू र सम्बन्धित निकायहरूसंग समन्वयको अभाव छ, नागरिकले सुचना र जानकारी समेत सही ढङ्गले पाउन सकेका छैनन, नागरिक थप भयभित भएको अवस्था छ । प्रधानमन्त्रीज्यू, यी आधारभुत विषय त सरकारको न्युनतम दायित्व होइन र? यस्ता आधारभूत तर महत्वपूर्ण विषय आफै हुनुपर्ने हो र भइसक्नुपर्ने थियो । तर दुःखको साथ यस कुरामा समेत तपाईँको ध्यानाकर्षण गराउन बाध्य भएको छु।

तर तपाईँलाई फेरी पनि भन्न चाहान्छु,-अहिले नै परीक्षणलाई व्यापक बनाएर संक्रमित पहिचान र अलग गर्ने र संक्रमितको सम्पर्कमा रहेका व्यक्तिलाई Quarantine मा राख्ने काम गरे हामीले अस्पताल लग्नुपर्ने संक्रमितको संख्या कम हुन्छ र  हाम्रो अस्पतालमा आधारित तयारीले थेग्न सक्छ । अन्यथा सवै स्रोत अस्पताल भनेर थुपारे पनि केही हुदैन । हामी व्यवस्थापन नै गर्न नसक्ने अबस्थामा पुग्छौं । किनकी त्यो बेलामा दशौं कोरोना अस्पताल भएपनि पुग्दैन र सयौं भेन्टिलेटर भएपनि अपुग हुन्छ । त्यसैले त्यसरी अस्पताल नै पुग्न नपर्ने अवस्थाका लागि युद्धस्तरमा काम गरौं ।रक्षात्मक तयारीमा छौं अव आक्रमक ढङ्गले काम गरौं।

प्रधानमन्त्रीज्यू, हामीलाई अहिले निर्णय गर्ने मात्र होइन, गरेका निर्णय कार्यान्वयन गर्ने र ति निर्णय कार्यान्वयन भए नभएको निरगानी गर्ने, नागरिकलाई आदेश दिने मात्र होइन, नागरिकलाई सुसुचित गर्ने, भयभित बनाउने होइन आश्वस्त गराउने, आज के गर्ने भनेर सोच्ने मात्रै होइन महिनौं पछाडिको आंकलन गरी कार्ययोजना सहित काम गर्ने, आपतकालिन अवस्थामा छौं भन्ने मात्र होइन आपतकालिन अवस्थामा काम गर्न सक्ने, प्रतिक्रिया पर्खेर रक्षात्मक भएर बस्ने मात्र होइन जोखिमसंग जुध्न आक्रमक ढङ्गले समाधानका लागि अग्रसरता लिने सुझबुझपूर्ण नेतृत्व चाहिएको छ । हामीले सिमाबन्दी ,लकडाउन, परिक्षण, पहिचान, अलग्याउने, संक्रमितको उपचारलाई अलग-अलग होइन एउटै सिस्टम भित्र राखेर एउटै Command र Control बाट चलाउन सक्नुपर्छ । यसको लागी देश भित्रवाट सहयोग लिनु पर्छ नै, देश बाहिर पनि परम्परागत स्वास्थ्य सेवाका Actors भन्दा बाहिर जान सक्नुपर्छ। यसरी अग्रसरता लिएर काम गर्दा हामीलाई केहीको अभाव हुनेछैन।

अन्त्यमा, प्रधानमन्त्रीज्यू मैले यो पत्र लेखिरहँदा देशभित्रका नागरिक लकडाउनको निर्णयको प्रभावमा र देश बाहिर रहेका दाजु-भाई दिदिबाहिनीहरु सीमाना बन्द ले प्रभावित भएका छन् । तपाईसँग यो कठोर निर्णय गर्ने बाहेक अन्य विकल्प पनि थिएन । अहिले नै यो अवस्था कहिले सामान्य हुन्छ भन्ने पूर्वानुमान पनि गरिहाल्न सकिन्न ।  त्यसैले मेरो आग्रह छ , देश बाहिर रहनुभएका दाजु-भाइ, दिदिबहिनी जहाँ जुन देशमा हुनुहुन्छ सरकारले त्यही पुग्ने प्रयास गरोस्। सरकार तपाईंसंगै छ भन्ने आभास दिलाउन सकोस् । वहाँहरुलाई भनोस्, माथि भनिएको जस्तो सीमाना बन्द र लकडाउनको कठोर निर्णयसँगै, व्यापक परीक्षण गर्दै संक्रमितलाई अलग्याउने सुझबुझपूर्ण निर्णयबाट केही दिनमा स्थिति नियन्त्रणमा आउँनेछ र तपाईँ आफ्ना प्रियजनको स्वास्थ्य र सुरक्षित घर भित्रिन सक्नु हुनेछ, तपाईंहरू जहाँ हुनुहुन्छ सुरक्षित रहनुहोस।'

देशभित्र लकडाउनमा परेका नागरिकलाई फेरि पनि भन्नुहोस्- तपाईंको सम्पूर्ण साथ पाइरह्यौं भने हामी एक-एक संक्रमितलाई पहिचान गरी संक्रमणको त्यान्त्रोलाई  प्रारम्भमानै चुँडाल्नेछौं र केही दिनमै हामी सामान्य अवस्थामा फर्कने छौं। जनताले यो आपतकालीन अवस्थामा केही दिन दु:ख सहेर पनि तपाईंलाई साथ दिनेछन् र केही सजिलोमा रहेकाले अफ्ट्यारो र अभावमा रहेकालाई सहयोग गरेर आफ्नो मानव धर्म निर्वाह गर्नेछन्।'

सम्माननीय प्रधानमन्त्रीज्यू,
मैले विगतमा छोटो समयका लागि स्वास्थ्य मन्त्रालयको जिम्मेबारी सम्हाल्ने मौका पाएको हुँदा मलाई हाम्रो स्वास्थ्य सेवाको सामर्थ्य र सीमितताको सामान्य आंकलन छ। त्यसैले मेरो यो अपील कुनै आलोचना नभएर कठीन संकटको यो घडीमा विश्वलाई नै त्राहिमाम् बनाइरहेको अदृश्य शत्रुसँग लड्न सरकारले गरिरहेको प्रयत्नलाई बल पुर्‍याउने उद्देश्यका साथ एउटा चिन्तित नागरिकले संसारको अनुभवबाट जानेबुझेका सूचना र उपायलाई देशहितमा प्रयोग गरौं भनेर गरेको आह्वान हो ।   यी उपायहरू अचूक नहोलान्, तर चीन, कोरिया र इटालीको अनुभवले यसबाहेक अन्य उपाय पनि नरहेको देखाउँछ । तपाईंको ईच्छाशक्तिले प्रभावित र प्रेरित मुलुकले यो कठीन घडीमा तपाईंबाट अझ सक्रिय नेतृत्वको अपेक्षा राख्नु स्वभाविक छ ।

मेरो हार्दिक शुभकामना !

गगन कुमार थापा

मिति: २०७६ चैत्र १२ गते

प्रकाशित मिति: बुधबार, चैत १२, २०७६  ११:४२
  • #काेराेना
  • #गगन-थापा

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्न जरुरी : अध्यक्ष नेपाल
वनमन्त्री शाहीसँग कतारका विशेष दूतको भेट
डिजिटल चीन निर्माणको कार्ययोजना सार्वजनिक
सम्बन्धित सामग्री
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
कोरोना अपडेट: १६ सय परीक्षण गर्दा ७६ जनामा संक्रमण पुष्टि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारीका अनुसार एक हजार छ सय तीन जनाको नमुना परीक्षण गर्दा ७६ जनामा सङ्क्रमण... शनिबार, वैशाख २३, २०८०
ताजा समाचारसबै
कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्न जरुरी : अध्यक्ष नेपाल शनिबार, जेठ ३, २०८२
वनमन्त्री शाहीसँग कतारका विशेष दूतको भेट शनिबार, जेठ ३, २०८२
डिजिटल चीन निर्माणको कार्ययोजना सार्वजनिक शनिबार, जेठ ३, २०८२
हिमाल जोगाउने सत्प्रयास : सगरमाथा संवाद शनिबार, जेठ ३, २०८२
काभ्रेका तीन स्थानीय तह पूर्ण खोप सुनिश्चित शनिबार, जेठ ३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
उच्च अदालत पोखरामा रवि लामिछानेको सुनुवाइ हेर्दा हेर्दैमा शुक्रबार, जेठ २, २०८२
हङकङ र बहराइनबीचको खेल रद्द भएसँगै नेपाल ‘सुपर थ्री’ मा शुक्रबार, जेठ २, २०८२
धारिलो हतियार प्रहार गरी दुई बालबालिकाको हत्या, घटनापछि आत्महत्याको पर्यास शुक्रबार, जेठ २, २०८२
हावाहुरीको वितन्डाले लुम्बिनीमा पाँच जनाको मृत्यु, ८ घाइते शुक्रबार, जेठ २, २०८२
ढल्केबरमा समस्या हुँदा हिजो विद्युत् झ्याप्प–झुप्प भयो, अब लोडसेडिङ हुँदै हुँदैन : शाक्य शुक्रबार, जेठ २, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
विश्वकप लिग २ : स्कटल्याण्डमा हुने सिरिजका लागि नेपाली टोलीको घोषणा, दीपेन्द्रलाई उपकप्तानको जिम्मेवारी शनिबार, वैशाख २७, २०८२
सरकारको बेरुजु ७ खर्ब ३३ अर्ब नाघ्यो , एक वर्षमै ९१ अर्ब ५९ करोड थप बुधबार, वैशाख ३१, २०८२
पाकिस्तानले घोषणा गर्यो भारतविरुद्ध अपरेशन ‘बुन्यान उल मर्सूस’ शनिबार, वैशाख २७, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्